Sunday, May 01, 2016

उत्तरी छिमेकीको एकतन्त्रिय सासन ठिक हाम्रो पन्चेत कसरि बेठिक ?

खांट्टी कुरा     May 01, 2016    

तानाशाही सासन - अन्त्य गर !
पंचायती ब्यबस्था - मुर्दाबाद !
प्रजातन्त्र - जिन्दाबाद !
..
मुख्य नारा यिनै तिन थान थियो ! यिनै नारा लाउनेहरुमा प्राय सबै बर्गका नेपालीहरु थिए !
पढ्न छाडेर स्कुल क्याम्पस रित्याउदै बिधार्थिहरु, खेतबारीमा कम गर्न छाडेर किसानहरु, उधोग कलकारखानामा काम गर्न छाडेर मजदुरहरु माथिका नारा लाउन दिनरात लागि परेका थिए !
पन्चेत भनेको निरंकुस सासन ! दल नभएकोलाई निरंकुस सासन भनेर न्वारान गर्ने पनि कांग्रेस तथा कम्युनिस्टहरुनै थिए !

धेरै टाढा जानु पर्दैन उत्तरी छिमेकी चाईनामा कति दलको सासन रैछ माओको पाला देखिनै भ्रमण गरेर आउनेहरुले देखेका र बुझेका होलान ! उत्तर कोरिया त झन अलि परकै कुरा भयो !

'अमेरिकी साम्राज्यबादी मुर्दाबाद' देखि 'भारतीय बिस्तारबादी मुर्दाबाद'को नारा घन्काएरनै अहिलेका नेताहरु ठुला ठुला पदमा पुगेका हुन तर साम्राज्यबादी देखि बिस्तारबादी भनेर न्वारान गरेका दुताबासको एउटा दूतले ख्वाक्क मात्र खोके भने पनि अहिलेका नेताहरुको हटफेल हुन बेर लाउदैनन !

पन्चेती सासनमा बर्षको एकचोटी आउने मजदुर दिबस नेताहरुको लागी स्वर्णिम मौका हुन्थ्यो ! २०४६ साल भन्दा अगाडी त्यहि दिन पारेर पंचायतलाई धारे हात लाएर सराप्थे ! तिनले सरापेरनै पंचायत ब्यबस्था ढालेका भन्छन भने त्यो सोरै आना गलत हुन्छ किनभने २००७ साल देखि २०६४ साल सम्मको आन्दोलनको निहुं पारेर नेपालको ब्यबस्था बदल्ने बिदेसी शक्तिहरु हुन !

हिजो पंचायती सासनमा दाना सर्खारी खाने तर पार्टीको आदेशमा उधोग कलकारखानाहरु नै बन्द गरेर माथिको नाराहरु जिन्दाबाद र मुर्दाबाद भन्दै घन्काउन जाने हाम्रा मजदुरहरुले ब्यबस्था परिवर्तनको बर्ष दिन नपुग्दै पार्टीका नेताहरुले आफुले काम गर्ने उधोग निजीकरण गर्लान भनेर पक्कै पनि सोचेका थिएनन !

बाँसबारी छाला तथा जुत्ता कारखानाबाट सुरु भएको निजीकरण अझै रोकिने मेलोमेसो छैन ! हिजो पन्चेत सर्खारको पालामा गेटमा बस्ने पाले देखि मजदुर सम्मले सरकारी नियम अनुसारको सुबिधा पाउथे तर आज सबै उधोग कलकारखानाहरु मात्र नभएर संस्थानमा समेत भाडाका पाले देखि मजदुर सम्म नियुक्ति हुन थालेका छन ! स्वदेसी मजदुर खाडी मलेसिया अनि बिदेसी मजदुरलाई नेपाल स्वर्ग हुन थालेको छ भने के यहि दिन देख्नलाई भनेर ब्यबस्था बदल्नको लागी आन्दोलन गरिएको हो !

मजदुर दिबस त हिजो पनि आएको थियो ! आज पनि आयो र भोलि पनि आउछ ! दिबसको निउं पारेर ब्यबस्थाको बिरोधि कार्यमा लगाएको फल पनि मज्जैले भोग्दैछ्न !

ब्यबस्था कुनै पनि नराम्रो हुन्न ! नेपालको एक दलीय ब्यबस्था बेठिक हुन्छ भने चाईनाको कसरि ठिक भयो ? २०३६ सालमा पाकिस्तानको नेता भुट्टोलाई फाँसी दिएको निउँ पारेर नेपालमा आन्दोलन गर्ने कांग्रेस तथा कम्युनिस्टका नेताहरुले छिमेकी चाईनाको एकदलीय सासन बिरुद्ध बोलेर देखाउन सक्नु पर्छ ! यदि देखाउन सक्दैनन भने नेपालको राजनीतिक पार्टीका नेताहरु भनेको बिदेसिका भरिया हुन भनेर किन नभन्ने
..
२०७३ बैसाख १९ गते आईतवार

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .