Saturday, March 21, 2015

‘अधर्मीहरुले मितिनी आमैलाई पनि जयमसि बनाई छाडेछन’

मेरो जन्मथलो नुवाकोट भएता पनि २०२८ सालमा हामि हेटौडा बसाई आएका हौ . हामि तत्कालिन हेटौडा नगर पंचायत वार्ड न ८ मा आएर बसोबास गर्दा उक्त वडामा धादिंग जिल्लाको किरान्चोकबाट टन्नै तामांगहरु बसाई आई बसेका रहेछन भने तामांग जाती बाहेक अन्य जातिहरु पनि फाट्टफुट्ट रुपमा बसेका थिए .

तामांग जातिले बौद्ध धर्म माने पनि गाउँ समाजमा हिन्दु परम्परालाई छाडेका थिएनन . तामांग संगै १ घर कामि, १ घर दमै र २ घर सार्कीको अलावा हाम्रो जति नेवारहरु पनि २/४ घर थियो त्यो समयमा तर सबै जातिहरुले हिन्दु धर्म र संस्कृति अंगालेका थिए .

हाम्रो वडामा २०४६ अर्थात पंचायती ब्यबस्थाको अन्त्य नहुन्जेल सम्म वडाबासिहरु लाई ‘ईसाई’ धर्मको नाउँ पनि सुनेका थिएनन भने नाउँनै नसुने पछी उक्त धर्मको बारेमा जानाकरी हुने नै भएन . तर छिमेकी चुरियामाई गाउँ पंचायेतमा एक्का दुक्काले ईसाई धर्म अंगालेको छन रे भन्ने सम्म सुनिएको थियो .

मेरो स्व. कान्छा भाईले सानैमा एकै वडामा बस्ने सार्कीको छोरा संग मितेरी साईनो गाँसेको थियो . भाइले गाँसेको मितेरी साईनोलाई हामीले पनि यथास्थानमा राख्दै दर्जा अनुसारको साइनोले पुकार्ने गरेका थियौ . भाईको मितबा तथा मितआमै हाम्रो घरको मुलबाटो अगाडी बाट हिंड्दा   होस वा अन्य भेट्दा हामीले आदर गरेर नमस्कार गर्ने गर्थ्यौ र यो चलन अहिले सम्म कायमै छ . 

केहि दिन मेरो घरको अगाडीबाट मितआमै आउनु भयो र साबिकझैँ मैले ‘नमस्ते है मितआमै’ भने . मित आमैले पनि सदाझै नमस्ते बाबु कहिले आईस बिदेसबाट भन्नु भो मैले पनि केहि दिन भो आमै भने . मैले यति कुरा गर्न साथ मित आमै नजिकै आएर मेरो हात च्याप्प समातेर ह्याण्डसेकको तरिकामा हात मिलाउंदै ‘म त जय मसि भै सके छोरा भन्नु भयो’ .
 
मितआमैको घांटीमा पोतेमा उनिएको रातो तिलहरी देखे जुन हिन्दुधर्मको परिचय थियो . मैले मितआमै घांटीमा त हिन्दु नारीले लाउने तिलहरी अझै छोड्नु भएको रहेनछ त . मैले यति भन्ना साथ बुढीमाउ कालो निलो हुँदै अब फाल्नु पर्ला छोरा मलाई अहिले हतार छ भनेर हिड्नु भयो .
२०४६ सालमा तत्कालिन पंचायती ब्यबस्थाको अन्त्य भए पस्चात बहुदलीय ब्यबस्था लागु भयो . 

बहुदलीय व्यबस्थाको आगमन संगै मान्छेहरुले हरेक कुरामा बहस गर्नेनै भए . बहसको संग संगै धर्म परिवर्तनकारिहरुले सोझा र सिधा गरिब नेपालीहरुलाई हिन्दु धर्मलाई छाडेर ईसाई धर्ममा आकर्षित गराउन बिभिन्न प्रलोभन दिन थाले जसको कारणले गर्दा मेरो वडामा बसोबास गर्ने गरिब तथा सोझा सिधा तामांग देखि अन्य विभिन्न जातिका मानिसहरुले सदियौ देखि मान्दै आएका हिन्दु धर्मलाई चटक्क छोडेर आयातित ईसाई धर्म मान्न थाले भने त्यसैको नतिजा हो हाम्री मितेनी आमैले हाल मानेको ईसाई धर्म .

मितेनी आमैले ईसाई धर्म त अंगालिन तर ईसाई भए पछी के गर्नु हुन्छ र के गर्नु हुन्न त्यसको भेउ पाउन सकिनन . यदि भेउ पाउन सकेकी भए मितेनी आमैको गलामा हिन्दु नारीको सौभाग्यको प्रतिक तिलहरी देखिने थिएन .

हाल नेपालको गाउँ टोल देखि कुना कन्दरामा भाईरस जस्तरी फैलाइएको ईसाई धर्म भनेको के हो र यो धर्म मान्नाले के हुन्छ भन्ने कुरा लाखौ सिधा साधा र सोझा नेपालीहरु लाई थाहा नै छैन . धर्म परिवर्तनकारीहरुले ईसाई बाहेक अरु धर्म भनेको सैतान हो त्यस्तो धर्म मान्यो भने नर्कमा परिन्छ भन्ने हौवा फैलाउछन भने ईसाई धर्म अंगाल्यो भने स्वर्ग जान पाईन्छ . ईसाई धर्म मान्यो भने प्रभुले सबै पापलाई माफ गरेर मुक्ति दिनु हुन्छ भन्छन .

धर्म भनेको सबै एकै हो र आज सम्म कोहि कसैले जिउँदा देउता देखि अल्लाह, परमेस्वर केहि देखेका छैनन . जब देखेका नै छैनन भने स्वर्ग र नर्कको कुरा के कसरि आयो ? धर्म भनेको आस्था हो, धर्म भनेको बिस्वास पनि हो . धर्मले गाउँ टोल समाजमा छरिएर रहेको नागरिकहरु लाई एकै स्थानमा जोडने गर्छ तर देस र समाजको दुस्मन तथा दुई पैसामा आफ्नो अस्मिता बेचेका केहि गद्धारहरुले आज गाउँ टोल तथा पाखा पखेरामा बसोबास गर्ने सोझा र सिधा नेपाली नागरिकहरुलाई भड्काएर धर्म परिवर्तन गराउने गरेका छन भने त्यो ठिक कार्य हैन . होस गरौ नेपाली दाज्यु भाई तथा दिदि बैनीहरु यहि स्थिति निरन्तर बढ्दै गयो भने देसमा कुनै पनि बेला एक नेपालीले आर्को नेपालीलाई देखि नसहन सक्छन र यस्तै क्रम बढ्दै जानु भनेको देसमा गृहयुद्धमा जानु हो .

No comments: