Wednesday, December 11, 2013

गोरु जस्तै छ नेपालको जाहाज !

खांट्टी कुरा     December 11, 2013    

हल गोरु लाइ बिहान चारा,कुँडो पानि दियो अनि बिहानको मेलो जोत्यो ! फुकायो ल्यायो फेरी चारा,कुँडो पानि दियो ! बिहानको हली आराम गर्छन अनि अर्का हलीले फेरी दाइ गर्न लिएर जान्छन ! सम्साँझ नपर्दै ति हली आउछन गोरु लिएर फेरी अर्का हली तयार भएर बसेका हुन्छन ! फेरी चारा,कुँडो पानि दियो बरा गोरु गोठा थच्चक्क के बस्न लागेका हुन्थे नाका नत्थी लाएर कोल पेल्न लान्छन ! यहि हो हाम्रा नेपालको गोरु जोत्ने हली र तिनका गोरुको कथा ! 
माथिको कथा संग नेपाल बायु सेवा निगमको कथा ठ्याक्कै मेल खान्छ !
किसानको घरा १ हल गोरु छ भने जस्तै नेपालको सरकार संग पनि १ हल अर्थात २ थान अन्तर्राष्ट्रिय उडान भर्ने बोइंग जहाज छ ! जाहाज आउछ रनवे मा ओर्लिन पाको छैन अर्को पाइलटले हूईकाइ हाल्छन ! जसरि गोरुले दिनरात खटेको छ त्यस्तै गरि जाहाज पनि दिनरात उडेको छ ! गोरु बिरामी हुन्छ त्यस्तै जहाज पनि बेला बेला सिचेक भन्दै उपचार गर्न ब्रुनाई उड्छ !
बरा हली गरिब छ ! अर्को हल गोरु किन्न सक्ने उसको औकात छैन ! उसले आफ्ना र परिवारको पेट भर्नको लागि त्यो अबोध पशुलाई दिनरात पेलेको हुन्छ त्यस्तै छ नेपालको सरकार पनि ! किसानको हल गोरु जस्तै जाहाज किन्न सक्ने औकात नेपाल सरकारको छैन ! बिदेसिको अगाडी लाज नमानिकन खिसिक्क हात पसार्छन ! 
अहिले संसारमा राम राज्य छैन ! जताततै राबण राज्य छ ! २/४ लाखको भुरा गाडी भे पो दिन्थे ! करोडौ करोड पर्ने जाहाज किन्न लाइ किन सित्तैमा धन दिन दिन्थे र ! हिजो पन्चेले जनताको पसिनारुपी कर र स्व.राजा बिरेन्द्रले टोपी थापेर जोडेको तिनै थोत्रो जाहाजको क्माइको आम्दानि आज पार्टीरुपी असंख्य मालिक र तिनै जाहाजका कर्मचारीलाई ठिक छ ! बरा गोरुरुपी जाहाज मा चढ्न ठिक्क परेका हामी यात्रु चैँ समयमा जाहज नआएर हिस्स परेर होटेलमा स्थानान्तरण हुन बाध्य हुन्छम ! नया लोकतान्त्रिक गणतान्त्रिक नेपाल बनाउछ्म भन्थें देखियो !
(मिति २०७० मार्ग २४ गते सोमबार बिकास खबर पत्रिका दामन, मकवानपुरमा प्रकाशित)

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .