- जनक मान डंगोल
२०४६ साल भन्दा अगाडी पनि नेपालीहरु नजिकैको छिमेकी मुलुकहरु देखि तेस्रो मुलुकहरुमा समेत अध्ययन तथा रोजगारको लागी जानी गर्दथे । त्यसरी जानेक्रमको निरन्तरता अहिले सम्म चलिनै रहेको छ ।
जन्मभूमि छोडेर बिदेसिनुको पिडा बिदेसिनेहरु लाई मात्र थाहा हुन्छ र परदेशमा सुख दुख:मा परेको बेला एक आर्कोलाई सघाउन देखि आफ्नो देसको पहिचान र संस्कृति समेतको रक्षाको लागी समुह गठन गर्ने चलन पनि नयाँ र नौलो हैन यो पुर्खाकै पाला देखि चल्दै आएको हो ।
२०४६ साल भन्दा अगाडी सम्म गाउँ पाखाका कुना कन्दरामा बस्ने धेरै नेपालीहरुलाई बिदेस खास गरि तेश्रो मुलुकमा गएर काम गर्न पाईन्छ भन्ने कुरा थाहा नै थिएन । त्यस्ता नेपालीहरुको लागी बिदेस अर्थात मुग्लान भनेको नजिकैको छिमेकी मुलुक भारत थियो र भारतमा गएर रोजगार गर्नेहरुले ‘प्रबासी भारत एकता समाज’ भनेर संस्था खोल्ने गर्थे भने बिधार्थीहरुले पनि ‘प्रबासी बिधार्थी संघ/संगठन’ भनेर खोल्थे ।
२०४६ साल पछी गरिब नेपालीका सन्तानहरु खाडी मुलुकमा रोजगार गर्न जान थाले भने हाम्रा महान पार्टीका महान नेताका सन्ततिहरुलाई चैँ युरोप अमेरिका देखि भारत सरकारको कृपामा क्षात्रवृत्ति प्राप्त हुन थाल्यो । यस्ता क्षात्रवृत्ति पन्चेती सरकारको पालामा पनि प्राप्त नभएको हैन तर त्यस्ता क्षात्रवृत्ति योग्यताको बलमा गरिब नेपालीका सन्तानहरुले पनि पाउने गरेका थिए भन्ने कुरा संगीतमा क्षात्रवृत्ति पाएका गायक उदित नारायण झा देखि अहिलेका चर्चित नेता डाक्टर बाबुराम भटराई सम्म थिए, यी भए साना उदाहरण ।
राजनीतिक पार्टीका नेताहरुको आडमा छात्रवृत्ति पाएर बिदेसमा अध्ययन गर्ने जाने देखि लिएर विभिन्न तिकडम भिडाएर बिदेस जाने नेपालीहरुको संख्यामा अत्याधिक वृद्धि भएको २०५२ साल पछी हो र यस्तो हुनुमा अहिलेको माओबादी भनिने पार्टीहरुको समेत ठुलो देन छ । माओबादी आतंकबादी गतिविधिले गर्दा देसमा बस्न सकिएन भनेर आफैले आफैलाई सरणार्थी घोषणा गर्दै युरोप देखि अमेरिका हुँदै अस्ट्रेलिया सम्ममा बस्नेहरुको संख्याले अहिले लाख नाघी सकेको छ र यसरि बस्नेहरु बैधानिक अबैधानिक दुवै थरिका छन ।
मैले माथिनै उल्लेख गरि सके बिदेसमा गएर बसे पछी आफ्नो हित र संस्कृतिको लाई संस्था गठन गरिन्छ भन्ने कुरा । अहिले युरोप, अमेरिका देखि अस्ट्रेलिया हुँदै खाडी मलेसिया समेतमा बसोबास गर्ने गैर आवासीय देखि करारमा रोजगार गर्ने नेपालीहरुले च्याउ उमारेका जस्तरी संघ संस्था उमारेका छन । त्यसरी उमारेका संस्थाहरु नेपालको राजनीतिक पार्टीका भात्री संगठनकै मान्यता पाउने गरि खोलिएका छन र त्यस्ता पार्टीका बार्षिक कार्यक्रमको लागी भनेर नेपाल बाट आफ्नो पार्टीका ठुला नेतालाई बोलाएर प्रमुख अतिथि बनाउने चलनले पनि हिजो आज फेसनकै रुप धारण गरि सकेको छ ।
हिजो देसमा हुँदा पनि राजनीतिक पार्टीको आडमा घटिया राजनीति गर्न पल्केकाहरु बिदेसमा गएर पनि हिजोकै नियत दोहर्याउदै गरेको समाचारहरु हिजो आज दैनिक रुपमा छापा देखि बिधुतिय पत्रिकाहरुमा देख्न र सुन्न पाईएको छ जसको उदाहरण हो ‘पहिचान र संघियता’ भन्ने जातीय राजनीति ।
नेपालीहरु बीर गोर्खालीका सन्तान हुन यो कुरा सारा बिस्वजगत लाई थाहा छ र यहि तथ्यलाई आधार मानेर बेलायत, सिंगापुर, हंगकंग, ब्रुनाई दखि छिमेकी भारतमा समेत गोर्खाली पल्टनको बाक्लै उपस्थिति छ भने गोर्खाली पल्टनहरुमा प्रायजसो जनजातिहरुको बाक्लो उपस्थिति छ ।
यिनै जनजातिहरुको बाक्लो उपस्थिति देखेर ‘एक पन्थ दो काज’ गर्न पल्केका नेपालका माहिर राजनीतिक खेलाडीहरुले नेपाल एकीकरणको निर्माता बडा महाराजाधिराज पृथ्बी नारायण शाहको देनलाई गलत अर्थ लाउँदै “हिजो गोर्खाली सेनाले हाम्रा जनजातिहरुलाई अन्याय गर्यो, राज्य धनमाल सबै लुटे” भन्ने जस्ता भ्रामक हल्ला फैलाएर सोझा सिधा नेपालीहरुको दिमाग भुट्ने काम गरेको नतिजा हो बेलायतमा गठन गरिएको ‘नेपाल आदिबासी जनजाति माहासंघ यु.के’ भन्ने संस्था ।
हिजो उक्त संस्था गठन नहुँदा बिदेसमा बस्ने नेपालीहरु एक आपसमा नंग र मासु जस्ता मिलेर बसेका थिए भने यो जात र उ जात भन्ने कुनै छेकवार नै थिएन तर जनतालाई लडाएर आफ्नो स्वार्थ सिद्ध गर्न पल्केका नेपालका स्वार्थी नेताहरु मध्येका पुर्ब एमाले नेताहरु असोक राइ, आंगकाजि शेर्पा, राजेन्द्र श्रेष्ठ, बीर बहादुर लामा र यस्ता नेताहरुलाई उचाल्ने बुद्दिजिबी भनेर कहलाईएका कृष्ण भट्टचनहरुको कारणले गर्दा आज नेपालीहरु स्वदेशमा मात्र नभएर बिदेसमा समेत एक आर्काको दुस्मनी हुन पुगेका छन । नेपालीहरु बीर छन, सोझा र सिधामा संसारकै अब्बल छन र यस्तै कारणले गर्दा नै हैन र अंग्रेजको नजरमा परेर अंग्रेजी फौजी बन्न सफल भएका ?
जसरि आफु भित्र भएको कस्तुरी बिनालाई आफैले चिन्न नसकेर कस्तुरी मृगले सिकारीको फेलामा परेर ज्यान गुमाउनु बाध्य हुन्छ ठ्याक्कै बिदेसमा बस्ने जनजाति भनेर न्वारान गरिएका नेपालीहरु पनि आज जनजातीको खेति गर्ने धुर्त नेपाली नेताहरुको चंगुलमा दिन प्रतिदिन फस्दै गएको महसुस किन गर्दैनन यो चैँ बुझी नसक्नुको कुरा छ ।
बिदेसमा बस्ने नेपालीहरुलाई देसको माया अबस्य पनि हुन्छ तर युरोप, अमेरिका देखि अस्ट्रेलियामा स्थाही बसोबास गर्ने गैर आवासीय नेपालीहरुले नेपालको राजनीतिक पार्टीको झल्को दिंदै जातीय देखि साम्प्रदायिक हुँदै आस्थाको राजनीति गर्दा कुनै अप्रिय घटना घटेर भोलि आफु बसेको देसको सरकारले नागरिकता रद्ध गरेर देस निकाला गरी दियो भने जन्मभूमिको ईज्जत र मान प्रतिष्ठामा आँच आउछ कि आउदैन ? त्यो पनि सोच्ने कि ?
माघ ८ गते संबिधान सभाले संबिधान जारि गर्न सकेन । यो बिषयमा देस भित्रकै नेपालीहरुलाई समेत कुनै टाउको दुखाईको बिषय भएको छैन किनभने नेपालीहरु नेपालको राजनीतिक पार्टीको नेताहरुको दैनिक क्रियाकलाप तथा गतिबिधि बाट अभ्यस्त भै सकेका छन भने यहि विषयलाई उचालेर बिदेसमा स्थाहीरुपमा बस्ने गैर नेपालीहरुले सभामुखको पुत्ला दहन गर्न देखि लिएर सभामुखको राजिनामा सम्म माग्न मिल्छ ? किन र के को आधारमा पुत्ला दहन गर्दै राजिनामा मागियो ? अहिले जो जसले यस्ता घटिया काम कार्य गरे के तिनीहरु बिदेसको सुख सुबिधा दखि रमझम र मोजमज्जाको जिन्दगीलाइ तिलान्जली दिएर नेपालमा आएर स्थाही बसोबास गर्न सक्छन ? अबस्य पनि सक्दैनन यो कुरा चैँ दाबीका साथ भन्न सकिन्छ भने हाम्रा राजनीतिक पार्टीका नेताहरुले यस्ता कुराहरुलाई समयमै बिचार किन पुर्याई रहेका छैनन ? त्यसैले बिदेसमा नेपाली राजनीतिक पार्टीको भात्री संगठन खोल्न तुरुन्त रोक लगाउनु पर्छ ।
राजनीतिक पार्टीको आडमा चन्दा संकलन गरेर नेपालमा जातीय दंगा फैलाउन ‘नेपाल आदिबासी जनजाति माहासंघ यु.के’ अग्र पंक्तिमा देखिएको छ । अहिले काठमाडौंमा चम्केको पदम रत्न तुलाधरको जातीय आन्दोलनलाई सहयोग गर्न भनेर ‘नेपाल आदिबासी जनजाती माहासंघ’ ले युरोप, अमेरिका, अस्ट्रेलिया देखि खाडी मलेसिया सम्मका जनजातिहरु बाट ब्यापकरुपमा चन्दा सकलन गरेर पठाएको व्यहोरा www.kattikuro.com मा पटक पटक प्रमाण सहित प्रकाशित भै सकेको छ । अत: समयमै यस्ता अबैध गतिबिधिलाई नेपाल सरकारले प्रतिबन्ध नलगाउने हो भने भोलि नेपालमा अफ्रिका महादेशको जस्तै भयावह स्थिति नदेखिएला भन्न सकिन्न त्यसैले बेलैमा सरकार देखि राजनीतिक पार्टीहरुको यस्ता गतिबिधिमा समेत ध्यान पुगोस ।

0 Comments:
Post a Comment