-जनकमान डंगोल/janakdangol@gmail.comबिगत केहि दिन देखि नेपालको दक्षिणी भूभाग तराई असान्त छ । तराईलाई २०६४ साल पछी केहि मदेसका मसिहा हौ भन्नेहरुले मदेस भनेर न्वारान गर्देका छन । यी मदेस्का मसिहा हौ भन्नेहरु सत्ताको स्वादमा हुन्जेल माखो मार्दैनन । भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेर मदमत्त हुँदै आफुलाई अमरावतीको देवराज ईन्द्र सम्झेर भोगविलासमा रमाएर बस्छन ।
२०४६ साल भन्दा
अगाडी हुन या पछी नेपालको राजनीतिक पार्टीका असंख्य नेताहरु बिदेसिको ईसारामा
नाच्ने रिमोटरुपी पुत्ला हुन भनेर ति पार्टीका नेताहरुले देखाएको हाउभाउ देखि
गतिबिधिबाट प्रस्ट भै सकेको छ । उदाहरण थुप्रै छन के गन्ति गराई भो । यी पार्टीका
नेताहरु देखि तिनका भेडारुपी कार्यकर्ताहरुले देस र जनताको लागी सोच्थे भने नेपाल
पनि आज सक्तिसाली र सम्पन्न देसमा गनिन्थ्यो होला ।
दोश्रो पटकको
संबिधान सभाको निर्वाचनमा आसा गरे अनुसार बिजयी हुन नसके पछी मदेस्बादी देखि
जनजातिका नेता भनौदाहरुले नेपालमा अराजक र हिंश्रक गतिबिधि मच्चाउदै आएका छन ।
यस्ता हिंस्रक गतिबिधिमा परेर सुरक्षाको लागि खटेका नेपाल आमाका बीर सन्तानहरु
देखि नागरिकहरु सम्मले मृत्यु बरण गर्न पुगेका छन ।
प्
रहरीको काम भनेको
समाजमा शान्ति सुरक्षा प्रदान गर्ने निकाय हो भनेर बुझिन्छ र यस्तै काम र कार्य
गर्न भनेर नेपाली नागरिकहरु द्द्वारा आफ्नो आम्दानीको केहि हिस्सा तिरो मार्फत
तिर्ने गरिएको हुन्छ ।
लोकतन्त्रमा आफ्नो
भनाई राख्न सबैलाई छुट छ । भनाई राख्ने भन्दैमा अराजक देखि हिंश्रक गतिबिधि गर्न
हुन्न भन्ने चेत भएको भए आफैले तिरो तिरेर पालिएको सुरक्षा फौज माथि कदापी आक्रमण
गर्दैनथे ।
बिगत केहि दिन देखि
नेपालको विभिन्न स्थानहरुमा मच्चिएको उपद्रो नेपाली नागरिकहरुले आफु खुसि गरेका
हैनन । कम्युनिस्टको सब्द सापटी लिंदै भन्ने हो भने तराईका नव पुजीपति सामन्ती
दलालहरुले आफ्नो पुस्तैनी सम्पतिको हिफाजतको लागी गरिब जनताहरुलाई उचालेर गराईएको
आन्दोलन हो भन्दा फरक पर्दैन ।
तराईमा मच्चाइएको
आन्दोलनको केहि मदेसी नेताहरु सक्कली नेपाली पनि हैनन । तिनि हरु मौकामा चौका हान्नको
लागी अनेक तिकडम गरेर अंगिकृत नेपाली नागरिकता लिएक कथित नेपाली नागरिकधारीहरु
बनेका हुन । यस्ता व्यक्तिहरु नेताको भेषमा सबै पार्टीमा मज्जै संग अटाएर खेल्ने
खाने मौका पाएका छन ।
सक्कली नेपाली
नागरिकहरुलाई देश दुख्छ । आफ्नो देसको लागी पसिना र रगत बगाउन हरदम तयार हुन्छन ।
बिस्वास लाग्दैन भने नवलपरासीको सुस्ता ईलाकामा बस्ने नेपाली नागरिकहरुलाई हेर्नुस
किनभने ति नेपालीहरु भने सच्चा नेपाली मदेसी नागरिकहरु हुन ।
आफ्नो फाईदाको लागी
मदेसको हक हित देखि पहिचानको लागी भनेर कथित युद्धको लागी उक्साईएको मदेसमा बस्ने
नेपालीहरु यतिखेर दोहोरो चेपुवामा परेका छन । आन्दोलनको लागी प्रत्येक घरबाट
निस्किनु भन्ने मदेसी नेताहरुको उर्दी छ । नजाउ भने मदेस बिरोधि भन्दै समाज
बहिष्कार देखि हज्जारौ हज्जारको दण्ड जरिवाना लिन समेत पछी परेका छैनन । जाउँ भने
सुरक्षाकर्मिको गोलि लागी कतिखेर कालको गाँस हुने था पत्तो नहुने ।
मिति २०७२ भाद्र २५
गते तराईको केहि स्थानमा हिंश्रक आन्दोलन भयो । ससस्त्र प्रहरीका १ जना
सुरक्षाकर्मीलाई महोत्तरीमा आन्दोलनकारीहरुले घेरेर निर्धात कुटपिट गरे ।
कुटपिटबाट घाईते भएका ति सुरक्षाकर्मीलाई उपचारको लागी एम्बुलेन्स मार्फत जनकपुर
लैजाँदा पुन बाटोमा घेरेर एम्बुलेन्सबाट थुतेर क्रुरतापुर्वक हत्या गरे भने
एम्बुलेन्स समेत जलाएर ठुलो बहादुरी प्रदर्शन गरे ।
सोहि दिनमै
महोत्तरीको जलेश्वरमा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भयो । मृत्यु
हुनेमा महोत्तरी जिल्ला महेन्द्र राजमार्गमा पर्ने ब्यस्त बजार बर्दिबास देखि
दक्षिण हातीलेट घर भई जलेश्वर– २ मा डेरा लिएर बस्दै आएका प्राविधिक सहायक शम्भु मण्डलकी पत्नी
रामशिलादेवी मण्डल हुन भन्ने बुझियो । उनी राप्रपा नेपालकी स्थानीय नेता समेत
रैछिन ।
निषेधाज्ञाको अवज्ञा
गरी प्रदर्शनमा उत्रेका राम शिला देबी मण्डललाई जलेश्वरको शङ्करचोकमा प्रहरीको
गोली लागेको हो । मण्डलको टोउकामा गोली लागेको र उनको घटनास्थलमै मृत्यु भएको हो
भने त्यसैगरी, सोही ठाउँमा
स्थानीयवासी शम्भु चौधरीकी पत्नी शैलदेवी चौधरी पनि प्रहरीको गोली लागेर गम्भीर
घाइते भएकी छिन ।
रास्ट्रसेवक सरकारी
कर्मचारीको पत्नी तथा रा.प्र.पा नेपालको स्थानीय नेता भएर ति महिला किन आन्दोलनमा
भाग लिन गईन ? यो प्रश्न अब गर्ने बेला भयोकि भएन ? साथै रा.प्र.पा
नेपालले सबै प्रकारको बन्द हड्ताल देखि हिंश्रक गतिविधिलाई समर्थन गर्दैन भनेर
स्पस्टरुपमा भनिएको छ ।
आफ्ना पार्टीका
स्थानीय नेताको मृत्यु भए पछी रा.प्र.पा नेपालका समर्थकहरुले सामाजिक संजाल
फेसबुकमा गृहमन्त्री बिरुद्ध तथानाम लेखेको पनी देखियो तर २०६२/६३ को आन्दोलनताका
रा.प्र.पा नेपालका अध्यक्ष मा.कमल थापा गृहमन्त्री थिए । भिड तथा दंगा नियन्त्रणको
लागी सुरक्षाकर्मीले गोलि चलाउँदा केहि प्रदर्शनकारिहरु मृत्यु तथा घाईते भएका थिए
। सोहि बिषयलाई लिएर आज सम्म पनि कांग्रेस, कम्युनिस्ट देखि मदेसी नेताहरुले मा.कमल
थापालाई 'हत्यारा गृहमन्त्री' भनेर भन्न छोडेका छैनन । आफ्नो ठिक आर्काको बेठिक
भन्ने बानि किन त्याग्दैनौ ?
पंक्तिकारले अहिलेको
कुनै पनि राजनीतिक पार्टीलाई समर्थन गर्दैन किनभने जुन पार्टीहरुले देस र जनताको
हितमा आज सम्म एउटा पनि सिन्को भाँचेको छैन भने त्यस्ता पार्टीहरुको पछी लागेर किन
भेडे प्रवृतिको संख्या बढाउनु ।
गृहमन्त्री हुन या सुरक्षाफौज यी व्यक्ति बिशेष देखि पार्टीका निजि गहना हैनन । जुनसुकै पार्टीका हुन व्यक्ति हैन पदलाई सार्बजनिक हो भनेर बुझ्ने क्षमता जबसम्म राख्दैनन तब सम्म राजनीतिक पार्टीका नेताहरु देखि तिनका दीक्षित भेडा कार्यकर्ताहरुले देस र जनतालाई गुमराहमा पार्छन भनेर बुझ्ने बानि किन बसाल्दैनौ ? त्यसैले एकै प्रकृतिको घटनामा एउटा गृहमन्त्री बेठिक तर आर्को गृहमन्त्री ठिक चै कसरि भए ?
कान्तिपथ डटकममा प्रकाशित
प्रकाशित मिति: २०७२ भाद्र २६ गते सनिबार
0 Comments:
Post a Comment