Home » » ताबेदारी गर्नु नै थियो भने पटक पटक आन्दोलन गरेर ब्यबस्था परिवर्तन किन गरियो ?

ताबेदारी गर्नु नै थियो भने पटक पटक आन्दोलन गरेर ब्यबस्था परिवर्तन किन गरियो ?

Written By खांट्टी कुरा on Wednesday, December 21, 2016 | December 21, 2016



-जनकमान डंगोल
अकबर बादशाह कहिलेकाही बहुलट्ठीपाराको हर्कत गर्थे ।  एक दिन आफ्नै पिसाब फेरेर एउटा भाँडामा राखेछन । सदाझै  बिरबल मन्त्रि राजाको दर्शनभेटमा गाएको बेलामा माथि दरबारको बार्दलीबाट बीरबल मन्त्रीको टाउकोमा पिशाव खन्याईदिएछन ।

बीरबलले टाउकोमा के पोखियो भनेर हातले छामेछन । ठुस्स पिशाव गनायेछ । मास्तिर फर्केर हेर्दा बादशाह अकबर्लाई देखे  बडो अदबले बादशाहलाई झुकेर दर्शन सर्खार भनेछन

ओह्हो बीरबल हिजो भर्खर सेवकले तेल ल्याएका थिए । पोखिएर तिम्रो टाउकोमा पर्यो भनेर सफेद झुठ बोलेछन । बीरबल मन्त्रीले पनि हो र सर्खार भनेर भनेछन तर र बादशाहको अगाडी जवाफ फर्काउने हिम्मत भने गरेनन ।

छयालीस साल भन्दा अगाडी सम्म देसमा राजानै सर्वेसर्वा हुन्थे । राजासंग जवाफ फर्काउने हिम्मत कोहिकसैले पनि गर्दैन थिए । राजाको खिलाफ जनता भड्काएर कांग्रेस कम्युनिस्ट पार्टीका नेताहरुले आन्दोलन गराएर देसमा जनताको शासन लागु गराए ।

जनताको शासन नाम मात्रको देखियो । नेताहरु अकबरे बादशाह झैँ बनेका छन । आफ्ना कार्यकर्ताहरुलाई बाङ्गो रुख देखाएर  ‘आहा क्या सिधा रुख’ भन्दा कार्यकर्ताहरु तालि पड्काएर हो हो भनेर भन्छन ।

राजाले निरंकुश नै सहि तर तर जनताको टाउकोमा पिशाब छर्ने काम कहिले पनि गरेनन तर नेताहरुले अकबरे बादशाहझैँ आफ्ना कार्यकर्ताको टाउकोमा पिशाब खन्याई दिए भने पनि प्रतिकारको त परको कुरा जवाफधरी फर्काउने हीम्मत गर्दैनन् । बरु उल्टै हाम्रो नेताले हामिहरुलाई माया गरेर हाम्रो टाउकोमा अत्तर छर्कीदियो भनेर हल्ला गर्दै हिडन बेर लाउदैनन ।

के यस्तै गर्न भनेर २०४६ सालमा प्रजातन्त्र अझ त्यतिले पनि नपुगेर २०६४ सालमा गणतन्त्र ल्याएका हुन ? ठिक लाई ठिक र बेथिक्लाई बेठिक भन्न सक्दैनौ र ताबेदारी प्रथानै ठिक भनेर भन्ने हो भने नेपालमा राणाहरुले चलाएको जहानियाँ शासन नै ठिक भनेर किन नभन्ने ?

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger