-जनकमान डंगोल/janakdangol@gmail.com
२७ मे २००४ को दिन छिमेकी भारतमा एउटा
छुट्टै मन्त्रालयको गठन गरियो जस्लाई ‘पंचायती राज मन्त्रि’ भनेर नामाकरण
गरियो (श्रोत: विकि पिडिया https://en.wikipedia.org/wiki/Minister_of_Panchayati_Raj_%28India%29)
जुन मन्त्रालय हाक्ने पहिलो मन्त्रीको रुपमा भारतीय रास्ट्रिय कांग्रेसको
नेता मणि शंकर थिए । अहिले उक्त मन्त्रालयलाई भारतीय जनता पार्टीको नेता
बीरेन्द्र शिंहले हाक्दैछ्न ।
तस्बिर: विकिपिडियाबाट साभार |
नेपालमा २०१७ साल पौष १ गते स्व.राजा
महेन्द्रले पंचायती ब्यबस्थाको जग बसालेका थिए । छिमेकी भारतको तुलनामा
पंचायती ब्यबस्थाको सुत्रपात गर्नुमा नेपाल प्रथम देखिन्छ ।
ब्यबस्था कुनै पनि असल वा खराब भन्ने
हुन्न । ब्यबस्थालाई सफल बनाउने वा असफल बनाउने भन्नेमा ब्यबस्थालाई हाक्ने
नेतृत्वमा भर पर्ने कुरा हुन्छ । छिमेकी भारतमा भन्दा पहिलानै नेपालमा
स्थापना गरिएको पंचायती व्यवस्थालाई असफल गराउन देस भित्रका नभएर बिदेसी
तत्वहरु सक्रियरुपमा लागेको देखिन्छ । उदाहरणको लागी नेपालको ठुलो पार्टी
नेपाली कांग्रेस देखि टुक्रा टुक्रामा छरिएर रहेको बामपन्थीहरुको संगठनलाई
लिन सकिन्छ ।
नेपालमा स्थापना गरिएको पंचायती व्यस्था
एकदलीय थियो । एकदलीय सासन ब्यबस्थालाई निरंकुस तानासाही भनेर भन्ने गर्छन ।
नेपालमा किन एकदलीय सासन लागु गर्न पर्यो भनेर नेपालको कांग्रेस तथा
कम्युनिस्टहरुले पक्कै पनि नबुझेको हैनन ।
तस्विर साभार: गुगल सर्च इन्जिनबाट |
नेपालमा जहानिया राणा साशनको बिरुद्धमा
आवाज उठाउने पार्टी भनेर नेपालमा स्थापना गरिएको पहिलो पार्टी प्रजा परिषद
लाई लिईन्छ । प्रजा परिषद एक्लैले राणा साशनको बिरुद्धमा आवाज उठाउन नसकेर
छिमेकी भारतमा गई बसेका केहि नेपालीहरुले कांग्रेस (२००४) देखि नेपाल
कम्युनिस्ट पार्टी (२००६) को स्थापना गरेका थिए ।
भारतमा स्थापना भएको कांग्रेस पार्टी पनि
दुई खेमामा विभाजित थियो । पछी दुवै पार्टी एक भएर २००४ सालमा नेपाली
कांग्रेसको रुपमा विधिवत स्थापना भएको हो र नेपालमा राणा शासन हटाउने
आन्दोलनमा यहि पार्टीको ठुलो भूमिका रहेको कुरालाई नकार्न भने सकिदैन ।
नेपाली कांग्रेस देखि कम्युनिस्ट
पार्टीहरुको देस भित्र तथा बाहिरको आन्दोलनलाई तत्कालिन राजा
स्व.त्रिभुवनले सहयोग नगरेको भए नेपालमा प्रजातन्त्रको स्थापना हुन सक्दैन
थियो । २००७ सालको क्रान्ति सफल हुनुमा राजा र सबै पार्टीको ठुलै भूमिका
रहेको कुरालाई कांग्रेस तथा बामपन्थी पार्टीले नकार्न मिल्दैन ।
२००७ सालमा नेपालमा पहिलो पटक प्रजातन्त्र
स्थापना भए पश्चात पार्टीको पूर्ण सासन स्थापना हुन ८ बर्ष लाग्यो । त्यो
बिचमा धेरै पार्टी तथा ब्यक्तिहरु सर्खारमा गए तर कसैले पनि पूर्ण सासन
गर्न सकेनन ।
२०१५ सालमा नेपालमा पहिलो पटक नेपाली
कांग्रेसले बहुमतको सरकार बनायो । जुन दिनबाट नेपाली कांग्रेस पार्टीले
बहुमतको सरकार बनाएर सासन गर्न थाल्यो त्यो दिन देखि नेपालमा बिदेसी खासगरी
छिमेकी भारतले प्रत्यक्ष हस्तक्षेप गर्न थालेको ईतिहास पढ्न पाईन्छ ।
नेपाल सार्बभौमसम्पन्न स्वतन्त्र रास्ट्र
हो । स्वतन्त्र रास्ट्रमा बिदेसी फौज हुल्नु त्यो जायज काम हैन । आफ्नो
सिमानाको रक्षा गर्न भनेर छिमेकी भारतले २००७ साल पछी नेपालको उत्तरी सिमा
गोला देखि दार्चुला सम्म भारतीय सेनाको चेकपोस्ट कायम गरेको ईतिहासलाई
नकार्न पनि सकिदैन ।
देसमा दैनिक बिदेसी हस्तक्षेप बढ्दै गएको
देखेर स्व.राजा महेन्द्रले देस र जनतालाई माया गर्ने कांग्रेस तथा
कम्युनिस्टका दिग्गज नेताहरुसंग परामर्स गरे पछी मात्र नेपालमा पौष १ गते
पंचायती व्यबस्थाको जग बसालेको तथ्यलाई नकार्न पनि सकिदैन । कांग्रेसी
नेताहरु बिश्व बन्धु थापा, तुलसी गीरी कम्युनिस्ट नेताहरु सैलेन्द्र
उपाध्याय देखि केशर जंग रायमाझी त्यसको पुख्ता प्रमाण हुन । जसको फलस्वरूप
२०२६ सालमा तत्कालिन प्रधान मन्त्रि किर्तिनिधि बिस्टको पालामा छिमेकी
भारतले नेपालको उत्तरी सिमानामा राखेको भारतीय सैनिक चेकपोस्टहरु फिर्ता
गराउन सफल भएको थियो ।
नेपालको उत्तरी सिमानामा मित्र रास्ट्र
चिन पर्दछ । चिन साम्यवादी विचारधारा अंगाल्ने कम्युनिस्ट पार्टीको देस
भनेर चिनिन्छ । कम्युनिस्टहरु दलीय हैन एकदलीय सासनमा बिस्वास राख्छन र आज
सम्म पनि चिनमा एकदलीय सासननै कायम छ ।
छिमेकी चिनको एकदलीय सासनको बिरोध नेपालको
कांग्रेस तथा कम्युनिस्ट पार्टीहरुले गर्न सक्दैनन । आर्काको देसको सासन
पद्धति ठिक/बेठिक भन्ने अधिकार बिदेसीहरुलाई हुन्न र गर्नु पनि हुँदैन ।
२०१७ साल पछी नेपालमा सबै राजनीतिक
पार्टीहरुलाई पूर्ण प्रतिबन्ध लगाईएको थियो । पार्टीका सबै ठुला नेताहरु
भारत निर्वासनमा गएका थिए । आफ्नो देसको सासन ब्यबस्थाको बिरुद्ध छिमेकमा
बसेर विभिन्न प्रकारको आन्दोलनको सुत्रपात गरेका थिए । २०१७ देखि २०३६
सालको बिचमा झापाको नक्सली आन्दोलन देखि नेपाली कांग्रेसको हिंसात्मक
आन्दोलनहरु सम्म भए ।
नेपाली कांग्रेसले उठाएको जनमत संग्रहको
मागलाई तत्कालिन राजा स्व.बीरेन्द्रले पुरा गरि दिए । देसमा कुन ब्यबस्था
ठिक भनेर २०३६ सालमा जनमत संग्रह भयो । जनताले पंचायती ब्यबस्था ठिक भनेर
मत दियो । कांग्रेसीहरुले आफ्नो हार स्वीकार गरे । पंचायती व्यवस्था
टिकाउने पनि कांग्रेस तथा कम्युनिस्ट पापार्टीबाट आएका नेताहरुनै थिए ।
जनमत संग्रहको समयमा दिलोज्यानले लाग्ने नेता सुर्य बहादुर थापा पनि
कांग्रेसकै उत्पादन हुन ।
देखावटीरुपमा हारलाई स्वीकार गरेता पनि
नेपाली कांग्रेस तथा बामपन्थी पार्टीहरुले भित्रभित्रै विभिन्न आन्दोलनको
खाका कोरेर पंचायती व्यबस्थाको बिरुद्धमा लागिनै रहे । जसको फलस्वरूप २०४६
सालमा नेपालमा दोश्रो पटक ,प्रजातन्त्रको स्थापना भयो ।
प्रजातन्त्रमा सबैलाई बोल्न लेख्न र
शान्तिपूर्णरुपमा आन्दोलन गर्न छुट छ तर कम्युनिस्ट पार्टीकै एकघटक
माओबादीले २०५१ सालमा हतियार उठाएर हिंसात्मक काम गर्न थाले जसलाई
जनयुद्धको नाम दिईयो । जसरि प्रतिबन्धीत अबस्थामा कांग्रेस पार्टीले भारतमा
बसेर नेपालमा हिंसात्मक आन्दोलनको खाका कोरेका थिए त्यसैको झल्को दिने गरि
माओबादी पार्टीले पनि छिमेकी भारतमा बसेर जनयुद्धको योजना बनाएर हिंसात्मक
आन्दोलन मच्चाएको कुरालाई नकार्न सकिदैन । फलस्वरूप नेपालको प्रजातन्त्रले
देसी बिदेसी शक्तिको अगाडी झुकेर नेपालमा तथाकथित गणतन्त्रको प्रहार
झेल्नु पर्यो जुन आजको मिति सम्म कायमै छ ।
ब्यबस्था कुनै पनि नराम्रो हुन्न ।
ब्यबस्था नराम्रो हुन्थ्यो भने उत्तरी छिमेकी चिनमा एकदलीय साम्यवादी
कम्युनिस्ट ब्यबस्था कसरि फल्यो फुल्यो र आज चिनको दोश्रो महाशक्तिकोरुपमा
कसरि उदायो ?
नेपालको सिको गर्दै छिमेकी भारतले जसरि
आफ्नो देसमा सन २००४ मा पंचायती राजको परिकल्पना गर्यो त्यस्तै गरि नेपालको
पंचायती ब्यबस्थालाई पनि परिमार्जन गरेर बहुदलीय पद्धतिमा अंगाल्न पक्कै
पनि सकिन्थ्यो होला तर नेपालमा हिजो देखि आजका मिति सम्ममा जे जति राजनीतिक
पार्टीहरु स्थापना भए ति पार्टीका नेताहरु देसको लागी नभएर बिदेसिको
ईसारामा काम गर्ने रैछन भनेर पुस्टि भई सकेको छ ।
ई-कोशी डटकममा प्रकाशित
प्रकाशित मिति: २०७३ बैशाख २० गते सोमबार
ई-कोशी डटकममा प्रकाशित
प्रकाशित मिति: २०७३ बैशाख २० गते सोमबार