Thursday, February 19, 2015

गाउँघरको चुलो नियन्त्रण गर्दैमा बायु प्रदुषण मुक्त हुन्छ ?


तस्विर साभार: नेपाली डट कम बाट
-जनक मान डंगोल !
जिल्ला बिकास समिति बारा, कलैयाले बारा जिल्लालाई धुँवा मुक्त जिल्ला घोषणा गर्ने भनेर भनेर संकल्प लिएको रैछ । यो खबर विभिन्न पत्र पत्रिकाहरुमा पढ्न पाईयो । हेर्दा खुसीले मन रमाउने यो समाचारले धुँवा मुक्त गर्नलाई सुधारिएको चुलो देखि बायो ग्याँस प्रयोग गर्ने भन्ने योजना बनाको देखियो । झट्ट हेर्दा यो जस्तो क्रान्तिकारी कदम अरु हुनै सक्दैन समाचारको लेखाई देख्दा त्यस्तै लाग्छ ।
बारा जिल्ला भन्नाले मध्यमान्चल बिकास क्षेत्र नारायणी अंचलमा पर्ने औधोगिक नगरी हेटौडा पछिको ठुलो दोश्रो जिल्ला भनेर बुझिन्छ । भारतीय सिमा नजिकैको सुविधाले गर्दा पर्सा जिल्लाको सिमाना परवानीपुर देखि त्रिभुवन राजपथमै जोडिएको यो क्षेत्रको पथलैया खण्डमा थुप्रै ठुला ठुला कलकारखानाहरु संचालन छन भने उत्तरी भेगमा पर्ने चर्चामा अत्यधिक रहेको निजगढ त ईटा उधोगको खानि नै हो ।
बनस्पति घ्यु, स्टिल, साबुन जस्ता ठुला उधोग कल कारखानाहरु सबै कोईलामा निर्भर छन भने साबुन कारखानाहरुमा कच्चा अदार्थ पगाल्नको निमित्त धानको भुष प्रयोग गरिन्छ किनभने नाम मात्रको जलश्रोतको धनि देसमा अहिले सम्म यी ठुला उधोगहरुले बिजुलीको प्रयोग गरेर बिजुली भट्टी संचालन गर्ने सपना सम्म देख सकेको छैन । 
यी सबै ठुला उधोगहरुको भट्टी संचालनमा प्रयोग हुने कोईला तथा धानको भुषले गरेको बायु प्रदुषण बाट नजिकै रहेको गाउँ टोलामा पुर्याएको असरले गर्दा समय समयमा जनताहरु आन्दोलित समेत हुने गरेका छन ।
साबुन तथा बनस्पति घ्यु कारखानाले प्रयोग गर्ने धानको भुषको जलन पछी निस्किने राख (खरानी) के कसरि तह लगाईएको छ त्यो हेर्न ति उधोग परिसर नजिकै बाट छर्लंग देख्न सकिन्छ भने फागुन चैत्रको हुरी बतास चल्दा ति राखहरु उडेर मानवको आँखामा पर्नु पनि हिजो आज सामान्य घटना बनि सकेको छ । त्यस्तै स्टिल तथा जस्ता कारखानाहरुको चिम्नीले फाल्ने पत्थर कोईलाको धुँवाको मुस्लोको त झन के बयान गराई भो ।
यस्ता देखिएको भयाबह सत्यहरु देख्दा देख्दै पनि ति सत्यहरुलाई आँखा चिम्लेर जनताको घरमा निस्किने धुँवाको चिन्तामात्र जिल्ला विकास समितिले लिएको देख्दा नेपाली उखान 'कासी जानु कुत्तिको बाटो' जस्तो भयो कि भएन ?
जनताको स्वास्थको ख्याल राख्ने काम सरकारी निकाएको हो तर ठुला उधोगका चिम्नीहरु बाट निस्किने कालोमुस्लोरुपी  धुँवा नियन्त्रण नगरिकन जनताको घरमा प्रयोग हुने चुलाको धुँवा नियन्त्रण गर्दैमा बारा जिल्ला बायु प्रदुषण मुक्त कसरि हुन सक्छ ? 

No comments: