Sunday, May 10, 2015

'कुछ तो शर्म करो पडोसी'


दर्बार हत्याकाण्ड भन्ना साथ धेरै नेपालीहरुले भारतीय पेड च्यानल Zee news का रिपोटरले काठमान्डौ बाट सम्प्रेषण गरेको मनगढ़ंते कपोकल्पित समाचारलाई आज सम्म पनि भुलेका छैनन
 
यदि त्यो समयमा आजको जस्तै सामाजिक संजाल फेसबुक तथा ट्वीटर भै दिएको भए भारतीय मिडियाको 'पित पत्रिका' को के कति धज्जी उड्थ्यो त्यो सामाजीक संजाल फेसबुक तथा ट्वीटर प्रयोग गर्नेहरुको लेखाईबाट देखिन्थ्यो ।

सगरमाथा भारतको उत्तरी सिमाना हो भन्ने भारतीय राजदुत हुन या बुद्ध भारतमा जन्मिएका हुन भन्ने योग गुरु बाबा रामदेव देखि समय अनुसार बेलाको बोलि बोल्ने वर्तमान प्रधान मन्त्रि नरेन्द्र दामोदर मोदी देखि नेपाललाई भारतको उत्तरी राज्य सम्झिने भारतीय चलचित्रका अभिनेत्री माधुरी दीक्षितनै किन नहुन यी सबै हेपाहा प्रबितीका व्यक्तिहरु हुन ।

देबको लिला हो वा नेपालीहरुको भाग्यमा लेखिएर आएको बिपत्ति हो यो पालि पनि नेपालले ठुलो माहाभूकम्पको विपत्ति भोग्नु पर्यो । 

छिमेकी भनेको 'ज्यूँदाको जन्तीम मर्दाको मलामी' भन्छन । छिमेकी भै सकेपछी एक आर्काको सुख: दुख:मा साथ दिनु असल छिमेकिको कर्तब्य पनि हुन आउछ । 

महा भूकम्प आउना साथ छिमेकी भारत सरकारले सदासयता देखाउंदै तुरुन्तै राहत सामाग्री पठाएकै पनि हो । राहत सामाग्रीको साथसाथै घाईतेहरुको उद्धारको लागी भनेर पठाइएको हेलिकप्टरमा आफ्ना देसका Paid media कर्मीहरुलाई राखेर युद्धस्तरमा अर्नगल प्रचार गर्न समेत पछी परेनन ।

एका तिर भारतीय राजदुताबासका महामहिम राजदुतले हाम्रो सहयोग माथि अन्यथा नलियोस भनेर पत्र पत्रिकामा वक्तव्य आउनु देखि नेपालको सम्पदा निर्माणमा भारत सरकारले हर सम्भव सहयोग गर्छ भनेर भारतीय प्रधानमन्त्रीको भनाइ पनि आएकै हो ।

चिनि धेरै खायो भने तितो हुन्छ भन्ने कुरा थाहा हुँदा हुँदै पनि भारतीय Paid media को गलत समाचारको भण्डाफोर गर्दै सामाजिक संजाल twitar मा #GoHomeIndianMedia  ले जब बिस्व तताउन थाल्यो तब बाध्य भयेर भारतीय नागरिकहरुले समेत भारतीय paid media हरुको उक्त कुकृत्यको कडा बिरोधमा लेखिएको सामाजिक संजाल ट्वीटरमा मनग्गे देख्न पाईन्छ !

भारतका चर्चित निजि घरानाका मिडियाघर हरु अनर्गल प्रचार गर्ने माहिर छन भने ति निजि क्षेत्रका मिडिया घरहरु संसारमै बद्नाम छन । समाचारलाई सनसनिखेज बनाउने भन्दै तथ्य बिनाका समाचारहरु प्रकाशित गरेर आफ्नै देसका नागरिक देखि बिभिन्न राजनैतिक पार्टीका ब्यक्तिहरुको चरित्र हत्या गर्नु तिनीहरुको लागि सामान्य होला ।

दैबी बिपत्ति परेको बेलामा सहानुभूतिका सब्दहरु राखेर सत्य तथ्य खबर प्रकाशित गर्नु पर्ने मिडियाहरुको धर्म हो । आफ्नो धर्म निर्वाह गर्नु पर्नेमा गलत समाचार प्रकासित गरेर आफ्नै देसका नागरिकहरु देखि राजनेता हुँदै आफ्नै सरकार प्रमुखको शिर झुकाउन बाध्य पार्ने त्यता मिडिया हाउस हरु माथि भारत सरकारले बेलैमा लगाम लगाओस ।

संसारले यो बेला नेपालको प्राकृतिक प्रकोपलाई सुक्ष्म आँखाले हेरी रहेको छ भन्ने ज्ञात हुँदाहुँदै पनि पित पत्रकारिता गर्ने ति अज्ञानी पत्रकारहरुको कुकृत्यले गर्दा आज भारत बद्नाम भयो कि भएन त्यो भारतीय जनताहरुले बेलैमा सोचेनन र त्यस्ता पत्रिकाहरु माथी कडा कारबाही गरियोस भनेर आवाज उठाएनन भने भारतका मिडिया भनेको संसारकै सबै भन्दा खत्तम मिडिया हुन भनेर नभन्नालान भनेर भन्न सकिन्न ।
'हेटौडा दुडे दैनिकको २०७२ बैसाख २२ गते मंगलवारको अंकमा प्रकाशित'

No comments: