Home » » INGO को नाईकेहरु कसरि महान नेता हुन सक्छन ?

INGO को नाईकेहरु कसरि महान नेता हुन सक्छन ?

Written By खांट्टी कुरा on Friday, February 13, 2015 | February 13, 2015

नेपाल सन्देस डट.कममा प्रकाशित



व्यापारीको भेषमा हिन्दुस्थानमा पसेर सदियौंदेखि राज गर्दै आएका अंग्रेजहरुलाई धपाएर देशबासीलाई अंग्रेजको गुलामीबाट मुक्त पारेर देसमा उन्नति र बिकास गर्ने भनेर छिमेकी भारतमा पहिलो नाम बिनाको संगठन जन्म्यो । त्यहि संगठन अंग्रेज धपाउने क्रान्ति गर्दा गर्दै 'नरम दल' 'गरम दल' गरेर दुई खेमामा परिणत भयो । 

नरम दल भनेको गान्धी, नेहरुहरुको समुह थियो भने गरम दल सुभाष चन्द्र बोशको र त्यहि नरम दल पछी गएर भारतीय कांग्रेस पार्टी बन्यो तर गरम दलले पार्टी जन्माउनुनै नपाई छिन्नभिन्न हुनु पर्यो । पचासौ बर्ष भन्दा अगाडीको भारतीय राजनीतिको एक झलक हो यो ।

अंग्रेजले भारत छोडेर गए पछी नरम दलले देसको बिकास भन्दा पहिला अंग्रेज भन्दा पनि ठुलो दुस्मन सम्झेर आफ्ना बिरोधि 'गरम दल' लाई तह लाको घटना भारतको राजनीतिक ईतिहासमा अझै पनि बेला बखतमा देख्न र सुन्न पाईन्छ । 

नाम चैँ नरम दल त्यहि नरम दल पछी गएर बनेको भारतको जेठो पार्टी भारतीय कांग्रेस । त्यहि कांग्रेसको सारथी जब नेहरु बने त्यस पछी नेपालको राणा सासनकै बाटोमा हिडेको नतिजा हो अस्तिको लोक सभा चुनाव र हिजोको दिल्ली बिधान सभाको सभाको चुनावमा भारतीय कांग्रेस पार्टीको सर्मनाक पराजय । जुन पार्टीले परार साल सम्म केन्द्र देखि दिल्ली सम्म २ सासनकाल सत्ताको बागडोर आफ्नो हातमा लिने मौका पाएको थियो तर यो पालि १ सित पनि जित्न सकेन भने  दिल्ली बिधान सभाको चुनावमा भारतीय जनता पार्टीले ३ सिटमा चित्त बुझाउनु पर्यो ।

आम आदमी पार्टीको मुखिया केजरिवाल हिजो सरकारी पदमा बसेर देसमा INGO चलाउथे । केजरिवाल ईन्जिनियर देखि सरकारी राजस्व समुहको कर निरीक्षक पदमा पुगेका ब्यक्ति समेत हुन । INGO भनेको गैर सरकारी संगठन भनेर बुझिन्छ र त्यस्तो संगठन चलाउनलाई प्राय बिदेसी रास्ट्रहरुले धन दिने गर्छन भने बिदेसीले आफ्नो देसको जनताको पेटमा लात हानेर पराई मुलुकमा संस्था चलाउन धन त्यसै दिदैनन
 
भारतको हरेक घटनालाई नेपाली जनताहरुले मात्र नभएर भारतको छिमेकी देसका सबै जनताहरुले अति सुक्ष्मरुपले नियालेर हेर्ने गर्छन । आम आदमी पार्टीले अत्याधिक बहुमत ल्यायो भनेर यता नेपालमा पनि ठुला राजनेता देखि साधारण जनता सम्मले आश्चर्य मानेका छन तर पंक्तिकारलाई चित्त नबुझेको कुरा चैँ के हो भने हिजो सरकारी सुबिधा लिएर देसमा INGO चलाउनेहरुले पदमा बसेर त्यस्तो काम गर्नु हुन्थ्यो कि हुन्न भनेरचैं किन सोचेनन ?

अस्ति भएको दिल्ली बिधान सभाको चुनावमा भारतीय जनता पार्टीले किरण बेदिलाई मुख्य मन्त्रि पदको उम्मेदवार घोषणा गर्दै भारतीय कांग्रेस आई तथा आम आदमी पार्टीको बिपक्षलाई टक्कर दिन भनेर चुनावी रण संग्राममा उतार्यो । किरण बेदी भारतीय जनता पार्टीमा जोडिनु भन्दा केजरिवालको परम मित्रमा पर्दथे । 

INGO त पुर्ब Police DIG किरण बेदिले पनि चलाउथिन तर किरण बेदिले जागिर छोडे पछी मात्र INGO  चलाउन थालेकी हुन । INGO चलाउनु भन्दा पहिला पुलिसको उच्च पद DIG अर्थात नायब महा निरीक्षक दर्जालाई  अबकास हुनु भन्दा पहिला नै तिलान्जली दिएर INGO चलाउने महिला नेत्री किरण बेदीलाई जनताले चिनेनन तर सरकारी निमक खाएर देसमा बिदेसी INGO  हाक्नेको समुहलाई जनताले अपार मतले बिजयी गराउनु पनि सातौ आश्चर्यनै हो ।

नेपाल र भारतको जनतामा संस्कृति, रहनसहन, लवाई खवाई देखि सोच्ने सक्ति समेत एकै किसिमको छ किनभने परापूर्वकालदेखि नै दुई देसको बिचमा परम मित्रता बाहेक रोटि देखि बेटी सम्मको साइनो छ भने सोच्ने सक्ति भई दिएको भएको दिल्लीको जनताले सरकारी पदमा बसेर INGO किन चलाको भनेर खाँटी प्रश्न किन गरेनन ? साथै नेपालको उच्च नेता पत्रकार देखि सहरिया चेतनसिल नागरिकहरुले समेत यस्ता कुराहरुलाई बिचार नगरेर अन्ध समर्थक बन्दै  केजरिवाल समुहको अन्ध प्रसस्ती गाउनु पनि सुखद आश्चर्य भित्रै पर्ने रैछ

नयाँ जोगीले खरानी धेरै घस्छ भन्ने उखान पनि छ ! सुरुमा जो पनि चम्किन्छ र सबै चम्किने बस्तु हिरा चैँ हुन्न भन्ने पनि थाहा होला । नारा दिनु र सुरुमा केहि नयाँ काम गरेर देखाउनु कुनै ठुला कुरो हैन । हिजो कांग्रेसले 'जय जवान जय किसान' को नारा लाएको हैन ? त्यहि नारा लाउने देसमा सबै भन्दा आत्महत्या गर्ने पनि किसान नै छन त्यसैले अरुको नजरमा आम आदमी पार्टी महान होलान तर पंक्तिकारको नजरमा सुरुमै कानून तोड्ने देखि आफ्नै देसको देसको लोकतन्त्रको सम्मान गर्न नसिक्ने केजरिवालको समुह कहिले पनि महान हुन सक्दैन ।

पंक्तिकारको लेखाई तितो छ । धेरै लाई यो टिप्पणी मन नपर्न सक्ला तर सत्य कुरा तितोनै भएता पनि देखिएको सत्यलाई हैन भनेर कसरि भन्न सकिन्छ र । 
..
janakdangol@gmail.com पेज मन पर्छ भने 'खाँटी कुरो' लाई LIKE गर्नु होस !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger