Home » » छ जवाफ नक्कलेहरु संग ?

छ जवाफ नक्कलेहरु संग ?

Written By खांट्टी कुरा on Saturday, February 14, 2015 | February 14, 2015

तस्विर साभार: google search
आज पिरिम दिबश रे ! सबैले सामाजिक संजालमा विभिन्न रंगी/बिरंगी गुलाप्को फुलहरुको को साथ ब्या  गरेको सालको जोई पोईको, कसैले हुनेवाला अनि कसैले हुनेवालीहरुको फुटाँ  आफ्ना मनका कुरा डामेर गोरा र कुईरेको भाकाको भ्यालेन्टाइन भन्ने पश्चिमा फिरिंगी दिवस मनाए । लालेहरुको भाका यस्तोलाई अग्रगामी क्रान्तिकारी छलांग मारेको पनि भंच्चन क्यारे ।

अस्ति बारा जिल्लाको बरियापुर गढ़िमाई मेलामा पशु हत्या भो भनेर तुरुक्क आँसु चुहौंदै कुर्लिनेहरुले लाखौ कलिला गुलाबको मन्टो चिमोटेर आज भ्यालेन्टाइन भन्ने पश्चिमा दिबस पनि पक्कै मनाए होलान ।

परान भन्ने चिज सप्पै जिनिसा हुन्छ । परान हुन्जेल विभिन्न रंगा चम्किने गुलाप्को फूल केहि घण्टा पछी ओईलाउने छन त्यस पछी जसरि हत्या भएको पशु पंक्षीहरुको सरिरलाई काटकुट पारेर बनाईएको बिभिन्न पकवान पछी मुन्छी र तिनीहरुको घरा पालेको कुकुरहरुले समेत डकारे अनि  भोलि पल्ट मलको माध्यम बाट कुहिएर माटोमा मिले त्यस्तै गरि ति फूलहरु पनि मिल्ने त माटोमा नै हैन र ?

आत्मा/परान/धुकधुकी मुंच्चिमा मात्र हैन पशु पन्छी देखि बोट बिरुवामा समेत हुन्छ भने हिन्दु धर्मको पुजाआजामा बिरोध गर्ने पश्चिमाहरुले अर्बौ पुष्प हत्याको बिरोध चैँ किन गर्दैनन ?

पश्चिमा संस्कृतिलाई पच्छ्याएर अस्ति बलि प्रथाको बिरोध गर्ने नक्कले लोकतन्त्रे तथाकथित आधुनिक भनाउँदो र आधुनिक बन्न खोज्ने नेपाली युवा युवती देखि बाज्ये बज्यैहरु सम्मले गुलाबको बिरुवामा पनि आत्मा हुन्छन भनेर चै किन देख्दैनन/देखेनन ?

मासु पनि जिब्रो पड्काई पड्काई खाने अनि आफ्नो धर्म र संस्कृति नबुझेर बलि प्रथाको बिरोध गर्नेहरुले निर्दोष ति विभिन्न रंगका गुलाबको फूलहरुलाई धारिलो कैंचिले च्वाट्ट पारेर आफ्ना मयालुहरुलाई दिंदा त्यो निर्दोष बोट बिरुवाको हत्या भएको चैं किन देखेनन ?
आर्काको हत्या गरेर पनि  भ्यालेन्टाइन दिबस मनाइन्छ ? यदि मनाइन्छ र मनाउनु पर्छ भने हिन्दु धर्म र संस्कृतिको बिरोध चैँ किन गरिन्छ ?

हत्या नगरी मासुको विभिन्न जिनिस पाक्दैना भने हत्या नगरी भ्यालेन्टाइन डे पनि त मनाईदैन होला नि हैन ? अब पनि हिन्दु धर्म र संस्कृतिको बिरोध गर्ने कि ?  छ जवाफ नक्कलेहरु संग ?

janakdangol@gmail.com २०७१ फाल्गुन २ गते शनिवार
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger