Sunday, May 19, 2019

संग्लो त्रिसुली धमिलो कसरि भयो ?

खांट्टी कुरा     May 19, 2019    



तस्बिर: जनकमान डंगोल 
बैशाख २७ गतेको कुल पुजामा जसरि भए पनि आउनु भन्ने हुकुमको तामेली गर्न हामि दाज्यु भाई तथा भाउज्यु र दाईको नातिनी समेत आफ्नै निजि सवारीमा जन्मथलो नुवाकोटको लागी मिति २०७६/०२/२५ गते दिनको १ बजे हेटौडा बाट प्रस्थान गर्यौ ।
दुई बर्ष अगाडी पनि कुल पुजाकै लागी नुवाकोट जाने अबसर जुरेको थियो ।
पोहोर बैशाख २८ गते जेठाबुवाको जेठो छोरा पट्टिको माईला नातिको शुभ विवाहमा पनि नुवाकोट जाने सौभाग्य प्राप्त भयको थियो ।
हरेक बर्ष नुवाकोट जाँदा त्रिसुली नदि कन्चन र सफा नै थियो ।
यो पटक चितवन जिल्लाको जुगेडी देखि धादिंगको गल्छी हुँदै नुवाकोटको त्रिसुली बजार भन्दा पनि माथि सम्म त्रिसुली नदिको अबस्था एकताकाको बागमती जस्तै देखियो ।
तादी र त्रिसुलीको संगम देबिघाट/ तस्बिर: जनक मान डंगोल 
अविरल बगिरहेको त्रिसुली नदि देबिघाट आईपुग्दा तादी खोला मिसिन्छ । तादी पहिला जस्तो थियो अहिले पनि त्यस्तै छ तर यो बर्ष त्रिसुली कसरि धमिलो र कुरूप भयो ?
सामाजिक संजाल फेसबुकमा तस्बिर राखेर बिचार पोस्ट गरे । धेरै मित्रहरुले क्रसर राखेकोले गर्दा नदि धमिलो भएको भन्ने तर्क दिनु भयो भने एकजना मित्रले चिनपट्टिको भागमा खनेको सडकको माटो नेपाल पट्टिको नदीमा डम्पिंग गर्दा त्रिसुली धमिलो भएको हो भन्ने जवाफ दिनु भयो ।
चितवन, धादिंग देखि नुवाकोट जिल्ला सम्मको त्रिसुली नदि किनारामा थुप्रै क्रसर खेति संचालनमा आयको छ । क्रसरकै कारणले नदि धमिलो भएको हो भने त्रिसुली बजार भन्दा माथि नदि सफा हुनु पर्नेमा किन त्यसो भएन ?
सामाजिक संजाल फेसबुकमा एकजना मित्रले चिनपट्टिको भागमा खनेको सडकको माटो नेपाल पट्टिको नदीमा डम्पिंग गर्दा त्रिसुली धमिलो भएको हो भन्ने जवाफ दिनु भएको थियो र त्यो जवाफ सहि नै रैछ भन्ने निर्क्यौलमा पुगियो ।
हामि नेपालीहरु केहि समय देखि हरेक बिषयमा भारतलाई गालि गर्न पछी हट्दैनौ तर अब प्रश्न उठ्न सक्छ यदि चिनले आफ्नो जमिनमा खनेको माटो नेपाल भएर आउने नदीमा किन डम्पिंग गर्दैछ ? नदि धमिलो भयो भने जलचर प्राणीको जीवन खतरामा पर्छ भन्ने चिन जस्ता बिसाल देसका बुद्दिजिबीहरु लाई ज्ञान हुनु पर्ने हैन र ?
यदि चिन पट्टि त्यसो नभएर केरुंग हाईवे वा माथिल्लो त्रिसुली जलबिधुत निर्माणको कामले गर्दा त्रिसुली प्रदुषित भएको हो भने नदि प्रदुषण गर्न हुन्न भन्ने ज्ञान किन पलाएन ?
आजको खाँटी प्रश्न यहि नै हैन र ?

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .