-जनकमान डंगोल ।
तेल नबोक्ने टयांकरको
अनुमति पत्र खारेज गरिनेछ भनेर नेपाल घायल निगमले भनेको पनि आज ३ दिन भो । घायल
निगमको डिपो बाट तेल लोड नगर्ने टयांकरहरु कति खारेजीमा परे त्यसको जानकारी खै त ?
अहिले धेरै पम्पमा ताला
ठोकेको देख्दैछु । रेडियो, टि.भी. तथा पत्र पत्रिकामा समाचार प्रशारण गरे पछी आदेशको
पालना किन भएन ?
यातायात ब्यबसायीहरुले
बाटोमा गाडी नगुडाएको आज ४ दिन भयो ! माग जायज हो भने पुरा गर्नु पर्छ । नाजायज
माग छ भने यातायात हड्ताल गराउन उक्साउने नाईकेहरुलाई कडा कारबाही गर्नु पर्छ ।
मेरो सरकारलाई चारैतिर
बाट घेरे । सरकार संचालन गर्न दिएनन भन्ने वली सरकारले किन र कसरि त्यस्तो भयो
भन्ने बारेमा विश्लेषण गरेको देखिदैन ।
सरकार चलाउन मुटु ढुंगाको
हुनु पर्दछ । यातायात मजदुरहरुको कुरा गर्ने हो भने ७५% लाल पार्टी जय भन्नेहरु छन
भने आफ्नै पार्टीको जय भन्नेहरुको माग जायज छ भने किन सुनुवाई भएन ?
तेल (ईन्धन) को भाउले
आकास छोएको छ । तेल (ईन्धन) को भाउ आकासिनु भनेको महंगी र कालाबजारी बढ्नु हो । हत्या
हिँसा र बलात्कारले गगन चुमिसक्यो । पश्चिमाको भरिया सि.के राउतहरु अहिले श्रीलंकन
तमिल टाईगर बनेर उदाई सक्दा पनि सरकार कानमा तेल हालेर बस्नु लक्षिणको संकेत पक्कै
हैन ।
खाँटी नेताले पद कसरि बचाउने भन्ने सुर्ता नलिएर देसको अखण्डता कसरि बचाउने र जनतालाई सेवा र सुबिधा कसरि दिने भन्ने सुर्ता लिएको हुन्छ भने दुई तिहाई सरकारको मुखियाले यस्ता कुराहरुमा चासो लिएको देखिदैन । मुखले मात्र बिकास र समृद्धिको नारा लिंदैमा देसले काँचुली पनि फेर्दैन ।

यस्तै गतिमा सरकार अगाडी
बढ्यो भने जनताहरु सडकमा ओर्लिन बिबस र बाध्य हुन्छन । जनता सडकमा ओर्लिनु भनेको सरकार मार नभएर
ब्यबस्था परिवर्तन पनि हो भन्ने हेक्का राखुन त्यसैले बेलैमा चेतना भया !