Thursday, July 02, 2020

कुमाईको घुमाई

-जनकमान डङ्गोल

हाम्रो उत्तरी सिमानामा हिमाल पर्च्च भने त्यसैको पारिपट्टि जिंगपिंगहरुले कब्जा गरेको भोट भन्ने तिब्बत  हिमालबाट उदाम्दै गरेको सुर्जे नाराण चुनाप चिन्ह राखेर संजीवनी जल छर्केर हिमाली घामे नामको एमाले पार्टी दर्ता गरेरे ।

तस्विर साभार: अनलाईन खबर डटकम 

दक्खिने छिमेकको कलकत्तामा गएर छ सालमा नेपाल कम्निस्ट पार्टी दर्ता गरेकाहरुले १३ साल नबित्दै १३ टुक्रा बनाएर कम्निस्ट पार्टी भाग लगाएकै हुन । बिचार मिलेन भन्दै आफ्नै पार्टीका नेतालाई 'गद्धार पुष्पलाल' भनेर न्वारानेकै हुन ।  बिस्वास लाग्दैन भने गुगल गर्नुस तिन्कै पार्टीको चुनाप चिन्ह घाम जस्तै छर्लंग हुन्च्च ।

जनताको लागी भनेर जनयुद्ध गरेका धनपतिहरु जनयुद्ध पछी टुक्राटुक्रामा छरिए । किन छरिए ? छरिनेहरुनै जानुन तर जनताहरुले प्रश्न सोध्ने कस्ट पनि गरेनन ।

अहिले नेपाल मण्डलमा दुई तिहाईको कम्निस्ट सर्खार छ । नाम मात्रको प्रतिपक्षको पद कांग्रेसले सम्हालेको छ भने अरु भुरे टाकुरे पार्टीहरुको के गणना गराई भो ।

कम्निस्टहरु जुटन जान्दैनन । जानेका भए तिनीहरुले पन्चेती सर्खारको पालामा जन्ता जगाउने गरेको गित  'रक्त क्रान्तिको ज्वालामुखीमा' भन्दै  'आउ मिलाउ हातहरु' भनेर देस बिकासको काममा जुट्थे होलान ।

पोईसो कमाउन भ्रष्टाचार गर्नु पर्च्च । के कति कुन कुनमा भ्रस्टाचार भो नालीबेली खबरेहरुले बेली बिस्तार लगाई सकेका छन भने अरु थप के बयान गर्नु पर्यो ।

नयाँ पार्टी होस वा कोमामा पुगेको त्यसलाई संजीवनी जल छर्केर फेरी ब्युताउन धन र वल चाहिन्छ । कम्निस्टहरुले एक पटक पद पाए भने बाँसको हेलीकप्टर चढेर आर्जेघाट नपुगे सम्म छाडदैनन । यता होस वा उता देखिएको सत्य घटना यहि नै हो ।

अहिले दुई तिहाईको सर्खार र दुई तिहाई हाक्ने पार्टीमा जनयुद्ध नामको खेल खेलेका महारथीहरू छन । मुन्छेलाई कसरि पासो (याम्बुस) मा पार्ने कला जानेकाहरुले त्यस्तो कला नजानेको प्रधानमन्त्रीलाई कसरि याम्बुसमा पार्ने भनर घनिभूतरुपमा छलफल गर्दैछन ।

१० न्वाकोटे बराबर १ स्याउँलाजी अनि १० स्याउँजाली बराबर १ झापाली भन्ने उखान सुन्नु भएकै होला । हाम्रा प्रधानमन्त्री झापाली हुन भनेसी अरु के बयान गराई भो । कहिलेकाही बुहारी तर्साउन छोरी पनि कुट्नु पर्छ भन्ने चलन पनि भा भे र मलाई एम्बुस थाप्नेहरूलाई तिनैले थापेको याम्बुसमा पार्दिन्छु भनेर नईय्या घामे पार्टी ब्युताउँन खोजेको हुन सक्छ ।

उहिले उहिले बाहुनहरुले हामि नेवारहरुलाई हेपेर कुमाईको घुमाई जैसीको जाल नेवारको तुलो भोटेको काल भन्थे । त्यहि उखानलाई अहिले रिमिक्स गरेर बनाउने हो भने कम्निस्टको तुलो जनताको काल भएसी अरु के बयान गराई भो ।  


No comments: