Home » » हावा नचली पात कसरि हल्लियो ?

हावा नचली पात कसरि हल्लियो ?

Written By खांट्टी कुरा on Saturday, March 07, 2015 | March 07, 2015

यही मिति २०७१ फाल्गुण २२ गते शुक्रवार पुर्ब प्रधानमन्त्री सुर्य बहादुर थापा निवास मालीगाउँ काठमान्डौमा नेपालका प्राय ठुला साना पार्टीका नेताहरुको राजनैतिक जमघट भो भनेर प्राय सबै पत्रिकाहरु रंगिए । सोहि भेटघाट सम्बन्धि बिषयलाई लिएर २०७१ फाल्गुण २३ गते सनिवार बिहान उज्यालो नेटवर्कले 'पुर्व राजा संग हिजो ठुल पार्टीका नेताहरुले के कुरा गरे त्यो बाहिर आउनु पर्यो' भनेर ने.क.पा. मालेका महासचिव सी.पी मैनालीले राखेको जिज्ञासामा सबै नेताहरु चुप्प लागे । पुर्व राजा संगको भेटघाटको बिषयमा कोहि कसैले मुख खोल्न चाहेनन भन्ने खबर प्रसारण भयो ।
२०६३ सालको आन्दोलन पश्चात संचार माध्यमहरुले न्वारान गर्देका नाउँ 'पुर्व राजा' ले सजिलै संग राजगद्धी छोडेर नागार्जुन बस्न गएको हो वा करकापमा राजगद्धी छोडेका हुन त्यो बिषयमा उक्त समयका नेताहरुमा नेपाली कांग्रेसका नेता गिरिजा प्रसाद कोईराला आज यो धर्तीमा छैनन तर वार्ताको मुख्य भूमिका निभाउने एमालेका बरिस्ट नेता माधव कुमार नेपालले केहि दिन अगाडी छात्ती फुलाएर राजतन्त्रको बिषयमा नकारात्मक टिप्पणी गर्नु भएको समाचारहरु पनि मिडियामा छापिएकै हो ।
जसरि कामरेड माधव कुमार नेपाल ज्युले 'हिजो राजतन्त्र ब्युताउने सम्झौता भएकै छैन' भनेर केहि दिन अगाडी विभिन्न पत्रपत्रिकाहरुमा दिनु भएको भनाईमा जुन अड्डी कस्नु भयो त्यहि जवाफ हिजो सुर्य बहादुर थापाको निवास मालिगाउँमा किन दोहर्याउनु भएन यो कुरा उदेकलाग्दो छ कि छैन ? सबै नेताहरु मौन बस्नुको कारण पनि त होलानी ।
प्रजातन्त्र दिवसको दिनमा राजा ज्ञानेन्द्रले 'दलहरुले म संग गरेको वार्ता र सो वार्तामा गरिएको सम्झौता पुरा गरियोस भनेर भन्ना साथ कांग्रेस तथा कम्युनिस्टका नेताहरुले केहि दिन अगाडी सम्म कोकोहोलो मच्चाउनु र कम्युनिस्ट नेताहरु मध्येकै एक नेताले सो कुराको प्रसंग उठाउना साथ सबै नेताहरु मौन बस्नु भनेको दालमा पक्कै कालो छ भनेर बुझ्ने कि नबुझ्ने ?

नेपाली उखानै छ हावा नचली पात हल्लिदैन भन्ने । हावा र हचुवाको तालमा राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिबसकै दिन पारेर पुराना कुराको स्मरण गराउनुमा पनि त कारण होलानी । नेपालका नेताहरु कस्ता प्रकृतिका छन नेपालको जनताहरुले २५ बर्षमा राम्रै संग देखि भोगी सकेका छन । दरबार हत्याकान्ड पछी राजा ज्ञानेन्द्रको गद्दी आरोहणको समय होस वा प्रधान मन्त्रीको लागि निबेदन दिनेमा होस ति समयमा नेताहरुले आफ्नो औकात देखाएको देख्दादेख्दै पनि पटक पटक झुठो बोल्दैमा अब पनि नेपाली जनताले पत्याउछन भनेर सोच्नु त्यो नेताहरुको मुर्खता मात्र हो ।
हिजो २०६४ सालमा नारायणहिटी राजदरवारमा दलका नेताहरु र राजा बीच के के सम्झौता गरियो त्यो सम्झौताको जानकारी पाउने नेपाली जनताको हक र अधिकार हो र त्यो बेलामा भएको सम्झौताको जानकारी नेपालको जनताले पाउनु पर्छ । जनतालाई गुमराहमा पारेर नेताहरुको राजनीतिको दोकान सधै चल्न सक्दैन भन्ने कुरा नेपलाको नेतागणहरुले बेलैमा बुझुन ।
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger