Friday, November 29, 2013

अब के गर्नु हुन्छ अध्यक्ष काम्रेड ?

(एमाओबादी अध्यक्ष क.प्रचण्ड)
 "अघि रांड जानिन
   पछी रांड मानिन
   बाघ लाग्यो घिच्याउन
   रांड लाग्यो चिच्याउन"
           ..
यो नेपाली उखान अहिले एमाओबादी अझ खास गरि सो पार्टीका अध्यक्ष क.प्रचण्डमा सतप्रतिसत लागु भएको देखियो ! पार्टी अध्यक्षको पद खुस्केला भनेर कति गोहीको आँसु बगाको नि नारान !
निर्वाचन आयोगमा अहिले भाका सबैलाई नियुक्ति देखि लिएर अख्तियार सम्मको नियुक्ति कस्ले गरेको ? निर्वाचनमा सेना खटाउने भन्ने योजना कस्को ? सबै काम आफुले गर्ने अनि अहिले आएर अरण्य रोदन गर्नुको के अर्थ ?
क.प्रचण्ड तपाइँ शेर त हुनुहुन्छ तर अब जंगलको हैन जावलाखेलको ! तपाइँ जति आफुलाई चातुर्दिक ठान्नु हुन्छ तपाइँ भन्दा १ तह माथि क.बाबुराम र अझ त्यो भन्दा पनि माथि त क.नारायणकाजि छन ! जतिसुकै माकुरी जाल बुन्नुस तपाईलाई ति दुइ महारथीले पानि मुनि गए पनि छोड्दैनन ! अब तपाइँ संग निम्न बिकल्पहरु बाँकी छ !
१. निर्वाचनमा अप्त्यासित हारको जिम्मेवारी लिंदै पार्टी अध्यक्ष पद बाट राजीनामा !
२. पुन पार्टी एकीकरण गरेर पार्टीको पद बरिस्ठ नेता क.बैद्यलाई जिम्मा !
३. क.बैद्यले झैँ पार्टी विभाजन !
तर,
यसो गर्दा पनि तपाइले चैँ मुक्ति पक्कै आउनु हुन्न किनभने आफ्नै लडाकुबाट लुटिएको त्यो अकुत धन रासीको साथसाथै देस भित्रै लुटिएको खरखजाना देखि सब भन्दा ठुलो खजाना भनेको 'सहिदको आँसु'ले तपाई लाइ पक्कै अनि छोड्दैन ! तपाइँ लाइ तपाइकै पार्टीकाले त छोड्दैन भने जिम्मेवार मुक्त भएर एक पटक सामान्य नागरिक बनेर जनताकोमा जान सक्नु हुन्छ ? तपाई प्रधान मन्त्रि हुना साथ तपाइकै पार्टीको बिस्वास्पात्र चालकले "प्रचण्डलाइ जनताले एक दिन लखेटी लखेटी कुटेर मार्नेछन" भनेको कुरा अब चैँ सत्य देखिदैछ है !
(क्राइम चेक को मिति २०७० मार्ग १३ गटी बिहिबारको अंकमा प्रकाशित)
२०१३/११/२७