तस्विर साभार: गुगल सर्च |
पोले पनि घामै राम्रो
..
माथि लेखिएको दुई हरफ २०४८ साल पछी एमालेले रचना गरेको अति प्रिय नारा हो यो । यो नाराले स्पस्ट सन्देस दिएको छ जे जस्तो भए पनि आफ्नै पार्टी भनेको आफ्नै पार्टी हुन्छ ।
सामाजिक संजालको भित्तामा अझै पनि राजनीतिक पार्टीका नेता देखि ति पार्टीका अन्ध समर्थकहरुले आफुले मन पराएको राजनीतिक पार्टीको बखान गरेर अझै पनि थाक्दैनन र पार्टीको भजन गाउनु नै तिनीहरुको जीवनको एक मात्र उद्धेश्य हो ।
कम्युनिस्ट पार्टी भनेको जनताको मुक्तिको लागि हो भनेर मैले पनि २०३६ साल देखि सुन्दै आएको छु । जनताको मुक्ति गर्लान भनेर हिजो भूमिगतकालमा जनताले गाँस काटेर पालेका नेताहरुले आज जनताको कत्तिको मुक्ति गरे त्यो बताउनु नपर्ला ।
पार्टी भित्र बहस हुन्छ, विवाद हुन्छ र बहस र विवाद पछी कुरोको चुरो निक्लिन्छ तर त्यसो नगरी घमण्ड र अहं प्रदर्शन गरेर पार्टी फुटाउने अनि आफै अध्यक्ष बन्ने होडबाजीले गर्दा आज जनताको मुक्तिको लागि गठन भएको भन्ने नेपाल कम्युनिस्ट पार्टी ३ दर्जन बनि सकेको छ र अझै बन्ने क्रम जारीनै छ तर नेपाल जस्तो सानो देसमा राजनीतिक पार्टी कति सम्म आबस्यक पर्छ भनेर आज सम्म कोहि कसैले बिचार गरेका छन ?
मान्नुस नमान्नुस तपाईको लागि तपाईले समर्थन गरेको राजनीतिक पार्टी तपाईको लागी मन्दिर होला र पार्टीको नेता देउता तर नेपालको राजनीतिक पार्टीका नेताहरु भनेको आफ्नो वाक चातुर्यताले मक्ख पार्दै जनतालाई भ्रममा पारेर चटकेको तालमा कार्यकर्ता बटुलेर तिनैको रगत पसिनारुपी लेबीमा बाच्ने परजीबी हुन र त्यो भन्दा अरु केहि पनि हैनन ।
तस्विर साभार: गुगल सर्च |
तर पनि अझै के कुन हिसाबले पार्टी र नेताको भजन गाउनु हुन्छ ? पार्टी र नेताको भजन गाउँदागाउँदै देस आज कुन मोडमा पुगेको छ त्यो बिचार गर्नु भएको छ ? के दियो सयौ पार्टीका नेताहरुले देस र जनतालाई ? त्यसैले अझै पनि पार्टीको लागि भनेर आफ्न गाँस काटेर लेबी तिर्ने व्यक्तिहरु भनेका संसारका सबै भन्दा एक नम्बरका मुर्ख र चेतना नभएका ब्यक्तिहरु हुन भन्दामा फरक नपर्ला । देखावटीरुपमा नेता र पार्टीले देस डुबायो भन्छन तर 'कुटे पनि आमै राम्रो पोले पनि घामै राम्रो' भन्ने एमाले मार्का बखान भनेर भन्न चैँ अहिले सम्म छोडेका छैनन । मनका धनि र बीर गोर्खालीको देस भनेर त्यसै भनिएको हैन रैछ ।
janakdangol@gmail.com
'मन पर्छ भने 'खाँटी कुरा' पेजलाई LIKE गर्नुहोस'