Saturday, November 30, 2013

व्हाई चेन्ज आवर कन्ट्रयाक पेपर ?

(नेपाली ध्वजाबाहक बोइंग जाहाज)
प्रति घण्टा ३/९० बेसिक त्यस पछी ओभर टाइम लगाए, डेढीको हिसाबले प्रति घण्टा ५/८५, आइतवार बिदाको दिनमा काम लगाए बेसिक तलवको डबल प्रति घण्टा ७/८० र पर्व बिदामा तेब्बर प्रति घण्टा ११/७० भुक्तानी दिनेछु भनेर करारनामा दायाँ बायाँको ल्याप्चे धस्काएर सक्कल प्रति समेत लिएर सन २००४ डिसेम्बर ६ तारिखमा बंगलादेसको राजधानी ढाका हुँदै मलेसिया आइयो !
आउने बितिक्कै घरमा न्यास्रो लाग्यो होला फोन गर भनेर चाइनिज साहुले १ जना लाइ ५ मिनेटको दरले कुरा गर्न दिंदा र आकै भोलि पल्ट पेस्की भनेर ५०/- रिंगेट पाउनु ओहो कम्पनि त गज्जबको रैछ भन्ने भानमा परियो ! अर्को हप्तामा फेरी ५०/- रिंगेट पेस्की ! महिना मर्यो फेरी १००/- पेस्की तर तलब दिने सुर ल्याएन ! १८ जनाको टोलि मा पुलिसको भू.पु. अ.स.इ २ जना सेना र पुलिस अनि भारतीय सेनाको गरेर भू.पु हल्दार ५ जना भू.पु. सेना र पुलिस ८ जना जवान र त्यो बिचमा नक्कली प्रमाणपत्रधारी जवान समेत जम्मा १८ जनाको फौज !
साहु बाठो रैछ ! अधिकृतलाइ राख्यो भने टोलि भाड्छ भनेर आधा हल्दार र ति पुलिसको दुइ जना अ.स.इ लाइ २०० किलोमिटर पर लगेर डिउटीमा राखी दियो त्यहि मध्येको  १ जना यो पंक्तिकार !
२ महिना पछी दिउसो साहु आयो ! सहि गर भन्यो हेरेको कन्ट्रयाक पेपर बदलेको छ ! ३/९० बेसिक लाइ २/५८ बनाको छ ! नेपालमा २६ दिनको तलब यता ३० दिनको बनाएछ ! रिसले आँखा देखिन !
भोजपुर बाट सुनसरीको सिंग्याहीमा बसाइ आका पुलिसको भू.पु अ.स.इ साब भन्ने गङ्गा बहादुर श्रेष्ठ हदै बाठा ! आइ.ए पास गरेको हुँ भन्थे ! अंग्रेजी राम्रै बोल्ने उनि मेरो टोलीमा ! आफ्नो अंग्रेजी सब भन्दा खत्तम ! त्यति खेर ५ जना थियौ ! साहु आउनु भन्दा २ घण्टा अगाडिनै हामीले साथीहरुबाट कन्ट्रयाक पेपर चेन्ज भाको जानकारी पाई सकेको थियौ ! मैले गंगाजी लाइ भने 'तपाइको अंग्रेजी राम्रो छ तपाई भन्नुस हामि ब्याक सपोट दिन्छ्म' ! साथीले धाक लाउदै भन्यो पिर नगर्नुस म हुन्जेल 'म लड्छु' बिस्वासमा परियो !
साहु आयो र सुरुमै भन्यो 'मि.जनक यु साइन हियर' तर मैले साइन गरिन ! गंगाजी लाइ हेरे मुन्टो बटारे ! इसारा गरे तर उनले आँखा झिम्क्याये ! कोहि बोलेनन् सबै मुर्ति जस्ता ठिंग खडा भाका छन र अन्तिमम सहन सकिन र भने .. बोस व्हाई यु चेन्ज आवर कन्ट्रयाक पेपर ?
यति के भनेको थिए उफ्र्यो र खाउँला झैँ गर्दै भन्यो 'आइ वान्ट कमान्डो बट मि.तिर्थ चिटिंग टु मि' ..तिर्थ भनेको मेनपावर को साहु ! तै पनि म डराइन र मैले पुन प्रतिबाद गर्दै भने 'यु वान्ट कमान्डो .. यु वान्ट सिभिलियेन गार्ड द्याट आइ डोन्ट नो' यति भन्दै थिए तिनै साथि गंगाले 'आ जनक साब जे हुनु भयो होस् म त साइन गर्छु भनेर सहि धस्काइ दिए ! उसैको अनुसरण गर्दै दुइटा हल्दार र सिपाहीले पनि साइन ठोके ! हारेको जुवारी जस्तो भएर लास्टमा अमिलो मुख लाएर मैले पनि सहि गर्नु पर्यो !
परदेसमा धोका दिने अरु हुँदैनन ! आइमेको दुश्मन आइमे हुन्छ भनेझै नेपालीको दुस्मन प्राय नेपालीनै हुन्छ यो मैले जीवनमा सिकेको पहिलो पाठ ! ३/९० बेसिकले ३० दिन काम गर्दा र फाल्तु ओभरटाईम ४/५ ओटा गर्यो भने महिना २००० भन्दा माथि नै हुन्थ्यो तर साथीको गद्धारीले गर्दा २०००/- कमाउन ३० दिन र फाल्तु १५ दिन काम गर्नु पर्ने भयो !
जेनतेन ३ बर्ष बिताइयो तिनै साथि गंगाले बफादारी देखाउंदै म्याद थपेछ्न ! २ महिना अगाडी मलाइ साहुले मेरो होस्टेलमा खुद आएर 'रिन्यु गर्छस' भन्यो मैले भनि दिए तेरो कम्पनीले मलाइ महिनाको ५०००/- रिंगेट दिन्छ भने पनि मैले तेरो कम्पनीमा काम गर्दिन भनेर भनि दिए !
बिदेस आउनु हुन्छ भने पहिला नै नेपालमा आफ्नो एग्रिमेन्ट पेपर राम्रो संग हेर्नुस र सक्कल प्रति लिने गर्नुस ! मलेसियामा बार्षिक बिदाको पैसा पाइन्छ भनेर ९०% लाइ थाहा छैन ! सुरुको ३ बर्ष सम्म प्रति वर्ष ८ दिनको दरले ३ बर्षको २४ दिन बिदाको पैसा पाइन्छ ! त्यो २४ दिन भनेको बेसिक सेलरी ८ घण्टाको हिसाबले २४ दिन गुणन गरेर लिने हो ! त्यस पछी रिन्यु गरे बस्नु भयो भने ८ पछी १२ हुँदै ५ वर्ष पछी १६ दिन सम्म दिने चलन छ ! आफ्नो सेवा र सुबिधा सबै नेपालमा तोकिएको हुन्छ ! त्यो तपाइँ हाम्रो पसिनाको कमाइ हो ! हाफ्नो हक र अधिकार पाउनु भन्दा पहिला कसरि लिने त्यो चैँ बुज्ने कोसिस गर्नु भयो भने हामीले सुरुमा पाको जस्तो दुख अबस्य पनि पाउनु हुन्न !
जानकारीको लागी बिदेस आउन खोज्नुहुने सबैलाइ यो भोगाई सेयर गरे !
२०१३/११/३०

No comments: