Friday, September 11, 2015

आखिरमा किन झुके ठुला दलका नेताहरु ?

बि.सं २०४६ सालमा नेपालमा दोश्रो पटक प्रजातन्त्र स्थापना भए पस्चात बिजयी जुलुस निकालियो । बिजयी जुलुस टुडिखेलको खुल्ला मैदानमा पुगे पश्चात सभामा परिणत भयो । सभामा बाममोर्चा देखि नेपाली कांग्रेसका नेताहरुले मन्तब्य दिए । मन्तब्य ब्यक्त गर्ने क्रममा नेपाली कांग्रेसका सभापति स्व.गिरिजा प्रसाद कोईरालाले 'यो जित नेपाली कांग्रेस देखि माले, मसाले र मण्डलेहरु समेतको हो' भनेर भन्ना साथ भिडमा रहेका केहि अराजक ब्यक्तिहरुले होहल्ला तथा असभ्य चरित्र प्रदर्शन गरेको थियो ।

प्रजातन्त्रमा वाक स्वतन्त्रता हुने भएकोले सबैलाई बोल्ने, लेख्ने देखि राजनीतिक दल तथा पार्टी खोल्ने छुट हुन्छ भनेर भनिन्छ । प्रजातन्त्र स्थापनाको पहिलो दिनमै पंचायत ढालेको भन्ने अहंताले स्व.गिरिजा प्रसाद कोईराला माथी कांग्रेस तथा कम्युनिस्ट पार्टीहरुको भिडले अभद्रता प्रदर्शन गर्नु त्यो जायज ब्यबहार थिएन ।

पुराना पंचहरुले बि.सं २०४८ सालमा खोलेको रास्ट्रिय प्रजातन्त्र पार्टीले २०५१ सालको मध्यावधिमा २२ सिट ल्याएर तेश्रो पार्टीमा पुग्न सफल भएको थियो । त्यहि तेश्रो पार्टीमा पुगेका पुर्ब पंचहरुले पालैपालो देसको प्रधानमन्त्री बनेर देखाई दिएकै हुन भने तिनै पुर्ब पंचहरुको मातहतमा कांग्रेस तथा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले मन्त्रि पदको सपथ लिएका थिए ।  'राजनीतिमा कोहि पनि सत्रु तथा मित्रु हुन्न' भनेर भन्छन । उक्त भनाईलाई ४/५ बर्ष बित्न नपाउदै नेपालको राजनीति देखियो । दम्भ तथा अहँ पालेका कांग्रेस तथा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले २०४६ सालमा स्व.गिरिजा प्रसाद कोईरालाले दिएको अभिव्यक्ति सम्झेर पक्कै पनि 'खोलेसाग' बनेकि बनेनन सम्बन्धितहरुनै जानुन ।

नेपालमा पटक पटकको राजनीतिक परिवर्तनमा जनताहरुको उल्लेखनीय सहभागिता देखिएको छ । नहुन पनि कसरि । जनता भनेको बिकास र सुरक्षाको भोका तथा आसे हुन तर जनताको नारि छाम्न माहिर नेपालको सबै पार्टीका नेताहरुले जनताहरुलाई पटक पटक धोका दिएका छन, दिदैछन र अझै पनि दिने ह्याउ राख्छन ।

देसमा दोस्रोपटक स्थापना भएको प्रजातन्त्रलाई ४ बर्ष नपुग्दै कम्युनिस्ट पार्टीको एक खेमा जो आफुलाई हरहमेसा क्रान्तिकारी भन्न रुचाउने माओबादीले ससस्त्र संघर्ष सुरु गरे । नेपालमा ब्यबस्था बिरुद्ध ससस्त्र संघर्ष गरेको भने योपहिलो पटक हैन । २००४ सालमा स्थापना भएको नेपाली कांग्रेस पार्टीले ब्यबस्था बिरुद्ध पटक पटक ससस्त्र संघर्ष गरेकै थिए भने त्यसैको सिको माओबादीहरुले पनि गरेकै हुन ।

जुन समयमा माओबादीहरुले हतियार उठाए उसले आफु र आफ्नो खेमा वाहेकका सबैलाई ठुलो सत्रु ठान्दथे । सत्रुतापूर्ण ब्यबहार नदेखाएको भए १२ बर्षे कथित माओबादी जनयुद्धमा कांग्रेस, एमाले देखि अन्य पार्टीमा आस्थावान राख्ने नागरिकहरुको क्रुरुतापर्वक हत्या, अंगभंग देखि घाईते पार्दैनथे । अहिले तिनै माओबादी पार्टीका नेताहरुको कांग्रेस तथा कम्युनिस्ट पार्टी एमाले संग एकै पेटका दाज्युभाई जस्तरी हिडेका छन ।

कांग्रेस हुन या कम्युनिस्ट यी पार्टीहरुलाई ३० बर्षे पंचायती सासनकालमा 'अरास्ट्रिय तत्व' भन्दै देसमा प्रतिबन्ध लगाईएको थियो । हिजो पंचायतीसासनमा आफुहरुले पाएको दुख: देखेर होला २०६४ सालपछि केहि पार्टीका महत्वाकांक्षीनेताहरु देसमा बिना जनमत 'धर्मनिरपेक्ष गणतन्त्र' स्थापना भएको घोषणा गरे ।

पंचायती ब्यबस्थामा पटक पटक देसको सासन हाक्ने स्व.सुर्य बहादुर थापाले छेपारे प्रबृत्ति देखाउंदै गणतन्त्रको समर्थन गरे तर रा.प्र.पा नेपाल (चुनाव चिन्ह गाई) ले 'धर्म निरपेक्ष तथा कथित गणतन्त्र' को बिरोध गर्ना साथ कांग्रेस, एमाले, एमाओबादी पार्टीहरु मिलेर रा.प्र.पा नेपाललाई हरेक वार्ता तथा छलफलमा निषेध गरेको पनि देखिएकै हो ।

पहिलोपटकको संबिधान सभाले संविधानको घोषणा गर्न नसके पछी दोश्रो पटक पुन: संबिधान सभाको निर्वाचन भयो । उक्त निर्वाचन पछिको परिणामले कांग्रेस, एमाले, एमाओबादी तथा रा.प्र.पा नेपाललाई पहिलो, दोश्रो, तेश्रो तथा चौथो पार्टीको रुपमा रहेको भनि निर्वाचन आयोगले घोषणा गर्यो ।
दोश्रोपटकको संबिधान सभाको निर्वाचन पछी पनि पहिलाकै झैँ रा.प्र.पा नेपाललाई कांग्रेस, एमाले तथा एमाओबादी पार्टीहरु मिलेर हरेक पटकको वार्तामा निषेधको भूमिका खेल्न थाले । रा.प्र.पा नेपालले हामीलाई पनि संबिधान सभामा टेक्ने सम्मको ठाउँ दिईयोस भनेर माग गरे ('संबिधान सभामा रा.प्र.पा नेपालको अध्यक्ष मा.सभासद कमल थापाको मन्तब्यको श्रव्यदृश्य हेर्न यहां थिच्नुहोस' ) तर गन्तीमा नआएको मदेसी मोर्चाको एक घटक विजय कुमार गच्छेदारलाई वार्तामा आमन्त्रण गरेको पनि देखिएकै हो ।

पटक पटक निषेधमा परे पछी केहि दिन अगाडी रा.प्र.पा नेपालका अध्यक्ष मा.कमल थापाले संबिधान सभा छाडेको घोषणा गरे । औचित्यहीन भूमिकामा बसेर दैनिक हाजिरिमा उपस्थिति जनाउनु त्यो ठिक वा बेठिक थियो थिएन त्यो सम्बन्धित पार्टीले आफ्नो मन्तब्यबाट पुस्टि गरि सकेको भनि विभिन्न समाचारको माध्यमबाट जनताहरुलाई जानकारी दिए,
तर,
एक पछी आर्को गर्दै संबिधान सभाबाट राजनीतिक पार्टीहरु बाहिरिन थाले पछी हामी ठुला पार्टी भन्ने अहँ पालेका कांग्रेस, एमाले तथा एमाओबादीका शिर्ष नेताहरुले हिजो मिति २०७२ भाद्र २४ गते बिहिवार 'हामि तपाईको पार्टीको मागलाई सम्बोधन गर्न तयार छौ, संबिधान सभामा फर्किनु होस' भन्दै संयुक्त अपिल पठाएको देखियो । उक्त अपिल हेर्नुहोस ।

प्रजातन्त्र हुन या लोकतन्त्रमा निषेधको राजनीति गर्न पाईदैन । बिगत ७ बर्ष देखि रा.प्र.पा नेपाल माथी निषेधको राजनीति गर्ने यी तिन ठुला पार्टीका नेताहरुले अहिले आएर बल्ल आफ्नो हैसियत बुझेको रैछन भन्ने कुरा संयुक्तरुपमा दस्तखत गरि पठाएको पत्रबाट देखिन्छ ।
संबिधान कुनै एक पार्टीलाई निषेध गर्दैमा बन्ने दस्ताबेज हैन । लोकतन्त्रमा सबैलाई आफ्नो भनाई राख्ने अधिकार छ । समयमै सबै राजनीतिक पार्टीहरु मिलेर होस्टेमा हैंसे गरेको भए देसमा समयमै संबिधान जारि हुन्थ्यो होला ।

ठुला पार्टीका ठुला नेता भन्ने दम्भ पालेको नतिजा हो हाल सम्म संबिधान बन्न नसक्नु अझै पनि मनमा दम्भ पालेर बस्छन भने संबिधान जारि हुन सक्दैन र यदि जारि भएछ भने पनि त्यो संबिधान दिगो बन्न सक्दैन । 
प्रकाशित मिति:२०७२ भाद्र२५गतेशुक्रवार