Thursday, February 26, 2015

दोहोरो नीति किन ?



बिश्वको एक मात्र हिन्दु राज्य हो नेपाल । बिदेसिको ईसारामा कथित गणतन्त्र घोषणा गराएता पनि बिश्वका धेरै देसले अहिले पनि हिन्दु अधिराज्य नेपाल भनेर भन्न छाडेका छैनन । यहि देसमा धेरै थरिका बिचार भएका नागरिकहरुले जन्म लिए । कसैले धेरै पढे र आफ्नो नामको अगाडी दर्जा झुन्ड्याए । मान पाए सम्मान पाए र त्यस्तै दर्जा झुन्ड्याउने मध्येका एक हुन डाक्टर बाबुराम भटराई ।
डाक्टर बाबुराम भटराई भन्नासाथ अझै पनि धेरै नेपालीहरुले माओबादी पार्टीको दोश्रो दर्जाको नेता भनेर चिन्छन । पहिलो दर्जाको नेता हुन अहिले सम्म सकेका छैनन र यस्तै पारा देखाए भने हुन् पनि सक्दैनन । डाक्टर बाबुराम भटराईको पार्टीमा उनि जत्तिको बिद्द्वान नेता अरु छैनन तर 'लाटो लड्छ एक बल्ड्ल्यांग बाठो लड़छ सय बल्ड्यांग' अरु पार्टीमा चरितार्थ नभए पनि नेपालको एमाओबादी पार्टीमा चैँ राम्रै संग देखिएको छ ।
माओबादी पार्टी भने पछी नेपालको उत्तरी छिमेकी चिनमा राजतन्त्र फालेर साम्यवादी सासनको जग बसाल्ने कम्युनिस्ट पार्टीका संस्थापक नेता कमरेड माओत्सेतुङको नामबाट राखिएको पार्टी भनेर बुझिन्छ । कमरेड माओको बिचारलाई आत्मसात गर्दै बिस्वमा अरु देसमा पनि यस्तै नाम भएको कम्युनिस्ट पार्टीहरु थुप्रै होलान तर छोटो समयमा नेपालको माओबादी पार्टी जत्तिको चर्चित हुने मौका अरु देसका माओबादी पार्टीहरुले आज सम्म पनि प्राप्त गर्न सकेका छैनन ।
नेपालको माओबादी पार्टी छोटो समयमा चर्चित हुनुमा अरु नेताहरुको पनि ठुलो देन र त्याग तपस्या छ तर अन्य नेताहरु भन्दा पनि डाक्टर बाबुराम भटराईको डिग्री देखि वाकपटुताको कारणले गर्दानै छोटो समयमा माओबादीले सफलता हात पारेको हो भनेर जानिफकारहरु बताउछ्न र देखिएको सत्य पनि यहि नै हो ।
राजनीति गर्ने मान्छेको कुनै जात, पेशा र धर्म हुँदैन भन्छन । कुरा एक हद सम्म सत्य पनि हो किनभने राजनीति गर्ने मान्छेले कुनै एक जात, पेशा र धर्म समातेर राजनीति गर्ने हो भने त्यस्ता राजनीति गर्ने ब्यक्ति कुनै पनि हालतमा सफल हुन सक्दैन । उदाहरणको लागी हाल भारतमा सबै भन्दा ठुलो पार्टी बन्न सफल भारतीय जनता पार्टीलाई दिन सकिन्छ । भारतीय जनता पार्टी कट्टर हिन्दुवादी बिचारधारा मान्ने पार्टी भयता पनि उक्त पार्टी बाट चुनाव जितेर मुख्य मन्त्रि देखि प्रधान मन्त्रि बन्न सफल भएका नरेन्द्र दामोदर दास मोदीले भर्खरै सबै धर्मको रक्षा र समान ब्यबहार गरिन्छ भनेर ब्यक्त गरेको भनाईलाई लिन सकिन्छ । 
कम्युनिस्ट पार्टी भनेको साम्यवादी विचारधारा बोक्ने पार्टी हो र साम्यवादी बिचारधारा बोक्ने पार्टीले जाति धर्म देखि राजतन्त्र सम्मलाई मान्ने कुरै भएन तर नेपालको प्राय सबै कम्युनिस्ट पार्टीहरु बिश्वका अन्य देसका कम्युनिस्ट पार्टीहरु भन्दा नितान्त फरक छन ।
राजतन्त्र मान्दैनौ भन्छन राजाको अगाडी सपथ खाएर मन्त्रि देखि अन्य ठुला संबैधानिक पद ग्रहण गरेको पनि देखिएकै हो । धर्म मान्दैनौ भनेर गुड्डी हाक्छन । आफ्नो स्वार्थ पुरा नहुन्जेल कार्यकर्ताहरु लाई देखाउन कट्टर साम्यवादी बनेर देखाउछन । जुन दिन उच्च पदमा पुग्छन त्यो दिन कट्टर साम्यवादी बनेर देखाउने नेताको निधारमा रातो टिका देखि गलामा फूलमाला पहिरिएको पनि देखिएकै हो । 
अन्य देस र बिश्वको एकमात्र हिन्दु रास्ट्र नेपालको फरकपन भनेको नै यहि त हैन ? अन्य देसका खाँटी कम्युनिस्टहरु त नास्तिक हुन्छ भन्छन । उदाहरणको लागी भारतको पस्चिम बंगालमा तीसौ बर्ष मुख्य मन्त्रि पद चलाउने भारतीय कम्युनिस्ट पार्टीको नेता ज्योति बसुले जिबनमा कहिले पनि धार्मिक गतिविधिमा भाग लिएनन । मृत्यु हुन् भन्दा अगाडीनै आफ्नो सरिर चिकित्सा विज्ञानलाई दान गरि सकेका थिए । तिनै खाँटी कम्युनिस्ट नेताको मृत्यु पस्चातको सरिर अहिले सम्म कलकत्ताको चिकित्साल बिधालयमा सुरक्षित रुपमा राखिएको छ ।
नेपालको अन्य कम्युनिस्ट पार्टी भन्दा माओबादी पार्टी अलि भिन्न प्रकारको रहेको थियो । हिजो त्यो पार्टीले कथित जनयुद्दको नाउँमा के के गरेर कसो कसो गरे त्यो बयान गरेर साध्य नै चल्दैन । धर्म मान्नु हुन्न भनेर मन्दिर तोडफोड देखि संस्कृत भाषा पढ्न समेत बन्देज लगाएकै हुन भने आफ्ना लडाकुहरुलाई गाई गोरु काटेर भोज पनि खुवाएकै हुन । सान्ति र सम्झौता भन्दै जंगलबाट सहर पसे पछी धर्मकर्म मान्दैनौ भन्ने ठुला देखि साना नेता हुँदै कार्यकर्ताहरु सम्मको अहिलेको गतिबिधि हेर्ने हो भने आकास पातालको फरक देखिन्छ । 
सामाजिक संजाल फेसबुक देखि ट्वीटरमा निरन्तर जोडिने नेपालको राज नेताहरुमा डाक्टर बाबुराम भटराई अग्रपंक्तिमा देखिन्छन । नेता भटराईले दसैँको टिका देखि तिहारको सप्तरंगी टिका ग्रहण गरेको तस्विर अहिले पनि उहाँको फेसबुक, ट्वीटर जस्ता खाताहरुमा सुरक्षित नै छ भने गुगल सर्चगर्ना साथ त्यस्ता तस्विरहरु सेकेन्डमै देख्न सकिन्छ ।
नेता भटराईको पुज्यनीय पिताज्युको मानसरोवर यात्रामा डाक्टर भटराई स्वयमले अगुवाई गर्नु भएको तस्विर देखि ८४ बर्ष उमेर पुगेको बेला पारेर गरिएको गरिएको समारोहको तस्विर समेत डाक्टर भटराईले नै निर्धक्क सम्म सेयर गर्नु भएको पनि भर्खरै जस्तो लाग्छ ।
नेपालको सरकारी बायु सेवा कम्पनिले नयाँ जहाज झिकायो । २५ बर्ष पछी नेपाली भूमिमा सरकारी कम्पनीको जहाज अवतरण गर्दा सरकार देखि कर्मचारी हुँदै जनता सम्म हर्षित नहुने कुरै भएन । हिन्दु बहुल रास्ट्र भएको हुनाले हिन्दु धर्म अनुसार बिधि बिधानले पुजा के गरिएको थियो डाक्टर बाबुराम भटराईले नकारात्मक टिप्पणीको साथ ट्वीरमा गरिएको ट्वीटमा धेरैले प्रतिक्रिया जनाए ।
हेर्नुहोस बाबुराम भटराईको ट्वीट जस्ताको तस्तै
भौतिक विज्ञानको उत्कृष्ट आविष्कार नयाँ विमान देश भित्र्याउँदा पूजाआजा गर्नैपर्ने कुनै नियमकानूनै छ कि कसो?यस्तो अन्धविश्वास पनि छोड्ननसक्ने?
डाक्टर भटराई नेपालका यस्ता पात्र हुन जसले आफु भलो त जगतै भलो भन्ने सोचाई राख्छन । विद्वान तथा नेता बाट अर्थ मन्त्रि हुँदै प्रधानमन्त्रि सम्म भै सकेका व्यक्तिले यस्ता घटिया सब्द राखेर सामाजिक संजालमा पोस्ट गर्दा त्यसबाट निस्किने प्रतिक्रियाले आफ्नो राजनीति छविमा आंच पुग्छ भनेर किन सोच्दैनन ? हिजो आफुले जनयुद्धकालमा आफ्ना समकालीन देखि तल्ला तहकालाई दिएको आदेस निर्देसनको आफैले बर्खिलाप किन गरे ?
डाक्टर भटराई स्वयम आफै कट्टर हिन्दुको कोखमा जन्म लिएका ब्यक्ति हुन । लोकलाई धर्म मान्नु हुन्न भन्ने तर आफुले आफ्नो पुर्ख्यौली धर्म नछाडने यो कस्तो दोधारे नीति र चरित्र हो ? यस्ता कुतर्क दिंदै हिडेको देखि आफ्नो बचनमा अडिग हुन नसकेको कारणले गर्दा नै आफैले दुख र कस्ट गरेर हुर्काएको पार्टी पहिलो बाट तेस्रोमा पुगेको पनि देखेकै छन । 
माओबादी भन्ने नाम सुन्ना साथ बिदेसीले समेत आश्चर्यजनक रुपमा हेर्ने र नेपालको सम्पूर्ण पार्टी देखि जनताहरु समेत थरथर हुने पार्टी आज दिनप्रतिदिन ओरालो लाग्दैछ । यस्तै दोधारे नीति लिंदै गयो भने नेपालमा माओबादी भन्ने पार्टी पनि थियोरे भनेर भन्ने दिन देख्न अब धेरै समय लाग्दैन किनभने सक्तिसाली पार्टी आज कति टुक्रामा बिभाजन भाको छ त्यो नेपाली जनताहरुले देखि सकेका छन । 
हेटौडा टुडे दैनिक २०७१ फाल्गुण १२ गते मंगलवारको अंकमा प्रकाशित !

No comments: