Wednesday, September 16, 2015

राष्ट्रलार्इ माया गर्नेहरु एकजुट होउँ !



 -आनन्दराम पौडेल
तस्बिर तथा लेख साभार : ई-कान्तिपथबाट
मधेश स्वायत्त प्रदेश त हाम्रो बाहिर देखाउने नारा मात्र हो। हाम्रो भित्री लक्ष त तराईलार्इ नेपालबाट अलग्याउने नै होभन्ने तराईका नेताहरुका भित्री मनशायको खुलासा भएपछि यो सानो, गरीब, दुःखी राष्ट्रमाथि भयङ्कर षडयन्त्रको कालो बादल मडारिइरहेको रहेछ भनेर नेपाली जनताले छर्लङ्ग बुझे।

एक महिनाअघि सम्विधानसभाको बैठकलार्इ सम्वोधन गर्दै पुष्पकमल दाहालप्रचण्डले भनेका थिए, “तराईका नेताहरु एकातिर एक मधेश एक प्रदेश भन्नुहुन्छ, अर्कोतिर पहाडमा सबै जनजातिको माग पूरा गरिदिनुपर्छ भनेर चर्कनुहुन्छ, सङ्घीय प्रदेश सीमाङ्कनको काम विशेषज्ञको आयोगलाइ जिम्मा दिने निर्णय गर्दा, हैन अहिल्यै तत्कालै गर्नुपर्छ भनेर बबालै गर्नुहुन्छ, सीमाङ्कन गर्नलाग्यो पहाड नमिसा भन्नुहुन्छ, पहाड नमिसाइ गर् यो  पहाड चाहियो भन्नुहुन्छ। आखिर उहाँहरुले चाहेको के हो ? भन्नखोजेको के हो ?” प्रचण्ड आफैं अन्यौलमा परेकारहेछन्।

अस्ति भदौ २७ गते आइतबार सम्विधानसभाको बैठकलाइ सम्वोधन गर्दै कमरेड प्रचण्डले भने, “मैले उहाँहरुसँग अन्तरङ्ग वातचित गरें। तपाईंहरुको भित्री मनशाय, चाहना, लक्ष के हो? भनेर सोधें। सङ्घीयता, स्वायत्त प्रदेश यो सबै बाहिर सुनाउने र देखाउने नारा हो। हाम्रो भित्री लक्ष त तराईलाइ नेपालबाट अलग्याउने नै होभन्नुभयो।

सीमान्तिकृत, उत्पीडित वर्गको लागि राज्यले विशेष ध्यान दिनुपर्छ भन्ने परम्परागत मान्यतालाइ झ्याप्पै ब्रेक लगाएर, सीमान्तिकृत वर्गमा हैन जातमा जानुपर्छ भनी राष्ट्रिय नीतिलाइ जवर्जस्ति मोड्न लगाइयो र जातीय विद्वेषको जहर घोलेर आपसमै भिडाइयो। यो सबै एउटा भयङ्कर ग्राण्ड डिजाइन अन्तर्गतकै अभियान रहेछ भन्ने पनि छर्लङ्ग भयो। यति छर्लङ्ग भैसकेपछि नेपाली जनताको काँधमा दुइटा कार्यभार आएको छ। राष्ट्र जोगाउनको लागि राष्ट्रलाइ माया गर्नेजति सबै एकजुट र एकढिक्का भैहाल्न जरुरी भएको छ।

दोश्रो, यो राष्ट्रलाइ बिखण्डन गर्ने र छिन्नभिन्न पारेर सिध्याउने षडयन्त्र कताबाट भएको रहेछ ? राज्यको ठूलो पद, ओहोदामा बसेर आफ्नै राष्ट्रविरुद्धको षडयन्त्रमा सहयोगी भैरहेका षडयन्त्रकारीका एजेण्ट, मतियारहरु को-को रहेछन् ? पत्ता लगाउन जरुरी भएको छ। राष्ट्रघाती, गद्दारहरुलाइ नङ्ग्याउन र तिनीहरुलाइ समाजबाटै बहिस्कृत र तिरस्कृत गर्ने अभियान अर्को जरुरी महत्वको कार्यभार थपिएको छ।

चार महिना यताको गतिविधिलाइ मात्र नियालेर हेर्ने र केलाउने होभने छर्लङ्गै वुझिन्छ। ४ दलवीचमा १६ बुँदे सम्झौता हुँदा को हर्षित भयो ? क-कस्ले स्वागत गरे ? कस्ले मुण्टो बटार् यो  ?  यी प्रश्नका उत्तर खोज्न टाढा जानैपर्दैन। मतियार, एजेण्टबाहेक नेपाललाइ आफ्नो घर सम्झनेजति सबै हर्षित भए। भारतबाहेक अरु सबै विदेशी कुटनीतिक नियोगहरुले स्वागत गरे। १६ बुँदे सम्झौता हुनासाथ मुण्टो बटार्ने र यस्का विरुद्ध अनेक प्रपञ्च रच्ने भारत मात्र भयो। तराईलाइ अलग्याइदिन्छौं भन्ने नेताहरु दिनदिनै पालैसँग भारत गैरहेका छन्। भारतका गृहमन्त्री राजनाथ सिंहले त सार्वजनिक सभामै, “तराईमा भएका एक करोड जनता हाम्रै हुन्। तिनीहरु भारतीय नै हुन्। तिनीहरुप्रति हाम्रो चासो र चिन्ता छ। तिनीहरुले जे चाहन्छन् त्यो जे-जसरी भएनि हामी पूरा गराएरै छाड्छौं”  भन्नुभयो।

भदौ ७ गते टीकापुरमा आन्दोलनको नाउँमा जिउँदै मान्छेलाइ पेट्रोल खन्याएर आगो लगाए र मारे। किलोमिटर परसम्म लखेटी-लखेटी मारे। आँखामा भालाले रोपे। भालाले रोपेर मारे। त्यस दिन टीकापुरमा ८ जना मारे। र, यसैलाइ आन्दोलन भने। टीकापुरमा नरसम्हार गर्ने अघिल्लो दिन भारतबाट पाँचओटा बोलेरो जीपमा खुङ्खार हत्याराहरु ओसारेको धेरैले देखेका रहेछन्।

आन्दोलनको नाममा भयङ्कर हत्याकाण्ड हुनथालेपछि सरकारले सुरक्षाव्यवस्था सुदृढ बनायो। आवश्यक परेमा स्थानीय प्रशासनले सेनाको मद्दत लिनसक्ने सर्कुलर गर्यो। स्थानीय प्रशासनले सेनाको मद्दत लिनसक्ने भनि गरिएको सर्कुलर फिर्ता गरभन्दै भारतीय राजदूतले माथिल्लो तहमा सबैलाइ दबाब दिए। सेनापतिलाइ भेटेर सेनालाइ ब्यारेकमै थन्काउनु भनेर निर्देशन दिए। भारतीय राजदूत रञ्जित रे को लाइन अनुसार उनैको बोलिमा लोलि मिलाउँदै नेपालका ठूलाबडाहरु, ओहोदाधारीहरु र पदाधिकारीहरु को-को चलिरहेछन् ? तिनीहरुलाइ हामीले चिनिराख्न जरुरी भएको छ।
मतियार र एजेण्टहरु चिनौं। राष्ट्रघाती, गद्दारलाइ नङ्ग्याउँ। राष्ट्रलाइ माया गर्नेजत्ति एकजुट होउँ। यत्ति गर्यौं भने राष्ट्रप्रति ठूलो योगदान पुग्नेछ।

No comments: