Home » » 'देउताको डर कस्लाई हुन्नर'

'देउताको डर कस्लाई हुन्नर'

Written By खांट्टी कुरा on Wednesday, May 20, 2015 | May 20, 2015

देशकै एकमात्र ठुलो औधोगिक नगरी नारायणी अन्चल, मकवानपुर जिल्लाको हेटौडा उप-महानगर पालीका वार्ड नम्बर ८ कमानेमा पर्दछ । देशकै सबै भन्दा ठुलो हेटौडा सिमेन्ट उधोग र युनी लिभर बाहेक अन्य सम्पूर्ण उधोग तथा कलकारखाना हरु वार्ड नम्बर ८ मा रहेको हेटौडा औधोगिक क्षेत्रमा पर्दछन ।

मकवानपुर जिल्ला भनेको कम्युनिस्टको गढ भनेर भन्छन र हो पनि । २०४८ साल देखि हाल सम्मको ठुला निर्वाचनहरुमा हेटौडा एरियामा ऐले सम्म कम्युनिस्टहरु बाहेक अरुले विजय प्राप्त गर्न सकेका छैनन ।

कम्युनिस्ट भनेको नास्तिक हुन्छन र कम्युनिस्टहरुले जातपात देखि धर्मकर्म समेत मान्दैनन भनेर पन्चेतीकालमा सोझा सिधा जनताहरुलाई सुगा जस्तै 'गोपी कृष्ण कहो' भन्ने तौर तरिकाले रटाईएको थियो, घोकाईएको थियो ।

कम्युनिस्टहरु मध्ये पनि माओको चेलाहरु कस्ता हुन्छन भनेर १२ बर्षे तथाकथित जनयुद्धमा राम्रै संग नेपाली जनताहरुले देख्न र भोग्न समेत पाईएको हो भने त्यो बेलाको बयान गरेर के साध्य र फाईदा पनि छैन ।

देउताको डर कस्लाई पो हुन्न र । बैंसा स्याल पनि घोर्ले हुन्छ भन्ने नेपाली लोकोत्ति पनि छ । जुन दिन बाट नेपालमा कथित लोकतन्त्र लागु भयो त्यो दिन बाट सबै भन्दा धर्मभिरु हुनेमा यो पंक्तिकारले नेपाल कम्युनिस्टहरुलाई देखेको छ कतै हिजो आफुहरुले गरेको पाप पखाल्नलाई त हैन ?

चाडबाड आयो भने निधारमा रातो अक्षता लाउनेमा कम्युनिस्टहरुनै अगाडी देखिएको छ भने धार्मिक कार्यहरुमा पनि रामनामी वस्त्र पहिरिएर को भन्दा को कम भन्दै दान पुण्यमा यिनै कम्युनिस्टहरु तछाडमछाड गर्दै अगी बढेको देख्दा हिजो पन्चेती कालमा सोझा सिधा जनताहरुलाई भ्रम फैलाएको पाप पखाल्न त हैन भनेर अब सोच्ने कि नसोच्ने ? 

खैर जे सुकै होस नेपाल भनेको विश्वको एकमात्र हिन्दु रास्ट्र हो भनेर सारा जगतले स्वीकारेकै हो । नजिकको तिर्थ हेला भनेर वास्ता नगर्ने नेपाले कम्युनिस्टहरु अहिले आएर आफ्नै पुर्ख्यौली धर्ममा फर्केको देख्दा यो पंक्तिकारले शुख:को स्वास फेर्दै पाथी भात खाएको अनुभूति गरेको छ ।
'जय हिन्दु रास्ट्र नेपाल'
..
-जनक मान डंगोल www.twitter.com/janakdangol

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger