Home » » किन रिसायो त गैंडा ?

किन रिसायो त गैंडा ?

Written By खांट्टी कुरा on Monday, March 30, 2015 | March 30, 2015

मकवानपुर जिल्लाको सिमाना भनेको पश्चिममा चितवन जाहाँ चितवन आरक्षण पर्दछ भने दक्षिणमा पर्सा जिल्ला त्याहाँ पनि पर्सा बन्य जन्तु आरक्षण पर्दछ ! मकवानपुर जिल्लाको पश्चिममा रहेको केहि दक्षिण पश्चिम गा.बि.स हरु समेतलाई चितवन ताहा पर्सा आरक्षले छुने गरेको छ ! जब आरक्षणहरुले छुने भए पछी कहिले काही जंगली जनावरहरु बाटो भुलेर वा आहारको खोजी गर्दै गाउँमा पस्नु नयाँ र नौलो कुरा भएन तर जंगली जनावर भनेको जंगलमा बस्ने भएकोले सान्ति प्रेमी हुने नै भयो भने मानिसहरुले नबिच्क्याय सम्म सितिमिति आक्रमण गर्दैनन !
'पंक्तिकारको घर अगाडिबाट भाग्दै गरेको गैंडा'
आरक्षण बाट बाटो भुलेर हो वा आहारको खोजीमा आज चितवन निकुन्जको गैंडा हेटौडाको पदमपोखरी हुँदै न.पा ९ मा के प्रबेस गरेका थिए बाँदरे चरित्रका मान्छेहरुले होहल्लाको साथ खेदेको कारणले गर्दा उक्त गैंडा आफ्नो ज्यु ज्यान बचाउन बेतोडले भाग्दै जतापायो त्यतै दौडिन थालेको हो भन्ने यो पंक्तिकारको ठम्याई छ ! 
(गैंडाको आक्रमणमा परि मृत्य तथा घाईते हुने महिला तथा गाई)
 मान्छेको खेदाई बाट आफ्नो ज्यु ज्यान जोगाउन पंतिकारको घर हेटौडा ८ मदन मार्ग हुँदै आएको उक्त गैंडाको पछाडी थुप्रै मान्छेको हुलले होहल्लाको साथ स्कुटी तथा मोटरसाईकलको हर्न बजाउंदै लखेटेको घटना स्वयम पंक्तिकारले समेत देख्यो ! सोहि कारणले उक्त गैंडा उत्तेजनामा आएर अगाडी जो देख्ना साथ आक्रमण गर्दै भाग्दै गर्दा नागरिकको दुखद मृत्यु देखि घाईते हुनुको साथै पशु चौपायाको समेत मृत्यु हुन पुग्यो भने सवारी साधनहरुमा समेत आक्रमण गर्दा धनमाल समेत नोक्सानी भएको कुरालाई नकार्न सकिन्न !
'हेटौडा सहरको मुख्य बजारमा पुगेको गैंडा'
गैंडा भुलबस गाउँ हुँदै सहर पस्ना साथ उक्त गैंडालाई कोहि कसैले पनि नजिस्क्याएको भए आज यस्त दुखद घटना हुँदैनथ्यो भन्ने यो पंतिकारको ठम्याई हो !

जे हुनु भै हाल्यो अब देखि पुन: यस्तो घटना देखिएमा सर्वप्रथम प्रहरी तथा बन कार्यालयलाई खबर दिनुको साथै जंगली जनावरलाई छेडछाड तथा नजिस्क्याउनु नै बुद्दिमानी हुनेछ !
..
तस्विरहरु दोश्रो र तेश्रो फेसबुक बाट साभार गरिएको हो !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger