Home » » यो गोहीको आंसु चुहाउने बेला हो ?

यो गोहीको आंसु चुहाउने बेला हो ?

Written By खांट्टी कुरा on Monday, May 18, 2015 | May 18, 2015

--जनक मान डंगोल https://twitter.com/janakdangol
हिजो मे १७ तारिख अर्थात जेष्ठ ३ गते मदन भण्डारी तथा जीवराज आश्रीतको स्मृति दिवस
पंचायती सासनमा आन्दोलन अबधिभर भूमिगत त्यस पछी देसमा २०४६ सालमा 'अहिलेका एमाओबादी पार्टीका कास्की बाट चितवनमा बसाई आका छबिलाल दाहालले  पुस्पकमल देखि प्रचण्ड नाम राखेर काठमाण्डौको टुडिखेलमा देखिएको जस्तै गरि देखिएका' एमाले पार्टीका नेता क.मदन भण्डारी तथा सोहि पार्टीका अर्का नेता जीवराज आश्रितको चितवनको दास ढुंगामा सवारी दुर्घटनामा मृत्यु भयो ।

सवारी दुर्घटनामा मृत्यु भएका कामरेडहरु भण्डारी तथा आश्रितको मृत्युलाई लिएर एमाले पार्टीले उतिबेला मच्चाएको ताण्डब नृत्यको बयान गरि साध्य छैन  ।त्यो पनि उहिलेको कुरा खुईले जस्तै भई सकेको छ ।

भगवानको खेल पनि अचम्म छ । तिनै एमाले पार्टीलाई क.'मदन आश्रित' को मृत्युको केहि समय पछीनै सत्ता हाक्ने सुनौला अबसर पनि दिएकै थियो । त्यो दिन देखि आज सम्म एमाले पार्टी कति पटक सत्तामा गयो गनी साध्य छैन र अहिले पनि सत्तामा नै छ ।

त्यो बेला देखि आजको मिति सम्ममा  'भण्डारी-आश्रित' को हत्या गरेका भए हत्यारा चिनेर कारबाही गर्न पर्ने हैन ? तर कारबाही चै गर्न नसक्ने अनि देसमा यस्तो विपत्तिको बेलामा पनि गोहीको आँसु चुहौंदै 'मदन-आश्रित' को स्तुति गाउँदै हिड्नेहरु एक नम्बरको ढोंगी र पाखण्डी हुन ।

देस तथा पिडित नागरिकहरु भूकम्पले आहत भएको क यो बेला मरेर गाका नेताहरुको बार्षिकी कार्यक्रम मनाउदै हिड्ने बेला हो ? पुण्यको काम गर्ने भए यस्तो बेलामा भूकम्पले ध्वस्त बनाएका घरहरुको पुन निर्माण देखि गोजा पैसा भए आफ्नै खर्चमा राहत बाड्दै हिड्नुनि ।

४६ साल भन्दा अगाडी पाउरोटी चप्पल लाएर भगवान भरोसामा हिड्ने हिजोका माले पछी आफ्नै सगोत्री कम्निस्ट पार्टी सित मित लाएर एकज्यान बनेर एमाले नामको कम्निस्ट पार्टी आजको दिनमा पजेरो,प्राडो देखि स्कार्पियो चढ्ने हैसियतमा पुगी सकेका छन त्यसैले गरिब पार्टी त पक्कै पनि छैन होला ।

लेखाई निम जस्तै छ । भेडा चरित्र बोकेकाहरुलाई यो लेखाई मन नपर्न सक्छ तर जे देखे त्यहि लेखेसी मन पराउनुस/मन नपराउनुस त्यो व्यक्तिको सोचाईमा भर पर्ने कुरा भयो तर एमालेका टाउको देखि पुच्छर सम्मले आजको मिति सम्म भन्ने गरेको क. मदन भण्डारी तथा जीवराज आश्रितको हत्या नै भएको हो भने पनि कारबाही गर्न सक्दैनन किनभने पटक आफ्नै हातमा सत्ताको साँचो हुँदा पनि यिनीहरुले माखो मार्न सकेनन र सक्दा पनि सक्दैनन ।
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger