Wednesday, May 04, 2016

कविता: चिट्ठी

खांट्टी कुरा     May 04, 2016    

कवयत्री: समाश्री
घर पुगेर
पठाएको खाली खामले पनि
भनिदिन्छ समाचार
यताको कुशलताको
घरभरि फैलाइदिन्छ सुगन्ध
आशाहरुको भरोसाहरुको

खस्रा ठेला उठेका हातले
पसिनालाई मसी बनाउँदै
जब कलम समाउछ
तब औँलाहरु भावमा नाँच्दछन्
कागजमा लेखिने अक्षरहरु
विभिन्न मुद्रामा नृत्यरत हुन्छन्
बेढंगी भएर नाच्ने अक्षरहरु
अर्थ खोल्दैनन् भाव पोख्छन्
मज्जैले बुझिन्छ लेखोट
खाम भित्र बन्द गरेर पठाएको
मेहनतको मिठास भोकको स्वाद बनिदिन्छ
पसिनाको गन्ध मीठोअत्तर बनिदिन्छ
चुर परेको थकाइका सपना बनिदिन्छ
हातका ठेलाहरु आशीर्वाद बनिदिन्छ
एकान्तका सुस्केराहरु ढोग बनिदिन्छ
त्यता बाँझै छाडेको भविष्यको खेतलाई
यताको बलियो अठोटको टुप्पो हलो बनाएर
उर्वर बनाउँनु छ
त्यसैले ओकलिन्छ
यता उम्लने सूर्यलाई
यता च्याँठ्ठिने पेटलाई
यता अरठ्ठिने ज्यानलाई
यता बिझाउने सम्झनालाई
यता टिठ्याउने माटोलाई
चिठ्ठिमा शब्द बनाएर
पठाइन्छ बेलामौकामा
सन्देश कुशलताको ||
..
प्रकाशित मिति: २०७३ बैशाख २२ गते बुधवार

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .