Saturday, June 12, 2021

गणतन्त्रे अकबर महाराजका नयाँ काजि र तिनका प्यादाहरु

खांट्टी कुरा     June 12, 2021    

 हिन्दुस्थानका बादशाह अकबर अनौठो स्वभावका थिए । बेला बेलामा उटपट्यांग काम गर्न रुचाउथे तर त्यो काम गरेर गराएर त्यसबाट नैतिक पाठ सिक्ने र सिकाउने गर्थे । त्यस्तै एक दिन अकबर बादसाहले आफ्ना अतिप्रिय बीरबल मन्त्रि सहितका सबै भाइ भारदारलाई दर्बार पछाडिको बंगैचामा भेला हुनु भन्ने उर्दी जारि गरेछन ।

अकबर बादशाहको दरबारी पछाडी सुन्दर बंगैचा थियो । त्यो बंगैचा संगै त्याहा त्याहा त्यहाँ अस्ट बक्रे  अर्थात आठ ठाउँमा बांगीएको रुख पनि रहेछ । भेला जम्मा भएका सबै भारदारहरु मध्ये एकजना लाइ  त्यो आठ ठाउँमा बांगीएको रुखलाई देखाउदै भनेछन हेर त काजि कति सुन्दर सिधा रुख हगी ?

अकबर बादशाहको कुरा भुईंमा खस्न नपाउंदै ति चाटुकारे काजीले ले भनेछन  जाहाँपनाह हजुरले सोर्है आना सत्य कुरा गरि बक्स्योरुख कस्तो राम्रो सिधा र सुलित्त परेको रैछ । त्यस पछी अकबर बादसाहले अरु भाइ भारदारलाई पनि यस्तै प्रस्न सोधेछन तर सबैले पहिलो काजीले जस्तै गरि उत्तर दिएछन

अन्त्यमा संधै सत्य र स्पस्ट बोल्ने बीरबल मन्त्रि लाइ पनि अकबर बादशाहले त्यहि प्रस्न सोधेछन बीरबल मन्त्रीले नरम हुदै जवाफ दिएछन जाहाँपनाह हजुरको बिरबल मन्त्रिको गर्धन चिलाको हो कि सरकारको आँखा फुटेको हो मैले चै त्यो रुखलाई अस्टबक्र अर्थात आठ ठाउँमा बांगीएको देखे अनि त्यो रुख सुन्दर नभएर अति कुरूप छ । जहाँपानाहको काजीले गल्ति बोलेको भए रिसानी माफ होस



-जनकमान डङ्गोल 

२००७ सालमा नेपालमा पहिलो पटक प्रजातन्त्र स्थापना भयो । त्यो भन्दा अगाडी निरंकुस सैलिमा राणाहरुले शासन चलाएका थिए । राणाको शासनमा ताबेदारी र चाकरी गरेर ज्यान पाल्ने जत्था कुस्त थिए । सिधा र सहि अर्थमा भन्नु पर्दा अकबर बादशाहका काजिहरु जस्तै ।

ठिकलाई ठिक, बेठिकलाई बेठिक, झुठो लाई झुठो र सत्यलाई सत्य भन्न र बोल्न पाउनु पर्छ भन्दै बिस्तारै आवाज उठ्न थाल्यो । हुकुमी राणाको शासनमा चाटुकारीतामा रमाएको बाहेकका प्रजाहरु लाई चेतना जगाउन खोज्दा केहिले मृत्यु बरण गर्न पुगे, केहि जेलको चिसो झिंडीमा जाकिए भने केहि भागेर बिदेसी भूमिमा सरण लिन पुगे जसलाई हामीले नेपालको ईतिहास भनेर पढ्दै अनि बुझ्दै आई रहेका छौ । प्रजातन्त्रमा आफ्ना बिचारहरु सहि र सिधा तथा स्पस्टरुपमा राख्न र बोल्न पाईन्छ भनेर सिकाउने राजनीतिक दलका नेताहरुले दीक्षित गरेका तिनका चेला चपेटाहरुको हातमा आज देशको बागडोर सम्हाल्ने जिम्मा आई पुगेको छ तर ब्यबहारमा भने उही सात साल भन्दा अगाडिकै राणाकालिन चाटुकारिता खोज्दैछन ।

नेपालको वर्तमान राजनीतिमा र राजनेता अनि तिनका भाइ भारदार हरु पनि माथि उल्लेख गरिएको अकबर बीरबलको कथाको पात्र झैँ भएको छन । पार्टीका नेताले जे भने जे बोले पनि त्यो सदर । ठ्याक्कै देसमा १०४ बर्षे शासन सत्ता हाक्ने जहानियाँ राणा शासनको जंगे आदेश जस्तै ।

पार्टीका नेताहरुले बोलेको कुरालाई नाइँ, हैन देखि यो कुरा गलत हो भनेर भन्ने व्यक्तिहरु अहिले सम्म कोहि पनि देखिएन । अकबर बादशाह रुपधारी पार्टी अध्क्षय, सभापति अनि अकबर बादशाहका बिरबल मन्त्रि बाहेकका चाटुकारे काजिरुपी पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरु जस्तै भएको छ अहिलेको लोकतान्त्रिक गणतन्त्रे नयाँ नेपाल

अकबर बादशाहको राज्यमा एकजना सत्य बोल्ने बीरबल मन्त्रि त थिए तर नेपाल मण्डलमा अहिले सम्म बीरबल जस्तै मन्त्रीले जन्म लिन सकेको छैन बीरबल जस्ता सत्यवादी व्यक्तिले किन जन्म लिएन ? बीरबल जस्तै हक्की र निडर व्यक्ति जन्मिने कहिले ?

चाकरी र चाटुकारिता गर्ने हो भने देसमा राणा शासन देखि पंचायती शासन नै उत्तम र अब्बल थियो । राणा श्री ३ महाराज देखि श्री ५ महाराजधिराज र महाराजहरुको आसेपासेको जय जकार गर्दै जी हजुरी गरे पुग्थ्यो ।

चाकरी र चातुकारिताको अन्त्य गर्दै देशलाई नयाँ उचाईमा लैजान्छौ भनेर बाचा किरिया  र सपथ खाएका जनताका छोरा देखि छोरीहरु सत्ता देखि पार्टीको शिर्ष पदमामा पुगे पछी आफुलाई श्री ३ जंगे महाराज सम्झेर सोहि अनुरुप आदेशको डण्डा चलाउछन भने यस्ताहरुको बहकाउमा लागेर पटक पटक आन्दोलन गरेर ब्यबस्था किन परिवर्तन गराईन्छ ?

नेपालका नेताहरु बिदेसिलाई अकबर बादशाह सम्झेर आफु तिनका बिस्वास्पात्र काजि बन्न रुचाउछन । बिदेसी बादशाह अकबरले देखाएको अस्टबक्रे रुखलाई सिधा हो भनेर भन्छन जसको उदाहरण दिल्लीमा गरिएको १२ बुंदे सम्झौता हो । देश र जनताको हितमा सोच्थे भने भोलि आफ्नै खुट्टामा बन्चरो हान्ने त्यस्ता रास्ट्रघाती काम पक्कै पनि गर्दैनथे ।

अहिलेका गणतन्त्रका कथित महाराज देखि काजीहरू आफु बिदेसिका काजि बनेका छ तर देसमा आफुलाई  अकबरे बादशाह सम्झेर आफ्ना आसेपासे कार्यकर्ताहरुलाई काजीको पदवी दिएर गुलाम बनाएका छन । तिनका काजीहरू यदि गुलामी गर्दैन थिए भने बिरबल मन्त्रीले जस्तै गरि बाङ्गोलाई बाङ्गो र सिधालाई सिधा भन्न सक्ने हिम्मत गर्थे होलान ।

जबसम्म नेपालको जनता दखि तिनका भेडारुपी कार्यकर्ताहरुले बिदेसिको काजीहरूलाई चिन्दैनन र ति काजिहरुले देखाएको अस्टबक्रे रुखलाई अन्धो बनेर ‘सिधा हो सिधा हो’ भनेर सहि थाप्छन तबसम्म देस अहिलेकै जस्तो कठिन परिस्थिमा गुज्रिने रहनेछ । ताल परेको खण्डमा सिक्किमको नियति नभोग्ला भन्न पनि सकिदैन ।

देशमा शान्ति सुरक्षा अमन चयन कायम राख्ने देखि बिकासको मूल फुटाउने हो भने पार्टीका नेताहरुको अन्धभक्त बन्न हुँदैन । त्यसो गर्नलाई देशमा पुन: २०४७ सालको संबिधान ब्युँताउन दवाव किन नदिने ? अब पनि पार्टीको अन्धभक्त बन्न नछोड्ने हो भने देस खत्तम भयो, नेताहरुले देस बिगारे । फलाना पार्टी नराम्रो, फलाना पार्टी पो ठिक हो कि भन्ने बानि त्याग्न सक्नु पर्छ भन्ने यो पंक्तिकारको राय हो ।

मिति: २०७८/०२/२९, शनिवार ।

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .