Monday, May 04, 2015

राहत बाड्दा किन दिइन्छ आहत ?


-जनक मान डंगोल
रास्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भूकम्प पिडितको सहयोगको लागी भनेर रक्त दान गरे ।


भूकम्प पिडितहरुको सहयोगको लागी आफ्ना पार्टीका ठुला नेताहरुलाई राहत सामाग्री सहित भूकम्प प्रभावित जिल्ला जिलामा खटाए । 

रा.प्र.पा नेपालका नेता तथा फुटवल खेलाडी गणेस थापाले भुकप पिडित हरुलाई राहत स्वरूप नगद वितरण गरे । 

रा.प्र.पा नेपालका नेताहरुले भूकम्प पिडित हरुलाई राहत वितरण गर्दा बखतको समाचारहरु अन्नपूर्ण पोस्ट पत्रिकाले आफ्ना लिंक सामाजिक संजाल फेसबुकमा राख्दा केहि मित्रहरुले तथानाम अप्सब्द प्रयोग गर्दै प्रतिक्रिया व्यक्त गरेको पनि देखियो । हेर्नुहोस अन्नपूर्ण पोस्टमा लेखिएको प्रतिक्रिया

बिगत केहि बर्ष अगाडी नेपालमा बाढी पैरो जाँदा निलम्बित राजा तथा राजपरिवारका सदस्यको नाउँमा खोलिएको हिमानी ट्रस्टले पिडितहरुलाई सुदुर पश्चिममा राहत वितरण गर्न जाँदा आफुलाई प्रजातन्त्रको मसिहा देखि लोकतन्त्रको रक्षक भन्ने पार्टीका मुखियाहरुले राहत वितरण गर्न समेत रोक लगाएको घटना पनि देखिएकै हो । 

बिपत्तिमा परेको बेलामा राहत वितरण जस्तो मानवीय कार्यमा घटिया हर्कत प्रदर्शन गर्दै सरकारले एकपक्षीय ढंगले राहत वितरणमा रोक लगाउनु मानवीय अपराध हो भन्ने कुरा बुझेको भए यस्ता घटिया हर्कत पक्कै पनि गर्दैन थिए होला ।  

सबैलाई थाहा छ नेपालमा यतिखेर असख्य पार्टीहरु देखि संघसंस्थाहरु क्रियासिल छन र त्यस मध्ये औंलामा गन्न सकिने पार्टीहरु देखि संघसंस्थाहरु मात्र मानवीय उद्धारको कार्यमा संलग्न छन तर अन्यलाई निर्वाधरुपले राहत वितरणमा रोकतोक नलगाउनु तर हिमानी ट्रस्ट र रा.प्र.पा नेपाललाई मात्र बदलाको भावनाले राहत वितरणमा रोक लगाउनु भनेको लोकतन्त्रे पार्टीका मुखियाहरु राजसंस्था देखि राजसंस्थालाई समर्थन गर्ने पार्टी रा.प्र.पा नेपालको दिनानुदिन बढ्दै गएको लोकप्रियता देखि अत्तालिएका हुन भन्ने कुरामा कुनै दुईमत छैन । 

जनताको मन जित्ने भनेको जनतालाई दुख परेको बेलामा सहयोग गरेर हो ।  यतिखेर पिडित जनताहरुलाई राहत र उद्धार चाहिएको छ ।  राहत र उद्धारको सख्त जरुरि भएको बेलामा राहत तथा उद्धार कार्यमा रोक लगाईन्छ भने भोलि यिनै जनताहरुले पुरानै ब्यबस्था ठिक भन्दै सडकमा नउत्रलान भनेर भन्न सकिन्न । त्यसैले लोकतन्त्रे पार्टीका मुखियाहरुले बेलैमा सोच्नु सख्त जरुरि छ ।

No comments: