Home » » 'पुलिस हैन मन्त्रि बनेर देखाऊ'

'पुलिस हैन मन्त्रि बनेर देखाऊ'

Written By खांट्टी कुरा on Tuesday, February 10, 2015 | February 10, 2015

तस्विर साभार: बि.बि.सी.हिन्दि डट कम
अघिल्लो पटकको बिधान सभाको चुनावमा भा.ज.पा पहिलो, आम आदमी दोश्रो  र कांग्रेस तेश्रो  पार्टी बन्यो दिल्ली प्रदेशमा तर कसैले पनि बहुमत ल्याउन सकेनन !

कांग्रेसले आम आदमिलाई समर्थन दिएर सरकार बनाउन लगायो तर जितको उन्मादमा नौसिखिया आम आदमिले कानूनको मजाक उडाउदै आफै पुलिस बनेर छापा मार्न गको घटना पक्कै पनि भुलेका छैनन होला !

मुख्य मन्त्रि देखि अन्य मन्त्रि भनेको सरकारी कर्मचारीलाई आदेस दिने हो र आदेशको पालना गरे कि गरेनन भनेर अनुगमन गर्ने हो ! आदेशको पालना गरेनन भने बर्खास्त सम्मको कारबाही गर्ने अधिकार पनि हुन्छ तर दिने आदेस कानून सम्मत चैँ हुनु पर्छ !

धेरैले केजरिवाल सरकारको गुणगान देखि प्रसस्ती गाएको देखियो तर केजरिवालको ४९ दिनको कार्यकालमा सरकार एका तिर अनि सरकारी कर्मचारी आर्को तिर भाको घटना चैँ देखेनन !

जित्न त यो पालि पनि पूर्ण बहुमत ल्याएर जितेका छन तर पहिलाकै जस्तो गरि आदेस निर्देसन दिन छोडेर आफै पुलिस बनेर छापा मार्न गए भने केजरिवालको सरकारले सरकारी कर्मचारीको साथ चैँ पक्कै पनि पाउदैनन किनभने सरकार हाक्न राजनीतिक पार्टीको ट्याग ले चुनाव जितेर आएका मुख्य मंत्री देखि मन्त्रिले मात्र सम्भव हुँदैन ! कर्मचारी भनेका कस्ता हुन्छन ४९ दिनको कार्य अवधिमा केजरिवाल पल्टनले भोगी सकेका छन भने यो पालि चैँ पहिलाको गल्ति पक्कै पनि दोहर्याउदैनन होला !

दोहर्याए भने उही हिन्दि अहिले सम्म बिर्सन नसकिने ख्यातिप्राप्त हिन्दि सिनेमा 'शोले' का पात्र गब्बर शिहले देको डाइलग जस्तो ' अब तेरा क्या होगा ..............' होला !
'छिमेकी बासीको नाताले झाडु टिमलाई 'खाँट्टी कुरा' फेसबुक पेजको तर्फबाट हार्दिक बधाई तथा शुभकामना'
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger