Monday, September 14, 2015

सत्य कुरालाई संधै समर्थन गरिन्छ ।

जनकमान डङ्गोल/janakdangol@gmail.com
तपाई रा.प्र.पा नेपालको कार्यकर्ता हो ? मलाई धेरैले सामाजिक संजालका मित्रहरु दखि गाम्घरका सान्थी संगीहरुले धेरैपटक यस्ता प्रस्न सोध्ने गर्नु हुन्छ तर मैले हैन भन्ने जवाफ दिन्छु ।
त्यसोभए तपाई राजाबादी होला हैन ?
फेरी पनि म ईन्कार गर्दै भन्छु म राजाबादी पनि हैन ।  मेरो यो जवाफमा कोहि पनि सन्तुष्ट हुन सक्दैनन भन्ने कुरा पनि मलाई राम्रो संग थाहा छ ।
म सामाजिक संजाल फेसबुकमा जोडिएको बिक्रम सम्बत २०६७ साल  देखि हो भने पत्रिकामा लेख्न थालेकोचै सन २०६८ साल देखि । यो बिचमा मैले धेरै लेख तथा स्टाटसहरु पोस्ट गरे तर हरेक लेखाईमा मैले रास्ट्रबादलाई पहिलो प्राथमिकतामा राखेर लेखे ।

मलाई २०४६ साल पछी स्थापना तथा जन्म लिएको प्रायजसो सबै राजनीतिक पार्टीहरु मन पर्दैन किनभने नेपालको सबै राजनीतिक पार्टीहरु मौकामा चौका हान्न मात्र जन्मेका हुन । देस र जनताको लागी सोची दिएको भए हाम्रो देस नेपाल पनि बिकासले भरिपूर्ण हुन्थ्यो होला तर त्यसो भएन । किन भएन भनेर जवाफ दिनु नपर्ला ।

राजनीति पार्टी भनेको व्यापारीको पसलजस्तै हो भने पार्टीका नेताहरु ब्यापारी अर्थात साउजी । राजनीतिक पार्टीका कार्यकर्ता भनेको चै ब्यापरिको पसलमा काम गर्न राखिएको दैनिक ज्यालादारी देखि स्थाहीरुपमा काम गर्न राखिएका कामदारहरु जस्तै हुन ।

व्यापारीको कुनै धर्म हुन्न । व्यापारीलाई जे जसरि हुन्छ आफ्नो पसललाई अग्रस्थानमा पुर्याउनु पर्ने हुन्छ भने त्यस्तो बनाउनलाई सफेद झुठ बोल्न उसलाई कुनै लाजसरम हुन्न र व्यापारमा सत्य बोल्नेहो भने व्यापारीको पसल चल्न पनि सक्दैन ।

पसलमा काम गर्न राखिएका कामदारहरुले व्यापारीका निमक खाएका हुन्छन । निमकको सोझो गर्नमा नेपालीहरुलाई संसारको कुनै पनि देसका नागरिकहरुले जित्न सक्दैन देखिएको कुरा भएर लेखिएको हो । निमकखाए पछी निमकहराम गर्नु हुन्न त्यसो गर्यो भने पाप लाग्छ भनेर हिन्दु सास्त्रमा लेखियेको भएर पापको डरले गर्दा पनि निमकहराम गर्ने आँट गर्दैनन ।

जनताले चुनेर पठाएका हाम्रा जनप्रतिनिधिहरु पनि व्यापारीका कामदार जस्तै पार्टीका कार्यकर्ताहरु हुन । आफ्नो बुद्धि र बिबेकले चाहेर पनि सहि निर्णय गर्न सक्दैन किनभने ब्यापारीरुपी मालिक अर्थात पार्टीका सर्बोच्च नेताले पार्टी ह्विपको कथित पगरी भिरेर आफ्नो अनुकुलको निर्णयमा सहि थाप्न लाउछन जसको प्रत्यक्ष उदाहरण संबिधान सभामा हुने मतदान प्रक्रियालाई हेरे पुग्छ ।

नेपालमा ९३% हिन्दुहरु बसोबास गर्छन भनेर सरकारी तथ्यांकले भन्छ । ९३% हिन्दु भए पछी नेपाल आज कसरि धर्म निरपेक्ष बनाईदैछ ? यदि आफ्ना मनले दिएको आदेसलाई पालना गर्न सक्थे भने देस गणतन्त्र तथा धर्म निरपेक्ष कदापि हुन सक्दैन थियो ।
२०४६ साल देखि आजको मिति सम्मको राम्रो तथा नराम्रो काम कार्यको मुल्यांकन गर्नेहो भने एमालेको ९ महिने सासनकाल लाई लिन सकिन्छ । देखिएको सत्य कुरालाई सहि हो भनेर बोल्न र लेख्न के को आइतवार ?

राम्रा कामहरुको सहि मुल्यांकन गर्ने हो भने भटराई सरकारले गरेको उपत्यकाको सडक बिस्तारलाई पनि मुक्त कण्ठले प्रसंसा गर्नु पर्छ तर यी दुई भन्दा अरु कुनै उल्लेखनीय काम कार्य भएको यो पंक्तिकारले देखेको छैन ।

अंग्रेजले चुसेर खोक्रो बनाएको मलेसिया अंग्रेजको गुलामीबाट स्वतन्त्र भए पनि बिकासको गतिले उचाई लिन सकेको थिएन तर डाक्टर महाथिर मोहम्मदले प्रधानमन्त्रि बनेर सासन गर्न थाले पछी २३ बर्षमा मलेसियालाई औधोगिक नगरी भनेर संसारलाई देखाई दियो भने राम्रोकाम नगरेको भए महाथिर २३ बर्ष सम्म कसरि सत्तामा बस्न सक्थे ? आज सम्म पनि महाथिरलाई मलेसियाली नागरिकले बडो श्रद्धा गर्छन ।

यता हाम्रो देस नेपालमा कुनै पार्टीका ब्यक्ति मनोनित भएर सत्ता हाक्न पाको छैन महिना दिन नपुग्दै भ्रस्टाचारको कालोकर्तुतले पत्रिकाको मुख्य पृष्ट भरिन थाल्छ । भ्रस्टाचारकै कारणले गर्दा २०४६ साल देखि आजको मिति सम्ममा कुनै पनि प्रधानमन्त्रीले पूर्ण कार्यकाल बिताएको अभिलेख छैन । आफ्नै पार्टीको बहुमतको सरकार गिराउने देखि फाईदाको राजनीति गर्न जे जस्तो निच काम गर्न पनि पछी हट्दैनन भने यो पंक्तिकारले पार्टी तथा पार्टीका नेताहरु 'आहा क्या राम्रो' भनेर तारिफ गर्न सक्छ ?

पंक्तिकार हत्या र हिंसामा कहिले पनि बिरोध गर्दैन भने त्यस्ता कार्यहरुको समर्थन गर्ने कुरै भएन । पंक्तिकारले पंचायति सासनको राम्रै संग अनुभव गरेको छ । पंचायती सासन र अहिलेको सासनमा कुन ठिक भनेर प्रश्न गरियो भने निर्धक्क संग 'पंचायत ठिक' भनेर जवाफ दिन्छ ।
पंचायती सासनमा राजनीतिक दलहरु माथि प्रतिबन्ध थियो । राजनैतिक पार्टी तथा दलहरु नभए पछी ब्यापारीरुपी नेता तथा कामदाररुपी तिनका कार्यकर्ताहरु हुने कुरै भएन । जो जसले राम्रा काम गर्थे जनताले तिनै व्यक्तिहरुलाई मत दिन्थे । सदनमा गएर यो बोल्ने त्यो नबोल्ने भन्ने कुनै बन्देज हुन्नथ्यो ।

सबै पार्टीमा नराम्रा मान्छेहरु मात्र छन भनेर भनियेको पनी छैन । सबै राजनीतिक पार्टीमा देसको लागी भनेर अहोरात्र चिन्तन गर्ने रास्ट्रबादी नेता तथा कार्यकर्ताहरु पनि छन तर अम्लोमा गन्न सकिने मात्र छन त्यस्ता आदरणीय ब्यक्तिहरुको समर्थनमा बोलिएको पनि छ र लेखिएको पनि छ । एमालेको कोटाबाट मन्त्रि बनेका लालबाबु पण्डित हुन या कांग्रेसबाट बनाइएको मन्त्रि गुरुङ यी दुवै मन्त्रिज्युहरुले गर्नु भएको रास्ट्रहितको कार्यलाई ठिक र राम्रो भनेर समर्थन गरिन्छ भने पंक्तिकार कसरि रा.प्र.पा नेपाल देखि राजाबादी भयो ?

No comments: