Tuesday, June 02, 2015

जिम्मेवारी पुरा गर्न सक्दैनन भने पद ओगटेर बस्नुको के फाईदा ?

-जनक मान डंगोल/janakdangol@gmail.com
यहि २०७२ साल बैसाख १२ गते नेपालमा सक्तिसाली माहा भुकम्प आयो । उक्त माहा भूकम्पको कारणले लाखौ लाख नेपालीहरु प्रभावित हुन पुगे । लाखौ लाख नागरिकहरु घरबार बिहिन भो । घर भत्किएको कारणले गर्दा भोकमरीको स्थिति समेत आई पुग्यो ।
नेपाली नागरिकहरु लाई परेको यो विपत्तिको माहाघडीमा थुप्रै मित्ररास्ट्रहरुले सदायता देखाएर मन फुकाएर सहयोग गरे । त्यसरी सहयोग गर्ने देशरु मध्ये छिमेकी मित्र रास्ट्र भारत अग्रपंक्तिमा देखियो ।

छिमेकी भारतको पश्चिम बङ्गाल राज्य जुन राज्यले नेपालको पूर्वी जिल्लाहरुलाई छुन्छ । सोहि पश्चिम बङ्गाल राज्यको मुख्यमन्त्रि सुश्री ममता बनर्जी स्वयमले आफै राहत सामाग्री चामल  लिएर आउनु भयो र उक्त खाधान्न सर्खारकै मन्त्रिले धन्यवाद ज्ञापनको साथ बुझी लिए भन्ने समाचारले पनि ठुलै महत्व पाएको थियो ।

जेष्ठ ६ गते सरकारी समाचार पत्र गोरखापत्रको अनलाईन संस्करणमा छिमेकि रास्ट्र भारतको पश्चिम बङ्गाल, आसाम, अरुणाचंल तथा त्रिपुरा राज्य देखि बंगलादेस सर्खारले समेत पठाएको चामलहरु मध्ये ८७ हजार क्विन्टल चामल गोदाममा कुहिन थालेको छ भनेर समाचार प्रकाशित गर्यो । यी सबै खाधान्नहरु देसको पुर्बी नाका मेचि अंचलको झापा जिल्लामा पर्ने काकरभिट्टा नाकाबाट भित्रिएको हुन । भित्रिएको खाधान्नहरुको उचित स्याहारसुसार तथा रेखदेखको कमि र गोदामको अभाव भन्ने बुझिन्छ । 

यकातिर माहाभूकम्पले पिडितहरु एकछको जोहो गर्न नसकेर आफु र आफ्ना लालाबालाहरुलाई भोकभोकै सुताउन बिबस छन भने सर्खार मित्ररास्ट्रहरुले दिएको राहत सामाग्री खाधान्न कुहाएर फ्याक्नमा मस्त देखियो ।

राज्यले भर्ति गरेका सर्खारी कर्मचारीहरु भनेको आदेशको पालक हुन । सर्खारी आदेस बिना सर्खारी निकायका कर्मचारीहरुले आफूखुसी राहत वितरण गर्न सक्दैनन । केहि दिन पहिलानै केहि समाचार पत्रहरुले पार्टीको खिचातानीले गर्दा राहत वितरणमा ढिलाई भो । राहत वितरण गर्न सकिएन । राहत वितरणमा किचलो भो भन्ने जस्ता खबरहरु पनि प्रकाशित गरेकै थिए ।

देसमा यो बेला नेपाली कांग्रेस तथा ने.क.पा एकिकृत मार्क्सवादी लेनिनबादी र रा.प्र.पा पार्टीको संयुक्त सर्खारले देस हाँकेको छ । सर्खारको मुखिया देखि अर्थको चाँजोपाजो मिलाउने जिम्मा नेपाली कांग्रेस पार्टीको भागमा परेको छ । सान्ति सुरक्षा, पररास्ट्र देखि दैबीप्रकोप जस्ता बिपत्तिमा विभिन्न खट्न पटन गर्ने भाग ने.प.पा एमालेको कांधमा आई परेको छ । देसमा खाधान्न रसद पानिको आपूर्तिको जिम्मा रा.प्र.पा नेपालले गर्ने गरेको छ ।

राजनीतिक पृष्टभूमिलाई बिचार गर्ने हो भने यी तिनै पार्टी फरक फरक विचारधारा बोक्ने पार्टीहरु हुन । समाजबादको मन्त्र जप्ने कांग्रेस, कम्युनिज्मको नारा घन्काउने कम्युनिस्ट र उदारबादको नीति अंगाल्ने रा.प्र.पा नेपालले यो माहा विपत्तिको घडीमा एक भएर काम गर्नु पर्नेमा त्यसो गरेको देखिएन । यदि त्यसरी एकजुट भएर काम गरेको भए आज हज्जारौ टन खाधान्नहरु गोदाममा कुहिएर बाहिर त्यत्तिकै राख्दा पानीले भिजेर नस्ट भएर खेर जादैन थियो ।

देसमा बिपत्ति परेको बेलामा राजनीतिक पार्टीहरुले आफ्नो व्यक्तिगत स्वार्थलाई त्याग्न सक्नु पर्छ । देसका नागरिकहरुलाई दुख: र कस्ट परेको बेलामा राजनीतिक सोचले हेर्ने काम ठिक हैन । नेपालमा बस्ने सबै नेपाली नागरिकहरु एकै हुन । सबै नागरिकहरु एक भए पछी यो पार्टी र त्यो पार्टीको भन्ने कुरा आउदैन तर राजनीतिक पार्टीका नेताहरुले यी सबै कुराहरु जान्दाजान्दै र बुझ्दाबुझ्दै पनि आफ्नो मतदाताहरुलाई मात्र खुसि तुल्याउने होडबाजीले गर्दा आज समयमै राहत सामाग्रीहरु बितरण हुन नसकेको परिणाम दाताहरुले दिएको खाधान्न सामाग्रीहरु कुहिएर खेर जानु हो । 

यदि बेलैमा सर्खार्ले उचित निर्णय लिएर आदेस तथा निर्देसन दिएको भए रास्ट्र सेवकहरुले भूकम्प पिडित ईलाकाहरुमा समयमै खाधान्नहरुको वितरण गरि दिन्थे होलान । सरकारी निकायका कर्मचारीहरु सर्खारको आदेस कुरेर बस्ने तर सर्खार निर्णय लिन नसके पछी खाधान्नहरु कुहिएर नस्ट हुने नै भयो त्यसैले यसैलाई भन्छन 'न माउको मुखा न बाच्छाको मुखा' ।

यस्तै दैबी बिपत्ति नेपालमा पटक पटक आई सकेको छ । त्यो विपत्तिको घडी १९९० सालको होस या २०४५ साल । त्यो बेलामा नेपालमा न प्रजातन्त्र थियो न लोकतन्त्र तर त्यो बेलाको सासकहरुले खाधान्न कुहाएर खेर फालेनन । हुकुमी सासन नै किन नहोस सर्खारी आदेस दिने निकाय एकतन्त्री थियो । आदेस तथा निर्देशन तुरुन्त दीइन्थ्यो भने त्यसको पालन पनि बिजुली गतिमा हुन्थ्यो तर देस र जनताको लागि भनेर पटक जनताको छोराछोरीलाई आन्दोलन गराएर स्थापित गराएको प्रजातन्त्र देखि लोकतन्त्रले देस र जनताको के कति भलाई गर्यो त्यो घाम जस्तै छर्लंग भै सकेको छ । 

सर्खारा बसेर आफ्नो जिम्मेवारी पुरा गर्न नसक्ने सरकार प्रमुख देखि सरकार प्रमुखका सहयोगी मन्त्रिहरुमा अलिकति पनि नैतिकता छ भने राजिनामा दिन सक्नु पर्छ किनभने राजनीतिमा नैतिकता भन्ने जस्तो ठुलो चिज अरु कुनै हुन सक्दैन । पद र कुर्चि मात्र ओगटेर बस्ने तर देस र जनताको भलाईमा सिन्को नभाच्ने हो भने यस्तो सर्खारको के नै औचित्य रह्यो र ।
'मिति: २०७२/२/१९ मंगलवार हेटौडा टुडे दैनिकमा प्रकाशित'

No comments: