Home » » भ्रम चिर्नुछ ।

भ्रम चिर्नुछ ।

Written By खांट्टी कुरा on Saturday, December 20, 2014 | December 20, 2014

Lee soo yong तपाई अस्सली बुद्धिस्ट हो ?
मेरो प्रस्नको जवाफ दिंदै उसले हो भन्यो ।
सक्कली बुद्दिस्ट साकाहारी हो त्यसैले हो कि हैन जाच्नु पर्यो भनेर फेरी सोधे तपाई साकाहारी कि मांसाहारी ?
उसले जवाफ दियो म साकाहारी हुँ ।
संगै एकै कम्पनीमा काम गरेको झन्डै १० बर्ष हुन लाग्यो तर कहिले पनि माछा मासु जन्य खानेकुरा खाएको देखिन तै पनि म बुद्ध धर्मको बिषयमा उसलाई घुमाई घुमाइ सोध्ने गर्थे ।
अस्ति उसले मलाई उसको प्राथना गर्ने स्थानमा संगै जान अनुरोध गर्यो । मैले नकार्न सकिन किनभने यो दस बर्षको दौरानमा उसले मलाई पाईला पाईलामा सहयोग गरेको थियो ।
उसले गरेको अनुरोधलाई म नकार्न पनि सक्दिन थिए त्यसैले मैले हुन्छ म तपाई संग जान्छु भने ।
वास्तवमा भन्ने हो भने म यस्तै मौकाको पर्खाईमा थिए किनभने चाइनिजहरुले बुद्द धर्मलाई कसरि पालना गर्दछन र पुजा आज्ञा के कसरि गर्दछन म त्यो हेर्न र जान्न पनि चाहन्थे ।
डिसेम्बर ७ तारिख आइतवार बिहान १० बजे साथि आइपुग्यो ठुलो कम्पाउण्ड घेरेको ३ तले घर रैछ । बिचको वातानुकुलित कोठामा जाने बेलामा ढोकैमा हातमा भिजाएर निचोरेको रुमाल दियो हात मुख पुछ्न । त्यसप पछी चिसो पानी दिंदै खालि कुर्चीमा बस्न भने ।
अधबैसे एकजना नारि आईन र भनिन तपाईको बिषयमा मलाई लि सु योंगले बताउनु भएको छ । म नेपाल काठमाण्डौ पनि गएको छु गुरु सित त्याहा पनि हाम्रो ताओ धर्मालम्बीहरुको प्राथना गर्ने ठाउँ छ । त्यस पछी ति नारीले बुद्धको बारेमा बताउन थालिन तिनको पहिला कुरा सुन्ने बित्तिकै मलाई बडो नरमाइलो लाग्यो किनभने धेरैलाई जस्तरी उनलाई पनि बुद्धको जन्मथलो भारतमा रैछ भन्ने भर रैछ ।
मैले तुरुन्त प्रतिबद गर्दै भने 'नो नो बुद्ध बर्न इन नेपाल' त्यस पछी अगाडी रहेको बोडमा मैले नेपालको नक्सा बनाएर पुर्ब देखि सिमाना कोर्दै आए र भने यो भुटान, यो बंगलदेस, यो भारत र भारतको उत्तर प्रदेस राज्य संगै नजिकै सिमा जोडिएको नेपालको कपिलबस्तु जिल्लाको लुम्बिनी भन्ने स्थानमा भगवान गौतम बुद्धको जन्म भएको हो र बुद्धको मामाघर देबदह यो ठाउँमा पर्छ आदि ।
जब मैले नक्सा कोर्दै यी सबै बताउँदा पनि विस्वास गर्न गारो माने त्यस पछी मैले पुन भने बुद्ध बन्नु भन्दा पहिला बुद्धको नाम सिद्धार्थ गौतम हो । पिताको नाम सुद्धोधन, माताको नाम मायावती, श्रीमती यसोधरा र पुत्रको नाम राहुल हो भने पछी बल्ल सहमतिमा मुन्टो हल्लाए ।
बुद्ध सम्न्बधि पुर्बी एसियामा थुप्रै प्रचार भएको छ तर जति पनि किताब प्रकाशित गरेका छन प्राय त्यस्ता किताबहरुमा बुद्दको जन्मथलो भारत हो भनेर लेखिएकोले होला सबैले 'बुद्धको जन्म भारतमा भएको हो' भनेर भन्छन । बुद्धको जन्मथलोको बारेमा सन २००५ फरवरीमा त मेरो एक जना ताईवानी संग चर्काचर्की नै परेको थियो र उसलाई पनि मैले अस्ती गरि बेली बिस्तार लगाएर बतायेसी बिस्वास गरेको थियो । मेरो चाइनिज साथि उक्त चाईनिज प्राथना सभाको सक्रिय सदस्य हो र हरेक आइतवार हुने प्राथना सभामा उसको उपस्थिति अनिवार्य छ ।
बिगत केहि बर्ष देखि मैले उसलाई नेपाल आउन निम्तो देकोछु किनभने उ बुद्ध धर्मको प्रचारक हो र म बुद्ध जन्मेको स्थानमा उसलाई लगेर यो ठाउँ नेपाल हो भनेर सिद्ध गराउन चहान्छु किनभने जब उसले आफ्नै आँखाले प्रत्यक्ष देख्छ त्यसपछि उसले अन्यलाई पनि 'बुद्ध नेपालमा जन्मेको हो' भनेर बयान गर्नेछ ।
..
janakdangol@gmail.com
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger