बाङ्गो रुखलाई सिधा भन्न सक्नु गणतन्त्रको उपलब्धि हो
-जनक मान डङ्गोल अकबर बिरबलको कथा र अहिलेको शासन प्रणाली यो पंक्तिकारलाई उस्तै लाग्छ । एकपटक बादशाह अकबरले आफ्ना भ...More»

चित्त दुखाउने कि जाग्ने ?
Normal 0 false false false EN-US X-NONE NE ...More»
आज हाम्रो नयाँ साल हैन
Normal 0 false false false EN-US X-NONE NE ...More»
Latest Post
हामि पनि नाच्नु पर्च्च बिच्चबिच्चमा
हाम्रो देसा छयालीसाले बौदलले पाउकस्ट गरेपछि हरेक क्षेत्रमा दिनहुँ जसो आमुल क्रान्तिकारी परिवर्तन भको भै छ । बौदलपनि क्रान्ति गरेर आको हो । सत्रौ हजार आफन्तीहरु लाई जेम्राज्का काज फिर्ता पठाएर ल्याको कथित गणतन्त्र पनि त्यस्तै त्यस्तै गरेरनै ल्याएका हुन । जसरि ‘मने’ कम्रेटहरुले अग्रगामी छलांग मारेर गणतन्त्र ल्याएपछी सन्सनी मच्चाए त्यस्तै गरि अहिले संगीतको दुनियाँमा पनि मिस्मासे भाकाले सन्सनी मच्चाएको छ ।
‘तिम्रो फिगर कोकाकोला’ भन्ने चल्तीको भाका पनि सुन्नु भएकै होला । यो भाका दिनमा भन्दा पनि साँझको बेला सुन्दा अर्कै किसिमको आनन्द आउँछ । साँझको बेलामा भेलीमा युरिया मिसाको खोया देखि टिनबिर्के लगाए पछी दुई बिस नाघेकी छ्म्मा पनि एक बिस जस्तो देखिन्छ भने बंगुरे ज्यान भएका मुईय्याहरु कोकोकोला जस्तो देखिनु कुन ठुलो कुरो भो । खोयाँको चमत्कारले आँखाको भ्रान्ति भनेकै यहि होला ।
कोकाकोला अर्थात हाम्रो गाम्ले भाकामा भन्ने गरिएको 'कोकोला' भनेको कलेजी रंगको गुलियो झोल नामको जिनिस । सुलित्त परेको गला र राबन माराज्की बुईनी सुपर्णखाको जस्तो कम्बर भएको त्यो पलास्टिकको जिनिस देखेर होला त्यसलाई च्वांक छम्माहरुको ज्यान संग दाँजेर ‘किरण माईकल’ भन्ने कलमेले लेखेको गीतलाई प्रल्हाद तिमिल्सिना नामको गाईने र जोनिसा पौडेल नाम्की गाईनीले आज भन्दा दुई तिन बर्ष अगाडी गएका हुन । अहिले पनि त्यो गीतलाई तिज आउनुभन्दा दुई मैना अगाडी देखिनै दरखाने निउँपारेर ओठमा चुरोट र हातमा खोया देखि टिनबिर्केको बोतल लिएर भनेर नाच्दै अग्रगामी छलांग हानेको हानेकै छन । ‘तिम्रो फिगर कोकाकोला’ भन्ने गीतमा पोरपरार जसरि यो पाला पनि धेरैले मच्चिमच्चि, थच्चिथच्चि, हल्लीहल्ली भाका अनुसार कम्बर मर्काएका मर्काउन नपाउने भए । त्यसरी कम्बर मर्काउनेमा बकुल्लाको हुलमा लाज पचेका कागनामका साँढेहरु पनि देखिन्थे । त्यै देख्या भएर यो पाला पनि जनकमानको खाँट्टी भाकामा ‘जस्तो देखाई त्यस्तै लेखाई भन्दै ‘तीजे झटारो’ डाम्दिम भनेको कोरोना माते हो कि पितेको कारणले गर्दा यो पाली 'तिम्रो फिगर हो ♪♫ ♪ ♫ ♪ तिम्रो फिगर ♪♫ ♪ ♫ ♪ कोको कोला देखि हामि पनि नाच्च्नु पर्च्च बिच्चबिच्चमा ♪♫ ♪ ♫ ♪ भन्ने तिघ्रेहरुको योजना पनि पिलित्त भाको देख्दा कम्ता टेस परेको छैन ।
नेपालमा राजतन्त्र गिरिजाले फालेका हुन ।
Written By खांट्टी कुरा on Saturday, August 01, 2020 | August 01, 2020
- राजा संधै पहिलो हुन्छ त्यसैले बि.पी ले संधै हामि दोश्रो हौँ, पहिलो हैन भन्नु भएको थियो ।
- नेपालमा राजा गिरिजा दाइले फालेका हुन ।
- नेपालमा प्रजातन्त्र मान्ने राजा चाहिन्छ ।
- देश संचारबाट साभार
नाग पञ्चमीको महत्व ।
Written By खांट्टी कुरा on Saturday, July 25, 2020 | July 25, 2020
आज नागपञ्चमीको दिन घरको ढोकामा एकजना लामा आएर टास्दै थियो अर्को पण्डित पनि संग संगै टाँस्न आइपुगे यही त हो हाम्रो समन्वयात्मक नेपाली संस्कृति ! आफू पनि बाउ बाजे देखिन गर्दै आएको घरको नागथानमा नाग पुजा गर्दै !!
लुइ ग्याल्पो सा स्रुङ घि भुला याङ धाग पार कुल लो जामभुई लिङ दिर छ्यार राव तु फोब च्यिग स्वाह।
लुइ ग्याल्पो नुत ला याङ धाग पार कुल लो जामभुइ लिङ दिर छ्यार राब तु फोब च्यिग स्वाह ………।
-नागराजा ऐरावतलाई बिन्ती गर्दछु, यस जम्बुद्विपमा वर्षा गराई देउ स्वाह। नागराजा नुतलाई बिन्ती गर्छु यस जम्बुद्विपमा वर्षा गराई देउ स्वाहा।।
धे धागला सोगपा लुइ ग्याल्पो थामच्यद ला याङ धाग पार कुललो। जामभुइलिंग दिर छ्यार राब तु फोब च्यिग स्वाहा।
- ती आदि सम्पुर्ण नागराजा हरुलाई बिन्ती गरि यस जम्बुद्विपमा वर्षा गराई देउ स्वाहा।।
नाग पुजा गर्ने बिधि : छ्यु ङोन पोय काङ वाइ भुम पा घाङ वा श्यि श्याग पार झ्याओ, तोर्मा धाङ दुग पा धाङ मे तोग चि न्यु क्यिय ज्यार रो। धेला छ्योय म्रे वय……………………… :
भावर्थ : पवित्र जलले भरिएको चार वटा कलश राखेर तोर्मा,धुप,पुष्प तयार गरि गाईको गोबरको लेदो बनाई तीन हात जति पुर्व पटि तीन शिर भएको नागराजा अनेकौं सेवक सहित गोबरले लेखी एवं पुर्वक चारै दिशामा पश्चिम उत्तर दक्षिण चारै दिशाको नागराजा लेखी मैत्री भावमा रहि पुजा गर्नुपर्ने उल्लेख पवित्र ग्रन्थ धोमाङमा नाग पुजा सम्बन्धि उल्लेख छ।
तस्विरहरु लेखकको फेसबुक वालबाट लिइएको हो !
कुमाईको घुमाई
Written By खांट्टी कुरा on Thursday, July 02, 2020 | July 02, 2020
-जनकमान डङ्गोल
हाम्रो उत्तरी सिमानामा हिमाल पर्च्च भने त्यसैको पारिपट्टि जिंगपिंगहरुले कब्जा गरेको भोट भन्ने तिब्बत । हिमालबाट उदाम्दै गरेको सुर्जे नाराण चुनाप चिन्ह राखेर संजीवनी जल छर्केर हिमाली घामे नामको एमाले पार्टी दर्ता गरेरे ।
![]() |
तस्विर साभार: अनलाईन खबर डटकम |
दक्खिने छिमेकको कलकत्तामा गएर छ सालमा नेपाल कम्निस्ट
पार्टी दर्ता गरेकाहरुले १३ साल नबित्दै १३ टुक्रा बनाएर कम्निस्ट पार्टी भाग
लगाएकै हुन । बिचार मिलेन भन्दै आफ्नै पार्टीका नेतालाई 'गद्धार पुष्पलाल' भनेर
न्वारानेकै हुन । बिस्वास लाग्दैन भने
गुगल गर्नुस तिन्कै पार्टीको चुनाप चिन्ह घाम जस्तै छर्लंग हुन्च्च ।
जनताको लागी भनेर जनयुद्ध गरेका धनपतिहरु जनयुद्ध पछी टुक्राटुक्रामा
छरिए । किन छरिए ? छरिनेहरुनै जानुन तर जनताहरुले प्रश्न सोध्ने कस्ट पनि गरेनन ।
अहिले नेपाल मण्डलमा दुई तिहाईको कम्निस्ट सर्खार छ । नाम
मात्रको प्रतिपक्षको पद कांग्रेसले सम्हालेको छ भने अरु भुरे टाकुरे पार्टीहरुको
के गणना गराई भो ।
कम्निस्टहरु जुटन जान्दैनन । जानेका भए तिनीहरुले पन्चेती
सर्खारको पालामा जन्ता जगाउने गरेको गित 'रक्त
क्रान्तिको ज्वालामुखीमा' भन्दै 'आउ मिलाउ
हातहरु' भनेर देस बिकासको काममा जुट्थे होलान ।
पोईसो कमाउन भ्रष्टाचार गर्नु पर्च्च । के कति कुन कुनमा
भ्रस्टाचार भो नालीबेली खबरेहरुले बेली बिस्तार लगाई सकेका छन भने अरु थप के बयान
गर्नु पर्यो ।
नयाँ पार्टी होस वा कोमामा पुगेको त्यसलाई संजीवनी जल
छर्केर फेरी ब्युताउन धन र वल चाहिन्छ । कम्निस्टहरुले एक पटक पद पाए भने बाँसको
हेलीकप्टर चढेर आर्जेघाट नपुगे सम्म छाडदैनन । यता होस वा उता देखिएको सत्य घटना
यहि नै हो ।
अहिले दुई तिहाईको सर्खार र दुई तिहाई हाक्ने पार्टीमा
जनयुद्ध नामको खेल खेलेका महारथीहरू छन । मुन्छेलाई कसरि पासो (याम्बुस) मा पार्ने
कला जानेकाहरुले त्यस्तो कला नजानेको प्रधानमन्त्रीलाई कसरि याम्बुसमा पार्ने भनर
घनिभूतरुपमा छलफल गर्दैछन ।
१० न्वाकोटे बराबर १ स्याउँलाजी अनि १० स्याउँजाली बराबर १
झापाली भन्ने उखान सुन्नु भएकै होला । हाम्रा प्रधानमन्त्री झापाली हुन भनेसी अरु
के बयान गराई भो । कहिलेकाही बुहारी तर्साउन छोरी पनि कुट्नु पर्छ भन्ने चलन पनि भा
भे र मलाई एम्बुस थाप्नेहरूलाई तिनैले थापेको याम्बुसमा पार्दिन्छु भनेर नईय्या
घामे पार्टी ब्युताउँन खोजेको हुन सक्छ ।
उहिले उहिले बाहुनहरुले हामि नेवारहरुलाई हेपेर कुमाईको
घुमाई जैसीको जाल नेवारको तुलो भोटेको काल भन्थे । त्यहि उखानलाई अहिले रिमिक्स
गरेर बनाउने हो भने कम्निस्टको तुलो जनताको काल भएसी अरु के बयान गराई भो ।
विकासे मूल असार महिना मात्र किन फ़ुटाईन्छ ?
Written By खांट्टी कुरा on Wednesday, June 24, 2020 | June 24, 2020

नेपालमा
बर्ष भरिको हरहिसाब असार महिनामा गर्ने गरिन्छ जसलाई आर्थिक भाखामा ‘साल
तमामी’ भन्ने गरिन्छ । जब बैशाख लाग्छ अनि नेपालमा सरकारी देखि
दाताहरुको बजेट कसरि सक्ने भन्ने छटपटाहट सरकारी राष्ट्र सेवक देखि नेताहरुमा
देखिन्छ ।
राणा देखि राजाको शासनकालमा देशमा बिकास भएन । शासन ब्यबस्था
निरंकुस भयो भन्दै २००७ साल देखि जेहाद छेडेर २०६४ सालमा देश जोडनेको सन्तानलाई
शासन सत्ता छाडन बाध्य बनाउने पनि कांग्रेस तथा कम्युनिष्टहरुनै हुन् ।
६४
देखि आजको दिन सम्मलाई मात्र पनि गणना गर्ने हो भने १३ बर्ष भयो । बिकासको लागी १३
बर्ष भनेको चानचुने कुरा पनि हैन तर गणतन्त्रको स्थापनाको १३ बर्षमा के कति बिकास
भयो त्यो सबैले प्रत्यक्ष देखि सकेपछी पंक्तिकारले बयान गर्नु नपर्ला ।
कुनै पनि बिकास निर्माणको काम फु–मन्तरको
तालमा एक दुई महिनामा पक्कै पनि सम्पन्न गर्न सकिदैन । कम्तिमा पनि छ देखि एक बर्ष
सम्ममा सम्पन्न गर्न सकिने बिकास निर्माणको काम कार्य आर्थिक बर्षको पहिलो महिना
श्राबण देखि चैत्र अर्थात नौ महिना सम्म गरिदैन । राष्ट्रसेवक, मन्त्रिहरु देखि पार्टीका कार्यकर्ताहरु त्यो अवधिमा कानमा तेल हालेर कुम्भकर्ण
बनेर बस्छन ।
हरेक शब्दमा ‘जन’ घुसाउने कम्युनिष्ट पार्टीहरु हुन । कम्युनिस्ट पार्टीले जे जति गर्छन त्यो सबै ‘जन’ अर्थात जनताहरुको लागी हो । जनताहरुको लागी भनेर देशमा कांग्रेस संग लागेर प्रजातन्त्र देखि गणतन्त्र सम्मको खेति गरेकै हुन जुन खेति आजका मिति सम्म राम्रैसंग मौलाएकै छ । असारे बिकास त्यसैको नमुना हो
जब चैत्र सकिन लाग्छ त्यस पछी ‘जब राति अनि बुढी ताती’ भन्ने उखानलाई पछ्याउदै हस्यांग फस्यांग गर्दै टेन्डर बोलकबोल आब्हान गर्दा बैशाख महिना त्यसै बितेर जान्छ । जेष्ठको दोश्रो देखि तेस्रो हप्ताबाट नगर देखि गाउँमा बिकासको मूल फुटन सुरु हुन्छ । त्यही फुटेको बिकासको मूलले नेता देखि राष्ट्र सेवक हुँदै कार्यकर्ताको ढुकुटी भरिने तर बिकासको काम भने ‘रातभरी रुंग्यो बुढी जिम्दै’ हुने गरेको देखिएको छ भने बिकास निर्माणको काम हिउँद महिनामा किन गरिदैन ?
साल तमामी आयो । असार भरिमा बजेट जसरि भए पनि सक्नु पर्ने हुन्छ । त्यसैको चटारोले होला हेटौडा उप महानगर पालिकाको वार्डनम्बर ३ र १३ मा सडकको बिचमा नै बिजुलीको पोल भएको देख्दादेख्दै पनि स्लाब ढलान गर्दा उक्त सडकमा साना सवारी र मोटर साईकल बाहेक अरु सवारी संचालन नहुने भएको छ । यो त एउटा सानो उदाहरण मात्र ।
अहिले हेटौडा उप महानगर पालिकाको केहि वडाहरुमा बाटो, ढलको काम युद्धस्तरमा सुरु गरिएको छ । हिउँद महिनामा सुरु गरेको भए यति खेर काम सक्किएर नालीमा सललल पानी बग्थ्यो होला भने बाटो हिलो पक्कै पनि हुँदैन थियो । बिकास निर्माणमा खर्चिने पैसा जनताबाट उठाएको करले गरिने हो । जनताको पसिनाबाट सिंचित भएर जम्मा गरिएको पैसा समयमै खर्च गर्न सक्दैनन भने हरेक शब्दमा ‘जन’ घुसाउने अधिकार कांग्रेस देखि कम्युनिस्ट पार्टीको नेताहरुलाई छैन । बिकास निर्माणको काम समयमै गरेका भए यस्तो दुर्दिन देख्नु पर्दैन थियो भने हिउँद सकिए पछी बिकास निर्माणको काम सुरु गर्नु पर्छ भन्ने गुरुमन्त्र हाम्रो राजनेता देखि राष्ट्रसेवक हुँदै पार्टीका कार्यकर्ताहरुलाई को कसले दिने रैछ त्यसको पहिचान अब समयमै हुनु जरुरी छ ।
‘जुन गोरुको सिंग छैन उसको नाउँ तिखे’
Written By खांट्टी कुरा on Saturday, May 23, 2020 | May 23, 2020
पुर्बी एसिया थाईल्याण्ड, मलेसिया, ईन्डोनेसिया जस्ता देशहरुमा भारतीय भनेको कसैले पनि बुझ्दैनन ! ओरांग ईन्डिया (ओरांग भनेको मान्छे) भन्छन ।
अंग्रेज संगको लडाईमा हाम्ले सुगौली सन्धिमा गुमाको भूभागमा अहिले पनि बिहावारी चल्छ । रोटि र बेटीको साईनो भनेको त्यो हो । भारत भन्ने देश त अंग्रेजले छाडेर गए पछी बनेको हो भने हाम्लाई छोटेभाई भन्न गुलामहरु लाई लाज लाग्दैन ?
२०४६ साल पछी राजनीतिमा चम्केका स्व.गिरिजा प्रसाद कोईरालाले आफु सत्तामा हुँदा गान्धारिले आँखामा पट्टि बाँधेको जस्तरी मुखमा पट्टि बानेर बस्थे । जब सत्ताबाट बाहिर हुनासाथ ग्राण्डडिजाइन भनेर कुर्लिन्थे तर त्यो भनेको के हो भनेर कसैले खोजीनिती गरेनन ।
बिक्रम सम्बत २००४ सालमा राणा शासन फाल्ने भनेर भारतमा बसेर खोलेको पार्टी हो कांग्रेस अनि त्यसको दुई वर्षा पछी भारतमै खोलिएको हो कम्युनिस्ट पार्टी । भारतमै बसेर नेपालको जनताको हत्या गर्ने आतंककारी पार्टी हो माओबादी ।
आर्काको नुनपानी खायेसी सके फकाएर नसके तर्साएर लुटेर असुल गर्छन । नेपालको ठुला नदीहरु कोशी, गण्डक, महाकाली देखि कालापानी लिपुलेक त्यसै लुटेका छैनन । राणा, पंचायत फालेर १७ हजारको हत्या गराएर गणतन्त्रको स्थापना, अनि स्व.गिर्जाले भन्ने गरेको छिमेकीले रचेको ग्राण्ड डिजाईनको अर्थ कांग्रेस कम्युनिस्टहरुका सिपाहीहरु लाई अब थाहा भो होला ।
तहस नहस बनाउने अनि उल्टै प्रश्न गर्ने
Written By खांट्टी कुरा on Sunday, May 10, 2020 | May 10, 2020
फाल्गुण हो जस्तो लाग्छ । प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईराला कर्णाली एयरको हेली चढेर हेटौडा आए । त्यतिखेर हु.प्र.चौर नजिकै DIG अफिस थियो ।
प्रधानमन्त्री सहितको दलबल DIG अफिस छिरे । भलाकुसारी भो । स्व.गिरिजाले DIG सापलाई हिजो हामि अण्डरग्राउण्ड हुँदा तपाईहरुको जासुस बनारस, दिल्ली, कलकत्ता जता पनि पुग्थे । अहिले किन पुग्दैनन ? भनेर प्रश्न गरे ।
गिरिजाको त्यो भनाई माओबादीको किलो सेरा टु अप्रेशनमा सोचे जस्तो सफलता नभएको तर्फ लक्षित थियो तर DIG सापले हाम्रो प्रयास निरन्तर जारि छ । कुनै कमि छैन भनेर जवाफ दिनु भो ।
लिपुलेकको कुरा चल्दैछ । साथै सुचनाको कुरा पनि आयो । यतिखेर सबै आगो भएका छन तर जासुसी सयन्त्र देखि सुरक्षा सेवामा राजनीतिक हस्तक्षेप गर्न तिनै गिरिजाले सिकाए । अहिलेकाहरुले त सक्कल बमोजिम नक्कल मात्र गरेका हुन ।