Latest Post

Showing posts with label चर्चा / परिचर्चा. Show all posts
Showing posts with label चर्चा / परिचर्चा. Show all posts

यो गोहीको आंसु चुहाउने बेला हो ?

Written By खांट्टी कुरा on Monday, May 18, 2015 | May 18, 2015

--जनक मान डंगोल https://twitter.com/janakdangol
हिजो मे १७ तारिख अर्थात जेष्ठ ३ गते मदन भण्डारी तथा जीवराज आश्रीतको स्मृति दिवस
पंचायती सासनमा आन्दोलन अबधिभर भूमिगत त्यस पछी देसमा २०४६ सालमा 'अहिलेका एमाओबादी पार्टीका कास्की बाट चितवनमा बसाई आका छबिलाल दाहालले  पुस्पकमल देखि प्रचण्ड नाम राखेर काठमाण्डौको टुडिखेलमा देखिएको जस्तै गरि देखिएका' एमाले पार्टीका नेता क.मदन भण्डारी तथा सोहि पार्टीका अर्का नेता जीवराज आश्रितको चितवनको दास ढुंगामा सवारी दुर्घटनामा मृत्यु भयो ।

सवारी दुर्घटनामा मृत्यु भएका कामरेडहरु भण्डारी तथा आश्रितको मृत्युलाई लिएर एमाले पार्टीले उतिबेला मच्चाएको ताण्डब नृत्यको बयान गरि साध्य छैन  ।त्यो पनि उहिलेको कुरा खुईले जस्तै भई सकेको छ ।

भगवानको खेल पनि अचम्म छ । तिनै एमाले पार्टीलाई क.'मदन आश्रित' को मृत्युको केहि समय पछीनै सत्ता हाक्ने सुनौला अबसर पनि दिएकै थियो । त्यो दिन देखि आज सम्म एमाले पार्टी कति पटक सत्तामा गयो गनी साध्य छैन र अहिले पनि सत्तामा नै छ ।

त्यो बेला देखि आजको मिति सम्ममा  'भण्डारी-आश्रित' को हत्या गरेका भए हत्यारा चिनेर कारबाही गर्न पर्ने हैन ? तर कारबाही चै गर्न नसक्ने अनि देसमा यस्तो विपत्तिको बेलामा पनि गोहीको आँसु चुहौंदै 'मदन-आश्रित' को स्तुति गाउँदै हिड्नेहरु एक नम्बरको ढोंगी र पाखण्डी हुन ।

देस तथा पिडित नागरिकहरु भूकम्पले आहत भएको क यो बेला मरेर गाका नेताहरुको बार्षिकी कार्यक्रम मनाउदै हिड्ने बेला हो ? पुण्यको काम गर्ने भए यस्तो बेलामा भूकम्पले ध्वस्त बनाएका घरहरुको पुन निर्माण देखि गोजा पैसा भए आफ्नै खर्चमा राहत बाड्दै हिड्नुनि ।

४६ साल भन्दा अगाडी पाउरोटी चप्पल लाएर भगवान भरोसामा हिड्ने हिजोका माले पछी आफ्नै सगोत्री कम्निस्ट पार्टी सित मित लाएर एकज्यान बनेर एमाले नामको कम्निस्ट पार्टी आजको दिनमा पजेरो,प्राडो देखि स्कार्पियो चढ्ने हैसियतमा पुगी सकेका छन त्यसैले गरिब पार्टी त पक्कै पनि छैन होला ।

लेखाई निम जस्तै छ । भेडा चरित्र बोकेकाहरुलाई यो लेखाई मन नपर्न सक्छ तर जे देखे त्यहि लेखेसी मन पराउनुस/मन नपराउनुस त्यो व्यक्तिको सोचाईमा भर पर्ने कुरा भयो तर एमालेका टाउको देखि पुच्छर सम्मले आजको मिति सम्म भन्ने गरेको क. मदन भण्डारी तथा जीवराज आश्रितको हत्या नै भएको हो भने पनि कारबाही गर्न सक्दैनन किनभने पटक आफ्नै हातमा सत्ताको साँचो हुँदा पनि यिनीहरुले माखो मार्न सकेनन र सक्दा पनि सक्दैनन ।

किन रिसायो त गैंडा ?

Written By खांट्टी कुरा on Monday, March 30, 2015 | March 30, 2015

मकवानपुर जिल्लाको सिमाना भनेको पश्चिममा चितवन जाहाँ चितवन आरक्षण पर्दछ भने दक्षिणमा पर्सा जिल्ला त्याहाँ पनि पर्सा बन्य जन्तु आरक्षण पर्दछ ! मकवानपुर जिल्लाको पश्चिममा रहेको केहि दक्षिण पश्चिम गा.बि.स हरु समेतलाई चितवन ताहा पर्सा आरक्षले छुने गरेको छ ! जब आरक्षणहरुले छुने भए पछी कहिले काही जंगली जनावरहरु बाटो भुलेर वा आहारको खोजी गर्दै गाउँमा पस्नु नयाँ र नौलो कुरा भएन तर जंगली जनावर भनेको जंगलमा बस्ने भएकोले सान्ति प्रेमी हुने नै भयो भने मानिसहरुले नबिच्क्याय सम्म सितिमिति आक्रमण गर्दैनन !
'पंक्तिकारको घर अगाडिबाट भाग्दै गरेको गैंडा'
आरक्षण बाट बाटो भुलेर हो वा आहारको खोजीमा आज चितवन निकुन्जको गैंडा हेटौडाको पदमपोखरी हुँदै न.पा ९ मा के प्रबेस गरेका थिए बाँदरे चरित्रका मान्छेहरुले होहल्लाको साथ खेदेको कारणले गर्दा उक्त गैंडा आफ्नो ज्यु ज्यान बचाउन बेतोडले भाग्दै जतापायो त्यतै दौडिन थालेको हो भन्ने यो पंक्तिकारको ठम्याई छ ! 
(गैंडाको आक्रमणमा परि मृत्य तथा घाईते हुने महिला तथा गाई)
 मान्छेको खेदाई बाट आफ्नो ज्यु ज्यान जोगाउन पंतिकारको घर हेटौडा ८ मदन मार्ग हुँदै आएको उक्त गैंडाको पछाडी थुप्रै मान्छेको हुलले होहल्लाको साथ स्कुटी तथा मोटरसाईकलको हर्न बजाउंदै लखेटेको घटना स्वयम पंक्तिकारले समेत देख्यो ! सोहि कारणले उक्त गैंडा उत्तेजनामा आएर अगाडी जो देख्ना साथ आक्रमण गर्दै भाग्दै गर्दा नागरिकको दुखद मृत्यु देखि घाईते हुनुको साथै पशु चौपायाको समेत मृत्यु हुन पुग्यो भने सवारी साधनहरुमा समेत आक्रमण गर्दा धनमाल समेत नोक्सानी भएको कुरालाई नकार्न सकिन्न !
'हेटौडा सहरको मुख्य बजारमा पुगेको गैंडा'
गैंडा भुलबस गाउँ हुँदै सहर पस्ना साथ उक्त गैंडालाई कोहि कसैले पनि नजिस्क्याएको भए आज यस्त दुखद घटना हुँदैनथ्यो भन्ने यो पंतिकारको ठम्याई हो !

जे हुनु भै हाल्यो अब देखि पुन: यस्तो घटना देखिएमा सर्वप्रथम प्रहरी तथा बन कार्यालयलाई खबर दिनुको साथै जंगली जनावरलाई छेडछाड तथा नजिस्क्याउनु नै बुद्दिमानी हुनेछ !
..
तस्विरहरु दोश्रो र तेश्रो फेसबुक बाट साभार गरिएको हो !

हावा नचली पात कसरि हल्लियो ?

Written By खांट्टी कुरा on Saturday, March 07, 2015 | March 07, 2015

यही मिति २०७१ फाल्गुण २२ गते शुक्रवार पुर्ब प्रधानमन्त्री सुर्य बहादुर थापा निवास मालीगाउँ काठमान्डौमा नेपालका प्राय ठुला साना पार्टीका नेताहरुको राजनैतिक जमघट भो भनेर प्राय सबै पत्रिकाहरु रंगिए । सोहि भेटघाट सम्बन्धि बिषयलाई लिएर २०७१ फाल्गुण २३ गते सनिवार बिहान उज्यालो नेटवर्कले 'पुर्व राजा संग हिजो ठुल पार्टीका नेताहरुले के कुरा गरे त्यो बाहिर आउनु पर्यो' भनेर ने.क.पा. मालेका महासचिव सी.पी मैनालीले राखेको जिज्ञासामा सबै नेताहरु चुप्प लागे । पुर्व राजा संगको भेटघाटको बिषयमा कोहि कसैले मुख खोल्न चाहेनन भन्ने खबर प्रसारण भयो ।
२०६३ सालको आन्दोलन पश्चात संचार माध्यमहरुले न्वारान गर्देका नाउँ 'पुर्व राजा' ले सजिलै संग राजगद्धी छोडेर नागार्जुन बस्न गएको हो वा करकापमा राजगद्धी छोडेका हुन त्यो बिषयमा उक्त समयका नेताहरुमा नेपाली कांग्रेसका नेता गिरिजा प्रसाद कोईराला आज यो धर्तीमा छैनन तर वार्ताको मुख्य भूमिका निभाउने एमालेका बरिस्ट नेता माधव कुमार नेपालले केहि दिन अगाडी छात्ती फुलाएर राजतन्त्रको बिषयमा नकारात्मक टिप्पणी गर्नु भएको समाचारहरु पनि मिडियामा छापिएकै हो ।
जसरि कामरेड माधव कुमार नेपाल ज्युले 'हिजो राजतन्त्र ब्युताउने सम्झौता भएकै छैन' भनेर केहि दिन अगाडी विभिन्न पत्रपत्रिकाहरुमा दिनु भएको भनाईमा जुन अड्डी कस्नु भयो त्यहि जवाफ हिजो सुर्य बहादुर थापाको निवास मालिगाउँमा किन दोहर्याउनु भएन यो कुरा उदेकलाग्दो छ कि छैन ? सबै नेताहरु मौन बस्नुको कारण पनि त होलानी ।
प्रजातन्त्र दिवसको दिनमा राजा ज्ञानेन्द्रले 'दलहरुले म संग गरेको वार्ता र सो वार्तामा गरिएको सम्झौता पुरा गरियोस भनेर भन्ना साथ कांग्रेस तथा कम्युनिस्टका नेताहरुले केहि दिन अगाडी सम्म कोकोहोलो मच्चाउनु र कम्युनिस्ट नेताहरु मध्येकै एक नेताले सो कुराको प्रसंग उठाउना साथ सबै नेताहरु मौन बस्नु भनेको दालमा पक्कै कालो छ भनेर बुझ्ने कि नबुझ्ने ?

नेपाली उखानै छ हावा नचली पात हल्लिदैन भन्ने । हावा र हचुवाको तालमा राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिबसकै दिन पारेर पुराना कुराको स्मरण गराउनुमा पनि त कारण होलानी । नेपालका नेताहरु कस्ता प्रकृतिका छन नेपालको जनताहरुले २५ बर्षमा राम्रै संग देखि भोगी सकेका छन । दरबार हत्याकान्ड पछी राजा ज्ञानेन्द्रको गद्दी आरोहणको समय होस वा प्रधान मन्त्रीको लागि निबेदन दिनेमा होस ति समयमा नेताहरुले आफ्नो औकात देखाएको देख्दादेख्दै पनि पटक पटक झुठो बोल्दैमा अब पनि नेपाली जनताले पत्याउछन भनेर सोच्नु त्यो नेताहरुको मुर्खता मात्र हो ।
हिजो २०६४ सालमा नारायणहिटी राजदरवारमा दलका नेताहरु र राजा बीच के के सम्झौता गरियो त्यो सम्झौताको जानकारी पाउने नेपाली जनताको हक र अधिकार हो र त्यो बेलामा भएको सम्झौताको जानकारी नेपालको जनताले पाउनु पर्छ । जनतालाई गुमराहमा पारेर नेताहरुको राजनीतिको दोकान सधै चल्न सक्दैन भन्ने कुरा नेपलाको नेतागणहरुले बेलैमा बुझुन ।

गाउँघरको चुलो नियन्त्रण गर्दैमा बायु प्रदुषण मुक्त हुन्छ ?

Written By खांट्टी कुरा on Thursday, February 19, 2015 | February 19, 2015


तस्विर साभार: नेपाली डट कम बाट
-जनक मान डंगोल !
जिल्ला बिकास समिति बारा, कलैयाले बारा जिल्लालाई धुँवा मुक्त जिल्ला घोषणा गर्ने भनेर भनेर संकल्प लिएको रैछ । यो खबर विभिन्न पत्र पत्रिकाहरुमा पढ्न पाईयो । हेर्दा खुसीले मन रमाउने यो समाचारले धुँवा मुक्त गर्नलाई सुधारिएको चुलो देखि बायो ग्याँस प्रयोग गर्ने भन्ने योजना बनाको देखियो । झट्ट हेर्दा यो जस्तो क्रान्तिकारी कदम अरु हुनै सक्दैन समाचारको लेखाई देख्दा त्यस्तै लाग्छ ।
बारा जिल्ला भन्नाले मध्यमान्चल बिकास क्षेत्र नारायणी अंचलमा पर्ने औधोगिक नगरी हेटौडा पछिको ठुलो दोश्रो जिल्ला भनेर बुझिन्छ । भारतीय सिमा नजिकैको सुविधाले गर्दा पर्सा जिल्लाको सिमाना परवानीपुर देखि त्रिभुवन राजपथमै जोडिएको यो क्षेत्रको पथलैया खण्डमा थुप्रै ठुला ठुला कलकारखानाहरु संचालन छन भने उत्तरी भेगमा पर्ने चर्चामा अत्यधिक रहेको निजगढ त ईटा उधोगको खानि नै हो ।
बनस्पति घ्यु, स्टिल, साबुन जस्ता ठुला उधोग कल कारखानाहरु सबै कोईलामा निर्भर छन भने साबुन कारखानाहरुमा कच्चा अदार्थ पगाल्नको निमित्त धानको भुष प्रयोग गरिन्छ किनभने नाम मात्रको जलश्रोतको धनि देसमा अहिले सम्म यी ठुला उधोगहरुले बिजुलीको प्रयोग गरेर बिजुली भट्टी संचालन गर्ने सपना सम्म देख सकेको छैन । 
यी सबै ठुला उधोगहरुको भट्टी संचालनमा प्रयोग हुने कोईला तथा धानको भुषले गरेको बायु प्रदुषण बाट नजिकै रहेको गाउँ टोलामा पुर्याएको असरले गर्दा समय समयमा जनताहरु आन्दोलित समेत हुने गरेका छन ।
साबुन तथा बनस्पति घ्यु कारखानाले प्रयोग गर्ने धानको भुषको जलन पछी निस्किने राख (खरानी) के कसरि तह लगाईएको छ त्यो हेर्न ति उधोग परिसर नजिकै बाट छर्लंग देख्न सकिन्छ भने फागुन चैत्रको हुरी बतास चल्दा ति राखहरु उडेर मानवको आँखामा पर्नु पनि हिजो आज सामान्य घटना बनि सकेको छ । त्यस्तै स्टिल तथा जस्ता कारखानाहरुको चिम्नीले फाल्ने पत्थर कोईलाको धुँवाको मुस्लोको त झन के बयान गराई भो ।
यस्ता देखिएको भयाबह सत्यहरु देख्दा देख्दै पनि ति सत्यहरुलाई आँखा चिम्लेर जनताको घरमा निस्किने धुँवाको चिन्तामात्र जिल्ला विकास समितिले लिएको देख्दा नेपाली उखान 'कासी जानु कुत्तिको बाटो' जस्तो भयो कि भएन ?
जनताको स्वास्थको ख्याल राख्ने काम सरकारी निकाएको हो तर ठुला उधोगका चिम्नीहरु बाट निस्किने कालोमुस्लोरुपी  धुँवा नियन्त्रण नगरिकन जनताको घरमा प्रयोग हुने चुलाको धुँवा नियन्त्रण गर्दैमा बारा जिल्ला बायु प्रदुषण मुक्त कसरि हुन सक्छ ? 

छ जवाफ नक्कलेहरु संग ?

Written By खांट्टी कुरा on Saturday, February 14, 2015 | February 14, 2015

तस्विर साभार: google search
आज पिरिम दिबश रे ! सबैले सामाजिक संजालमा विभिन्न रंगी/बिरंगी गुलाप्को फुलहरुको को साथ ब्या  गरेको सालको जोई पोईको, कसैले हुनेवाला अनि कसैले हुनेवालीहरुको फुटाँ  आफ्ना मनका कुरा डामेर गोरा र कुईरेको भाकाको भ्यालेन्टाइन भन्ने पश्चिमा फिरिंगी दिवस मनाए । लालेहरुको भाका यस्तोलाई अग्रगामी क्रान्तिकारी छलांग मारेको पनि भंच्चन क्यारे ।

अस्ति बारा जिल्लाको बरियापुर गढ़िमाई मेलामा पशु हत्या भो भनेर तुरुक्क आँसु चुहौंदै कुर्लिनेहरुले लाखौ कलिला गुलाबको मन्टो चिमोटेर आज भ्यालेन्टाइन भन्ने पश्चिमा दिबस पनि पक्कै मनाए होलान ।

परान भन्ने चिज सप्पै जिनिसा हुन्छ । परान हुन्जेल विभिन्न रंगा चम्किने गुलाप्को फूल केहि घण्टा पछी ओईलाउने छन त्यस पछी जसरि हत्या भएको पशु पंक्षीहरुको सरिरलाई काटकुट पारेर बनाईएको बिभिन्न पकवान पछी मुन्छी र तिनीहरुको घरा पालेको कुकुरहरुले समेत डकारे अनि  भोलि पल्ट मलको माध्यम बाट कुहिएर माटोमा मिले त्यस्तै गरि ति फूलहरु पनि मिल्ने त माटोमा नै हैन र ?

आत्मा/परान/धुकधुकी मुंच्चिमा मात्र हैन पशु पन्छी देखि बोट बिरुवामा समेत हुन्छ भने हिन्दु धर्मको पुजाआजामा बिरोध गर्ने पश्चिमाहरुले अर्बौ पुष्प हत्याको बिरोध चैँ किन गर्दैनन ?

पश्चिमा संस्कृतिलाई पच्छ्याएर अस्ति बलि प्रथाको बिरोध गर्ने नक्कले लोकतन्त्रे तथाकथित आधुनिक भनाउँदो र आधुनिक बन्न खोज्ने नेपाली युवा युवती देखि बाज्ये बज्यैहरु सम्मले गुलाबको बिरुवामा पनि आत्मा हुन्छन भनेर चै किन देख्दैनन/देखेनन ?

मासु पनि जिब्रो पड्काई पड्काई खाने अनि आफ्नो धर्म र संस्कृति नबुझेर बलि प्रथाको बिरोध गर्नेहरुले निर्दोष ति विभिन्न रंगका गुलाबको फूलहरुलाई धारिलो कैंचिले च्वाट्ट पारेर आफ्ना मयालुहरुलाई दिंदा त्यो निर्दोष बोट बिरुवाको हत्या भएको चैं किन देखेनन ?
आर्काको हत्या गरेर पनि  भ्यालेन्टाइन दिबस मनाइन्छ ? यदि मनाइन्छ र मनाउनु पर्छ भने हिन्दु धर्म र संस्कृतिको बिरोध चैँ किन गरिन्छ ?

हत्या नगरी मासुको विभिन्न जिनिस पाक्दैना भने हत्या नगरी भ्यालेन्टाइन डे पनि त मनाईदैन होला नि हैन ? अब पनि हिन्दु धर्म र संस्कृतिको बिरोध गर्ने कि ?  छ जवाफ नक्कलेहरु संग ?

janakdangol@gmail.com २०७१ फाल्गुन २ गते शनिवार

ऐतिहासिक जानकारी (नेपालमा जातिय राज्य )

Written By खांट्टी कुरा on Saturday, December 27, 2014 | December 27, 2014

-लेखक: बिपुल सिजापति

श्री बिपुल सिजापति
नेपालको इतिहास पढने हो भने जम्मा चार संस्कृति मात्र प्रमुख देखिन्छन् । नेवार संस्कृति, खस संस्कृति, किँरात संस्कृति र मैथिली संस्कृति । यी सबै संस्कृतीहरुमध्ये मैथिली, नेवार र खस संस्कृतिमा सानो जात ठूलो जात र छुवाछुत प्रचलन देखिन्छ । खस संस्कृतिको केन्द्र कर्णली प्रदेशका शासकहरु श्री चल्ल, क्रा चल्ल, अशोक चल्ल आदि चल्लराजाहरुले बौद्ध धर्म अपनाएको देखिन्छ । मुगल साम्राज्यको बिस्तार पछि बिस्थापित हिन्दु राजा रजौटाहरुसँगको सम्पर्क र तिनीहरुसँग बेहेवारीको लागि चल्लबाट मल्ल भएका खस राजाहरूले आफूलाई पनि राजपुत प्रमाणित गर्नकोलागि तागा (जनै) धारण गरेको देखिन्छ भने नयाँ जात ठकुरी उत्पन्न गरेर आफूलाई शासक र अरूलाई साशित बनाए । तर यसको विपरीत केही खसहरुले तागा परित्याग गरेर परम्परागत धर्ममा नै अडिग रहे । पावइ खसहरु यसैका नमुना हुन् ।

नेपालमा भएका अधिकांश जातहरु या त कर्णाली प्रदेशका विभिन्न स्थानबाट नामाकरण भएका छन्, धिता गाउँका धिताल भएजस्तै, या त कार्य बिभाजन अनुसार जिम्मेवारी पाएका आधारमा, खड्ग समात्ने खडका भए जस्तै । मेरो अध्ययनको आधारमा भन्नुपर्दा अज्र्याल र पुडासैनि मात्र भारतबाट भित्रिएका जातहरु हुन् । बाँकी सम्पूर्ण बाउनहरु खसहरु नै हुन्, खालि पूजा गर्ने जिम्मेवारी मात्र पाएका । त्यसैले देवाली पुजागर्ने र मस्ट पुजागर्ने प्रचलन यी सबैमा छ । हिन्दुधर्म अवलम्बन गरे पनि खसहरुका धेरै परम्परा भने त्याग गर्न मुस्किल नै छ र हालसम्म पनि प्रचलनमा रहेको छ । रजस्वला भएकी स्त्रीलाई नछुनु, अक्षताको टिका लगाउनु, देवाली पूजा गर्नु, सप्ताहमा पनि बाँसको लिङ्गोमा प्रेतघडा (जो मस्टको प्रतीक हो) राख्नु, छोरीलाई ढोग्न नलगाउनु र पूजा गर्नु आदि खस परम्पराकै प्रचलन हुन् । खसहरुमा कुनै जात बिभाजन थिएन र उँचनिच पनि थिएन । समाजमा आवश्यक विभिन्न पेसा गरे पनि ती जिम्मेवारीका रूपमा हुन्थे । खसहरु न त ब्राम्हण, क्षत्री, वैश्य र सुद्रहरुमा बिभाजित थिए, न त पानी चल्ने या नचल्ने रिति थियो । यी सबै कुराहरू हिन्दु धर्मको प्रसारसँगै सुरुभएको देखिन्छ । त्यसैले जातिपातीको समस्या खसहरुमा थिएन ।

तागा (जनै) को बारेमा भन्नुपर्दा आफूलाई राजारजौटा कहलाउने, यिनका आसेपासे र सन्तानहरुले छ डोरे जनै धारण गरेको देखिन्छ भने बाँकी खसहरुले तीन डोरे जनै । उल्लेख्य कुरा के भने जंगबहादुर कुँवर पनि खस नै कहलिन्थे र तीन डोरे जनै धारण गर्दथे ।

 
यस प्रकार हामी सबै खस हौँ, हाम्रो जड खस हो, हामी जुनै जातका भए पनि यदि हामी रजस्वला भएकी स्त्रीलाई नछुने गर्छौ भने, अक्षताको टिका लगाउँछौ भने, देवाली पूजा गर्छौँ भने, वायु देवता, कुल देवताका रूपमा मष्टको पूजा गर्छौ भने, छोरीलाई ढोग्न लगाउँदैनौ र पुज्दछौँ भने हामी खस नै हौँ ा यी सबै खस परम्पराकै प्रचलन हुन् र खस परम्परामा छुवाछुत हुँदैन ।

 
जातपात र छुवाछुत सबै ढोँग हो, नाटक हो, आफूलाई उच्च देखाउने, शासक र शासितमा छुट्याएर झूठो आत्मरतिमा रमाउने मानसिक रोग मात्र हो ।

यसैले सभ्यता र संस्कृतिको आधारमा नेपालमा जातीय राज्य स्थापना गर्ने हो भने यी चार राज्य भन्दा बढी राज्य स्थापना हुन सक्दैन ।

भ्रम चिर्नुछ ।

Written By खांट्टी कुरा on Saturday, December 20, 2014 | December 20, 2014

Lee soo yong तपाई अस्सली बुद्धिस्ट हो ?
मेरो प्रस्नको जवाफ दिंदै उसले हो भन्यो ।
सक्कली बुद्दिस्ट साकाहारी हो त्यसैले हो कि हैन जाच्नु पर्यो भनेर फेरी सोधे तपाई साकाहारी कि मांसाहारी ?
उसले जवाफ दियो म साकाहारी हुँ ।
संगै एकै कम्पनीमा काम गरेको झन्डै १० बर्ष हुन लाग्यो तर कहिले पनि माछा मासु जन्य खानेकुरा खाएको देखिन तै पनि म बुद्ध धर्मको बिषयमा उसलाई घुमाई घुमाइ सोध्ने गर्थे ।
अस्ति उसले मलाई उसको प्राथना गर्ने स्थानमा संगै जान अनुरोध गर्यो । मैले नकार्न सकिन किनभने यो दस बर्षको दौरानमा उसले मलाई पाईला पाईलामा सहयोग गरेको थियो ।

‘अन्तराष्ट्रिय साहित्यिक महोत्सबको नतिजा घोषणा’

Written By खांट्टी कुरा on Sunday, December 07, 2014 | December 07, 2014

समाको पुरस्कार
तस्विर : राम कुमार श्रेष्ठज्युको फेसबुक बाट साभार !
-जनक मान डंगोल
janakdangol@gmail.com
..
भगवान गौतम बुद्धको जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापीदिग्भ्रम निस्तेज गरी सत्यको प्रतिरक्षा, लुम्बिनीको प्रचार प्रसार गरीपर्यटन प्रबर्द्धन, वुद्धका सन्देशहरुको प्रचार प्रसार गरी बिस्व शान्तिमायोगदान गर्ने जस्ता उद्देस्यहरुका साथ सूत्रपात गरिएको लुम्बिनी-कपिलवस्तुदिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमाकेन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले डा मधुमाधुर्यको मूल संयोजकत्वमा गठित १३ सदस्यीय मूल आयोजक समितिले वुद्धजन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा अन्तराष्ट्रिय साहित्यिकमहोत्सब आयोजना गरेको थियो ।

बरिस्ट साहित्यकारहरु डा. कविताराम श्रेष्ठ, कृष्णप्रकाश श्रेष्ठ र दामोदर पुडाशैनी रहनु भएको तीन सदस्यीय निर्णायकमण्डलको मूल्यांकन अनुसार उत्कृष्ट पाँचजना कवीहरुमा बिनोद न्यौपाने (वेलायत), बिबेक दुलाल छेत्री (युएइ), शमाश्री (इजरायल), डा मन मूर्ति भुर्तेल (रसिया) र जगत नबोदित (वेलायत) पर्नु भएको छ । त्यसपछिका छ: जना उत्कृष्टकवीहरुमा दीपक आचार्य “जलन” (कुबेत), बिशाल शाह (न्यू योर्क), लालानाथघिमिरे (खाँदबारी), जीवन श्रेष्ठ (गोर्खा), डा साबित्रा काफ्ले (अस्ट्रेलिया), मोहन आचार्य जलद (पोर्तुगल) र नारायण थापा हुनुहुन्छ ।

अभियानद्वारा छिट्टै काठमाण्डौंमा आयोजना गरिने बिशेष कार्यक्रमका बीच पहिलोपाँच जनालाई जनही रु १० हजार तथा प्रमाणपत्र र पछिल्लो छ: जना प्रत्येकलाईप्रमाणपत्र प्रदान गरिनेछ ।

कविताहरु प्रतियोगी र अप्रतियोगी गरी दुईकिसिमका थिए । प्राप्त कविताहरुलाई बिशेष तयारीका साथ बुटवलबाट सन्चालितखस्यौली एफएम ९१.८ का रोहित ढकाल, सुमन श्रेष्ठ, सरोज कंडेल र कपिलज्ञवालीले तयार गरी प्रसारण गरेको थियो भने अस्ट्रेलियाको एडिलेडबाटसन्चालित रेडियोमेलबर्नबाट सन्चालित नेपाली संचार, कपिलवस्तुको रेडियोबाणगंगा, रेडियो मायादेवी, भ्वाइस अफ शाङ्रिला, रेडियो जनादेश र रेडियोमैत्रीले समेत ऐक्यबद्धता स्वरुप प्रसारण गरेका थिए ।

यस कार्यक्रमको लागि आबस्यक आर्थिकब्यबस्थापन सुमन खरेल (रसिया), बिकल आचार्य (वेलायत), बिमल गिरी (बेल्जियम)र बिनोद अधिकारी (कुवेत) द्वारा गरिएको थियो ।

अभियानले वुद्ध र लुम्बिनीमा केन्द्रित भएरनेपाली एबम बिदेशी बिसिस्ट ब्यक्तिहरुलाई सहभागी गराउँदै रेडियो मार्फतलगातार २४ र २५ घण्टे कार्यक्रमको आयोजना यस अघिका बर्षहरुमा गरिसकेपस्चातलुम्बिनी र वुद्ध बिषयमा केन्द्रित भएर पहिलो पटक अन्तरराष्ट्रिय रुपमायसरी आयोजना गरिएको साहित्यिक कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुनेसबैलाई अभियानको तर्फबाट अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले एकबिज्ञप्ती मार्फत धन्यवाद दिंदै आभार प्रकट गर्नु भएको छ ।

उक्त प्रतियोही हरु मध्ये कवयत्री समाश्रीको कविताको सानो अंस तल प्रस्तुत गरिएको छ ।
..
कविता — शुद्ध बुद्ध
एक दूरको अतिथि
एक दूरको परदेशी
मेरो माटोमा आएर बुद्ध खोज्दा
यो बुद्ध जन्मेको देश हो भन्दा
आवाज किन काँप्छन् ?
परदेशी किन मुस्कुराउँछ ?
म आफै किन अलमलिन्छु
समाचार Lumbini-Kapilvastu Day Blog बाट साभार !

यी पार्टीका कार्यकर्ताहरु हुन कि संचारकर्मी ?

Written By खांट्टी कुरा on Tuesday, May 06, 2014 | May 06, 2014


(तस्बिर साभार: फेसबुकबाट)
अस्ति संबिधान सभा भाग २ को चुनावमा चुनावी प्रयोजनको लागी उम्मेदवारहरुले भारतीय गाडीको प्रयोग गर्दा बिरोध गरेर उल्का गर्ने हाम्रा संचारकर्मीहरु आफैले पत्रकारको चुनावमा लाजै नमानी निर्धक्क संग भारतीय गाडी प्रयोग गरे ! अस्ति हाम्रा प्रधान मन्त्रिज्युले ठिकै भन्नू भएको रैछ तर १० बर्ष हैन प्रधानमन्त्रीज्युले भन्ना साथ गाडी त्यो पनि रास्ट्रिय नम्बर प्लेटको हैन अन्तररास्ट्रिय नम्बरप्लेट भाको चढेर देखाई दिए ! कसले भन्छ नेपालको पत्रकारहरु गरिब छ भनेर ? अब संचारकर्मीले तलब पाएनन, भत्ता पाएनन आदि भनेर गुनासो गर्न सुहाउला ? अनि  तिनका गुनासोलाई जनताले पत्याउलान त ?
तर,
आर्काको खेदो खन्ने संचारकर्मीले आफुले चैँ त्यसरी भारतीय गाडी प्रयोग गर्दा लाज, सरम र नैतिकताकोचैँ  ख्याल गरे कि गरेनन ? निकै नैतिकताको बखान छाटछन हाम्रा संचारकर्मिहरुले ! अब छिटैनै लोकल चुनाव पनि आउदैछ क्यार ! लोकल चुनावमा पनि सवारी साधन धेरै प्रयोग हुन्छ ! बिशेष गरि मदेसमा प्रयोग हुने अत्याधिक मात्रामा भारतीय सवारी साधन नै हो !
लोकतन्त्र हैन २०४६ साले प्रजातन्त्र आए देखिने नेपालमा स्वतन्त्र पत्रकारिता सहिद भएछ ! 
अहिले त लोकतान्त्रिक नयाँ नेपालमा कांग्रेसको पत्रकार !
त्याहा भित्र पनि कोइराला खेमा, देउवा खेमा र पौडेल खेमाको पत्रकार !
त्यस्तै एमालेको पत्रकार !
त्याहा भित्र पनि क.माकुने,  क.झलनाथ, देखी क वलीहरु सम्मको पत्रकार !
त्यस्तै एमाओबादीको पत्रकार !
त्याहा भित्र पनि क.प्रचण्ड, क.बाबुराम देखी . नारनकाजीहरु सम्मको पत्रकार !
सधै भरि अत्तो थाप्ने किचकिचे पार्टी ड्यास माओबादीको पत्रकार र त्याहा भित्र पनि बैद्य र विप्लब खेमाको पत्रकार !
यस्तै मदेस्बादीहरुको पार्टी पिच्छेको पत्रकार, अन्य भुरे टाकुरे देखि राजाबादी पार्टीहरुसम्मको पत्रकार !

तर,
२०४६ साल भन्दा अगाडी पंचायत ब्यबस्थाको पालामा जस्तै खै त देस र जनताको हक हितमा लेख्ने स्वतन्त्र पत्रकार कोहि छ यसको चित्त बुझ्दो जवाफ दिने व्यक्ति ?
त्यसैले पार्टीको झण्डा समातेर पत्रकारिता गर्ने संचारकर्मीहरुलाई कुन खुसीले बधाई दिने ? खै कहाँछ हिजो आज जनताको बिषयमा सशक्त आवाज उठाउने स्वतन्त्र पत्रकारहरु ?  त्यै भएर मैले चैँ राजनीतिक पार्टीका कार्यकर्तारुपी संचारकर्मीहरु लाई बधाई दिन चाहिन ! पार्टीको झण्डा बोक्नेहरु ति पार्टीका बफादार कार्यकर्ता हुन्छन तर स्वतन्त्र पत्रकार हुन सक्दैनन !

'जदौ' अर्थात 'दर्शन' !

Written By खांट्टी कुरा on Tuesday, December 17, 2013 | December 17, 2013

(फोटो साभार: फेसबुक बाट)
उहिले बुढो रेडिया नेपाला ब्यान समचार पछी दाहाल यज्ञनिधि भन्ने बाहुन जातका मुन्छिले 'साहित्य संसार' भन्ने कार्यक्रम चलाउथे ! दाहाल बाजेले कार्यक्रम सुरु गर्नु भन्दा पहिला सप्पै श्रोतालाइ 'जदौ' भन्नुहुन्थ्यो !
ठेट नेपाली भाषामा अभिवादन लाइ 'जदौ' भनिन्छ भने सम्भ्रान्त बर्गले 'दर्शन' भन्छन अर्थात  सानाले ठुलालाई गरिने अभिवादन ! मैले 'जदौ' गर्नुको अर्थ मैले अभिवादन टक्र्याएको महानुभावहरु म भन्दा उच्च हुनुहुन्छ भन्ने हो तर कतिपयले यसलाई हेयको दृस्टीले यो 'जदौ' भनेको साना जातिले ठुला जातिलाई गरिने अभिवादन हो भनेर परिभाषा दिन्छन !
मैले 'जदौ' भन्दा म सानो भए कि ठुलो भए त्यो त्यहि परिभाषाकार हरुलाई थाहा होला ! 'नमस्ते' उता एकरुप्पे साठी पैसोको देस हिन्दुस्थाना पनि भन्छ ! उताकाले हाम्रो भाषा पक्कै पनि चोर्दैनन होला बरु हाम्ले चैँ लाज सरम नमानिकन उताको भाषा नाक ठाडो पारेर बोल्च्च्म ! उताको भाषा मीसायेर बोल्दा स्वर्गा पुगेको अनुभूति हुन्च्चरे नपत्याय हेर्नुस 'झक्कास', 'बाल मतलब', ' बालै भएन', 'बाल नदे' .. आदि ! यसको अर्थ के हो मैले आज सम्म बुझ्न सकेको छैन !
तर,
एकरुप्पे साठी पैसोहरले आज सम्म 'जदौ' भनेको सून्नु भाकोच्च ? छैन भने निकासी भाषा बोल्ने की स्थानीय झर्रो र टर्रो भाषा बोल्ने ? खुकुरी उचाल्दैमा बीर गोर्खे हुन्न भने रास्ट्रिय झण्डा बोक्दैमा रास्ट्रबादी कदापि होइन्न ! देशलाई माया गर्ने हो भने आफ्नो भाषा र संस्कृतिलाइ पनि माया गर्न सिक्नुस !
'जय रास्ट्रबाद' 'जय जनता' !
२०७० पौष २ गते मंगलबार !

अदृश्य शक्तिरुपी बिरालोले खेलाएका मुसाहरु !

Written By खांट्टी कुरा on Tuesday, December 10, 2013 | December 10, 2013


नेपाली राजनीतिको इतिहासमा २०६२ पछी गज्जबको दृश्य देख पाइएको छ ! नेपाली कांग्रेस पार्टीमा जब स्व.गिरिजा प्रसाद कोइराला हाबी भए त्यस पछी स्व.गिरिजाले कांग्रेस भनेको प्रजातन्त्र र प्रजातन्त्र भनेकै मै हु भन्ने दम्भ पाल्थे तर त्यस्ता दम्भी व्यक्तिलाई समेत २०६३ पछि आएर माओबादी पार्टीका अध्यक्ष क.प्रचण्डले आफ्नो वाकपटुताको प्रयोगले नराम्री थांगनामा सुताई दिएका थिए जसको नतिजा हो पार्टी भित्रको बहुमत लाइ पाखा लाउदै स्व.गिरिजा धर्म निरपेक्ष र गणतन्त्रको साक्षी बस्न पुग्नु ! तर यी सबै काम कार्य न क.प्रचण्डले आफ्नो मन र स्वबिबेकले गरेका थिए न त्यसमा पार्टीको बहुमत र जनताले पारित गरेको जनादेसनै थियो ! यी सबै हिजोको कुरा भए !
अहिले नेपाली राजनीतिको आकासमा बिरालोले मुसा खेलाको जस्तै गरि राजनीतिक वृत्तका निम्न ६ खेलाडीहरु लाई अदृश्य शक्तिले खेलाउदै छ ! 
Ø  रामचन्द्र पौडेल   VS  क.के.पी.वली    Vs क.प्रचण्ड

Ø  शेर बहादुर देउवा  VS  क.माधब नेपाल Vs डा.बाबुराम

Ø  शुसिल कोइराला  Vs  क.झलनाथ      Vs नारायणकाजी 

लेखिदैमा मात्र रास्ट्र भाषा नहुने रैछ !

Written By खांट्टी कुरा on Monday, December 09, 2013 | December 09, 2013

हामि सन् २००४ डिसेम्बरमा मलेसिया आयेसी कम्पनि बोसले घर भाडामा लिन भनेको रैछ याहाको मलेलाइ ! आउँदा घर त भाडामा लिएको रैछ तर बोसलाई चित्त बुझेन ! ब्रान्च मेनेजर बुढो चैनिज बोसको स्कुले गुरुबा रैछ ! फोन गरेर बोलाकोथ्यो कुद्दै आइपुग्यो ! उसले पनि फोन गर्यो त्यो मान्छेले होटल केटरिना पछाडी घर खालि छ हेर्न आइज म त्यहि हुन्छु भनेर भन्यो ! त्याहा गाको घर धनि पन्जाबी रैछ ! मलेसियामा पन्जाबी देख्दा जिल परे ! सन्जोग पनि कस्तो मेरो सेक्युरिटीको साहु, घर धनी र मैले डिउटी लिने कम्पनीको साहु तिनै जना स्कुले सहपाठी रैछन ! पन्जाबिको नाम रंजित सिह !

अत्याधिक मात्रामा पराइ भाषा र संस्कृती प्रयोग गर्नु ठिक हैन !

Written By खांट्टी कुरा on Tuesday, December 03, 2013 | December 03, 2013

जिग्री .... हिन्दि भाषामा जिग्रिको अर्थ हुन्छ यारी/दोस्ती ! यारी दोस्ती गर्ने भनेको केटा मुन्छिले केटा मुन्छी सित र केटि मुन्छिले केटि मुन्छी सित हो ! हिन्दीमा जिगर भनेको मुटु हुन्छ र त्यहि सब्द्लाई कच्याक कुच्चुक पारेर 'जिग्री' बनाइएको हो !
पाकिस्थानको सरकारी भाषा 'उर्दु' हो ! उर्दु हिन्दुस्थानमा पनि बोलिन्छ र नेपालको मुसलमानहरुले पनि बोल्छन ! नेपाली कांग्रेसको सभापति शुसिल कोइराला प्रस्ट र राम्रो 'उर्दु' बोल्नु हुन्छ ! उहाँ जस्तो उर्दु बोल्ने नेपाली नेतामा अरु कोहि पनि छैनन होला तर उहाँले जहा पायो त्यहि उर्दु बोलेको सून्नु भाको छ ?
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger