indexFeatured Today


बाङ्गो रुखलाई सिधा भन्न सक्नु गणतन्त्रको उपलब्धि हो
-जनक मान डङ्गोल अकबर बिरबलको कथा र अहिलेको शासन प्रणाली यो पंक्तिकारलाई उस्तै लाग्छ । एकपटक बादशाह अकबरले आफ्ना भ...More»

चित्त दुखाउने कि जाग्ने ?
Normal 0 false false false EN-US X-NONE NE ...More»
आज हाम्रो नयाँ साल हैन
Normal 0 false false false EN-US X-NONE NE ...More»
Latest Post
नाच्न जान्दैन आगन टेढा
Written By खांट्टी कुरा on Tuesday, March 31, 2020 | March 31, 2020
Tags
You tube
महाकविले अंग्रेजीमा भाषण किन ठोके ?
Written By खांट्टी कुरा on Tuesday, March 24, 2020 | March 24, 2020
विक्रम संवत् २०११ साल बैशाख १ गते गठन भएको सल्लाहकार सभाका सदस्य लक्ष्मी प्रसाद देवकोटा सभाको बैठकमा विशुद्ध नेपाली भएर पुगेका थिए, त्यो बेला तराइबासी सदस्यहरूले सभामा हिन्दी भाषामा भाषण गर्न थाले । सभामा राष्ट्रभाषामा बोल्नुपर्छ भन्ने आवाजका विपरित तराइबाट प्रतिनिधित्व गर्ने सदस्यले सल्लाहकार सभा बहिष्कार गरे । दुइदिन पछि सभा पुनः सञ्चालन भयो तर तराइबाट प्रतिनिधित्व गर्ने सदस्यको बहिष्कार जारी भएपछि देवकोटालाइ झोक चलेछ अनि उनले सदनमा अंग्रेजी भाषामा भाषण गर्न थाले ।
अध्यक्षको रूलिङमा देवकोटाले प्रतिउत्यूर दिएका थिए '' हिन्दी यस देशको अर्ध राष्ट्रभाषामा सदनमा बोल्न छुट पाइन्छ भने अन्तराष्ट्रिय भाषाको रूपमा मान्यता प्राप्त अंग्रेजी किन बोल्न नपाइने ? हिन्दीलाइ राष्ट्रभाषा भन्ने मुलुकका समस्त कारोबार अंग्रेजीमा हुन्छन, UN मा अंग्रेजी बोलिन्छ, भारतको संसदीय भाषा अंग्रेजी छ । हिन्दी कुन जाति र कुन क्षेत्रको मातृभाषा हो ? हामी अधिकाशं हिन्दी बुझ्दैनाै तर एक दुइ जना छाडे यहाँ अंग्रेजी भाषा नजान्ने सदस्य म कोही देख्दिँन ।" देवकोटाको यो कुरालाइ एकपछि अर्को गर्दै सबैको समर्थन प्राप्त भएपछि तरार्इका सदस्यहरूले जवाफ दिने ठाउँ भएन । पछि देवकोटाले दुःखी हुँदै भने "मुलुकमा प्रजातन्त्र आओस् भन्ने व्यक्ति म पनि थिएँ, तर प्रजातन्त्रले मेरो भाषामा नै छुरी हान्छ भन्ने मलाइ के थाहा । "
कम्युनिस्टहरु चम्किनुको कारण
Written By खांट्टी कुरा on Monday, March 09, 2020 | March 09, 2020
स्वदेसको सरकारी जागिरमा २० बर्ष
पाखुरी खैचिंदा पनि जाहाँ बालबच्चा पाल्न धौ धौ भएको कारणले गर्दा बिदेसिनु परेको
हुँदा पंक्तिकारले स्वदेस मात्र नभएर बिदेसको राजनीति समेत बुझ्ने मौका पाएको छ ।
पंक्तिकार २०४१ सालमा सत्य सेवा
सुरक्षणको मन्त्र जप्दै जन समुदायको सेवा भन्दै नेपाल प्रहरीको जागिरे । जागिरको
दौरानमा धेरै स्थान चाहार्ने मौका पाईयो ।
पंचायत हैन बहुदल चाहियो भन्दै नेपाली
कांग्रेसले २०३६ सालमा माग गरेकै हो । त्यो भन्दा अगाडी पंचायत सिध्याउने भन्दै
शसस्त्र युद्दको अभ्यास गर्दै हिंडेका पनि हुन ।
कांग्रेसको माग अनुसार विक्रम सम्वत
२०३६ जेठ १० (मे २४, १९७९) गते श्री ५ बाट
बहुदलीय व्यवस्था वा सुधारिएको पञ्चायत विषयमा जनमत लिने घोषणा भयो । सोहिअनुरूप
२०३६ चैत्र २० गते राष्ट्रिय चुनाव आयोगले वि. सं. २०३७ बैशाख २० (मे २, १९८०) गते जनमत सङ्ग्रह गरिने घोषणा भयो । जनमत सङ्ग्रहको परिणाम २०३७ साल
जेठ १ (मे १४, १९८०) गते भएको थियो । जसमा पञ्चायतले २४,३३,४५२ र बहुदलले २०,०७,९६५ मत प्राप्त गरेका थिए । पञ्चायतले ५५ जिल्लामा र बहुदलले २० जिल्लामा
विजय प्राप्त गरेको थियो ।
निर्वाचन परिणामलाई स्वीकारेको ५ बर्ष
नकट्दै पंचायत बिरुद्ध देशभर बम काण्ड मच्चाइयो । ४५ सालमा कम्युनिस्ट संग लगन
गाँठो कसेर सुरु गरेको आन्दोलन अनि छिमेकी भारतले १८ महिना सम्म लगाई दिएको
नाकाबन्दीको कारणले गर्दा पंचायतलाई निलम्बन गर्दै नेपालमा दोश्रो पटक
प्रजातन्त्रको पुनर्स्थापना भएको थियो ।
कांग्रेसहरु अल्छी र
चाटुकारितामा बिस्वास राख्ने पार्टी हुन
भने कम्युनिस्टहरु त्यसको ठिक बिपरित छन । हिजो प्रतिबन्धित समयमा जनताको घर
दैलोमा गएर गुलियो भाषा बोल्दै जनतालाई गोलबन्द गरेर हिडनेहरु पनि कम्युनिस्टहरु
नै हुन । हिजोका त्यहि कामलाई आज सम्म पनि छाडेका छैनन । संगठन बिस्तार गर्नमा
कम्युनिस्ट पार्टीहरु लाई कसैले पनि जित्न सक्दैनन ।
नयाँ नयाँ जुक्ति निकाल्न माहिर
कम्युनिस्ट शासकहरुले बितेका केहि बर्ष देखि टोलटोलमा टोल बिकास, सहकारी जस्ता
संस्थाहरु खोल्दै सरकारी स्कुल देखि संस्थाहरुमा आफ्नो पार्टीका कार्यकर्ताहरु
मनग्गे भर्ति गरेका छन ।
टोल छिमेकमा बिहे भयो भने आफ्नो
पार्टीका महिला कार्यकर्ताहरु खटाएर रत्यौली खेल्न लगाउन समेत लगाएको देखिएको छ ।
यसको ठिक बिपरित छ नेपाली कांग्रेस
पार्टीमा । ४५ सालमा कम्युनिस्ट पार्टीको बुई चढेर पटक पटक सत्ताको शिखर चढन सफल
भएको कांग्रेस पार्टीले संगठन बिस्तार गर्न भने जानेनन वा जानेर पनि जान्ने कोसिस
गरेनन । नतिजा अहिले राम्रै संग भोग्दैछ ।
‘रास्ट्रियता, प्रजातन्त्र र समाजबाद’
कांग्रेस पार्टीको नारा हो । त्यहि नारालाई परिमार्जन गरेर रा.प्र.पा ले
‘रास्ट्रियता, प्रजातन्त्र र उदारबाद’ बनायो । २०५१ साल पछी चम्केको रा.प्र.पा का
टाउकेहरु एकजुट हुन सकेनन । चुनावको मुखमा आएर पार्टी फुटाउंदाको परिणाम अहिले
भोग्दैछ्न ।
कम्युनिस्टहरु हिजोको दुख: सम्झिदै आज
हैन भोलिको दिनमा बिस्वास गर्ने भएर होला जतिसुकै अन्याय र अत्याचार भए पनि त्यसमा
पार्टी र पार्टीको नेताहरुको बिरोध कहिले पनि गर्दैनन । पीडालाई मनमा नै गुमस्यायर
राख्छन तर बाहिर देखाउदैनन । झापा बिद्रोह देखि जनयुद्ध देखेका छन बुझेका छन र
भोगेका पनि छन ।
हिजो जनयुद्ध लड्नेहरु पनि कम्युनिस्ट
नै थिए । १२ बर्षको दौरानमा १७ हजारको संख्यामा मारिनेहरुमा एमाले देखि कांग्रेस
नामको पार्टीका सिपाहीहरु पनि थिए । टिकापुरको घटनामा मारिने पुलिसको अधिकृत पनि
आफ्नै भाईबंधु हुन भन्ने हेक्का राखेका भए आफ्नै पार्टीका सिपाहीहरुको हत्याराहरु
संग लगन गाँठो कस्न खोज्दा हुँदैन भनेर बिरोध गरेको देखिएन । बफादारिताको यो भन्दा
ठुलो उदाहरण अरु के दिनु । यस्तै बफादारिता देश, राजा र पंचायती ब्यबस्था प्रति
गरेका भए आज यस्तो दुर्दिन पक्कै पनि देख्नु पर्दैन थियो ।
नेपालमा जुटने र फुटने खेल राणा
शासनकै पाला देखि चल्दै आएको हो । अहिले फेरी पुर्व पन्चहरुको पार्टी एकीकरण भएको
समाचार आएको छ । फुट्नु राम्रो हैन । जुट्नु राम्रै हो ।
रास्ट्रियता, प्रजातन्त्र, समाजबाद
देखि उदारबादको नारा लगाउने कांग्रेस हुन या रा.प्र.पा । यिनीहरु राजतन्त्र देखि
धर्म बिरोधि भने पक्कै पनि हैनन । केहि समय मोतिबिन्दुले ग्रस्त भएका थिए । जनताले
मत मार्फत गरि दिएको उपचार पछी यिनीहरुको आँखा त खुलेका छन तर पार्टी भित्रका केहि
भाईरसहरुको प्रभावमा परेर राजा र हिन्दु धर्म चाहिन्छ भनेर सिधै भन्न सकेका छैनन ।
कांग्रेस पार्टीको संस्थापक नेताहरु
मध्येको एकजना स्व.बि.पी कोईरालाले आफु बाचुन्जेल कम्युनिस्टहरुको संगत कहिले पनि
गरेनन । कम्युनिस्टहरु जुटमा भन्दा फुटमा रमाउछन र देस र जनताको हित गर्दैन भन्ने
बिस्वास पालेका र पालना समेत गरेका आफ्नै नेताको अठोटलाई पालना गरेका भए २००७
सालमा जस्तै गरि २०४५ सालमा पनि एक्लैले आन्दोलन हाक्न सक्नु पर्थ्यो । भिन्न
विचारधारा मान्नेको संगत गर्दा आज कांग्रेस पार्टी नराम्रो संग हिले खाल्डोमा
गाडिएको छ ।
कांग्रेस र रा.प्र.पा हरुको संस्कार
देखि विचारधारा एकै हो । कांग्रेस
पार्टीले आफ्ना जन्मदाताले भन्ने गरेको ‘देशलाई संकट परेको समयमा राजाको गर्धन
मुनि मेरो माथि’भन्ने बाक्यांसलाई सम्झेका छन भने यतिखेर देशमा ठुलो संकट परेको छ ।
त्यो संकट पनि हामीले नै निम्त्याएको हौ भन्ने कुरालाई मनन गर्दै पार्टी भित्र
गुटबन्दी गर्न छाडेर सबै रास्ट्रबादी शक्तिहरु संग हातेमालो गर्दै जनताको घरदैलोमा
गएर आत्मालोचना देखि माफी माग्दै कम्युनिस्टको भ्रम तथा मायाजालबाट मुक्त गर्न
सक्नु पर्दछ । यदि त्यसो गर्न सक्दैनन भने पार्टी मात्र हैन देशको नामनै भूगोलबाट
मेटिन सक्छ ।
Tags
आलेख
गणतन्त्र ठिक कि राजतन्त्र ?
Written By खांट्टी कुरा on Saturday, January 04, 2020 | January 04, 2020
-जनकमान डंगोल
चिनि संगै रक्सि बनाउने कारखाना नेपालमा
राजाकै पालामा खुलेका हुन । बिदेसिको सहयोगमा नेपालमा खुलेका ति चिनि
कारखानाहरुलाई बिरगंज चिनि कारखाना र भैरहवा सुगर मिल भनेर सबैले चिनेका थिए ।
प्रजातन्त्र आयो भने जनताले सुख: र शान्ति
पाउछन भनेर नेपालमा आन्दोलनको बिउ रोप्ने कांग्रेसीहरु हुन कांग्रेसको नक्कल पछी
कम्युनिस्टहरुले गरे । आन्दोलनको बिउ हाल्नुको सट्टा उधोगधन्दा कल कारखानाको बिउ
हालेको भए नेपालीहरु बिदेस हैन बिदेसीहरु नेपालमा रोजगार गर्न आउथे ।
स्व.राजाहरु महेन्द्र देखि बिरेन्द्रले
बिदेसीहरु संग सहयोग मागेर देसमा ठुला उधोगधन्दा देखि कलकारखाना संचालनमा ल्याएको
हुन । कांग्रेस देखि कम्युनिस्ट नेताहरुको गुलियो आश्वासनमा नपरेको भए आज उखु
किसानहरु राजधानीमा आएर आँखाबाट बागमती बगाउनु पर्दैन थियो ।
किसान संघ, संगठन, संस्था भनेर पार्टी पिच्छे
खोलेका छन । तर बोल्दैनन । बोल्यो भने नेता बन्न पाइदैन । नेता बन्न पाइएन भने
कसले पुछने ?
मदेसी पार्टी भनेको मदेसको मसिहा । भू.पु
कांग्रेसी नेता महन्थ ठाकुर हुन या उपेन्द्र, राजेन्द्र, भण्डारी हुन या त्रिपाठी यी
खाँटी मदेसी हुन तर मदेसमा बस्दैनन । चुनावको बेलामा मांस, मछली, दारु भात खिलाउन
र पिलाउन बाहक अरु बेलामा मदेस जादैनन । यिनीहरु सबै राजधानीका रैथान भै सके ।
बेपारी चाहे मारवाडी हुन या गुप्ता, नेवार हुन
या अन्य जातिका । बेपारी भनेको नाफा र नोक्सान हेर्ने हुन । हिजो राणा देखि पन्चेतको
पालामा केहि रकम दान पुण्य भन्दै जनताको नाउँमा खर्चिन्थे तर अहिले खर्चिदैनन । अहिलेको बेपारीहरु लाई
नेता र तिनको कार्यकर्ता पोस्दै र पाल्दैमा फुर्सद छैन । काहाँबाट खर्चिनु ।
ब्यापारिको पोईसो भएन भने नेताहरुको कार्यकर्ता पाल्न सकिन्न । कार्यकर्ता नभए पछि पार्टीले चुनाव जित्न सक्दैनन । जनता मार्फत लुटेको व्यापारीको पैसाले मासु भात देखि दारु भोज खुवाएर, लगाएर बुथ कब्जा गरेर चुनाव जितिन्छ भन्ने बिहारी भ्रममा बाँचेका कांग्रेस, कम्युनिस्ट देखि मधेसी पार्टीहरुले जनता मरुन कि बाचुन किन वास्ता गर्थे । यदि वास्ता गर्थे भने राजाले जोडेको सम्पति किन निजीकरण गरेको । ति जोडिएको सम्पतिहरु जनताकै लागि भनेर जोडिएको हैन ?
ब्यापारिको पोईसो भएन भने नेताहरुको कार्यकर्ता पाल्न सकिन्न । कार्यकर्ता नभए पछि पार्टीले चुनाव जित्न सक्दैनन । जनता मार्फत लुटेको व्यापारीको पैसाले मासु भात देखि दारु भोज खुवाएर, लगाएर बुथ कब्जा गरेर चुनाव जितिन्छ भन्ने बिहारी भ्रममा बाँचेका कांग्रेस, कम्युनिस्ट देखि मधेसी पार्टीहरुले जनता मरुन कि बाचुन किन वास्ता गर्थे । यदि वास्ता गर्थे भने राजाले जोडेको सम्पति किन निजीकरण गरेको । ति जोडिएको सम्पतिहरु जनताकै लागि भनेर जोडिएको हैन ?
होस गर हिमाल देखि पहाड हुँदै तराईका जनताहरु चुनाव
फेरी आउछ । अहिलेको दुख: कस्ट बिर्सदै फेरी पनि आउने चुनावहरुको बेलामा मांस,
मछली, दारु भातमा बिक्यौ भने पछी रुनु र कराउनुको कुनै अर्थ छैन ।
२०७६/०९/१९ गते शनिवार
२०७६/०९/१९ गते शनिवार
Tags
टिका-टिप्पणी
बोल्न र लेख्न पाईदैन भने किन चाहियो लोकतन्त्र ?
Written By खांट्टी कुरा on Monday, December 30, 2019 | December 30, 2019
जंग बहादुरलाई जंग चल्यो । जंगे बनेर देखाई दिए । साधारण प्रजाको छोरो जंगे र तिनका भाइका सन्तानले १०४ बर्ष
नेपालमा जंगे शासन चलाए । आफ्नैले
मात्र चलाउन पाउने भएको भएर जहानियाँ शासन भनेकोरे । जंगेको शासनमा जंगेकै हुकुम कानून । बिरोध गर्न पाईन्नथ्यो । जंगे माराजहरुको खलकको बिरोध गर्नु भनेको जेम्राज्का हाजिर
लगाउन जानु जस्तै थियो ।
बराजु देखि बाजेहरूले भनेका र हामीले सुनेका कुरा ।
जंगेले मात खुवाउदै जनताको शासन भनेर
देसमा प्रजातन्त्र आयो । बिदेसी भूमिमा बिदेसीकै रेखदेखमा दीक्षित बनेकाहरुले
नेपाल भित्र पसेर जनता उचालेर ल्याको प्रजातन्त्रले
‘श्रीमान गम्भीर नेपाली’ गाउनुको सट्टा ‘सारे जाहाँसे आच्छा हिन्दुस्ता हमारा’
बनाउन खोजेका थिए । साछी र प्रमाण कोशी र गण्डकी देखि मेचि देखि माहाकालीको उत्तरी
सिमानामा राखेको हिन्दुस्तानी चेकपोस्ट हुन ।
देश
भन्दा ठुलो अरु केहि हुन्न भन्दै तत्कालिन राजा महेन्द्र निरंकुस नबनेको भए हामी
पनि उत्तिखेरै सिक्किमे जस्तै हुन्थेम ।
सत्तुर
खोज्नु धेरै टाढा जानु पर्दैन । मुखले रामराम गर्ने बगलीमा छुरी बोकेर हिड्ने भारत
जस्तो छिमेकी पाएका छौ । तिनैका ईसारामा असंख्य लेन्डुपे हरु जन्माएर हुर्काइएको छ
। लेन्डुपहरु अहिले आफुलाई जंगे बनेर देखाउन खोजेका छन ।
जनताको
छोराले चलाएको शासनलाई जनतान्त्रिक भनेर भन्छन । बानि व्यहोरामा जंगे खलकलाइ मात
ख्वाउन थालेका छन । सामाजिक संजालमा भर्खरै (१३ पुस २०७६) नयाँ कानून बनाउने भनेर
बिधेयक पास गरेका छन । बिधेयकमा कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने,
घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या
गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा सम्पेषण गरेमा पाँच
बर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुनेछ ।
जनताको
हैन हाम्रा नेताहरुको ठुल्दाईको देसमा अहिले येतिखेर ह्वारह्वार्ती आगो सल्केको छ ।
नागरिकता कानूनको बिरोध भन्दै सल्केको आगोले सरकारी देखि सार्बजनिक सम्पतिको
क्षेती हुन थालेसी प्रधानमन्त्री मोदीले ‘मेरो पुत्ला बनाएर त्यसमा थुक, जुत्ताले
हान, घृणा गर, जला, तर सरकारी देखि ब्यक्ति सम्पति माथि हानि नोक्सानी नपुर्यानुस
भन्दै याचना गरेको श्रव्यदृश्य पनि देखिएकै हो ।
सरकारको
बिपक्षी नेताहरुले आफ्ना प्रधानमन्त्रीलाई ‘चोर’ भन्न समेत भ्याएका छन । खै त
कारबाही हुन्न । अभिव्यक्तिको स्वतन्त्रता छ त्यहि भएर होला ।
हाम्राहरुले
सबै उतै बाट सिकेर त आए तर शासन सत्तामा पुगेसी आफु जंगे माराज हुँ भन्ने भ्रम
पाल्न थालेका छन । जंगे माराज कडा थिए तर
देश तोडेनन बरु जोड्दै गए । हिजो पन्चेती शासनमा अभिव्यक्ति स्वतन्त्रता चाहियो
भन्दै पन्चेत फाल्नेहरुले अहिले आएर नराम्रो कामको बिरोध गर्न पाईदैन भन्दै जनताको
जिब्रोमा भोटे ताल्चा ठोक्ने काम गर्न थाल्छन भने यस्ता कुशासनको जय किन भन्ने ?
Tags
टिका-टिप्पणी
नेपाले कम्युनिस्टहरुले अमेरिकी साम्राज्यवाद, भारतीय बिस्तारबाद भन्न किन छाडे ?
Written By खांट्टी कुरा on Wednesday, December 04, 2019 | December 04, 2019
-जनकमान डंगोल
बिदेसिको
ईसारामा पहिला पंचायत त्यसपछि देस जोड्ने राजतन्त्र मासेर कथित गणतन्त्र घोषणा
गराएता पनि बिश्वका धेरै देसले अहिले पनि हिन्दु अधिराज्य नेपाल भनेर भन्न छाडेका
छैनन । त्यसैले बिश्वको एक मात्र हिन्दु राज्य हो नेपाल ।
यहि देसमा धेरै
थरिका बिचार भएका नागरिकहरुले जन्म लिए । कसैले धेरै पढे र आफ्नो नामको अगाडी
दर्जा झुन्ड्याए । मान पाए सम्मान पाए र त्यस्तै दर्जा झुन्ड्याउने मध्येका एक हुन
डाक्टर बाबुराम भटराई ।
नेपाली
कांग्रेस समाजबादी विचारधारामा हिड्ने पार्टी । समाजबाद नेपाली कांग्रेसको पेवा भए पछि अरु
पार्टीले कांग्रेसको निजि सम्पतिमा आँखा गाड्ने कुरै भएन । कम्युनिस्ट भनेको साम्यबादी विचारधारा मान्ने
पार्टी त्यसैले कांग्रेसले साम्यवादी विचारधारा बोक्ने कुरै भएन ।
![]() |
तस्बिर: डा.बाबुराम भटराईको twitter बाट साभार |
देस जोड्ने
रास्ट्र निर्माता पृथ्बी नारायण शाहको जन्मथलो गोरखामा जन्मेका डाक्टर बाबुराम
भटराई भन्नासाथ धेरै नेपालीहरुले माओबादी कम्युनिस्ट पार्टीको दोश्रो दर्जाको नेता
भनेर चिन्थे । पहिलो दर्जाको नेता हुन नसकेर हो वा वाकपटुतामा माहिर क.प्रचण्डको
अगाडी टिक्न नसकेर हो 'नयाँ शक्ति पार्टी' नामको पार्टी खोले । त्यो पार्टीले पनि लछारोपाटो लाउन नसके पछी
उपेन्द्र यादबको समाजबादी पार्टी संग लगन गाँठो कस्न पुगे । उपेन्द्र यादबको
पार्टीको नामनै समाजबादी । नाम राख्दैमा समाजबादी हुन्न । समाजबादी विचारधारा
मान्ने भनेको नेपाली कांग्रेस पार्टी हुन त्यसैले PHD डाक्टर बाबुराम कम्युनिस्ट
हुन कि कांग्रेस भनेर आफैले आफैलाई बुझ्न सकेका छैनन भने सोझासिदा देसी बिदेसी
नेपालीहरुले कसरि बुझ्लान ।
माओबादी पार्टी
भने पछी नेपालको उत्तरी छिमेकी चिनमा राजतन्त्र फालेर साम्यवादी सासनको जग बसाल्ने
चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेता कमरेड माओत्सेतुङको नामबाट राखिएको
पार्टी भनेर बुझिन्छ । कमरेड माओको बिचारलाई आत्मसात गर्दै बिस्वमा अरु देसमा पनि
यस्तै नाम भएको कम्युनिस्ट पार्टीहरु थुप्रै जन्मेका होलान तर छोटो समयमा हत्या र
हिंसाको खेति गरेर खहरे खोला जस्तै बेग संग उर्लेको नेपालको माओबादी पार्टी
जत्तिको चर्चित हुने मौका अरु देसका माओबादी पार्टीहरुले आज सम्म पनि प्राप्त गर्न
सकेका छैनन । उदाहरणको लागी छिमेकी भारतको माओबादी कम्युनिस्ट पार्टीलाई हेरे
पुग्छ ।
नेपालको
माओबादी पार्टी छोटो समयमा चर्चित हुनुमा अरु नेताहरुको पनि ठुलो देन र त्याग
तपस्या छ तर अन्य नेताहरु भन्दा पनि डाक्टर बाबुराम भटराईको डिग्री देखि
वाकपटुताको कारणले गर्दानै छोटो समयमा माओबादीले सफलता हात पारेको हो भनेर
जानिफकारहरु बताउछ्न र देखिएको सत्य पनि यहि नै हो ।
राजनीति गर्ने
मान्छेको कुनै जात, पेशा र धर्म हुँदैन
भन्छन । कुरा एक हद सम्म सत्य पनि हो किनभने राजनीति गर्ने मान्छेले कुनै एक जात,
पेशा र धर्म समातेर राजनीति गर्ने हो भने त्यस्ता राजनीति गर्ने
ब्यक्ति कुनै पनि हालतमा सफल हुन सक्दैन । उदाहरणको लागी हाल भारतमा सबै भन्दा
ठुलो पार्टी बन्न सफल भारतीय जनता पार्टीलाई दिन सकिन्छ । भारतीय जनता पार्टी
कट्टर हिन्दुवादी बिचारधारा मान्ने पार्टी भएता पनि उक्त पार्टी बाट चुनाव जितेर
मुख्य मन्त्रि देखि प्रधान मन्त्रि बन्न सफल भएका नरेन्द्र दामोदर दास मोदीले सबै
धर्मको रक्षा र सबै संग समान ब्यबहार गरिन्छ भनेर ब्यक्त गरेको भनाईलाई लिन सकिन्छ
।
कम्युनिस्ट
पार्टी भनेको साम्यवादी विचारधारा बोक्ने पार्टी हो र साम्यवादी बिचारधारा बोक्ने
पार्टीले जाति धर्म देखि राजतन्त्र सम्मलाई मान्ने कुरै भएन तर नेपालको प्राय सबै
कम्युनिस्ट पार्टीहरु बिश्वका अन्य देसका कम्युनिस्ट पार्टीहरु भन्दा नितान्त फरक
छन ।
राजतन्त्र
मान्दैनौ भन्छन राजाको अगाडी सपथ खाएर मन्त्रि देखि अन्य ठुला संबैधानिक पद ग्रहण
गरेको पनि देखिएकै हो । धर्म मान्दैनौ भनेर गुड्डी हाक्छन । आफ्नो स्वार्थ पुरा
नहुन्जेल कार्यकर्ताहरु लाई देखाउन कट्टर साम्यवादी बनेर देखाउछन । जुन दिन उच्च
पदमा पुग्छन त्यो दिन कट्टर साम्यवादी बनेर देखाउने नेताको निधारमा रातो टिका देखि
गलामा फूलमाला पहिरिएको पनि देखिएकै हो ।
अन्य देस र
बिश्वको एकमात्र हिन्दु रास्ट्र नेपालको फरकपन भनेको नै यहि हो । अन्य देसका खाँटी
कम्युनिस्टहरु त नास्तिक हुन्छ भन्छन । उदाहरणको लागी भारतको पस्चिम बंगालमा तीसौ
बर्ष मुख्य मन्त्रि पद चलाउने भारतीय कम्युनिस्ट पार्टीको नेता ज्योति बसुले
जिबनमा कहिले पनि धार्मिक गतिविधिमा भाग लिएनन । मृत्यु हुनु भन्दा अगाडीनै आफ्नो
सरिर चिकित्सा विज्ञानलाई दान गरि सकेका थिए । तिनै खाँटी कम्युनिस्ट नेताको
मृत्यु पस्चातको सरिर अहिले सम्म कलकत्ताको चिकित्सा बिधालयमा सुरक्षित रुपमा
राखिएको छ ।
नेपालको अन्य
कम्युनिस्ट पार्टी भन्दा माओबादी पार्टी अलि भिन्न प्रकारको रहेको थियो । हिजो
त्यो पार्टीले कथित जनयुद्दको नाउँमा के के गरेर कसो कसो गरे त्यो बयान गरेर साध्य
नै छैन । धर्म मान्नु हुन्न भनेर मन्दिर तोडफोड देखि संस्कृत भाषाको पुस्तक जलाउने
देखि संस्कृत भाषाको पुस्तक पढ्न समेत बन्देज लगाएकै हुन भने गाई रास्ट्रिय जनावर
भएको देस हो नेपाल र गाईलाई माता मान्नेमा माओबादीका धेरै नेताका पिता पुर्खाहरु
पनि छन । तिनैका सन्तानले शक्तिको मदमा दानव रुप धारण गर्दै आफ्ना लडाकुहरुलाई गाई
गोरु काटेर भोज पनि खुवाएकै थिए । सान्ति र सम्झौता भन्दै जंगलबाट सहर पसे पछी
धर्मकर्म मान्दैनौ भन्ने ठुला देखि साना नेता हुँदै कार्यकर्ताहरु सम्मको अहिलेको
गतिबिधि हेर्ने हो भने आकास पातालको फरक देखिन्छ ।
सामाजिक संजाल
फेसबुक देखि ट्वीटरमा निरन्तर जोडिने नेपालको राज नेताहरुमा डाक्टर बाबुराम भटराई
अग्रपंक्तिमा देखिन्छन । नेता भटराईले दसैँको टिका देखि तिहारको सप्तरंगी टिका
ग्रहण गरेको तस्विर अहिले पनि उहाँको फेसबुक, ट्वीटर जस्ता खाताहरुमा सुरक्षित नै छ भने गुगल सर्चगर्ना साथ त्यस्ता
तस्विरहरु सेकेन्डमै देख्न सकिन्छ ।
नेता भटराईको
पुज्यनीय पिताज्युको मानसरोवर यात्रामा डाक्टर भटराई स्वयमले अगुवाई गर्नु भएको
तस्विर देखि ८४ बर्ष उमेर पुगेको बेला पारेर गरिएको गरिएको समारोहको तस्विर समेत
डाक्टर भटराईले नै निर्धक्क सम्म सेयर गर्नु भएको पनि भर्खरै जस्तो लाग्छ ।
![]() |
तस्बिर: डा.बाबुराम भटराईको twitter बाट साभार |
हिन्दु रास्ट्र
नेपालमा हरेक परम्परा हिन्दु संस्कृति अनुसार गरिन्छ । विवाहको समयमा ब्राम्हण
देखि क्षेत्री जातिले कन्याको गोडधुवा गर्ने चलन तोड्दै बाबुरामले कन्याको हातधुवा
चलन बसालेको फोटो पनि पोस्ट गरेको देखियो । पढे लेखेका अगुवाले नै संस्कृति र
संस्कारको खिल्ली उडाउने हो भने त्यो जस्तो घटिया काम अरु के हुन्छ ।
डाक्टर भटराई
नेपालका यस्ता पात्र हुन जसले आफु भलो त जगतै भलो भन्ने सोचाई राख्छन । विद्वान
तथा नेता बाट अर्थ मन्त्रि हुँदै प्रधानमन्त्रि सम्म भै सकेका व्यक्तिले यस्ता
घटिया सब्द राखेर सामाजिक संजालमा पोस्ट गर्दा त्यसबाट निस्किने प्रतिक्रियाले
आफ्नो राजनीति छविमा आंच पुग्छ भनेर किन सोच्दैनन ?
हिजो आफुले जनयुद्धकालमा आफ्ना समकालीन देखि तल्ला तहकालाई दिएको
आदेस निर्देसनको आफैले बर्खिलाप किन गरे ?
डाक्टर भटराई
स्वयम आफै कट्टर हिन्दुको कोखमा जन्म लिएका ब्यक्ति हुन । लोकलाई धर्म मान्नु
हुन्न भन्ने तर आफुले आफ्नो पुर्ख्यौली धर्म नछाडने यो कस्तो दोधारे नीति र चरित्र
हो ? यस्ता कुतर्क दिंदै
हिडेको देखि आफ्नो बचनमा अडिग हुन नसकेको कारणले गर्दा नै आफैले दुख र कस्ट गरेर
हुर्काएको पार्टी छाडन नसक्ने बाबुरामबाट नेपालको जनताले के सिक्ने र के बुझ्ने ?
माओबादी भन्ने
नाम सुन्ना साथ बिदेसीले समेत आश्चर्यजनक रुपमा हेर्ने र नेपालको सम्पूर्ण पार्टी
देखि जनताहरु समेत थरथर हुने पार्टीले आफ्नो अस्तित्व जोगाउन नसकेर कम्युनिस्ट
पार्टीकै आर्को घटक एमालेमा समाहित हुन पुगेको छ । सिधा र सहि अर्थमा भन्ने हो
नेपालमा जे जति कम्युनिस्ट पार्टीहरु जन्मे हुर्के ति सबै बिदेसिको ईसारामा
खोलिएका हुन भन्न कर लाग्छ । बिदेसिको ईसारामा नाचेका हैनन भने हिजो पंचायतीकालमा
नेपालको जमिन सुस्ता मिचियो भन्दै 'अमेरिकी साम्राज्यबाद देखि भारतीय बिस्तारबाद
मुर्दाबाद' भन्दै लेटर प्रेसमा छापिएको पोस्टर टास्दै हिड्ने कम्युनिस्ट पार्टीहरु
आफै देसको सत्तामा पुग्दा दिन दुगुन्ना रात चौगुन्ना देसको सिमा मिचिंदा मुखमा
भोटे ताल्चा हालेर किन बसेका छन ? यसको जवाफ नेपाली जनताहरुले खोज्नु पर्ने बेला
भएन र ?
प्रदेस दैनिक हेटौडाको बर्ष ८ अङ्क १२५ २०७६ मङ्सिर १८ गते बुधवारको अंकमा प्रकाशित
प्रदेस दैनिक हेटौडाको बर्ष ८ अङ्क १२५ २०७६ मङ्सिर १८ गते बुधवारको अंकमा प्रकाशित
Tags
आलेख
फरक यता र उता
Written By खांट्टी कुरा on Monday, October 07, 2019 | October 07, 2019
हाम्रा जय नेपाल देखि लाल सलाम भन्ने ‘दाई’
देखि ‘कमरेड’हरुको जन्मथलो छिमेकी भारतमा भएको हो । दाई ४ सालमा अनि कमरेडहरु ६
सालमा जन्मेका त्यसैले दिल्लीमा पानि पर्यो भने काठमाण्डौमा बस्नेहरुले छाता
उघार्छ्न भन्ने उखान समेत त्यसै बनेको हैन ।
कांग्रेसी नेता तथा पटक पटक मन्त्रि भएका पी.चिदम्बरम अहिले हिरासतमा परेर जेल पुगेका छन । भारतमा कानून कडा छ । मै भन्नेहरुलाई कानुनको डण्डा बजारेको राम्रै संग देख्न सकिन्छ ।
हाम्रो तिर छयालीस साल आए पछि कांग्रेसी
चिरन्जिबी दाई देखि खुम बहादुर दाई बाहेक अरुले जेल जाने सौभाग्य पाएनन । ति दुई दाईहरु पनि धेरै शक्तिसाली बन्न खोज्दा जेल
गएका हुन ।
आफुलाई मदेसी भन्न रुचाउनेहरुले भने बिहारको नक्कल गर्छन । आमा देखि मामा, हुँदै ससुराली घर बनाको भएर होला हिन्दि देखि भोजपुरी बोल्न रुचाउछन । आफ्नो देसको रास्ट्रिय भाषा नेपालीलाई घृणा गर्छन तर राजधानी काठमान्डौमा आए भने प्युर नेपाली भाषामा भाषण ठोक्छन ।
बिहारी नेता लालु अहिले जेलमा बसेर आलु
खादैछन । पशुको लागी भनेर आएको चारा पानि समेत बाँकी राखेनन ।
मदेसी नेताहरुले पनि नेपालको बजेटलाई लखनौ लुट सम्झेका छन । लालु जस्तै आलु खालान कि नखालान त्यो समयले बताउला । फरक के छ भने नेपालमा न्याय मरेको छ तर उता जिम्दै छ । कानून कडा नभएको भे लालुले आलु किन खान्थे ।
अहिले महरा कमरेडलाई पुलिसले समातेको
जस्तो गरेको देखियो । महरा कमरेडलाई आरोप लाउने हो भने आरोपले सगरमाथा चुम्ला ।
आरोप जाए भाड्मे । खाँट्टी भाकामा भन्ने हो भने प्रचण्ड र वली कमरेडहरुले
स्व.गिरिजाको नक्कल गर्दै चिरन्जिबी देखि खुम बहादुर फर्मुला अपनाएका हुन ।
नेपालको प्रधानमन्त्री भीमसेन थापालाई पनि समातेर झ्यालखाना कोचेकै हुन । त्यति मात्र नभएर अनेक थरिको हल्ला फैलाएर थापाकाजीलाई सेरिन बाध्य बनाउने हाम्रो सत्ता हाक्ने सयसहरुले महरा कमरेड पनि यतिखेर भीमसेन थापाको जस्तै हालतमा पुगोस भन्न चहान्छन । यदि त्यसो भो भने ‘नरहे बाँस न बाजे बाँसुरी’ ।
हिजो कांग्रेसका चिरन्जिबी, खुम बहादुर आज डबल कम्युनिस्ट पार्टीका महरा भोली अरुहरुको हालत पनि यस्तै हो । फरक के छ भने छिमेकमा सबुद प्रमाण सहित देखाएर पक्रिने साहसी पुलिस छन भने हाम्रोमा आदेसका पुजारीहरू । हाम्रो आदेसपालकहरु भनेको उही ‘मह’ को थेगो...
हान्ने
बान्ने
सापले भनेको मान्ने
अनि कठालोमा समातेर तान्ने
मात्र हो ।
Tags
च्वास्सचुस्स
आजको खाँटी पुराण
Written By खांट्टी कुरा on Sunday, October 06, 2019 | October 06, 2019
-जनक मान डंगोल
खसी, बोका,
बाख्रा, बाख्री,
राँगा, भैसी,
हुर्रा, विकासे
सुँगुर, बुंगुर देखि
पुर्पुरो बल्या बेला तराई देखि भित्रि मदेसमा पासो थापेर पारिने बँदेल,
चित्तल, घोरल,
मृग आदि जीवजन्तुलाई माथि जेम्राजका हाजिर
लाम्न पठायेसी प्राप्त हुने त्यस्ता जीवजन्तुको सरिरलाई ठेट गोर्खाली देखि
कोर्काली, काँठे देखि
देहाती सम्मले सबै प्रकारको जीव जन्तुको मासुलाई सिकार भन्ने चलन छ तर सहर बजारा
चैँ हिजाज गोरा र कुईरेको भाकाको नक्क गर्दै
मिट भनेर भन्न थालेका छन ।
नेपालमा काटमार निषेध भाको माता
लक्ष्मीको सन्तान गाई गोरुलाई बिफ, जेम्राज्को
सवारीलाई बफ, बाख्रा
बाख्रीको सन्तानलाइ मटन, हुर्रा
देखि विकासे सुँगुर बुंगुरको सन्तानलाई पोर्क हुँदै घडी चरोको सन्तानलाई चिकेन रे
। खसीको मासु भनेर लामो लेघ्रो तान्नु भन्दा ‘मटन’
सुँगुर बुंगुरको मासु भन्नु भन्दा ‘पोर्क’
राँगा भैसीको मासु भन्नु भन्दा ‘बफ’
अनि कुखुराको मासु भन्नु भन्दा ‘चिकेन’
भन्ने सजिलो भाका रे ।
जन्मजात नेपाली तर बानि ब्योराचैँ
अनेपाली भाको नेपाली भन्दा गोरा र कुईरेको भाका मन पराम्ने अल्छिका भकारीहरु जो
आफुलाई ‘एनिमल ह्युमन राईट’
भन्न मन पराम्नेहरुले ब्यानको बिरेकफास्ट देखि
मध्यान्हको लन्च, साँझको
स्न्याक्स देखि रातिको डिनर सम्ममा बर्षौ बर्ष सम्म बरफमा जमाएर राख्या बिफ,
बफ, चिकेन,
मटनको परिकार चट मगनी पट ब्याको स्टाईला
पाट्टपुट्ट पारेर दिनहुँ हसुरेको पनि देखिएकै हो
।
जब हिन्दुहरुको चाडपर्वको बेला आउछ अनि
बिक्रम ट्याम्पुको भाकामा ‘पशु,
पंक्षीको अधिकार बहाली गर,
पशु पन्छी मार्न पाईदैन,
भनेर घाटीमा अनेक थरिको भाका लेखेको जिनिस
झुन्ड्याउदै पशु पंक्षीको जीवन रक्षाको ग्यारेण्टी गर’
भनेर स्वयम्भु देखि पस्पति हुँदै बनकालीको
बाँदर जस्तरी बुर्लुक्क बुर्लुक्क कुर्लिन्छन
ईसाई देखी ईस्लामहरुको चाडमा पनि पशु बलि दिने
चलन छ भन्ने व्यहोरा थाहा हुँदाहुँदै पनि हिन्दुहरुको चाडबाडमा मात्र त्यसरी कुर्लिने
एनिमले ह्युमनेहरु भनेका गान्धीबादी देखि समाजबादी हुँदै बामपन्थी सम्मको बिल्ला
भिर्ने बिल्लादारहरु हुन ।
डलर देखि युरो पाउण्ड हुँदै घटीमा
कम्पनि पैसा सम्ममा आफुले आफैलाई निलाम गरि सकेकाहरुलाइ धर्म,
संस्कृति, चाडपर्व
भनेको के थाहा नभएको हो र ? यदि
थाहा छ र थियो भने ईसाई देखि ईस्लामको चाडपर्वमा दीईने पशुबलिको बिरोध यी कथित
जनावरे ह्युमनेहरुले किन गर्दैनन र लाज सरम नमानिकन भन्न सक्छन यिनीहरुले गोरा र
कुईरेको भाकामा ऊई आर भेजीटेरिन ?
Tags
च्वास्सचुस्स
Subscribe to:
Posts (Atom)