वाक स्वतन्त्रता हिजो पन्चको पालामा थिएन । जिन्दाबाद र मुर्दाबाद भन्न पाईदैन थियो । जिन्दाबाद र मुर्दाबाद भन्न भिड जुटाउने कला र गला हुनु पर्छ । कांग्रेस तथा कम्निस्ट संग त्यो कला र गला थियो । कांग्रेसी नेता स्व.गिर्जाउले भन्ने गरेको डेमोक्रेसी भनेको आफुले हैन बिदेसीको बलमा हुलिने जिनिस हो भने त्यसलाई भित्र्याउने पार्टीका नेताहरु अनि जिन्दाबाद र मुर्दाबादका नारा घन्काउने चै जनता भन्ने भेडाका बथानहरु हुन ।
बिदेसीको लगानी भनेको बिकासको नाउँमा पठाईने INGO र त्यहि मार्फत युद्धस्तरमा धर्म प्रचार गर्नु तथा गराउनु हो । अहिले बिषालु सर्फरुको गुलिया कुरामा मक्ख परेर ईसाई बन्दै जय मसी भनेका छन, बनेका छन र बनाईदै छन तर पछी कमाईको १०% अनिवार्य हिस्सा तिनैलाई तिर्दा त्यति बेला बल्ल अहिलेका भेडाहरुले थाहा पाउनेछन । घुच्चुकमा नहने सम्म हामी नेपालीहरुको चेतने बानि छैन त्यसैले समाज हैन देसै छाडेर प्रबासी बन्न जानु पर्ने दिन नआउला भन्न के बेर ? त्यहि कमाई खान भनेर केहि रास्ट्रघाती भडुवा र तिनका चेला चपेटालाई युरो पाउण्ड देखि आई सी सम्म लगानी गरेका हुन । दिनहु जनताको दैला दैलामा हाता बाईबल बोकेर अल्छिना अन्वार देखाम्न आउने स्वदेसीमा बिदेसिका हुल मिस्सिएर आइने गोरा र कुईरे देखि दक्खिन कोरियने बिदेसीहरु साक्षी र प्रमाण बनेर देखिएको छ ।
बिदेसिले सित्तैमा सल्लाह र सहयोग दिदैनन । सय लगानी गरेर त्यसलाई पछी अरब, खरब बनार लैजान्छन । आई सी भन्ने छिमेकी कम्पनि पोईसो लगानी गर्नेले नदि र खोलानाला बाँकी राखेको छैन र साथमा लाजै नमानी निर्धक्क संग सिमा समेत मिचेका छन । गोरा र कुईरेको युरो पाउण्ड लगानी गर्नेको लगानी अहिले हैन सारा नेपाल ईसाई धर्ममा परिणत भए पछी रिलिजन ट्याक्सको नाममा असुल्छन अनि त्यति बेला बल्ल चेत खुल्ने होला । किर्ना हुन बिदेसी । जति अघाय पनि टिपेर नफाले सम्म खुन चुस्न छाडदैनन ।
उतिबेला गामगाम्मा आएर ईसाई धर्म प्रचार गरेको देख्यो भने बाउको ब्या देख्ने गरि पुलिसले ठटाउथ्यो । पुलिसको कुटाईको डरले पनि धर्म प्रचार गर्न डराम्थे । अहिलेका कांग्रेस तथा कम्निस्टहरुले पन्चेत ब्यबस्था भनेका निरंकुस शासन ब्यबस्था हो ! यो व्यवस्थाले बोल्न र लेख्न दिदैनन भनेर लुकी लुकी प्रचार गरे । कम्निस्टले जात धर्म छुवाछुत मान्दैन भनेर दलित तथा गरिबका बच्चाहरुलाई उचाले । स्वतन्त्रता माग्ने भनेको नेता र तिनका हनुमानहरु हुन । तिनीहरु देखि देसी बिदेसिको लागी पन्चेत फापेन । फापेको भए किन पटक पटक ब्यबस्था फाल्न लाम्थे ।
पहिला पन्चेत फाले अनि पालो आयो प्रजातन्त्रको अनि त्यस पछी जनतालाई था पत्तै नदिई गणतन्त्र लादे । प्रजातन्त्रमा अर्थोक नदिए पनि बोल्न भने मज्जाले दिएका थिए तर अहिले गणतन्त्रमा त नेताको बिरुद्धमा बोल्यो भने पन्चेतलाई बिर्सने गरि भकुर्छन । त्यसरी भकुर्नेमा पुलिस नभएर नेताका हुक्केहरू हुन्छन । उदाहरणको लागी हिजोका आफ्नै बन्दुके पदम कुंवर देखि अस्ति माईतिघर मण्डलामा कुटाई खाने मनुवा काफी छैन र ?
पुर्व माओबादी लडाकु पदम कुंवर ( तस्बिर साभार: गुगल सर्च) |
लौ अब विश्लेषण गर्नुस जनता जनार्दनहरु कुन चै शासन र ब्यबस्था ठिक रैछ ? तथ्य राख्देको छु । खुट्याउने काम तपाईहरुको । यस्तो डाम्ने डाम्ना पक्कै पनि पन्चे वा मण्डले होला भनेर सोच्नुहोला । २००७ देखि आजको मिति सम्म मेरो पुस्तामा आज सम्म कोहि पनि नेता त परको कुरा वडाको सदस्य सम्म भएको छैन भने सत्य र तथ्य कुरा डाम्दा पन्चे र मण्डले भन्नु हुन्छ भने पनि कुनै फरक पर्दैन । भन्दैमा हुने हैन क्या र तर यो डाम्ने डाम्नाकारले छातीमा हात राखेर भन्न सक्छ अहिलेको शासन र ब्यबस्था भन्दा पन्चेती शासननै नेपाल र नेपालीको लागी अत्ति उत्तम थियो तर के गर्ने समयमा कुरा बुझेनन, बुझेनम । अब 'न्याउरी मारी पछुतो' गरेर के फाईदा ?
जनता जागे भने ईन्द्रेको बाउ चन्द्रेको पनि केहि जोर लाग्दैन भन्छ । जनता जागे भने जे पनि सम्भव छ । २००७, २०४६, २०६४ सालहरु उदाहरण बनेर देखिएको थियो । बिदेसिको ईसारामा नाच्ने अहिलेका कांग्रेस, कम्निस्ट देखि छेपारे चरित्रका विभिन्न पार्टीका नेताहरुले यस्तै गरि शासन चलाए भने नेपालको ईतिहासनै मेटिन के बेर ? त्यसैले देस र आफ्नै भलाईको लागी भए पनि फेरी एकपटक जनता जुर्मुराउने बेला भयो कि भएन ?
0 Comments:
Post a Comment