![]() |
| (कम्युनिस्ट पार्टीको झण्डा) |
कम्युनिस्ट नेताहरुले सुरुमा राजनीतिमा होमिदा देखि अन्तिममा सत्तामा नपुग्दा सम्म सबै किसिमको धर्मको उग्र बिरोध गर्थे ! जब सत्तामा पुगे त्यस पछी नेपालको कम्युनिस्ट नेताहरुको बिचार जिरो बाट एकसय असि डिग्रीमा परिणत भाको देख्यौ हामीले !
नेपालमा अहिले तिन
दर्जन भन्दा पनि माथि कम्युनिस्ट पार्टीहरु छन र ति मध्ये गणनामा क्रमस माओबादी,
एमाले, माले, जनमोर्चा, मजदुर किसान पार्टीहरु मुख्य छन ! यी पार्टीहरु मध्येमा
अति उग्रबादी सोच भएकोमा माओबादी पार्टी पर्दछ !
हिजो कथित जनयुद्ध भन्दै धार्मिक सम्पदामा
विस्फोटक पदार्थ पड्काएर ध्वस्त बनाउने, संस्कृत
भाषाको पुस्तक च्यात्ने तथा हिन्दु देबी
देउताको मुर्तिको अपमान गर्नेमा यिनै माओबादी नामको पार्टी पर्दथ्यो ! जब शान्ति
भन्दै २०६३ सालमा हतियारको राजनीति छोडेर निर्वाचनको राजनीतिमा आए त्यसपछि माओबादी
पार्टीका ठुला सबै नेताहरुमा एक्कासी धार्मिक प्रबृत्ति जाग्नु नेपाली जनताको लागि
घोर आश्चर्यनै भयो !
| (बिश्व कम्युनिस्ट पार्टीका हस्तीहरु) |
मान्छे अन्तिम समयमा आएर दुइ चिज संग डराउछन रे
! पहिल भगवान अनि दोश्रो मालिक (अन्नदाता) ! देस अहिले निर्वाचनको गर्मीमा छ !
सामाजिक संजालको राम्रो संग सदुपयोग गर्न जानेका एमाओबादीको दोश्रो बरियताका शिर्ष
नेता क.बाबुराम भटराई हिजो आज खुब देबी देउता पुकार्नु हुन्छ ! देउताको पनि देउता
भगवान श्री पशुपतिनाथको मन्दिर नेपालमा छ ! हिजो राजतन्त्रको समयमा राजाको सबै
सम्बोधन भाषणमा भगवान पशुपतिनाथको नाउँ अनिवार्य लेने चलन थियो !
राजतन्त्र/धर्म/संस्कृति नमान्ने पुर्ब
प्र.म.डा बाबुराम भटराईले भगवान पशुपतिनाथको नाउँ कसरि उच्चारण गर्नु भएको छ त्यो
उहाँले नै सामाजिक संजाल फेसबुकको भितामा पोस्ट गर्नु भएको स्टाटसले घाम जस्तै
छर्लंग हुन्छ ! हेर्नुस उहाँको स्टाटस जस्ताको तस्तै प्रस्तुत गरेको छु !
संविधानसभाको
दोश्रो निर्वाचन व्यापक जनसहभागिताका साथ मूलत: शान्तिपूर्ण ढंगले सम्पन्न भएकोमा
सबै लाई धेरै बधाइ !
० चुनावको नतिजा भोलि साँझ सम्म मूल रुपमा आउने हुनाले आजै अनुमानको चंगा उडाउनुको कुनै तुक छैन । तर कतिपय शक्तिकेन्द्रहरुद्वारा प्रायोजित केही पूर्वानुमान हेर्दा र सुन्दा उनीहरु नेपालमा यथास्थितिवादका कट्टर पक्षधर र परिवर्तनका विरोधी भएको सहजै बुझ्न सकिन्छ ।
०गोरखामा यस पटक पनि एमाओवादीको वर्चस्व कायमै रहने देखेपछि आत्तिएका कांग्रेस-एमाले ले आफ्नो लज्जाजनक हारको लाज छोप्न हत्तपत्त हुँदैनभएको धाँधलीको आरोप लगाएर चुनाव विथोल्ने वा त्यो नसके एमाओवादीको शानदार जितलाई न्यूनीकरण गर्ने झिंगे दाउ हानेको प्रष्टै छ । कर्पोरेट मिडियाले त्यसलाई एकतर्फी रुपमा उचालेर प्रचार गर्नु अनौौठो विडम्वना भएको छ ।
० जनताको मतले नै चुनाव जित्ने हो भने यस पटक एमाओवादीको जितलाई कसैले रोक्न सक्नेछैन । तर अरु नै तत्व निर्णायक हुने भए तत्काल यो पूर्वानुमानको जिम्मा श्री पशुपतिनाथलाई नै सुम्पदा होला कि ?

महान सर्बहारा कामरेडज्युहरु यत्ति चाँडो परिवर्तन हुनुहुन्छ होला जस्तो त लागेको
थिएन ! तर जे होस डाक्टर कामरेडले
भगवान पशुपतिनाथको नाम लिनु पनि 'अग्रगामी छलांग' भित्रै
पर्दछ ! खुसि लाग्यो !
'जय भोलेनाथ'
'जय भोलेनाथ'

No comments:
Post a Comment