-जनक मान डंगोल
पोलेर बनाको दुई देखि चारखुट्टेको
जिनिसलाइ छोईला, काँचै नुन
खुर्सानी मर मसला मोलेकोलाई कचिला, परपर
तेलमा भुटेकोलाई भुटुवा, झोल्वाला,
मिसमास, नेवारी
भोजमा जमाएर बनाईने तख्ला, ह्याकुला
फ्राई, भेजा भन्ने गिदी
फ्राई, अहिलेका भुरा
भुरीको प्रिय जिनिस मम्चा, देखि
बरिस्ट नागरिकले मन पराम्ने सुरुवा, ट्वाँकेहरुलाई
मन पर्ने गोडी भन्ने खुट्टी फ्राई आदि आदि ईत्यादी नामको जिनिस तयार हुनलाइ रेटेर,
सेरेर, कुटेर,
पिटेर, चुटेर,
छ्प्क्यायेर, भालाले
घोपेर, पासोमा पारेर
तड्पाएर, ईस्लामिक
धर्मालम्बी भाकाको हलाल गरेर वा कानमा हेडफुन ला जस्तरी इलेक्ट्रिक सट भन्ने
करेंटो लाएर अथवा जे जे जस्तो जस्तो गरेर भए पनि परान नलिए सम्म मासुको थरि थरिको
जिनिस बन्ने हैन ।
खसी, बोका,
बाख्रा, बाख्री,
राँगा, भैसी,
हुर्रा, विकासे
सुँगुर, बुंगुर देखि
पुर्पुरो बल्या बेला तराई देखि भित्रि मदेसमा पासो थापेर पारिने बँदेल,
चित्तल, घोरल,
मृग आदि जीवजन्तुलाई माथि जेम्राजका हाजिर
लाम्न पठायेसी प्राप्त हुने त्यस्ता जीवजन्तुको सरिरलाई ठेट गोर्खाली देखि
कोर्काली, काँठे देखि
देहाती सम्मले सबै प्रकारको जीव जन्तुको मासुलाई सिकार भन्ने चलन छ तर सहर बजारा
चैँ हिजाज गोरा र कुईरेको भाकाको नक्क गर्दै
मिट भनेर भन्न थालेका छन ।
नेपालमा काटमार निषेध भाको माता
लक्ष्मीको सन्तान गाई गोरुलाई बिफ, जेम्राज्को
सवारीलाई बफ, बाख्रा
बाख्रीको सन्तानलाइ मटन, हुर्रा
देखि विकासे सुँगुर बुंगुरको सन्तानलाई पोर्क हुँदै घडी चरोको सन्तानलाई चिकेन रे
। खसीको मासु भनेर लामो लेघ्रो तान्नु भन्दा ‘मटन’
सुँगुर बुंगुरको मासु भन्नु भन्दा ‘पोर्क’
राँगा भैसीको मासु भन्नु भन्दा ‘बफ’
अनि कुखुराको मासु भन्नु भन्दा ‘चिकेन’
भन्ने सजिलो भाका रे ।
जन्मजात नेपाली तर बानि ब्योराचैँ
अनेपाली भाको नेपाली भन्दा गोरा र कुईरेको भाका मन पराम्ने अल्छिका भकारीहरु जो
आफुलाई ‘एनिमल ह्युमन राईट’
भन्न मन पराम्नेहरुले ब्यानको बिरेकफास्ट देखि
मध्यान्हको लन्च, साँझको
स्न्याक्स देखि रातिको डिनर सम्ममा बर्षौ बर्ष सम्म बरफमा जमाएर राख्या बिफ,
बफ, चिकेन,
मटनको परिकार चट मगनी पट ब्याको स्टाईला
पाट्टपुट्ट पारेर दिनहुँ हसुरेको पनि देखिएकै हो
।
जब हिन्दुहरुको चाडपर्वको बेला आउछ अनि
बिक्रम ट्याम्पुको भाकामा ‘पशु,
पंक्षीको अधिकार बहाली गर,
पशु पन्छी मार्न पाईदैन,
भनेर घाटीमा अनेक थरिको भाका लेखेको जिनिस
झुन्ड्याउदै पशु पंक्षीको जीवन रक्षाको ग्यारेण्टी गर’
भनेर स्वयम्भु देखि पस्पति हुँदै बनकालीको
बाँदर जस्तरी बुर्लुक्क बुर्लुक्क कुर्लिन्छन
ईसाई देखी ईस्लामहरुको चाडमा पनि पशु बलि दिने
चलन छ भन्ने व्यहोरा थाहा हुँदाहुँदै पनि हिन्दुहरुको चाडबाडमा मात्र त्यसरी कुर्लिने
एनिमले ह्युमनेहरु भनेका गान्धीबादी देखि समाजबादी हुँदै बामपन्थी सम्मको बिल्ला
भिर्ने बिल्लादारहरु हुन ।
डलर देखि युरो पाउण्ड हुँदै घटीमा
कम्पनि पैसा सम्ममा आफुले आफैलाई निलाम गरि सकेकाहरुलाइ धर्म,
संस्कृति, चाडपर्व
भनेको के थाहा नभएको हो र ? यदि
थाहा छ र थियो भने ईसाई देखि ईस्लामको चाडपर्वमा दीईने पशुबलिको बिरोध यी कथित
जनावरे ह्युमनेहरुले किन गर्दैनन र लाज सरम नमानिकन भन्न सक्छन यिनीहरुले गोरा र
कुईरेको भाकामा ऊई आर भेजीटेरिन ?
0 Comments:
Post a Comment