Tuesday, March 31, 2026

सब तिवारी र गोतामे भए पछी कसलाई बिस्वास गर्नु ?

कांग्रेस र एमालेका भुराहरुले गोरु चुटाई गरेको ३ महिना नबित्दै एमालेको सरण परेर पररास्ट्र मन्त्रि खान गएको दिन देखि हाम्रो कमल थापाको सबै हाउभाउलाई राम्रो संग विश्लेषण गर्न पाईयो  नमस्ते गर्न छाडेर लाल सलामवाला मुट्ठी देखिए पछी यति लेख्न कर लाग्नेनै भयो !

पार्टीमा अध्यक्ष पद हारे पछी पार्टी फुटाउने सम्मको दुस्साहस गर्ने थापा काजी पछी एमाले पतनको बाटो देखेपछी आफ्नै घर फर्की आएँ भन्दै लाज्धानी बाट चुनाव लडे ।

सिधा र खाँटी भाकामा भन्नु पर्दा म कमल दाईको भक्ते हुँ तर जुन दिन बाट राजाको घोर बिरोधि कम्युनिस्टको दौराको फेरो समाउन पुगे त्यहि दिन देखि मेरो रा.प्र.पा प्रति मोह भंग भएको हो ।

श्री ५ महाराजाधिराजले अहिले चुनाव गर्नु भनेको संकटलाई निम्त्याउनु हो भन्दा भन्दै चुनावमा भाग लिन खोज्दा 'धोबीको कुकुर घरको न घाटकोअबस्थामा रा.प्र.पा पुगी सके पछी अरु खास के टिप्पणी गर्नु  

गाउँ समाजमा मलाई अझै पनि कमल थापाको मुन्छे भन्छन  हिजो गर्वले छात्ती सगरमाथा हुन्थ्यो अहिले शिर निहुरिमुन्टो 'भएको छ 

रा.प्रा.पाले न धर्मको संरक्षण गर्न सक्यो न देश जोडने राजाको । महाराजधिराजको सवारीमा देखिएको जुलुस लावा लस्कर  सबै रा.प्रा.पा बादी को हो भन्नुचै  ठुलो मुर्खता हुन्छ ! 

 


Saturday, September 13, 2025

नेपालको जासुसी संयन्त्र ध्वस्त भएकै हो ?

-जनक मान डंगोल ।
बि.सं. २०५४ सालको अन्तिम तिर तत्कालिन प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईराला कर्णाली एअरको १२ सिटे हेलिमा हेटौडाको हु.प्र. चौरमा अवतरण गरे । सो समय मध्य क्षेत्र प्रहरी कार्यालय हु.प्र. चौरको भाडाको घरमा थियो । प्रहरी नायव महानिरीक्षकमा रुपाल समशेर ज.ब.रा हुनुहुन्थ्यो । प्रधानमन्त्रीले प्रहरी नायव महानिरीक्षक ज.ब.रा लाई प्रश्न गर्दै भन्नु भयो डीआइजी साब नेपालको ईन्टेलीजिन्स किन फितलो ? हिजो हामि अन्डरग्राउन्ड भएको बेला तपाईको पुलिस जहाँ पनि पुग्थ्यो । त्यो समय कांग्रेसको नेताहरु छिमेकी भारतमा लुकेर बस्थे । त्यसैलाई लक्षित गरेर उहाँको भनाई आएको थियो भनेर बुझ्न सकिन्थ्यो र उहाँको आसय त्यो बेला माओबादी बिरुद्ध चलेको किलो सेरा टु प्रति लक्षित थियो । ज.ब.रा साबले प्रत्युत्तर दिंदै भन्नु भयो हैन हजुर अहिले पनि हाम्रो पुलिस ईन्टेलीजेंसमा तगडा नै छ । २०४६ साल पछी नेपाल पुलिसलाई तहस नहस बनाउनेमा नेपाली कांग्रेस पार्टीनै पहिलो नम्बरमा थियो । कांग्रेस पछी बनेको अरु पार्टीको सर्खारले कांग्रेसकै नक्कल गरेका हुन । नियुक्ति देखि सरुवा बढुवामा गरिएको चलखेल पछी धातक हुन्छ भनेर सोचेको भए र देश र जनताको लागी राम्रो काम गरेको आजको दुर्दिन देख्नु पर्दैन थियो । यसै हप्ता जेन जी नामको युवाहरुले गरेको हिंश्रक आन्दोलनमा कांग्रेस पार्टीको सभापति देउवा देखि निजकै श्रीमती पररास्ट्र मन्त्री माथि गरिएको हमला, नेताहरुको घरमा गरिएको आगजनी र आगजनी गर्दा नेताहरुको घरमा भ्रस्टाचार गरेर थुपारिएको अर्बौको नगद सम्पती माथी आगजनी हुँदा जलेर खरानी भएको दृश्य छरपस्ट भएको छ । अहिले पंक्तिकारलाई हिजो स्व.गिरिजाले भन्नु भएको ईन्टेलीजेन्स अर्थात जासुसीको जह्ल्झाली आँखा अगाडी नाची रहेको छ । नेपाल प्रहरीको सम्पूर्ण ब्यबस्था ध्वस्त नबनाएको भए पंचायती शासनमा जस्तै गुप्तचरीलाई अझै आधुनिक तरिकाले परिचालन गरेको भए नेपालमा न माओबादीको जन्म हुन्थ्यो न जेनजीको आन्दोलनमा देउवा दम्पतिहरुले कुटाइ खानु पर्थ्यो । उही कम्युनिस्टहरुले भन्ने गरेको 'ध्वंस पछिको नयाँ निर्माण' लाई सम्झेका छन भने छिमेकी भारतमा जस्तै सरकारी संयन्त्र माथि हात नहालेकै बेस । रास्ट्र सेवक भनेको देश र जनताको सेवाको लागी गठन गरिएको । नेताहरुको चाकरी गर्नको लागी हैन ।

Monday, September 08, 2025

नागरिकको आवाज दबाउने काम राम्रो हैन

-जनक मान डंगोल 
निरंकुस र तानाशाहीमा कम्युनिस्ट पार्टी संसारमा अब्बल नै छ । यिनीहरु प्रजातन्त्र र लोकतन्त्रमा बिस्वास राख्दैनन । सत्तामा पुग्नको लागी यिनीहरुले गरेको क्रान्ति र सत्तामा पुगी सके पछी यिनीहरुले जनता माथि गरिने दमनको उदाहरणमा अहिलेको सत्तासिन पार्टी गतिलो उदाहरण बनेर देश बिदेशमा चर्चा बनेर छाएको छ । नेपालको लोकप्रिय बिधुतिय पत्रिका देश संचारमा २४ घण्टा भित्र प्रकाशित समाचारहरु मध्ये ने.क.पा एमालेको बिधान महाधिबेसनको समाचारको यो अंस हेर्नुस.... 
एमालेको विधान महाधिवेशन अध्यक्ष केपी ओलीको महत्त्वाकांक्षालाई अनुमोदन गरेर सकिएको छ ।  ओलीले नै आठौँ महाधिवेशनमा पेश गरेको ‘पार्टीको लोकतान्त्रिकरण गर्ने प्रस्ताव’ले एमालमा बहुपद, दुई कार्यकाल र ७० वर्षे उमेरहद राख्ने वैधानिक निर्णय गरेको थियो ।  अहिले आफ्नै पूर्व प्रतिबद्धताविपरीत ओलीले विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि बाटो खोलेका हुन्। पूर्वराष्ट्रपति एवं पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको नवीकरण भएको पार्टी सदस्यतालाई खारेज गरेर ओलीले तेस्रोपटक पनि अध्यक्ष हुने बाटो खोलेका हुन् । https://deshsanchar.com/2025/09/07/1089293/ 
जेनजी पुस्तालाई प्रधानमन्त्रीको धम्कीः कानुनबारे जानेकै होला https://deshsanchar.com/2025/09/07/1089154/ 
राणा शासनको समयमा राणाशाहीको अत्याचार सहन नसकेर देश भित्र प्रजा परिषद पार्टी खोलिएको थियो । जुन पार्टीलाई पिंजडामा कैद गरिएको राजालेर समेत गोप्यरुपमा समर्थन गरिएको भनेर ईतिहासमा लेखिएको छ । देशमा बिरोधको बिषयमा खोलिएको पार्टीलाई साथ र समर्थन दिनुको साटो बिदेसी भुमि छिमेकी भारतमा गएर कांग्रेस र त्यसको २ बर्ष पछी कम्युनिस्ट पार्टी खोलिए । कांग्रेस र कम्युनिस्ट पार्टीले आन्दोलन गरेर देशमा प्रजातन्त्र त ल्याए तर देशमा बिदेसिको हैकम मज्जाले चलेको पनि देखिएको थियो । यदि त्यो समयमा राजा महेन्द्रले कांग्रेस कम्युनिस्ट पार्टीहरु माथि प्रतिबन्ध नलगाएको भए आज नेपाल पनि सिक्किम जस्तै भारतको एउटा हिस्सा बन्न पुग्थ्यो । कम्युनिस्ट पार्टीमा लागेर शिर्ष पदमा पुगेपछि बाचुन्जेल पद छाड्दैनन । समय पुगे पछी नेतृत्व दोश्रो पुस्तालाई छाड्थे भने कम्युनिस्ट पार्टीहरु दर्जनौको संख्यामा पक्कै पुग्दैन थियो । आफुले पाएको पद नगुमोस भन्नको लागी जस्तो सुकै कदम चाल्न पनि पछी पर्दैनन भन्ने ताजा उदाहरण माथि देश संचार बिधुतिय पत्रिकामा छापिएको समाचारलाई पढे पुग्छ । संसारमा जहाँ पनि जब अन्याय र अत्याचारले सिमा नाघ्छ त्यस पछी सुरु हुन्छ आन्दोलनको आँधीबेहरी । यदि प्रधानमन्त्रीले सत्ताको उन्मादमा म नै राज्य म नै कानून हो भनेर सम्झेका छन भने अन्तिममा भनिने शब्द 'बिनासकाले बिपरित बुद्धि' मात्र हो । 
२०८२/०५/२३

Friday, July 25, 2025

मधेसमा खडेरी किन लाग्दैछ ?

 

जनक मान डंगोल


जागिरे मुन्छे । महिनाको १ देखि दुई पटक मेरो तराई अर्थात महन्थ, भण्डारी, उपिंदर, राजिंदर, सि.के, रेसमहरुको मधेस गइ रहनु पर्छ । यो पटक मधेसको भुमि, अहिलेको गर्मि अनि त्याहाको खेत खलिहान देखेर मन चसक्क अनि कटक्क भो ।
यो हप्ता मैले त्यसै बिषयको
तश्विर खिचेर सामाजिक संजालमा पोस्ट गरे तर कसैले पनि त्यति चासोको साथ लिएको पाईन



अहिले श्रावण महीना । भीषण बर्षा भनेर गणतन्त्रका महान मौषमविद हरुले गरेको घोषणा र खबरदारी मिलेको भए यतिखेर मधेसको खेतको रोपाई सकिनु पर्ने थियो तर मधेसी सरकारले मधेसलाई सुक्खाग्रस्त घोषणा
गर भनेर नारा किन लाए ?

खर्च गर्न नसकेर बजेट फ्रिज, खर्च गरेको बजेटमा अत्याधिक बेरुजु, समयमा लेखा परिक्षण नगर्ने जस्ता रोगले गाँजेको मधेसलाई नेताहरुले चुनावको बेला गरेको बाचा पुरा गरेको भए आज खडेरीको समस्या भोग्नु पर्थ्यो ?

रामबरणको रास्ट्रपति चुरे संरक्षणको राम्रो सदुपयोग भएको भए आज चुरे देखि भित्रि मधेसको जंगलमा दिउसै टर्च बालेर हिड्नु पर्नेमा जंगल सखाप गर्ने यिनै पार्टीका बन तस्करी हरु हैन ?


रुख भएन  भने जीवन हुन्न भन्ने बनका हाकिमहरुले सरकारी रासन पानि खुवाएर पालेका आफ्ना शसस्त्र फौजलाई ब्यारेकमा सुताएर राख्ने कि बन तस्करहरु लाई कारवाही किन गर्दैनन ? जब जंगल नै सखाप भए पछी मधेसको जमिन मुनि पानि कसरि संचित भएर बस्छ ?

आजको खाँटी प्रश्न यहि नै हैन र ?

मिति: २०८२/०४/०९ गते !


Saturday, June 28, 2025

बिदेसी वाद र सिद्धान्त स्वदेसीको लागी हानिकारक हुन्छ



२००६/०१/१० गते ने.क.पा अर्थात नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको दिन ।

राणा शासनको समयमा नेपालमा राजनीतिक पार्टी खोल्ने हिम्मत को कसैको थिएन त्यसैले भारतको कलकत्ताको श्याम बजारस्थित एक बंगालीको घरमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो

स्थापना हुनु भन्दा पहिलानै विवादमा रहेको थियो नेपाल कम्युनिस्ट पार्टी

कम्युनिस्ट विचारधारामा लाग्नेहरु आर्काको अस्तित्व स्वीकार्न सक्दैनन भन्ने कुरा पार्टी स्थापनाकै समयमा देखि सकिएको थियो पुष्पलाल श्रेष्ठले पनि पार्टी स्थापना गरि सके पश्चात मात्र स्थापना भएको जानकारी दिएका थिए

पुष्पलालले काठमाडौँबाट कलकत्ता पुगेका नेवारहरुलाई मात्र समेटेर पार्टी स्थापना गर्दा महासचिव पदमा आफैलाई राखी संस्थापक सदस्यहरुमा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशीलाई राखेका थिए

भारतमा अध्ययन गर्न गएका थुप्रै नेपाली बिधार्थीहरु मध्ये कोहि कम्युनिस्ट विचारधारामा लागे कोहि समाजबादमा

कम्युनिस्ट विचारधारामा लाग्नेहरु पनि कोहि मार्क्सवादी कोहि लेनिनबादीमा लाग्ने थिए यिनै विचारधाराले गर्दा पटक पटक पार्टी फुटको संघारमा परेको देखिन्छ

कम्युनिस्टहरु एक पटक सर्बोच्च पदमा पुगे पछी नमरे सम्म त्यो पद छाडन चाहादैनन यदि पार्टीको सर्बोच्च पदमा पुग्न सकिदैन भने अनेक थरिको बहाना बनाएर पार्टी छाडेको घोषणा गर्छन र तुरुन्तै आर्को पार्टी गठन भएको जानकारी दिन्छन  बाबुराम भटराई, नेत्र बिक्रम चन्द, भिम रावल, बामदेब गौतम, माधब नेपालहरु अहिलेका ताजा उदाहरण हुन

बिदेसी वाद र दर्शन घोकेर अरुहरु लाई पनि आफु हिडेको बाटोमा हिड्न बाध्य पार्ने कम्युनिस्टहरु मुढे बलका हुन्छन आफ्नो बिचारको समर्थन  गरेन भने उनीहरुकै भाषामा सफाया गर्न बेर मान्दैनन ताजा उदाहरणको लागि माओबादीको खोले ओढेर जनयुद्धको कथित खेति गरेका कम्युनिस्ट पार्टीलाई हेरे पुग्छ अहिले त्यो पार्टी पनि टुक्रा टुक्रामा परिणत भएको छ र अझै पनि बन्दुककै भाषा बोल्न छाडेका छैनन 

बिदेसी वाद र दर्शन घोक्नेहरुले नक्कल मात्र गर्न जानेका छन कम्युनिस्टमा लाग्नेहरुले धर्म मान्नु हुदैन भन्दै सनातनी धर्म र संस्कृति मासे तर सो को बदलामा बिदेसी धर्मलाई मज्जाले हुर्काई दिए सो बापत आफ्ना सन्तान दर सन्तानलाई पुग्ने धन सम्पति जोडे तर धर्म नमान्ने कम्युनिस्ट ताउकेहरुको गलामा रुद्राक्षको माला, निधारमा चन्दन रातो टिका दल्दै  गलामा तिब्बती खादा पहिरिदा आत्म ग्लानीको बोझले थिच्यो कि थिचेन आफै जानुन तर बिदेसी भूमिमा हुर्केको यो बिषवृक्ष स्वदेशमा झाँगिदै गएको फलस्वरूप आज नेपाली जनताको छोराछोरीहरु बिदेसी भूमिमा पसिना बगाउन बाध्य भएका छन भनेर चेत चै कहिले पलाउला

२०८२/०३/१४ !

 


Saturday, May 06, 2023

कानेखुसी

 


-जनक मान डंगोल

कानमा 'खासखुस' कुरा गर्नेलाई नेपालीमा 'कानेखुसी' भन्छन भने छिमेकी हिन्दुस्थान भनिने भारतमा यसलाई 'मन्त्रणा' भानेर निन्छ । मन्त्रणा अर्थात कानेखुसीत हाम्रो देसमा गुरुहरुले बटुकहरुलाई गायत्री मन्त्रको ज्ञान दिने बेलामा मात्र गर्छन ।

छिमेकी हिन्दुस्थानमा कानेखुसी अर्थात 'मन्त्रणा' लाई भारतीय रास्ट्रपिता भनिने 'बापू'  अर्थात महात्मा गान्धीले भित्र्यायेका हुन ।

तस्बिर साभार:  Flickr

अंग्रेजको ईसारामा धर्म निरपेक्षको ठेकेदार कांग्रेसी नेता स्व.पण्डित जवाहरलाल नेहरु संग खुसुक्क कानेखुसी गरेर महात्मा गान्धीले भारतलाई हिन्दुको लागी भारत र मुस्लिमको लागी पाकिस्थान बनाए बिसाल देस टुक्र्यायेको सहन नसकेर नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेका हुन भनेर भारतको ईतिहासले भन्छ ।

देखावटीरुपमा महात्मा गान्धीलाई रास्ट्रपिता भनेर मान्दै आएका छन तर सच्चा हृदयले भारतीय कांग्रेस बाहेक अन्य पार्टीका त्यस माथि सत्ताधारी भारतीय जनता पार्टीकाहरुले महात्मा गान्धीलाई मान्दैनन भन्ने भनाई पनि छ ।

छिमेकी भारतमा जे जे गर्यो नेपालमा पनि त्यहि त्यहि गर्ने चलन भएर होला २०४६ साल पछी नेपालमा पनि 'कानेखुसी' गर्ने चलन उल्का संग बढेको देखिदैछ ।

कानेखुसीकै भरमा स्व. गिरिजाले आफ्नै बहुमतको सर्खारलाई ढाले मानौ त्यतिखेर उनि नेपालको नभएर जापानी प्रधानमन्त्री हुन किनभने जापानमा आफ्नो सक्ति देखाउन आफ्नै बहुमतको सर्खार हुँदाहुँदै पनि संसद भंग गरेर मध्यावधि चुनाव गराउने चलन छ । केहि बर्ष अगाडी जापानी प्रधानमन्त्रीले संसद बिघटन गरेर देखाएका थिए

देसका ठुला पार्टी भनेर गर्व गर्न कांग्रेस, एमाले देखि माओबादी नामका तिन पार्टीका नेताहरुले कानेखुसी गरेकै भरमा देसमा 'प्रजातन्त्र' फालेर 'लोकतन्त्र' ल्याए र बिना जनमत देसमा धर्म निरपेक्ष लागु गरेर सदियौ पुराना राजतन्त्रलाई निलम्बनमा पारेर देखाए ।

भन्नलाई 'पुर्व राजा' 'पुर्ब राजतन्त्र' भनेर भन्छन तर राजतन्त्र पूर्ण रुपमा बिघटन गरेको भन्ने कुनै आधार र प्रमाण छैन । संबिधान सभाको दुवै चुनावले पनि लोकतन्त्र स्थापनाको लागि यो संबिधान सभाको निर्वाचन गराइएको भनेर भन्नलाई पछी परेको छैनन्

जब सम्म संबिधान सभाको पूर्ण बहुमतले स्थाही संबिधान बनाएर राजतन्त्र हटाएको लिखित घोषणा गर्दैन तब सम्म पुर्ब हैन निलम्बित राजतन्त्र र निलम्बित राजा भनेर सम्बोधन गर्नु पर्ने हो तर त्यसो भने भए गरेको पाईदैन

देसी बिदेसी लोकलाई देखाउन अझै पनि कांग्रेस, एमाले र माओबादी नामका तिन थाने लोकतन्त्रका कथित भरियाहरु गाँड कोराकोरको नाटक गर्छन, एकले आर्काको सत्तो सराप देखि लिएर न्वारान देखिको बल निकालेर एकआर्का माथि सार्बजनिक गालि बेईज्जति गर्न समेत पछी हट्दैनन तर बर्षौ  हुन लाग्यो यिनीहरुको 'कानेखुसी' भनिने भारतीय 'मन्त्रणा' आजको मिति सम्ममा जारिनै छ ।

यि तिन थाने पार्टीहरुको 'कानेखुसी' ले कुन दिन नेपाललाई 'सिक्किम' जस्तो बनाउने हो त्यसको कुनै टुंगो छैन किनभने हेर्दा यीनिहरू नेपाली नागरिकताधारी हुन तर यी सबै बिटुली सकेका छन यिनीहरुको कामकारबाही देखि बानि ब्यबहारले त्यस्तै देखाउछ

लोकतन्त्रमा सबैलाई बोल्ने र लेख्ने छुट छ भनेर भन्न सिकाउने पनि यिनिहरुनै हुन जनतालाई बोल्ने र लेख्ने छुट छ भने गद्दी त्याग्न बाध्य बनाईएर नामको अगाडी पुर्व लेख्न बाध्य पारिएका राजा ज्ञानेन्द्रको हकमा भने त्यस्तो छैन

देसको माया नेता तथा तिनका कार्यकर्ताहरुलाई छैन यदि थियो भने देसको हितमा काम गर्थे होलान तर देसको चिन्ता लिएका पुर्व राजाले देस र जनताको बिषयमा दुई शब्द बोल्दा र लेख्नासाथ पार्टीका नेताहरुको मनमा हुण्डरी चल्न थाल्छ बढी नबोल, पाएको सुबिधा खोजेर जेल हाल्छौ भनेर भन्न पछी पर्दैनन् जनताको वाक स्वतन्त्रता हुन्छ भने गद्दी छाडन बाध्य पारिएका पुर्व राजाको वाक स्वतन्त्रता किन हुँदैन ?

राणाशाही निरंकुस थियो आन्दोलन गरेर हटाईयो तर त्यो आन्दोलनमा दिबंगत राजा त्रिभुवनको देन थियो स्व.राजा त्रिभुवनले त्याग नगरेको भए नेपालमा २००७ सालमा प्रजातन्त्रको स्थापना हुन् सक्दैन थियो भन्ने कुरा बुझेका पनि छन र ईतिहासमा पनि लेखिएको छ तर अझै पनि  खुलेर भन्न सक्दैनन् यदि त्यस्तो भन्न सक्ने ह्याउ भएका भए बिदेसिको ईसारामा जनताको मत बिना रातारात धर्म निरपेक्ष गणतन्त्र पक्कै पनि हुल्दैन थिए होलान

लोकतन्त्रमा जनताको मत बिना कुनै पनि काम कार्यहरु गर्न पाईदैन यदि जनताको मत बिना काम कार्यहरु गरिन्छ भने त्यसलाई लोकतन्त्र भन्न मिल्दैन तर जनताको मत बिना हाल चलाईदै आएको शासन र राणाहरुले चलाएको शासनमा कुनै भिन्नता छैन

नेपालमा २०४६ साल् पछी पार्टीका नेताहरुले आफुलाई श्री ३ महाराज जंगे सम्झेका छन जंगे महाराज अर्थात हुकुमी शासनको जन्मदाता आफुले बोलेकोनै कानून हो भन्ने श्री ३ जंगे महाराज र अहिलेको पार्टी नेताहरुमा कुनै भिन्नता छैन तर निरंकुस शासन नै चलायेता पनि राणाहरु रास्ट्रियता अब्बली थिए तर अहिलेका नक्कली श्री ३ महाराज जंगेहरुले आफुलाई भने सिक्किमे काजि लेन्डुप दोर्जीको हैसियतमा पुर्याएका छन

जसरि सिकिमे काजी लेन्डुपले आफु स्वतन्त्र रास्ट्र तिब्बतको रास्ट्रपति बन्ने लोभ लालचमा भारतको सहयोग लिएर राजतन्त्र फाल्नमा कम्बर कसेर लागे तर रास्ट्रपति पद पाउनुको बदलामा स्वतन्त्र देस गुमाएर मुख्यमन्त्रीमा सिमित हुन पुगे जनताको अगाडी नजर मिलाउने शाहस नभएर होला जन्मभूमि छाडन बाध्य भए मृत्यु पनि बिदेसी भूमिमा भयो तर गद्धीच्युत भएका सिक्किमे राजाले आफ्नो जन्मभूमि त्यागेनन र आफ्नै जन्मभूमिमा प्राण त्यागे

नेपालमा पनि सिक्किमे घटना दोहर्याउन्  भारत कम्बर कसेर लागेको धेरै बर्ष भयो तर सफलता हात पार्न सकेका छैनन् एउटा लेण्डुपको बदलामा थुप्रै रास्ट्रघाती लेन्डुपहरु जन्माईएको छ फरक के छ भने जसरि सिक्किमे अन्तिम राजाले देस छाडेनन त्यस्तै गरि गद्धीच्युत बनाइएका राजा ज्ञानेन्द्रले देस छाडेका छैनन्

सिक्किमे जनताले रास्ट्र भन्ने के हो भन्ने परिभाषा नबुझेर स्वतन्त्र देसको स्वतन्त्र नागरिकको हैसियत गुमाएर भारतीय नागरिक बन्न बाध्य भए नेपलक जनताले पनि भोलि त्यहि नियति व्यहोर्न नपर्ला भनेर भन्न सकिदैन त्यसैले नेपालका जनताहरुले पिता पुर्खाले पटक पटक बिदेसीहरु संग लडेर जोडी दिएको पुर्खाको नासो अर्थात रास्ट्र भनेको के हो भनेर बुझ्न जरुरि भै सकेकोले कानेखुसीको भरमा देस चलाउने परम्परालाई निर्मुल पार्न सख्त जरुरि भै सकेको छ

Wednesday, October 05, 2022

बाङ्गो रुखलाई सिधा भन्न सक्नु गणतन्त्रको उपलब्धि हो

-जनक मान डङ्गोल

अकबर बिरबलको कथा र अहिलेको शासन प्रणाली यो पंक्तिकारलाई उस्तै लाग्छ ।

एकपटक बादशाह अकबरले आफ्ना भारदारहरुको बुद्धि तथा ईमान्दारिता जाच्न सबैलाई दर्बार पछाडिको बगैचामा सामेल हुने उर्दी जारि गरेछन ।

सबै भारदारहरु जम्मा भै सके पछी अगाडी रहेको अस्टबक्र (आठ ठाउँमा बांगीएको) रुख लाई देखाउदै भनेछन ‘आहा कस्तो सिधा र सुलित्त परेको रुख’ ।

बिरबल मन्त्रि बाहेकका सबै भारदारहरुले एक स्वरमा भनेछन ‘जहाँपनाहले बोलिबक्सेको सहि हो’ ।

बिरबल चुप बसेको देखेर अकबरले फेरी त्यहि प्रश्न बिरबललाई गरेछन तर बिरबलले जवाफ दिएछन ‘खै सरकार हजुरको आँखा फुटेको हो कि मेरो गर्धन चिलाएको हो म त त्यो रुखलाई अस्टबक्र नै देख्छु ।  

..

नेपालमा सागर छ तर महासागर छैन । ठुला ठुला पानीजहाज चल्ने महासागरमा हो । आफुलाई बादशाह जस्तै सम्झिनेले नेपालको महासागरमा पानि जहाज चलाएर देखाई दिन्छु भनेर गफ दिना साथ असिना बर्सेको जस्तै गरि तालि पिटछन ।

नेपालको पूर्वपश्चिम लम्बाइ ८८५ कि.मि. र उत्तर देखि दक्षिणको चौडाइ सरदर १९३ कि.मि. छ । पानीजहाजकै भाकामा चुच्चे रेल चलाएर देखाई दिन्छु भनेर गफ दिना साथ पर्रर तालि पिटेको पनि देखिएकै हो । हिजो आफु जन्मेको भूगोलमा बाबुरामले सवारी गरेको मुस्तांगे जिप सम्म कुदेको होला । खोलामा पानीको जहाज अनि डांडामा रेल चल्दैन भनेर भन्ने बिरबल सम्म नभएको पार्टीले देश र जनताको कल्याण कसरि गर्छ ?

सत्र हजारको बलि चढाउने कथित अकबरेहरुको भाषणमा पनि पर्रर तालि बजेकै हो । हिजो आफुलाई अकबर बादशाह सम्झिनेहरु आज पाजी बन्न पुगेका छन । धन दौलत त कुस्त कमाए जोडे तर ईज्जत जोगाउन नसक्ने हैसियतमा पुगे । देश जोडनेको जिल्लामा जन्मेका सत्र हजारे हत्यारा मध्येका एकजनाले चुनाव नलडने घोषणा सम्म गर्न पुगेका छन ।

नेपालमा प्रजातन्त्र हामीले ल्याएको हौ भन्दै ब्याजमा बाचेकाहरु पनि सत्र हजारेकै स्थितिमा पुगेका छन । देस कसरि बचाउने ? जनताको ऊन्नति र प्रगति कसरि गर्ने भन्ने सोच यिनीहरुको दिमागमा कहिले पनि पलाएन । आफ्नो सत्ता र भत्ता कसरि बचाउने भन्दै एक आपसमा जुध्दै बसेका छन ।

सत्ता त सिक्किमे काजि लेण्डुप दोर्जी देखि कम्बोडियाको खमेर नेता पोलपोटले पनि पाएका थिए । जनमतको कदर बिपरित बिदेसीको उक्साहट अनि सहयोग र समर्थनले पाएको शासन धेरै दिन टिक्दैन । जीवनको अन्तिम घडीको पोलपोट र लेण्डुपको दुखदायी मरण अहिलेकाहरुले बिर्सेका छन ।   

नेपालको राजनीति पनि अकबर बिरबलको माथि को कथा जस्तै भएको छ । राणाले सत्ता हत्याएको बेलामा होस वा सातसाले प्रजातन्त्र, दोश्रो प्रजातन्त्र देखि अहिलेको गणतन्त्र सम्ममा आईपुग्दा अकबर देखि बिरबल बाहेकका भारदारहरुले सत्ता हाँकेका छन । फरक के छ भने यी भारदारहरु सिक्किमे काजि लेण्डुप दोर्जीको दोश्रो अवतारमा प्रकट भएका हुन ।

नेपाली जनताहरुले टाढाको कम्बोडिया किन जानु । स्वतन्त्रता गुमाएको नजिकको छिमेकी सिक्किम हेरे पुग्छ तर राजा बिनाको देश हुँदा भोगेको पिडा अनि लाल कम्युनिस्टको अत्याचार सहन नसकेर स्वतस्फुर्त रुपमा निस्किएको क्रान्ति र उक्त क्रान्तिले स्थापना गरेको कम्बोडियाली राजतन्त्र झैँ नेपालि जनताले पनि नेपालमा राजतन्त्र स्थापना गर्न जरुरि भै सकेको छ । 

२०७९/०६/१९

 

Saturday, June 11, 2022

चित्त दुखाउने कि जाग्ने ?

-जनकमान डङ्गोल

राणा शासन –मुर्दाबाद ।

पंचायती शासन –मुर्दाबाद ।

प्रजातन्त्र –मुर्दाबाद ।

माथिका सबै नारा लगाउन सिकाउने ब्राम्हण देउताहरु हुनुहुन्छ र होस्टेमा हैंसे गर्ने अन्य केहि अम्लोमा गनिने जातिका मुन्छेहरु थिए ।

राणा पन्चायत देखि प्रजातन्त्र त्यतिले पनि नपुगेर राजतन्त्र फाल्न उक्साउने पनि ब्राम्हण देउताहरूनै हैनन ?


ब्राम्हण क्षेत्रीकुलमा जन्मिनु भएका मित्रहरु अहिले भुराको कितावमा जय मुसी हावी भो भनेर अन्वार चुक जस्तो बनार सामाजिक संजालमा डाँको छोड्दै गरेको देखे ।

हिजो राजालाई बिष्णुको औतार भन्नेहरु कांग्रेस कम्युनिस्ट बनेको पनि देखिएकै हो । द्रब्यको लोभमा आफ्नो आत्मा बेचेर पन्चायत र राजा फालेसी देखिने नतिजा यस्तै हुन्छ ।  

अब सामाजिक संजालमा आएर चित्त दुखाउने कि देश र धर्म जोगाउन श्री ५ फिर्ता गराउने ?

अब पनि चेतेनन भने आफ्ना ईस्ट देबी देउताको ठाउँमा ईसा देखि मिसा सम्मको फुटो राखेर बाध्यकारी प्रे गर्ने दिन पक्कै पनि आउनेछ त्यसैले देश, धर्म र संस्कृति जोगाउने हो भने नेपालमा राजतन्त्रको स्थापना हुन सख्त खाँचो छ ।

 

 

Saturday, January 01, 2022

आज हाम्रो नयाँ साल हैन



आज जनवरी १ तारिख । पश्चिमा गोरा तथा कुइरेहरु देखि हिजो तिनीहरुले बनाएको दासहरुले मनाउने पर्व ।

चिनियाँहरुको आफ्नै नयाँ वर्ष छ । नेपालीहरुले सगोलमा मनाउने गरेको बिक्रम सम्बत बैशाख १ गते वाट सुरु हुन्छ ।

बुझ्नु न सुझ्नु काशी तिर कुद्नु भन्ने उखान नबुझेर हो वा हिन्दुस्थानी बन्न रहर पलाएर हो हाम्रा नक्कलेहरु अस्ति मेरो क्रिसमस अहिले Happy New Year भन्दैछन । गुलाम बन्न कति जाँगर चलेको हो ।

हज्जारौं बर्ष गुलामीमा जकडिएको हिन्दुस्थानीहरु समेत हाम्रो नयाँ वर्ष बिक्रम सम्बत हो र खाँटी भाषा हिन्दि हो भनेर मुलुक भरि बुझाउन सकेका छैनन भने बैशाख १ गते बाट बिक्रम सम्बत अनि रास्ट्रिय भाषा नेपाली बनाएको हाम्रो सानो मुलुकको नक्कल कहिले गर्लान ?

अंग्रेजी भाषा र अंग्रेजी चाड न हिन्दुस्थानको हो न नेपालको यस्ता कुरा मोदी देखि बोधीहरुले बुझ्नु जरुरि छ ।