Thursday, December 22, 2016

गहिरो अर्थलाग्ने तस्बिरको कथा


यो लेखमा एउटा यस्तो तस्विर सहितको कथा राखिएको छ जसलाई बुझ्न संसारलाई धेरै समय लाग्यो । विश्लेषकहरु पनि यतिसम्म दोधारमा परे कि जबसम्म चित्रकार स्वयले यो तस्विर पछाडिको रहस्य खोलेनन् तबसम्म तस्बिरले भन्न खोजेको अर्थ के हो भनेर बुझ्ने सकेनन
प्रस्तुत तस्बिरमा तँपाईं हामी सजिलै देख्न सक्छौ कि यो तस्विरको कलामा नग्नता छ , छाडापन छ । तस्विर हेर्ने जो कोहीलाई पनि लाग्न सक्छ एक अधबैंसे आईमाईको स्तनपान कसरी त्यति बृद्ध मानिसले गरे ? जब यो तस्विरको वास्तविकता बुझ्नु हुनेछ तब पक्कै पनि तँपाईंहरुको आँखाबाट दुई थोपा आँसु तँपाईहरुलाई थाहै नदिई बग्नसक्छ  

तस्विर युरोपका एक प्रख्यात चित्रकार मुनरोले बनाएका थिए र तस्बिरको वास्तबिक कथा भने यस्तो थियो

एक देशमा एक जना बृद्ध मानिसलाई भौके जेलमा राखेर मार्ने फैसला उक्त देशको न्यायालयले सुनाएको थियो । जबसम्म भोकले बृद्ध मर्देनन् तबसम्म उनलाई जेलमा भौके राख्नुपर्ने भनेर आदेस दिइएको थियो । एक दिन तस्बिरमा देखाईएको बृद्धकी छोरीले न्यायालय समक्ष आफ्ना बृद्ध बाबुलाई नियमित भेट्ने अनुमति मागिन् । माग भए अनुसार न्यायालयले उनलाई हरेक दिन जेलमा आफ्नो बृद्ध बाबुलाई भेट्न आउने इजाजत दियो ।

जेलमा हरेक दिन आफ्नो बाबुलाई भेट्न जानु भन्दा पहिले उनको शरिर, झोला सबैको खानतलासी हुन्थ्यो कारण झोला या शरिरमा कुनै खानेकुरा लुकाएर उनकी छोरीले आफ्नो बृद्ध बाबुलाई लगेर नदिउन् भन्ने थियो । उनकी छोरीले उनलाई भेट्न जाँदा कैंयौं दिन देखि खाना नखाएका आफ्नो बाबुलाई देखेर छोरीको मन यसरी पग्लियो कि आफ्नो बाबुलाई ज्यूँदो राख्नका लागि उनले शाहसिक निर्णय गर्दै आफ्नो स्तनबाट दूध पिलाउन लागिन् ।

कैंयौं दिन, महिना बिते तर ति बृद्ध भोकले मरेनन् । यो देखेर जेलरलाई शंका लाग्न थाल्यो र आफ्ना सिपाहीहरुलाई चियो गर्न लगाए । यसरी चियो गर्दा ति छोरीले आफ्नो स्तनबाट दूध पिलाएर उक्त बृद्धलाई बचाउन सफल भएको रहस्य खुल्यो ।

रहस्य खुलेपछि छोरी माथि पनि मुद्दा चलाईयो । फैसला सुनाउनु भन्दा अगाडी संजाय दिने न्यायाधिसको ह्रदय परिवर्तन भयो र न्याधिसले कानून छाडेर भावनात्मक फैसला सुनाउँदै बाबु छोरी दुबैलाई रिहा गरिदियो ।

भनिन्छ माथीको तस्विरमा सोही कुरा देखाईएको छ र यो तस्विर त्यति बेला निकै महङ्गो दाममा बिक्री भएको थियो ।
(पत्रकार राज आरुष सापकोटाले साभार गरेर फेसबुकमा राख्नु भएको यो सचित्र कथा पत्रकार राज आरुष सापकोटाको फेसबुकबाट साभार गरिएको हो)

No comments: