Monday, December 09, 2013

लेखिदैमा मात्र रास्ट्र भाषा नहुने रैछ !

खांट्टी कुरा     December 09, 2013    

हामि सन् २००४ डिसेम्बरमा मलेसिया आयेसी कम्पनि बोसले घर भाडामा लिन भनेको रैछ याहाको मलेलाइ ! आउँदा घर त भाडामा लिएको रैछ तर बोसलाई चित्त बुझेन ! ब्रान्च मेनेजर बुढो चैनिज बोसको स्कुले गुरुबा रैछ ! फोन गरेर बोलाकोथ्यो कुद्दै आइपुग्यो ! उसले पनि फोन गर्यो त्यो मान्छेले होटल केटरिना पछाडी घर खालि छ हेर्न आइज म त्यहि हुन्छु भनेर भन्यो ! त्याहा गाको घर धनि पन्जाबी रैछ ! मलेसियामा पन्जाबी देख्दा जिल परे ! सन्जोग पनि कस्तो मेरो सेक्युरिटीको साहु, घर धनी र मैले डिउटी लिने कम्पनीको साहु तिनै जना स्कुले सहपाठी रैछन ! पन्जाबिको नाम रंजित सिह !

हामि ५ जनाको समुह ! निकै सहयोग गर्यो ! चैनिज्को पसला महँगो लिन्छ भनेर उसैको BMW कारमा हालेर भारतीय तामिलेको पसलमा लग्यो ! यसरि सामान किन्ने भएर सबै बताई दियो ! बोल्दा चैँ पन्जाबी ले हिन्दि ठ्याक्कै कुइरेको पाराले बोल्थ्यो ! धेरैलाई विश्वास नलाग्ला मलेसियामा बस्ने सयमा ९९ प्रतिसत आप्रबासी भारतीयलाई हिन्दि भाषा नै आउदैन किनभने हिन्दि भारतको रास्ट्र भाषानै हैन त्यो त UN को बाध्यतामा देखाउनको लागि लेखिएकोरे !
एक दिन घरबेटीको श्रीमती आइन ! मेरो वाइफ भन्यो हामीले नमस्ते भाभी भनेर भन्दा मुखा हेरिन ! अनि मैले भाच्या अंग्रेजीमा भने 'यु स्पिक ल्यांग्वेज हिन्दि' सुगा जस्ती बोल्दि रैछिन गोराको भाषा तर टुटे फुटेको भाषामा भनिन 'मुझे हिन्दि बोल्नेमे सरम आताहै' .. मैले सच्याई दिए 'आताहे' हैन आती हे भन्नुस भनेर !
पछी मैले भने देखिए भाभीजी आप अपनेहि देसके भाषाके नही समझते हे ये तो बहुत अजिब बात हे .. सर्दारनि ले भनिन नही हमलोग का भाषा पन्जाबी हे ! बहस गर्नु उचित ठानिन  !
हाम्रा मदेस्का महान नेताज्यूहरु सुगा पड्क्या जस्तो गरि हिन्दि भाषामा बोल्छन भाषण गर्छन तर खुद भारतीयले हिन्दि बोल्दैनन भन्ने कुरा ति नेताहरुलाई कसले सम्झाई दिने ? हाल गठन भएको समेत गरि भारतमा २९ राज्य भयो त्यसमा उत्तर भारतको उत्तर प्रदेस, बिहार र केहि दाजिलिंग क्षेत्र र दिल्ली अनि मुम्बईको पनि आंशिक बाहेक अरुले हिन्दि भाषा बोल्दैनन ! जानेर पनि बोल्न रुचाउदैनन भने नेपालको मदेसी नेताहरुले हिन्दि भाषा बोलेर आफुलाई के प्रमाणित गर्न चाहन्छन ?
..
पेजमन पर्छ भने www.facebook.com/khattikuro लाइ लाइक गर्नुहोस ! मैले जानेको, बुझेको र भोगेको कुराहरु यस्तै गरि सामाजिक संजालको भित्तोमा पोख्ने जमर्को गर्नेछु !
२०१३/१२/९

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .