![]() |
| (रास्ट्र निर्माता बडा महाराजधिराज स्व.पृथ्बी नारायण शाह) |
बाउको बिरासतले गर्दा छोरो पन्चेतकाला उपसभापति हुँदै यो भन्दा अघिल्लो पटक सम्म माननीयमा रेगुलर जितेका थिए तर फेस्बुके मित्र श्री Sasang Lama ज्युको सब्द पैचो लिंदै भने यसपाली चैँ जनताले 'स्वांक सुंघाई दिएछन' बरालाई ! किन ?
प्रजातन्त्र पछी रा.प्र.पा नेपाल त्यस पछी कांग्रेसको ३६ र ७४ को बोनसमा पन्चेत्कालका हस्तीहरुले सरकार हाक्ने मौका होस वा महान खसी बोकारुपी सांसदका ठेकेदार देउवाको पाला होस मन्त्रि बन्न सौभाग्य जुरेको ति महारथीलाई पनि एक मदेसको हावाले भेटेर होला यता बाट उता उता बाट यता गरेर आइमेले फरिया फेर्या जस्तरी पार्टी फेर्या परिणाम यो पालि भेट्टाए !
ति मात्रै हैन यसपाली धेरै मदेसका मसिहा हरुलाई मदेस्का जनताले 'राम नाम सत्य हे' बनाइ दिएका छन ! जनताको मतलाई रौ बराबर नगन्ने यस्ताहरुलाइ यो पटक मात्र हैन अब चुनाव नै लड्न नहुने गरि 'जिरो' भोट बनाइ दिनु पर्छ अनि देख्छन बाउको बिहे !
कुनै जमानाका कुल्लिका नाइके तर प्रजातन्त्र पछी राजनीतिमा उदायका मदेस्का मसिहा भन्ने पुर्ब स्वास्थ्य मन्त्रि राजेन्द्र महतो अहिले भन्दैछन 'यो मेरो हार हैन भारतको हार' कुरा त तिनले एकदम सहि र जायज गरेका छन ! नागरिकता नेपाली घर मदेस नेता नेपालको तर आफुलाई सिधै भारतबादी हुँ भन्छन र सदियौ देखि मिलेर बसेको नेपालीलाइ जात/भाषा/क्षेत्रीयताको आधारमा अखण्ड नेपाललाइ टुक्रा पार्न खोजेको परिणाम पनि मज्जैले भेटे र तिनलाई पनि यसपाली चैँ जनताले स्वांक सुंघाई दिएछन !
नेपाल हिमाल देखि पहाड, भित्रि मदेस हुँदै मदेस सम्म फैलिएको भूभाग हो र पहिला बाइसे र चौबिसे हुँदै टुक्रेको भूभागलाइ बडा महाराजधिराज पृथ्बी नारायण शाहको नेतृत्वमा येकिककरण गरिएको हो र त्यो एकीकरणमा सबै जात जाति धर्मका योद्धाहरुले भाग लिएर रगत पसिना बगाएको थिए भने बिदेसिको हण्डीमा बुरुक्क उफ्रिनेहरुलाई जनताले स्वांक सुंघाई दिनु ठुलै र महान कार्य हो ! सलाम मदेसी जनताहरुलाइ !
२०१३/१२/१
