Tuesday, December 10, 2013

अदृश्य शक्तिरुपी बिरालोले खेलाएका मुसाहरु !


नेपाली राजनीतिको इतिहासमा २०६२ पछी गज्जबको दृश्य देख पाइएको छ ! नेपाली कांग्रेस पार्टीमा जब स्व.गिरिजा प्रसाद कोइराला हाबी भए त्यस पछी स्व.गिरिजाले कांग्रेस भनेको प्रजातन्त्र र प्रजातन्त्र भनेकै मै हु भन्ने दम्भ पाल्थे तर त्यस्ता दम्भी व्यक्तिलाई समेत २०६३ पछि आएर माओबादी पार्टीका अध्यक्ष क.प्रचण्डले आफ्नो वाकपटुताको प्रयोगले नराम्री थांगनामा सुताई दिएका थिए जसको नतिजा हो पार्टी भित्रको बहुमत लाइ पाखा लाउदै स्व.गिरिजा धर्म निरपेक्ष र गणतन्त्रको साक्षी बस्न पुग्नु ! तर यी सबै काम कार्य न क.प्रचण्डले आफ्नो मन र स्वबिबेकले गरेका थिए न त्यसमा पार्टीको बहुमत र जनताले पारित गरेको जनादेसनै थियो ! यी सबै हिजोको कुरा भए !
अहिले नेपाली राजनीतिको आकासमा बिरालोले मुसा खेलाको जस्तै गरि राजनीतिक वृत्तका निम्न ६ खेलाडीहरु लाई अदृश्य शक्तिले खेलाउदै छ ! 
Ø  रामचन्द्र पौडेल   VS  क.के.पी.वली    Vs क.प्रचण्ड

Ø  शेर बहादुर देउवा  VS  क.माधब नेपाल Vs डा.बाबुराम

Ø  शुसिल कोइराला  Vs  क.झलनाथ      Vs नारायणकाजी 

१ नम्बरको खेलाडीहरु मध्ये २०६४ को निर्वाचनमा अत्याधिक बहुमत ल्याएर माओबादीका अध्यक्ष क.प्रचण्ड प्रधानमन्त्री
हुन त सफल भए तर तिनलाई ९ महिना पनि टिक्न दिएनन कारण जेसुकै किन नहोस तर तिनी अदृश्य शक्तिको जति नजिक हुन खोजे पनि अदृश्य शक्तिको रोजाइमा कहिले पनि पर्दैनन भने ने.का को रामचन्द्र पौडेल र एमालेको क.के.पी.वली हरु पनि अदृश्य शक्तिको नजरमा क.प्रचण्डकै हाराहारीमा पर्दछन किनभने अदृश्य शक्तिको नजरमा यी तिन खेलाडीहरु बिस्वास लायकका छैनन !
२ नम्बरको खेलाडीहरु अदृश्य शक्तिको नजरमा सबै भन्दा विश्वासिलो र भरपर्दो व्यक्तिहरु हुन तर जनता र पार्टीको नजरमा यी तिनै व्यक्तिहरु सारै अलोकप्रिय छन ! भर्खरै भएको निर्वाचनमा बिजयी बनेता पनि यी तिनैजना खेलाडीहरु जनताको नजरबाट गिरि सकेका व्यक्तिहरुमा पर्दछन ! जम्बो मन्त्रिमण्डल देखि पजेरो काण्ड, महाकाली नदि देखि बिप्पा हुदै विमानस्थल सम्मको काण्ड यी तिन जना खेलाडीहरु भागमा परेको उपहार हो !
३ नम्बरको खेलाडीहरु मध्ये कांग्रेसको सभापति शुसिल कोइराला यो भन्दा अघिल्लो पटक नै प्रधान मन्त्रि हुन लागि सकेको थिए तर हुन दिएनन ! काकताली परेर एमालेका झलनाथ खनाल प्रधान मन्त्रि त भए तर तिनलाई पनि अफ्नाले नै घात गरे भने माओबादीका नारायणकाजी समानुपातिक बाट छिरेर भए पनि जीवनमा एक पटक भए पनि शिह दरबारमा फोटो झुन्ड्याउने दाउमा त छन तर अदृश्य शक्तिले यी तिनै जनालाई त्यति मन पराउदैनन तर जनताको नजरमा यी तिनै जना व्यक्तिहरुमा माओबादीका नारायण काजि बाहेक दुइ जना त्यति नराम्रामा गनिदैनन !
२०७० मार्ग २५ मंगलबार