Saturday, May 23, 2015

कस्ले कारबाही गर्ने यी धर्म परिवर्तनकारिहरु लाई ?

-जनक मान डंगोल https://twitter.com/janakdangol
मल्लकालीन राजा प्रताप मल्ल धेरै भाषाको ज्ञाता थियेरे भनेर नेपाको ईतिहासमा लेखिएको छ । तिनै राजा प्रताप मल्लको पालामा नेपालमा ईसाई धर्मगुरुको आगमन भएको हो भन्ने भनाई छ । राजा प्रताप मल्ल धेरै भाषाको ज्ञाता थिए रे त्यसैले हुन सक्छ राजा प्रताप मल्लको बिदेसी भाषा सिक्ने लगाव वा चाहना भएर ईसाई धर्मगुरुलाई नेपालमा रहन बस्न दिएका हुन कि ? 

जुन दिन गोर्खाली राजा पृथ्वी नारायण शाहले काठमान्डौ उपत्यका माथि विजय प्राप्त गरे तब ईसाईहरुलाई नेपाल खाल्डोबाट निकालाबास गरेका थिए भनेर ईतिहासमा लेखिएको पाईन्छ । यी भए ईतिहासको कुरा र ईतिहास सत्य वा असत्य होला नहोला तर ईतिहास भनेर लेखि सके पछी पत्याउने नपत्याउने व्यक्तिको स्वविवेकमा भर पर्ने कुरा हुन आउछ ।

बडा महाराजाधिराज पृथ्बी नारायण शाह द्वारा खेदिएको इसाईहरुले नेपाल खाल्डोमा टाउको उठाउने मौका भने राणा सासनको प्रादुर्भाव पछी भएको हो भन्दा फरक नपर्ला किनभने राणा सासकहरु आई आफ्नो सासन सत्ता बचाउनु थियो तर राणा सासनमा पनि खुल्लमखुल्ला ईसाई धर्मको प्रचार प्रसार गर्न भने दिइएको थियेन । 
राणा सासनले १०४ बर्ष सासन गरे पश्चात नेपालमा २००७ सालमा पहिलो पटक प्रजातन्त्रको स्थापना भयो भने २०१७ सालमा एकदलीय पंचायती ब्यबस्था लागु भयो । २००७ साल देखि २०४६ साल अर्थात ४१ बर्षको दौरानमा समेत नेपालमा ईसाई धर्मको प्रचार प्रसारमा कडाईका साथ रोक लगाईएको थियो ।


२०४५ सालमा नेपालमा पंचायती सासन बिरुद्ध कडा आन्दोलन हुन थाल्यो । ति बेलाको प्रतिबन्धित पार्टीहरु कांग्रेस तथा कम्युनिस्टहरुले आन्दोलनको अगुवाई गरे । उक्त पंचायत हटाउको आन्दोलनलाई छिमेकी भारत देखि विभिन्न देसी बिदेसी सक्तिहरुले राम्रै संग साथ दिएको तथ्यलाई पनि नकार्न सकिदैन ।
२०४६ सालमा दोश्रो पटक बहाल गरिएको प्रजातन्त्रले नेपाल अधिराज्यमा बिस्तारै रुपमा ईसाई धर्मले फल्ने फुल्ने मौका पायो भने २०६४ सालमा बहाल गरिएको कथित लोकतन्त्र पस्चात नेपालको सम्पूर्ण भूभागहरुमा ईसाईहरुले खुल्लमखुल्ला ईसाई धर्मको प्रचार प्रसार गर्दैछन ।

२०१७ सालमा स्व.राजा महेन्द्रले लागु गरेको पंचायती व्यवस्था देस र जनताको हितमा लागु थियो वा थिएन त्यो जनताले भन्ने कुरा हुन तर पंचायती ब्यबस्था राजनीतिक पार्टी तथा तिनका भगिनी संस्थाहरुको लागी भने पक्कै पनि हितकारी थिएन ।

पंचायती ब्यबस्था भनेको एकदलीय सासन हो । एकदलीय सासन भनेको निरंकुस र तानासाही हुन्छ । निरंकुस र तानासाही भए पछी अराजक गतिबिधि गर्न, बोल्न र लेख्न पाईदैन भने पार्टी वा दल खोलेर भाषण बाजी गरेर हिडन देखि सरकारको बिरुद्धमा बोल्न र लेख्न समेत पाईदैन ।

निरंकुसताको कुरा गर्दा एसियाको केहि देशहरुको बिकास र गतिबिधिलाई नियाल्नु पर्ने हुन्छ । एसियाकै सबै सानो देस सिंगापुर तथा सिंगापुरकै छिमेकी देस मलेसियाको विकासलाई हेरे पुग्छ । उक्त देशका त्यतिबेलाको सासकहरु सिंगापुरे प्रधानमन्त्रि लिक्वान देखि मलेसियाली प्रधानमन्त्रि डा.महाथिर मोहम्मदको सासनकाललाई मुल्यांकन गर्नु पर्ने हुन्छ किनभने ति दुवै सासकले आ-आफ्नो देसमा लामो समय सम्म सासन चलाएको सासक भनेर बिस्वले चिनेका छन । ति दुवै सासकहरुले निरंकुसता नलादेको भए सिंगापुर देखि मलेसियालाई आज बिस्वले  औधोगिक नगरी भनेर चिन्ने र बुझ्ने मौका पक्कै पनि पाउदैन थियो ।

नेपालमा यतिखेर महा भूकम्पले बिनास मच्चाएको छ । यस्तो बेलामा मनकारी हातहरुले निस्वार्थढंगले सहयोग गर्नु पर्नेमा बिदेसी मिसनरिका केहि संस्थाहरुले युद्ध स्तरमा ईसाई धर्मको ब्यापक प्रचार प्रसार गर्दै हिनेका छन । राहत संगसंगै ईसाई धर्मको पुस्तक 'बाईबल' भूकम्प पिडितहरुको हातमा थमाउदै हिनेका छन । जो जो पिडितहरुले इसाई धर्म अंगाले तिनलाई कुनै कन्जुस्याई नगरी येथेस्ट मात्रामा राहत दिएको देखियो र यस्तै यस्तै कारणले गर्दा केहि दिन अगाडी रामेछाप जिल्लाको मन्थलीमा स्थानीय जनताहरुले रोष प्रकट गर्दा झडपको स्थिति समेत हुन खोजेको थियो भने के यो समय पिडितहरुको हातमा बाईबल थमाउदै हिड्ने बेला हो ?
किन फालियो पंचायत र राजतन्त्र ?
हिजो आज् नेपालको चर्चित छापा तथा अनलाईन पत्रिकाहरुले विपदको बेलामा पनि गाउँ गाउँमा युद्धस्तरमा ईसाई धर्मको प्रचार र त्यसरी प्रचार हुँदा स्थानीय स्तरमा रोष प्रकट पुलिस प्रसासन मौन भनेर समाचार दिनानुदिन समाचार प्रकाशित गरेको देखिन्छ

३० बर्षे पन्चेती सासन हुन्जेल गोडा पसार्न नसकेका ईसाईहरु यो विपदको बेलामा पनि आफुले नभ्याएर आफ्ना अन्नदाताहरु लाई समेत बोलाएर युद्धस्तरमा ईसाई धर्म प्रचारमा लागेका छन
यसै बाट थाहा हुन्छ नेपालबाट पंचायती व्यवस्थालाई किन बर्खास्त गरियो अनि दर्बार हत्याकाण्ड देखि राजतन्त्रको निलम्बन किन गरियो भन्ने कुरा त्यसैले २०४६ साल पछीको प्रजातन्त्र अनि २०६४ साल पछीको तथाकथित लोकतन्त्र यस्तै यस्तै काम कार्यको लागी ल्याइएको हो भन्ने कुरा प्रमाणित भयो कि भएन ?

'मन्दिर गुम्बा भत्काएर चर्च बनाईयो,  विपदको बेलामा समेत युद्धस्तरमा धर्म प्रचार गरियो, ईसाई बन्ने भए राहत पाउछौ नभए पाउदैन भनेर बिदेसी नियोगबाट संचालित संस्थाहरुले भने' भनेर छापाहरुले भंगेरे अक्षरमा छाप्दा समेत हाम्रा नेता देखि तिनका कार्यकर्ताहरु चुपचाप मुन्टो निहुर्याएर जुवा हारेका पांच पाण्डव जस्ता बनेर बसेका छन किनभने नेपालको सबै आन्दोलनमा नेपाली जनताहरुको असंख्य उपस्थिति भएता पनि नेताहरु बिदेसीका ईसारामा काम गर्दा रैछन भन्ने कुराको  पुख्ता प्रमाण हो कि हैन ? यदि हैन भने यस्ता धर्म परिवर्तनकारिहरु लाई बडा महाराजधिराज पृथ्बी नारायण शाले झैँ देस बाट निकालाबास गर्न किन सक्दैनन ?
'हेटौडा टुडेको मिति २०७२ जेष्ठ ५ गते मंगलवारको अंकमा प्रकाशित'

No comments: