नेपालमा के कति संख्यामा कम्युनिस्ट पार्टीहरु छन आजको मितिमा कोहि कसैले पनि एकिन संख्या बताउन सक्दैनन किनभने नेपालको कम्युनिस्ट पार्टीहरु कतिखेर फुट्छन र कतिखेर जुट्छन सोहि पार्टीका आस्थावान कार्यकर्ताहरु तथा सहानुभूति राख्ने जनताहरु समेतलाई थाहा पत्तै हुन्न ।
२०५१ सालमा जनयुद्धको नाम दिंदै हत्या र हिँसाको राजनीतिको साथ झन्डै १५ बर्ष एकै पार्टीमा रहेर काम कार्य गरेका नेपाल कम्युनिस्ट पार्टी माओबादीका नेताहरुले आफुहरु प्रति आस्था राख्ने कार्यकर्ताहरुलाई साथमा लिएर आफ्नो नेतृत्वमा छुट्टै पार्टी गठन गर्न सुरु गरे जसको फलस्वरूप देस र जनताको लागि भनेर जनयुद्ध लडेका हौँ भन्ने पार्टी आज मणि थापा, मातृका यादब, प्रचण्ड, बैद्य हुँदै नेत्र बिक्रम चन्द समेत गरेर ५ टुक्रामा विभाजन भएका छन भने अब अनुमान गर्नुस चिनिया जनमुक्ति सेनाको कमाण्डर तथा लामो समय सम्म चिनमा एकछत्र सासन चलाएका चिनिया नेता कमरेड माओको फुर्को झुन्ड्याउँदै नेपालको कम्युनिस्ट पार्टीहरुले देस र जनताको लागी भनेर पार्टी गठन गरेका रैछन कि आफ्नो लागि ?
देस र जनताको लागि भनेर नेपाल कम्युनिस्ट पार्टी माओबादी गठन गरेका भएका आज ५ टुक्रामा किन बिभाजन भए ? के कमरेड माओको देसमा पनि चिनियाँ कम्युनिस्ट पार्टी नेपालमा जस्तै गरि तिन दर्जन टुक्रामा बिभाजन भएका छन ? त्यसरी विभाजन भएको भए चिनले आज संसार हल्लाउन सक्थ्यो ? त्यसैले आफ्नो बलबुता, ज्ञान, शिप र कौसलमा नभै आर्काको नक्कल गरेर खोलिएको पार्टी एक बाट दुई, तिन, चार, पांच टुक्रामा बिभाजन हुनु कुन चैँ ठुलो कुरो भयो र अझै ताल परेको खण्डमा छ देखि सात पनि हुन सक्छन किनभने पद र नेतृत्वका भोकाहरु पार्टीको अध्यक्ष पदको मोलमोलाई गर्दै बसेका छन ।२०५१ सालमा जनयुद्ध लड्दा तत्कालिन सेर बहादुर देउवा सरकारलाई बुझाएको ३ दर्जन भन्दा पनि बढी मागहरु मध्ये के कति पुरा भयो भनेर सेर बहादुर देउवा सरकारलाई माग बुझाउने मध्येको एक जना नेता डाक्टर भटराईलाई उक्त पार्टीका नेता तथा कार्यकर्ताहरु मध्येबाट आज सम्म कोहि कसैले सोध्ने दुस्साहस समेत गरेका छैनन ।
सान्ति सम्झौता भन्दै हत्या र हिंसाको राजनीतिलाई तिलान्जली दिए पश्चात देसमा भएको सम्बिधान सभाको प्रथम आम निर्वाचन पछि माओबादी पार्टीको दोश्रो ठुलो नेता डाक्टर बाबुराम भटराई स्वयम अर्थ देखि प्रधानमन्त्रि सम्म बनि सकेका छन भने प्रधान मन्त्रिको कुर्चिमा बस्दा त्यो ४० बुंदे मागलाई डाक्टर भटराईले कति पटक सम्झे वा सम्झनै चाहेनन डाक्टर भटराई भटराईले आज सम्म आफ्ना कार्यकर्तालाई त्यो बिषयमा बताए न जनतालाई नै बताउन चाहन्छन भने छिमेकी रास्ट्र भारतको रास्ट्रिय भाषामा यस्तो काम कार्यलाई ‘छ्लावा’ अर्थात ‘छली’ भनिन्छ अर्थात माओबादीका नेताहरुले जनतालाई छल गरेको हो भनेर बुझ्ने कि नबुझ्ने ?
उक्त मागहरु धेरै नेपाली जनताहरुले बिर्सिन लागि सके पनि केहि प्रमुख मागहरु अझै पनि नेपालि जनताहरुको मानसपटलमा ताजानै हुनु पर्दछ किनभने सरकारी तथा व्यक्तिको घरको भित्ता देखि पर्खालहरु सम्ममा कालो रंगले पोतिएको उक्त मागहरु मध्येको केहि प्रमुख मागहरु यस्ता पनि थिए ।
१. अमेरिकी साम्राज्यबादी मुर्दाबाद ।
२. भारतीय बिस्तारबादी मुर्दाबाद ।
त्यसपछिका हिन्दि भाषा, चलचित्र, किताब साहित्य देखी मोटर गाडीहरुको नेपालमा बन्देज देखि सिमा अतिक्रमण सम्मका नालीबेली सम्मको मागहरु प्रमुखतामा राखिएको थियो ।
नेपालको माओबादी पार्टी गठन गरेर जनयुद्धको घोषणा गरे पछी नेपालको सबै नेताहरुको लुक्ने बस्ने देखि खाने पिउने सम्मको स्थान जसलाई राजीनितिक भाषामा ‘सेल्टर’ भनिन्छ त्यो स्थान छिमेकी भारत थियो भने छिमेकमा सेल्टर लिने र उतैको मद्धत लिएर नेपालमा हत्या र हिंसाको राजनीति गर्ने पार्टीले ‘भारतीय बिस्तारबाद-मुर्दाबाद’ देखि हिन्दि भाषा, चलचित्र, सवारी आदिको रोक लगाउनु पर्छ भन्ने माग हास्यापद छ कि छैन ?
डाक्टर बाबुराम भटराईको उच्च सिक्षा भारतको प्रख्यात ‘जवाहरलाल नेहरु बिश्व बिधालय’ मा भएको हो भने आफु पछी आफ्ना छोरीलाई पनि आफुले सिक्षा आर्जन गरेकै बिस्व बिधालयमा आफ्नो एक मात्र सन्तान छोरी ‘मानुषी’ लाई छात्रवृत्ति दिलाएर उच्च सिक्षा हासिल गर्न पठाएको छन भने हिजो सब्द सब्दमा के कुन हिसाबले भारतको बिरोध गरेका हुन ?
जनयुद्ध पछी सान्ति र सम्झौताको हवाला दिंदै माओबादीले आफ्नो पार्टीको लागी भर्ना गरेका ससस्त्र फौज मध्येको केहि योग्य लडाकुहरुलाई नेपाली सेनामा पुन: भर्ना गराईयो र त्यसरी भर्ना गरेका मध्ये ३ जना लडाकु कमान्डरहरु मेजर देखि कर्नेल पदमा सेनाको नियमित बढुवा प्रक्रिया अनुसार पदोन्नती भयो तर त्यसरी बढुवा भएको व्यक्तिको हवाला दिंदै डाक्टर बाबुराम भटराईले मेरो अथक प्रयासको कारणले गर्दा आफ्ना लडाकु आज सेनाको बरिस्ट पदमा बढुवा हुँदा गर्ब लागेको छ भन्ने जस्ता अभिव्यक्ति सामाजिक संजाल फेसबुकमा पोस्ट गरेको देखिंदा बाबुराम भटराई जस्ता नेताहरुको बुद्दी परिपक्व रैछ कि केट्यौली बुद्धि रैछ ब्यक्त गरिएको अभिव्यक्ति बाट थाहा भएन र ?
नेपालमा ससस्त्र आन्दोलन गर्ने पार्टीमा नेपाली कांग्रेस अग्र पंक्तिमा पर्दछ भने नेपाली कांग्रेसले थालेको ससस्त्र युद्धकै कारणले गर्दा २००७ साल फाल्गुणमा १०४ बर्षे जहानियाँ राणा सासनको अन्त्य भएको थियो । जसरि नेपाल कम्युनिस्ट पार्टी माओबादीको जनमुक्ति सेनाका केहि योग्य लडाकुहरुलाई नेपाली सेनामा समायोजन गरियो त्यहि तरिकाले २००७ सालमा नेपाली कांग्रेसको मुक्ति सेनालाई नेपाल प्रहरीमा समायोजन गरिएको थियो ।
नेपाली सेनाको रामदल पल्टन र मुक्ति सेनाको सम्मिश्रण नै आजको नेपाल प्रहरीको स्वरूप हो र यी दुबैलाई मिसाएर कानूनीरुपमा २०१२ सालमा नेपाल प्रहरीको बिधिबत जन्म गराईएको हो । मुक्ति सेनाको कमान्डर जी.बि याक्थुम्बा देखि दिल बहादुर लामा सम्म नेपाल प्रहरीको गरिमामय पद ‘प्रहरी महानिरीक्षक’ मा पुग्न समेत सफल भएका थिए तर नेपाली कांग्रेसका सभापति देखि अन्य बरिस्ट नेताहरु समेतले कहिले पनि हाम्रो पार्टीको मान्छे प्रहरी महानिरीक्षक भए भनेर बखान गरेको सुनिएन भने यस्ता केट्यौली दिमाग भाका माओबादीका मान्छेहरु पार्टीको ठुला नेता देखि देसको सर्बोच्च पदहरुमा के कसरि आसिन पुगे ? अनि यस्ता बुद्दी भएका नेताहरुले देसमा बिकास र सुशासन दिन्छन भनेर नेपाली जनताले पत्याउन मिल्छ ?
२०७१ पौष ८ गते मंगलबार
यो आलेख हजुरलाई कस्तो लाग्यो ?
ReplyDelete