Home » » शासन त जुद्धमाराजकै ठिक देखियो गाँठे

शासन त जुद्धमाराजकै ठिक देखियो गाँठे

Written By खांट्टी कुरा on Thursday, May 05, 2016 | May 05, 2016

-जनकमान डंगोल
नेपालमा मानब अधिकारको नाउँमा बिदेसिको खेताला गर्ने संस्थाहरु थुप्रै छन । यिनीहरुको काम भनेको ब्यबस्था बदल्न आन्दोलन गर्ने देखि आफ्नो यारिहरु पक्राउ पर्रेको समयमा जुलुस, धर्ना दिने र नारा लाउने सम्मको काम हो । बिदेसीको संस्थाको खेताला भए पछी जस्तो सुकै मै हु भन्ने जंगेहरु पनि यिनीहरु देखि थर्रर हुन्छन ।

केहि दिन अगाडी अनेक थरिको दर्जाले सुसोभन भएका खेतालारुपी मुन्छेलाईनी अख्त्यार लाग्यो । यस्तो समयमा हिन्दि उखान '..............मौसेरा भाई' एकजुट नहुने त कुरै भएन ।

‘सार्बजनिक स्थल’ भन्नाले अस्पताल देखि स्कुल सम्मलाई बुझाउछ । त्यस्ता परिसरमा ध्वनी प्रदुषण गर्न पाईदैन । ठुलो स्वरले समेत बोल्नु समेत हुन्न भनेर भन्छन । देस बिदेस घुमेर आएका खेतालाहरूलाई यस्ता कुराहरुको ज्ञात पक्कै पनि नभएको हैन । यो चुस्स डाम्ने डाम्नाकारले पनि सात समुन्द्रपारि पुगेर आएको भएर देखेको कुरा सक्कल बमोजिम बयान गरि दिएको हु ।

क्राईम चेक साप्ताहिकमा प्रकाशित
मौसेरा भाईलाई अख्त्यार लाग्यो । नेपालमा श्रोत नखुलेको सम्पति के कसरि कमियो भनेर जांच पड्ताल गर्नेलाई अख्त्यार अड्डा भन्छन । त्यो अड्डामा बसे पछी निमक्को सोझो गर्नु पर्छ । परि आएको खण्डमा आफ्नै जननीलाई समेत हाता हत्कडी लाउन सक्ने ह्याउ हुनु पर्छ ।

उहिले पन्चेती कालमा यौटा उखान थियो । उखान राणा शाहीको पालामा आविष्कार भाको होला तर पन्चेतिकाल्मा समेत त्यो उखानले राम्रै संग फल्ने फुल्ने मौका पाएको थियो ।

उखान अनुस 'बाउलाई काट्छु आमालाई बाँध्छु' भनेर पुलिसमा जागिर खानु पर्थ्योरे । खांटी नेपाली बुझ्नेहरुले यसको अर्थ सजिलै संग बुझ्न सक्छन ।

पुलिस भनेको छुच्चो पेशा । सबै तह र तप्कासंग घुलमिल हुने ह्याउ नभका मुन्छेहरु पुलिस बन्न सक्दैन । पुलिस बनेसी परि आको खण्डमा 'बाउलाई काट्ने आमालाई बाँध्ने' हुत्ति र ह्याउ हुनु पर्दछ । त्यो भनेको कानूनको नजरमा दोषी देखिएको खण्डमा आफ्नै जननीलाई समेत छोड्नु हुन्न भन्ने हो ।

अख्त्यार भन्ने अड्डा पनि त्यस्तै हो । कानूनको पालना नगर्ने जो सुकैलाइ पनि उसले उजुर बाजुरको आधारमा पक्रेर थुन्ने आदेस दिन सक्छ । पर्मान पुगेन भने छोडिन्छ पुगेको खण्डमा न्यायमुर्तिको आदेसा ठिंगुरा लगेर जाक्न लाउछ ।
अनेक थरिको नामले विभूषित भएका ठुला माछा अर्थात ह्वेल माछाको बर्गिकरणमा परेका बिदेसी खेतालाहरुका मौसेरा भाई माथि अख्त्यार लाग्यो । उजुर बाजुर नपरेको भए अख्त्यारले पुलिस लार पक्कै पनि पक्डाउ गर्दैन थिए ।

बिदेसी खेतालाहरुका मौसेरा भाई पक्डाउ पर्न साथ म त असाध्य रोगको बिरामी हुम । हस्पताल लैजा भने । भोलि पिलित्त भो भने आर्को दशा बोक्नु पर्ला भनेर हस्पताल पुर्याए । जेम्राज्का दुस्मनहरुले साधारण बिस्तारामा राखेर उपचार गर्ने खालका रोगी हैनन । यिनलाई त सुबिधा सम्पन्न आई.सी.यु भन्ने जिनिसा राखेर ओखती गर्नु पर्छ भनेर सिफारिस गर्दिए । जेम्राज्को सत्तुरसंग जोरी खोज्ने कसले ?

चोरले म चोर, डाँकाले म डाँका, फटाहाले म फटाहा कहिले पनि भन्दैनन ! चोर, डाँका र फटाहा भनेका अपराधी हुन । कानूनले गर भनेको काम नगर्ने र नगर भनेको कम गर्नेहरुलाई अपराधी भनेर अर्थ्याई देको छ त्यसैले खेतालाहरुका मौसेराभाई त्यो दर्जामा परे ।

हाम्रो मुन्छे निर्दोष छन । थुन्न पाईदैन ! मुद्धा फिर्ता गरेर रिहा गर भन्दै खेतालाहरुले
हस्पताला गएर माईक घन्काएर नारा लाए । हस्पताला माईक बजाउनु हुन्न भन्ने ति खेतालाहरुलाई भन्ने कोहि मईकालाल निस्केनन ।

अभियोग लाम्दैमा अपराधी होईदैन । हो होईन भनेर छानबिन गर्दैमा कोकोहोलो मच्चाको देख्दा ‘चोरको खुट्टा काट’ भन्दा सक्कली चोरले फुत्त खुट्टा झिकेको जस्तो भयो कि भएन ?

खेतालाका मौसेरा भाई सद्धे चरित्रका थिए भने तिन्का पक्षमा दुई बिस कालाकोटेको जन्ती जुटार लोक हसाउने काम किन गरे ? नेपालको ईतिहासमा नाम लेखौन भनेर पक्कै पनि यस्ता कार्य गरेका पक्कै पनि हैनन होला ।

पत्रकार भनेको राज्यको चौथो जिनिस रे भनेर भन्छन । यी जिनिसको काम नारद मुनि जस्तै हो । हिन्दु शास्त्रमा बर्णन भए अनुसार महर्षि नारद मुनि भनेको देखेको र सुनेको कुरा लोकलाई सुनाउदै हिड्नु हो ।

खेतालाकै हलमा मिस्सिएर नारद मुनिको काम गर्ने रबिन्द्र मिश्र नाम गरेका मनुवा छन । बिना दाम तिनका उद्गार सुन्न पाईन्न । नारद मुनिको जस्तो पवित्र र महान भूमिकालाइ लात हान्दै तिनले ‘मेरो नैतिकताले यस्तो बारेमा बोल्न र लेख्न मिल्दैन’ भनेर सामाजिक संजालको भित्तामा डाम्ड़ेसी कुरो सक्की गो नि तर तिनैले सेतो लुगा कालो मसिले 'भ्रस्टाचारिलाई कारबाही गर' भनेर किन लोकलाई देखाउदै किन हिंडे ?

लहरो तान्दा पहरो गर्जिन्छ । एउटा ह्वेलमाछोलाई समाउँदा अरु थुप्रै ह्वेल माछाहरु पनि ठिंगुरा जाकिन सक्ने भयले यो सबै नौटंकी देखाका हुन । नेपाला अहिले श्री ३ जुद्ध माराज छैनन । यदि यो समयमा श्री ३ जुद्ध माराज्को सर्खार भाको भए ५ जना साक्षी जुटार यिनीहरुलाई छप्काउन पक्कै पनि पाइन्थ्यो होलानि हैन ?
..
प्रकाशित मिति: २०७३ बैसाख २३ गते बिहिबार
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger