Sunday, December 08, 2013

नेपाल तहसनहस बनाउन कुटिल चाल चल्दैछन पश्चिमाहरू !

(साभार फेसबुक बाट: फाइल फोटो नेपाल बायु सेवा निगम)
अर्बौ पाउण्ड, युरो र डलर अनि सस्तो पैसा कम्पनि अर्थात भारु को असिना बर्सौदा पनि काठमान्डौको जनताको मन परिवर्तन गर्न सकेनन पस्चिमाहरुले ! अरु ऐरे गैरे को के कुरा गराई भो निर्वाचनको बहाना गरेर अमेरिकी पुर्ब रास्ट्रपती जिम्मी कार्टर नेपाल भित्रेकै हुन ! चुनाव हेरेकै हुन !
तर,
राजधानीको जनताले अत्याधिक मत राजतन्त्र तथा हिन्दु धर्मको कडा वकालत गर्ने पार्टी रा.प्रा.पा नेपाल (चुनाव चिन्ह गाइ) लाइ समानुपातिकमा दिएर पश्चिमाको टाउकोमा चिसो पानि खन्याई
दिए पछी झसंग भएर 'के निउँ पाउं कनिका बुकाउ' भन्ने उखान लाइ आत्मसात गर्दै नेपालको ध्वजाबाहक हवाई जाहाज लाइ आजको मितिमा आएर उनीहरुको मुलुका प्रतिबन्ध लगाउनु भनेको त्यो जस्तो ठुलो हास्यापद अरु के हुन्छ ? हेर्नुस च्यानल न्युज एसियाको अनलाइन समचार http://www.channelnewsasia.com/news/business/international/eu-puts-nepal-s-airlines/911078.html  जोमसोममा खसेको सानो जाहाजको तस्बिर लाइ क्याप्सन बनाएर प्रिन्ट देखि अन लाइन मिडिया समेतमा हवाई सुरक्षाको अनर्गल प्रचार गर्दा समेत नेपालको राजनीतिक पार्टीका मुखिया हरु कानमा तेल हालेर बसेका छन !
यी पार्टीका मुखियाहरु तिनै हुन जो बिदेसिका अगाडी भिजेका मुसा जस्ता गरि प्रस्तुत हुन्छन ! आफ्नो औकात र मर्यादाको ख्याल गर्दैनन ! यदि देश, जनता र आफ्नो पदीय मर्यादाको ख्याल गर्थे भने बिदेसी पाउना देखि भारतीय कर्मचारीहरु संग समेत नुर गिरायेर लम्पसार पर्दैनथे भने यस्ता पार्टीहरुका नेताले देसको उन्नति गर्छ र जनतालाई शुख सान्ति दिन्छ भन्नु त्यो शोम सर्माले सपनामा खाएको सातु जस्तै हो ! कठै हामि भेडो नेपालीको भाग्य यो भन्दा रु भन्ने के नै बिकल्प छ र !
२०१३/१२/८