Home » » अत्याधिक मात्रामा पराइ भाषा र संस्कृती प्रयोग गर्नु ठिक हैन !

अत्याधिक मात्रामा पराइ भाषा र संस्कृती प्रयोग गर्नु ठिक हैन !

Written By खांट्टी कुरा on Tuesday, December 03, 2013 | December 03, 2013

जिग्री .... हिन्दि भाषामा जिग्रिको अर्थ हुन्छ यारी/दोस्ती ! यारी दोस्ती गर्ने भनेको केटा मुन्छिले केटा मुन्छी सित र केटि मुन्छिले केटि मुन्छी सित हो ! हिन्दीमा जिगर भनेको मुटु हुन्छ र त्यहि सब्द्लाई कच्याक कुच्चुक पारेर 'जिग्री' बनाइएको हो !
पाकिस्थानको सरकारी भाषा 'उर्दु' हो ! उर्दु हिन्दुस्थानमा पनि बोलिन्छ र नेपालको मुसलमानहरुले पनि बोल्छन ! नेपाली कांग्रेसको सभापति शुसिल कोइराला प्रस्ट र राम्रो 'उर्दु' बोल्नु हुन्छ ! उहाँ जस्तो उर्दु बोल्ने नेपाली नेतामा अरु कोहि पनि छैनन होला तर उहाँले जहा पायो त्यहि उर्दु बोलेको सून्नु भाको छ ?

पाकिस्थानी वा हिन्दुस्थानीले गजल वा गित लेख्दा नेपाली भाषा प्रयोग गरेको मैले आज सम्म देखेको छैन ! अंग्रेजीमा पनि गजल बन्दो रैछ र त्यो अंग्रेजी गजलमा पनि मैले नेपाली भाषा मिसाको देखिन ! नेपालको महान देखि झारपाते सम्मका गजलकारले जानेर हुन वा नजानेर हो अत्याधिक मात्रामा गजल/गित/कवितामा बिदेसी सब्द्को सम्मिश्रण गरेको पाइन्छ !
नेपालको नेपाली भाषाको बलात्कार त राणाशासनको पाला देखि सुरु भएको हो ! पंचायतकालमा भाषा सच्याउने सिलसिलामा नेपालका सरकारी निकाय मध्ये प्रहरी तथा प्रसासन बाट सुरु गरिएको हो ! उदाहरणको लागी हेर्नुहोस, हिजो अड्डा भन्थे आज  कार्यालय भन्छन !
२०४६ साल पछी नेपाली भाषाको बलात्कार गर्नेमा कलाकार सन्तोष पन्त पनि पर्दछन ! हास्य कलाकार हुन, अभिनय हास्य त ठिकै हो तर भाषालाइनै हास्य बनाइ दिए ! तर उनि भन्दा अब्बल दर्जाका 'मह' जोडीले आज सम्म नेपाली भाषाको अपमान गरेको देखिएन !
हिजो आज केहि मित्रहरुले सामाजिक संजालको भित्तामा 'जिग्री' सब्द अत्याधिक मात्रामा प्रयोग गर्नु भाको देखियो ! कसैको निजि बिचारमा टिप्पणी गर्नु जायज काम त हैन तर सामाजिक संजाल मध्येको फेसबुक र ट्वीटर यस्तो साधन हो जुन करोडौले प्रत्यक्ष प्रयोग गरि रहेका हुन्छन ! 'जिग्री' को ठाउँमा नेपाली ठेट सब्द  प्रसस्त छन ! अर्काको सब्द पैचो लिएर बोल्नु भन्दा आफ्नै लोक लयको सब्द बोल्दा आफ्नो पहिचानमा टेवा पुग्नुको साथै बिस्वले हाम्रो भाषा जान्ने र बुझ्ने मौका पाउथ्यो !
मेरो लेखाइ कसैको मान मर्दन गर्नको लागी भनेर लेखिएको हैन र मेरो लेखाइले कसैलाई मर्का वा चोट पर्न गएमा हृदयदेखिनै क्षेमाप्राथी छु !
'आफ्नो भाषा र संस्कृतिको सम्मान गर्न सिकौ'
२०१३/१२/३
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger