Wednesday, May 27, 2015

'बनजंगलको फडानी गर्नेहरु माथि कडा कारबाही हुनु पर्दछ'

-जनक मान डंगोल /janakdangol@gmail.com
२०२८ सालमा हाम्रो परिवार जन्मथलो नुवाकोटबाट बसाई सरेर तत्कालिन हेटौडा नगर पंचायत वार्ड नम्बर ८ कमानेमा आएको हो । हामीहरु हेटौडा बसाई आउँदा मेरो उमेर जम्मा ५ बर्षको थियो । त्यो बेलाको हेटौडाको बर्णन गर्ने हो भने हाम्रो वार्ड नम्बर ८ को भूभागको आधा भाग घनघोर जंगलले ढाकिएको थियो । उक्त जंगललाई ८ नम्बर वडाबासिहरुले पशुपालन चरन घासं सोतर देखि खाना बनाउने ईन्धन (दाउरा) कोलागि उपयोग गर्ने गर्दथे । पशु चरण देखि घासं सोतर काठपात दाउरा उपभोग गर्न कोहि कसैबाट रोकतोक थिएन भने ठुला ठुला सग्ला सालको रुख भने काटन शख्त मनाही थियो ।

उक्त समयमा देसमा प्रतिबन्धित नेपाली कांग्रेसले प्रजातन्त्रको लागी आन्दोलन भित्रभित्रै गर्दैथे भनेर बुढापाकाहरु खासखुस गरेको सुनिथ्यो तर कम्युनिस्टहरुले के कसरि राजनीति गर्दथे साधारण जनताहरुलाई थाहा पत्तोनै हुन्थेन । यसै बिचमा २०३६ सालमा निर्दलीय 'पंचायत' तथा बहुदलीय 'प्रजातन्त्र' मा कुन ब्यबस्था ठिक भनेर रास्ट्र प्रमुखको आदेशमा जनमत संग्रह गर्ने घोषणा भयो ।

जनमत संग्रह गर्ने बेलामा राजनीतिका माहिर खेलाडी तथा उक्त समय बेलाको माहापन्च भर्खरै केहि महिना अगाडी दिबंगत भएका स्व.सुर्य बहादुर थापा देसको प्रधानमन्त्री थिए । स्व. सुर्य बहादुर थापाको राजनीतिक चरित्रको के बयान गराई भो । छेपारे चरित्रका तत्कालिन माहापंच तथा प्रधानमन्त्री स्व.सुर्य बहादुर थापाले पंचायत जिताउने नाउँमा उत्तर भारतमा बसोबास गर्ने व्यक्तिहरुलाई रातारात नेपाली नागरिक देखि मतदाता बिबरणमा नेपाली नागरिक बनाएर उदाउदैं गरेको प्रजातन्त्रको घांटी निमोठेर आर्यघाटमा सुताई दिएको घटना पनि हालका नेपाली कांग्रेस देखि कम्युनिस्टका पाका नेताहरुको स्मृतिपटलमा अझै सम्म पनि ताजानै होला ।

पंचायत जिताउने नाउमा 'हरियो बन नेपालको धन' भनेर प्रसिद्धि पाएको तराई देखि भित्रि मदेसको जंगलहरु रातारात  फडानी गरेर अमुल्य काठको नास गरेको घटना पनि हालका बरिस्ठ नागरिकहरुले पक्कै पनि बिर्सेका छैनन होला ।

नेपाल पनि भुकम्पीय जोखिम भएको देस हो भनेर पटक पटक आएको भुकम्पले पुस्टि गरि सकेको छ । राणासासक जुद्ध सम्सेरको सासनकाल अर्थात १९९० सालको महा भुकम्पलाई समेत मात गर्दै यहि २०७२ साल बैसाख १२ तथा २९ गते आएको भुकम्पले यो पटक देस र जनतालाई नराम्रो संग हल्लाई दिएको छ ।

राणा सासकले १९९० सालको माहा भुकम्पमा बिदेसीहरुको मुख नताकेर आफ्नै बलबुताले देसको पुन:निर्माण गरेका थिए भनेर अहिले नेपालको धेरै पत्र पत्रिकाहरुले आफ्ना पाठकहरुलाई पुरा घटनाहरुको स्मरण गराई दिएको पनि देखिएकै हो ।

महा भुकम्पले बिनास बनाई सके पछी भातिक्येका तथा ध्वस्त भएका संरचनाहरुलाई पुन: निर्माण गर्न कात्पात्को धेरै ठुलो भूमिका हुन्छ किनभने नेपालको प्राय सबै स्थानमा बनिएको घरहरु काथ्पतले नै निर्माण गरिएको छ ।

भएका बन जंगलहरुलाई अनेक निउ गरेर सिध्याई सके पछी अब बचे खुचेको जन्गल्हारुलाई पनि सिध्याउने हो भने यसले पर्यावरणमा असर पुर्याउछ कि पुर्याउदैन ? दिनहु नेपालको सबै संचार मिडियाहरुले बन जंगलको संरक्षण गर्नु पर्दछ, रुख बिरुवाहरुको नास गर्नु हुन्न भनेर लाखौ लाख खर्चेर बिज्ञापन गर्ने तर राजनीतिक पार्टीका नेता तथा तिनका आसेपासेहरुले ब्यापकरुपमा बन जंगलको बिनास गर्दा पनि वास्ता नगर्दाको परिणाम अब नेपाली जनताहरुले भोग्नु पर्ने समस्याको निराकरण के कसरि गर्लान ?

नेपाल जस्तो गरिब मुलुकले सात समुन्द्र पारीबाट निकासी गरेर ल्याईएको काठपात खरिद गर्ने आँट र हिम्मत गर्न सक्दैनन यो ध्रुब सत्य हो । बेलैमा सोचिएको भए नब्बे सालको महा भूकम्पले बिनास निम्त्याएको बेलामा राणा प्रधानमन्त्री श्री ३ जुद्धले झैँ मन खोलेर यो पटक पनि जनतालाइ काठपात सित्तैमा वितरण गर्न सकिन्थ्यो तर पंचायत देखि प्रजातन्त्र हुँदै लोकतन्त्र सम्ममा 'हरियो बन नेपालको धन' लाई ब्यापक बिनास गर्ने बन्माराहरुलाई बेलैमा कारबाही गरेर फडानी गरिएको स्थानमा रुख बिरुवा रोपिएको भए यो विपत्तिको बेलामा बिदेसी रास्ट्रको मुख ताक्न पर्दैनथ्यो ।
अब पनि बन बिनास कार्यलाई यथास्थितिमै राखियो भने आउँदो पुस्ताले भयानक विपत्तिको सामना गर्नु पर्ने हुन्छ त्यसैले सरकारले बन बिनास गर्नेहरु माथि बन ऐन नियमानुसार कडा भन्दा कडा कारबाही गरेर बन जंगलको संरक्षण गरोस ।
'हेटौडा टुडेको मिति २०७२ जेष्ठ १२ गते मंगलवारको अंकमा प्रकाशित'

No comments: