indexFeatured Today


बाङ्गो रुखलाई सिधा भन्न सक्नु गणतन्त्रको उपलब्धि हो
-जनक मान डङ्गोल अकबर बिरबलको कथा र अहिलेको शासन प्रणाली यो पंक्तिकारलाई उस्तै लाग्छ । एकपटक बादशाह अकबरले आफ्ना भ...More»

चित्त दुखाउने कि जाग्ने ?
Normal 0 false false false EN-US X-NONE NE ...More»
आज हाम्रो नयाँ साल हैन
Normal 0 false false false EN-US X-NONE NE ...More»
Latest Post
पन्चेहरु मण्डले हुन भने अहिलेकाहरु के हुन
Written By खांट्टी कुरा on Saturday, September 28, 2019 | September 28, 2019

मण्डल को शाब्दिक अर्थ हुन्छ समुह । हुन त मण्डल पनि वृत्तको
(Circle) पर्यायवाची भित्र पर्दछ । त्यस्तै मण्डलको अरु शब्दहरू भन्नुपर्दा परिधि, घेरा, बाटुलो फन्को,
समान
उद्देश्यका मानिसहरूको
जमात (राजनीतिक दल/पार्टी) इत्यादीलाइ बुझिन्छ ।
हामीले दैनिक रुपमा
प्रयोग गर्दै आइरहेको सामजिक संजालहरु जस्तै फेसबुक,
ट्विटर आदिमा पनि हामीले असंख्य
साथीहरु बनाएको हुन्छौ जुन झुण्ड झुण्ड
अर्थात समुहमा नै हुन्छ भने अब सबैलाई
एकलक्के लगाउदै ‘मण्डले’ भन्ने ?
नेपालमा ‘मण्डल’ सब्द लाइ बिगारेर एकलक्के
लगाउँदै ‘मण्डले’ बनाएको पंचायतकाल देखिनैहो भने त्यसरी
एकलक्के थप्नेहरु त्यतिबेलाका पंचायत बिरोधि प्रतिबन्धित शक्तिहरु अर्थात
पन्चहरुले न्वारान गरि दिएको अ.त. (अरास्ट्रिय तत्व) कांग्रेश तथा कम्युनिस्ट पार्टीहरुमा लागेका
समुहहरु हुन । समुहको अर्थ मण्डल हुन्छ ।
हरेक राजनीति पार्टीहरुमा समुह समुह छ । कांग्रेस पार्टी निलो रंग मन पराउछ । कम्युनिस्टहरु राता रंगको लागी ज्यान फालेका छन । मदेसी समुहलाई हरियो रंग आत्तिनै फापेको छ । नामको अगाडी डाक्टर (बिरामी जाच्ने हैन) थपेका गोर्खाली बाबुराम भटराईले समेत रातो रंग अफाप भन्दै हरियो रंगसंग साइनो जोडेका छन भने हरेक क्षेत्रमा जोगी जस्तै बन्न पुगेको पुरान पन्चहरुको अखाडा रा.प्र.पा. को चिन्हारी भने पहेंलो हो । यी बाहेक अरु मल्खु र ढल्खु जस्ता करौंती मण्डलेहरुको के बयान गराई भो । यी मल्खु देखि ढल्खुको काम भनेको चुनावताका दल दर्ता गरेर अरु बेलामा मुखमा दहि जमाएर बस्नु हो । भोट काट्नै भनेर जन्माएको हुँदा यस्ताहरु लाई करौंती पार्टी भनेर भन्ने गरिएको छ ।
कासी भनेको हिन्दुहरुको पवित्र स्थल हो
। धर्म र विद्वानहरुको अखाडा भनेर चिनिने उक्त स्थान नेपाल देखि दक्षिणको
हिन्दुस्थानमा पर्दछ भने कुत्ति भनेको उतिबेलाको तिब्बती राजाको भोट प्रदेसको एउटा
स्थान हो । जो बुझेर पनि बुझ पचाउछ्न त्यस्ताहरु ‘कासी
जानु कुत्तिको बाटो’ रोज्छन भने बुझ्दै नबुझ्दै ठुला नेताहरुले भने हाम्ले भन्न
किन नहुने भन्छन भने बुझ्नु न सुझ्नु कासितिर कुध्नु भने जस्तै हो ।
जसको शक्ति उसको भक्ति जता पनि हुन्छ ।
यो नेपालमा मात्र नभएर संसारको हरेक स्थानमा कायम रहेको छ । बराजुको पालाको श्री ३
महाराजको समयमा श्री ३ महाराजहरुले खान पाईएन सर्खार भन्ने हरुको दुख: हेर्न नसकेर
लौ गरिखा भन्दै आफ्नाहरु लाई बिर्ता बाँडेर पोसेकै हुन । सातसालेहरुले त झन
आफ्नालाई मात्र नभएर जन्मदाता हरुलाई गुणको बदला भन्दै खोला देखि संसद हुँदै
मन्त्रिमन्डल समेत बुझाएकै हुन । पन्चेहरुले बिरोधिहरुलाई खेदेकै हुन । हरेकले आफ्नो
पालामा लठैत पालेकै हुन्छन । अहिलेकाहरुले पनि पालेका छन । अरिंगालको फौज भनेर
चिनापर्ची समेत भै सकेको हैन र ? पुराना पन्चहरु त जन्मजात मण्डले नै भई हाले । तर,
अब देखि कांग्रेसीहरु लाइ निला मण्डले, कम्युनिस्टका बथानहरु लाई राता मण्डले,
मदेसीका झुण्डहरु लाई हरिया मण्डले भनेर किन नभन्ने ? आखिर समुह भन्नु र मण्डल भन्नुमा के नै फरक छ र ।
राजनीतिक पार्टीमा
लागेकाहरुले आफुबाट गल्ति भयो भने त्यसलाई सुधार्दै आर्को पटक गल्ति नदोहर्याउने
सङ्कल्प, अठोट लिएर ‘आत्मालोचना’ गर्ने देखि लेख्ने समेत गर्छन ।
आत्मालोचना गर्नु भनेको म अथवा हामीबाट अब यस्तो गल्ति हुन्न र दोहर्याउँदै भन्नु
वा लेख्नु समेत हो । त्यसैले शब्द प्रयोग गर्दा लेख्दा वा बोल्दा ध्यान दिनु जरुरि
छ ।
प्रकाशित मिति: २०७६ असोज १० गते शनिवार ।
Tags
च्वास्सचुस्स
आजको खाँटी झटारो
Written By खांट्टी कुरा on Saturday, September 21, 2019 | September 21, 2019
नामले के नै फरक पार्छ र
हजुर ?
हामीलाई छोटेभाई भनेर
हेप्ने अनि आफु ठुल्दाई बनेर हैकम जमाउने देश भारतमा पनि कुनै समयमा सियो बनेर
पसेर फाली बनेर निस्केका गोराहरूले एकछत्र राज्य चलाएकै हो । त्यहि भएर गुलामोका
देश भनेर हेप्ने मौका पाएका छन ।
गोरा अर्थात अंग्रेज
भगाओ भन्दै जनता जगाउने भन्दै केहि ब्यक्तिहरु नेता बनेर उदाय । कोहि गरमपन्थी
स्वभावका कोहि नरमपन्थी स्वभावका । जे जे पन्थी भए पनि काम एकै थियो भने जाबो
नामले के नै फरक पारेको छ र ।
अंग्रेज खेदे पछी मिलेर
देसको बिकास गर्नु पर्नेमा एउटा कित्ता
कांग्रेस तिर आर्को कम्युनिस्ट बने । कांग्रेसीहरुले जयहिन्द भन्ने चलन बसाए भने कम्युनिस्टहरुले
लाल सलाम । एउटा सुद्ध देसी आर्को आयातित । जे जसरि अभिवादन गरे पनि नामले के नै
फरक पारेको छ र ।
उता अंग्रेजको गुलाम
यता नेपालमा राणा शाहीको दास जस्तै बनेका जनताहरु । उताकाले अंग्रेज भगाए । यताका
ले राणालाई खेदे । अंग्रेज हुन या राणा दुवैले जनता माथि अन्याय र अत्याचार गरेर
कुस्त सम्पति जोडेकै हुन । हिन्दुस्थानबाट खेदिन बाध्य भएका अंग्रेज हुन या नेपाले
जनताले खेदेका राणा । आखिरमा दुवै खेदिएका हुन भने
अहिले सम्म कोहि
कसैको गुलामीमा नपरेको देस भनेर चिनिने सुन्दर शान्त देस नेपाललाई असान्तीको
भुमरीमा जाकेको १९९७ साल देखि हो । उतिबेलाको राणाशाहीले आफ्ना प्रजा
भड्काउनेहरुलाई ‘बागी’ भन्थे । देसको भूमिमा खोलिएको पहिलो पार्टी ‘प्रजा परिषद’
का नेताहरु कोहि पक्राउ परे । कोहो भागेर हिन्दुस्थान पसे । पक्राउ खानेहरु कोहि
फाँसीमा चढे भने कोहीलाई गोलि ठोके । फाँसी लाए पनि गोलि ठोके पनि आखिरमा मारिनेनै
हो भने नामले
उति बेलाका राणाशासनका
बागीहरुले नेपालमा राजनीतिक पार्टी खोल्ने हुत्ति त्यहि भएर नगरेका हुन । ज्यानको
माया सबैलाई हुन्छ । ‘ज्यू रहेको खान पाईन्छ घ्यू’ भन्ने खाँटी नेपाली उखान त्यसै
जन्मेको हैन । राणाको डरले लुगलुग कामेकाहरु हिन्दुस्थानमै बसेका थिए भने कोहि
पसेका थिए । नेपालबाट राणा शासनलाई जसरि पनि खेद्नु पर्छ भन्ने अठोट बोकेर बसेका
देखि बसेकाहरुले कांग्रेस पार्टी जन्माए भने पसेकाहरुले कम्युनिस्ट पार्टी । दुबैको
उद्धेश्य राणाशाही खेद्नु थियो भने पार्टीको नामले के नै फरक पारेको थियो र ।
मिलेर बस्न नसकिने
जन्तुको नाम भन्नुस भन्यो भने ‘कुकुर र बिरालो’ भनेर भन्ने गरिन्छ । घरका दुई जना
झगडा गरे भने कत्ति कुकुर र बिरालो जस्तरी झगडा गरेको भनेर मुलिले हपार्ने गर्छन ।
हाम्रा कांग्रेस र कम्युनिस्ट दाज्यूभाई हुन । उमेरमा कांग्रेस दाई हो भने
कम्युनिस्ट भाई ।
सत्ता र भत्ताको कठिन
चुचुरो आरहण नगरे सम्म यी दुवै दाज्यूभाई नङ र मासु जस्तै हुन्छन भन्ने उदाहरण
२००७, २०३६, २०४६ देखि २०६४ सालमा दिएका छन । जब सत्तारुपी आरोहण चुम्छन त्यसपछि तँ
ठुलो कि मा ठुलो भन्ने घमण्ड देखाउन थाल्छन । घर झगडा मिलाउने भन्दै बिदेसी काल
पल्काउनमा यी दुबैलाई कसैले जित्न सक्दैन । देश र जनताको लागी सिन्को नभाच्ने अनि ‘तै
रानी मै रानी कस्ले भर्ने त कुवाको पानि’ चरित्र बोकेका छन भने नेपाली कांग्रेस हुन
या नेपाल कम्युनिस्ट पार्टी नामले के नै फरक पारेको छ र ।
हात मुट्ठी पारेर
आकास तिर फर्काउदै लाल सलाम भन्नेहरु लाई ‘कम्युनिस्ट भनिन्छ । २००६ सालमा
हिन्दुस्थानमा जन्मिएको नेपाले कम्युनिष्ट ७ वर्ष नपुग्दै टुक्राटुक्रा बनि सकेको थियो । कम्युनिस्ट
भनेको शोषित, पिडित, गरिब मजदुर, किसानको पार्टी हो भनेर फुई लाउछन । कम्युनिस्टले
धर्म मान्दैन । धर्म भनेको अफिम हो भनेर पढ्छन अनि पढाउछन । जब क्रान्ति गरेर
सत्ता र भत्ताको स्वादमा रमेसी ‘क्रान्ति देखि धर्म भाड्मे जाय’ भन्दै स्व. भैरव
अर्यालको आलु निबन्धलाई पालना गरेका छन । नेपाले कम्युनिस्ट पार्टीमा जोडिने हैन
तोडिने क्रम भने जारि नै छ । फुटे पछी नाम बदलिन्छ । नाम बदलेर के भो सिद्धान्त
एकै भएसी नामले के नै फरक पारेको छ र ।
२०६४ सालमा राजतन्त्र
फालेर गणतन्त्र जिन्दाबाद भनेको जनता देखि प्रधानपन्चहरु लाई फिटिक्क मन परेको
थिएन । देसमा सनातनी हिन्दु धर्म अनि राजा सहितको प्रजातन्त्र चाहिन्छ भनेर नारा
घन्काए । थापा, राणा, चन्द देखि राजाबादी जस्ता बाईसे र चौबिसे बने । काम र
उद्धेश्य एकै हो तर नामले के नै फरक पारेको छ र ।
Tags
च्वास्सचुस्स
‘मुला झाफाली’
Written By खांट्टी कुरा on Monday, July 08, 2019 | July 08, 2019
नातामा मेरो एकजना काकी सासु पर्ने काकी सासु आमै आज मामाको
छोरा मेरो भाईको ब्या को जन्तमा संगै जाने साईत जुर्यो । मटरमा बस्दा घरायसी दुख:
सुख: को कुरा भो । सासु आमैको छोराले झापाली केटि झ्याई पारेका रच्छन । मोर्ने गरि
सराप्दै हेर्नुस ज्वाई झापाली संग सम्बन्ध जोड्यो भने घर स्वाहा हुने रच्छ भनेर
भन्नुभो । हो र सासु आमै भने ।
हन त्यो झापा भन्ने जिनिस कस्तो हो ?
त्याँ को हावा र पानी डेन्जर माथिको खत्रा नै हो त ?
प्रधानमन्त्री त्यतै का छन ।
राजा फालेर गणतन्त्र हुल्ने पनि त्यतैका ।
कमिसन आफुले दन्काउने अनि सोझा पुलिसका हाकिमलाई झ्यालखाना
जाक्ने पनि झापाली नै ।
भनेसी त्यो ठाम्को नाम पछाडी ‘लि’ भन्ने जोडियो भने के
मापाकै हुन्छ ?
यदि नहुने हो भने आफ्नै भान्जाले मामाज्यु लाई ‘मुला झाफाली’
किन भने ?
Tags
च्वास्सचुस्स
मक्केको गलबन्दी र पच्छ्यौरी ला सी च्यात्तिदैन त ?
Written By खांट्टी कुरा on Saturday, June 29, 2019 | June 29, 2019

चर्चाको बिउ रोप्ने
गाईने पर्कासे थिए । बडो हेन्सम छु भनेर देखाम्दै जुल्फी तह लाम्न निधारा कपडा
बेरेर हाफ पईट लार रोधी बसेको घरा बाँदर उफ्रेको जस्तरी बुत्रुक्क उफ्रेर आम्दै गलबन्दी
च्यात्तियो तिम्ले तानेर, बोलाको तिम्लाई आफ्नो ठानेर भन्दै बिलौना गरेको पनि
अहिलेको चलेको पोईसो कमाई दिने भाँडो युट्युपाँ देखियानै हो ।
अहिलेको ट्यापे भाका
हान्न पर्कासे गाईने खत्रा छन भन्ने उदाहरण पनि दिए । तीनतले घर अनि सुनको अम्ठी
लाम्ने हैसियत भका मुन्छी हुम भनेर रोधीमा फुटानी लाम्नेले गलबन्दी च्यात्तियो तिम्ले तानेर चै कसरि भन्न
सकेका हुन ? तान्दैमा च्यात्तिने मक्केको गलबन्दी लाएर छ्म्माहरुको अगाडी गलबन्दी
च्यात्तियो तिम्ले तानेर भन्दै आरोप जसरि लगाए त्यसरीनै मेरो गित किन चोरेर गायिस भन्दै
पुर्बेली अर्ध बुढा गायक संगीतकार शम्भु राईले पनि लाए । फौजी भाकामा यस्ता
जिनिस्लाई एम्बुस (धराप) थापेको भन्छन ।
यो एम्बुस भन्ने जिनिस
पनि उल्का र अच्चमको हुन्छ हाव । ताल परेको खण्डमा परान लिन देखि जान बेर लाम्दैन ।
लाज्निती देखि कुटनीति हुँदै झुठनीति नामको एम्बुसा परेर जीव जन्तु देखि मनुख्य
सम्म पिलित्त परेका छन ।
४६ साल देखि १७ सालको
बिचको शासनलाई पन्चेती शासन भानिथ्यो । दल बिनाको शासन अर्थात निर्दल अनि राजा र
राजाको नजिकको ले जे चाह्यो त्यहि हुने शासन । फट्यांग्रा जस्तरी उफ्रेर बोल्न
पाईएन भन्दै २०४६ सालमा बहुदलले चलाम्ने ड्यामोक्रेसी अझ त्यो भन्दा बढी चाहिय्यो
भन्दै ६४ सालमा रिपब्लिक पनि ल्याएकै हुन । त्यसरी ल्याम्ने बेलामा बोल्न पाईन्छ,
लेख्न पाईन्छ, सुन्न पाईन्छ, भन्न पाईन्छ तर तर्साम्न पाईदैन । तर्सायो भन्ने मानव
अधिकार नामको जिनिसको हत्या र बलात्कार हुन्छ भन्ने सर्त पनि राखेकै हुन ।
बोल्न पाईन्छ भन्दैमा
आर्काको मानहानी गरेर बोल्न पाईन्न । झन जातजाति र छुवाछुतको नाम पनि लिन पाईन्न ।
अहिलेकाहरु बडो दार्शनिक बनेर जातजाति र छुवाछुत बारेमा कुर्लिन्छ्न तर त्यसरी
कुर्लिनेहरुले २०१९ सालको पन्चेती व्यवस्थाले नै नेपालमा कुरीति, बिकृति र विसंगति
देखि जातपात छुवाछुतको भेदभाव नगर्नु भन्ने कानून लागु गरेको थियो भन्ने कुरा चै
कसरि बिर्सेछन ?
हरेक कुराको समय हुन्छ ।
समयमा कुनै चल्छ कुनै चल्दैन । हिजो राई बुढाले गाम्दा नचलेको जिनिसलाई आज अलिकति
धुन सुन घुमार गाईने पर्कासेले सुनुम सुनुम बनायो भन्दैमा माखाको चित्त बनाउने हरु र हिजो पन्चेती
शासनमा कडी कड़ाउ भो स्वतन्त्रता चाहियो भन्नेहरु आफै निरङ्कुश बनेर पन्चेतको बाउ
बनेको देख्दा भनाई र गराई फरक हुने रच्छ भनेर भन्न कर लाग्दो रैछ त्यसैले अहिले
गलबन्दी विवाद पनि चियाको तुफान जस्तै भै सकेको अबस्थामा अरु कुरा के कोट्याई भो ।
Tags
च्वास्सचुस्स
छानो कहिले हाल्ने ?
Written By खांट्टी कुरा on Monday, May 20, 2019 | May 20, 2019
नुवाकोट जिल्लाको प्रख्यात एतिहासिक भैराबी मन्दिर नजिकै रहेको विधाकी देबी सरस्वतीको मन्दिर बन्यो तर मन्दिरको छानो अहिले सम्म छाएको छैन !
हाम्रा एतिहासिक धरोहरहरुले यस्तो कन्तबिजोग कहिले सम्म भोग्नु पर्ने हो ?
देसमा अहिलेको राजाको शासन छैन ! कम्युनिस्टले देउता धर्म मान्दैन ! कांग्रेस अहिले प्रतिपक्षमा खुम्चेको छ !
हाम्रा एतिहासिक धरोहरहरुले यस्तो कन्तबिजोग कहिले सम्म भोग्नु पर्ने हो ?
देसमा अहिलेको राजाको शासन छैन ! कम्युनिस्टले देउता धर्म मान्दैन ! कांग्रेस अहिले प्रतिपक्षमा खुम्चेको छ !
संग्लो त्रिसुली धमिलो कसरि भयो ?
Written By खांट्टी कुरा on Sunday, May 19, 2019 | May 19, 2019
![]() |
तस्बिर: जनकमान डंगोल |
बैशाख २७ गतेको कुल
पुजामा जसरि भए पनि आउनु भन्ने हुकुमको तामेली गर्न हामि दाज्यु भाई तथा भाउज्यु र
दाईको नातिनी समेत आफ्नै निजि सवारीमा जन्मथलो नुवाकोटको लागी मिति २०७६/०२/२५ गते
दिनको १ बजे हेटौडा बाट प्रस्थान गर्यौ ।
दुई बर्ष अगाडी पनि कुल
पुजाकै लागी नुवाकोट जाने अबसर जुरेको थियो ।
पोहोर बैशाख २८ गते
जेठाबुवाको जेठो छोरा पट्टिको माईला नातिको शुभ विवाहमा पनि नुवाकोट जाने सौभाग्य
प्राप्त भयको थियो ।
हरेक बर्ष नुवाकोट जाँदा
त्रिसुली नदि कन्चन र सफा नै थियो ।
यो पटक चितवन जिल्लाको
जुगेडी देखि धादिंगको गल्छी हुँदै नुवाकोटको त्रिसुली बजार भन्दा पनि माथि सम्म
त्रिसुली नदिको अबस्था एकताकाको बागमती जस्तै देखियो ।
![]() |
तादी र त्रिसुलीको संगम देबिघाट/ तस्बिर: जनक मान डंगोल |
अविरल बगिरहेको त्रिसुली
नदि देबिघाट आईपुग्दा तादी खोला मिसिन्छ । तादी पहिला जस्तो थियो अहिले पनि
त्यस्तै छ तर यो बर्ष त्रिसुली कसरि धमिलो र कुरूप भयो ?
सामाजिक संजाल फेसबुकमा तस्बिर
राखेर बिचार पोस्ट गरे । धेरै मित्रहरुले क्रसर राखेकोले गर्दा नदि धमिलो भएको
भन्ने तर्क दिनु भयो भने एकजना मित्रले चिनपट्टिको भागमा खनेको सडकको माटो नेपाल
पट्टिको नदीमा डम्पिंग गर्दा त्रिसुली धमिलो भएको हो भन्ने जवाफ दिनु भयो ।
चितवन, धादिंग देखि
नुवाकोट जिल्ला सम्मको त्रिसुली नदि किनारामा थुप्रै क्रसर खेति संचालनमा आयको छ ।
क्रसरकै कारणले नदि धमिलो भएको हो भने त्रिसुली बजार भन्दा माथि नदि सफा हुनु
पर्नेमा किन त्यसो भएन ?
सामाजिक संजाल फेसबुकमा एकजना
मित्रले चिनपट्टिको भागमा खनेको सडकको माटो नेपाल पट्टिको नदीमा डम्पिंग गर्दा
त्रिसुली धमिलो भएको हो भन्ने जवाफ दिनु भएको थियो र त्यो जवाफ सहि नै रैछ भन्ने
निर्क्यौलमा पुगियो ।
हामि नेपालीहरु केहि समय
देखि हरेक बिषयमा भारतलाई गालि गर्न पछी हट्दैनौ तर अब प्रश्न उठ्न सक्छ यदि चिनले
आफ्नो जमिनमा खनेको माटो नेपाल भएर आउने नदीमा किन डम्पिंग गर्दैछ ? नदि धमिलो भयो
भने जलचर प्राणीको जीवन खतरामा पर्छ भन्ने चिन जस्ता बिसाल देसका बुद्दिजिबीहरु
लाई ज्ञान हुनु पर्ने हैन र ?
यदि चिन पट्टि त्यसो
नभएर केरुंग हाईवे वा माथिल्लो त्रिसुली जलबिधुत निर्माणको कामले गर्दा त्रिसुली प्रदुषित
भएको हो भने नदि प्रदुषण गर्न हुन्न भन्ने ज्ञान किन पलाएन ?
आजको खाँटी प्रश्न यहि
नै हैन र ?
Tags
Foto,
टिका-टिप्पणी
Subscribe to:
Posts (Atom)