Saturday, April 02, 2016

बिदेसिले दान र सहयोग सित्तैमा दिन्छन र ?


प्रदेस दैनिकमा प्रकाशित
नेपालमा बिदेसिले दान सहयोग दिने चलन राणा सासनकै पाला देखि भित्रिएको हो भन्ने ईतिहासमा उल्लेख छ ! हिजो राणाशाहीले आफ्नो सासन जोगाउन जोगाउन ब्रिटिस सरकारको भर गर्थे किन भने त्यो बेलाको समयमा संसारभरको सबै भन्दा सक्तिसाली देसनै बेलायत थियो !

बेलायतले आफ्नो साम्राज्य बिस्तार गर्नलाई चाहिने मुख्य सक्ति भनेको स्थल सेना र त्यो सेनाको लागी चाहिने जवान नेपाल बाट समेत आपूर्ति गरिन्थ्यो र त्यसको बदलामा बेलायतले नेपाललाई ठुलो धनरासी दिने गरेको थियो भन्ने समेत कथन छ !

बेलायतीको सेवा गरेको बापतमा बेलायति खुसि भएर गुमेको भूभाग मध्येको तराईको ४ जिल्ला नेपालले फिर्ता पाउन सफल भएको थियो जसको प्रमाण हो बाँके, बर्दिया, कैलाली र कन्चनपुरको चार जिल्ला ! यी सबै भए ईतिहासको कुरा !

हिजो तिनै बेलायति साम्राज्यको सेवा गर्ने बीर गोर्खालीको देस नेपाललाई बेलायतिहरुले आज पनि सहयोग दिन निरन्तर जारि राखेका छन ! हिजो तिनीहरुले दिएको सहयोग राणा शाहीले खान्थे ! २००७ साल पछी पार्टीका नेताहरुले खान थाले तर देस र जनता हिजो जस्तो थियो आज पनि त्यस्तै छन !

पंचायतकालमा बिदेसीहरुले नेपालको जेहेन्दार तथा गरिब बिधार्थी छात्रछात्राहरुको लागी कोलम्बो प्लानको नाउँमा छात्रवृति दिने गरेका थिए ! छात्रवृत्ति प्राप्त गर्ने त्यस्ता बिधार्थीहरुले बिदेसिले देको दान सहयोगमा बिदेसमा गएर उच्च शिक्षा त हासिल गरे तर त्यसरी जानेहरु सयमा ५ पनि फर्केर देस र जनताको सेवा गरेको भेटिदैन ! त्यस्तो प्रक्रिया अहिले सम्म पनि निरन्तर जारि छ !
पश्चिमा मात्रै हैन नजिकको मित्र छिमेकी भारत तथा चिनले पनि हज्जारौको संख्यामा छात्रवृति देखि बिकास सहयोगको नाउँमा अर्बौ खर्ब नेपालको लागी दिने गरेको छ तर त्यसरी दिएको छात्रवृत्ति देखि बिकासको लागी भनेर आएको बजेटले देस र जनताको के कति बिकास भयो त्यो सप्रमाण दिनु नपर्ला किन भने देसको तस्बिर आफै बोलेको छ !

हिजो पंचायतीकालमा मध्य तराईको पथलैया देखि पुर्बको कोशी सम्मको महेन्द्र राजमार्ग रुसले बनाई दिएको हो भने पश्चिम तर्फ अन्य देसले ! त्रिभुवन राजपथ, सिद्धार्थ राजमार्ग देखि ऐले भनिने गरेको पासांग ल्हामु राजमार्ग भारतको सहयोगमा बनिएको हो ! पृथ्बी राजमार्ग र कोदारी राजमार्ग मित्र रास्ट्र चिनको सहयोगमा बनिएको हो !

उधोग धन्दा तथा कल कारखानाहरु पनि चिन देखि पश्चिमा मित्रहरुले पंचायती कालमा सकेसम्म स्थापना गरि दिएको थियो तर तयारी स्थापना गरिएको प्राय कल कारखानाहरुको स्थिति बर्णन गर्न योग्य छैन किनभने ति मध्ये धेरै निजीकरणको नाउँमा व्यक्तिको नाउँमा भेट चढी सकेको छ भने बाकि रहेकोहरु खण्डहरमा परिणत भई सकेको छ !

बिदेसिहरुले दान सहयोग सित्तैमा गर्दैनन दिदैनन ! मित्र रास्ट्र चिन उसले हडपेको तिब्बतमा कुनै गडबडी नहोस भन्ने चाहन्छ भने भारत छिमेकमा अस्थिरता फैलाएर सिमाना देखि नदि हडप्ने अभियानमा लागेको छ ! पूर्वको कोशी देखि पश्चिमको महाकाली हुँदै उत्तरको प्राय सबै ठुला नदिहरु भारतको पेवाभई सकेको तथ्य पनि घाम जत्तिकै छर्लंग भै सकेको छ !

केहि महिना अगाडी बेलायति पत्रिकाहरुले नेपालको प्रहरी, न्यायपालिका र निजामति सेवा भ्रष्टाचारको अखडा : भन्ने प्रतिवेदन सहितको समाचार प्रकाशित गरेको थियो प्रकाशित भएको उक्त लेखको सानो अंश निम्नानुसार थियो
 
नेपालमा भित्रिने विदेशी सहयोगले भ्रष्टाचार बढावा दिइरहेको सम्बन्धित दाता देशकै प्रतिवेदनले खुलासा गरेको छ। बेलायतको वैदेशिक सहयोग विभाग डिएफआइडीको सहयोगको निगरानी गर्न गठित इन्डेपेन्डेन्ट कमिसन फर एड इम्प्याक्टले शुक्रबार सार्वजनिक गरेको आलोचनात्मक प्रतिवेदनले बेलायती सरकारलाई समेत अप्ठेरो पारेको त्यहाँका मिडियाले लेखेका छन यी सबै कुरा जान्दाजान्दै पनि दाता रास्त्र्हरु नेपालमा असिना बर्षाएको जस्तरी दान सहयोग गर्न तछाड मछाड गर्दैछन किन ?

बिदेसिले दान र सहयोग दिनुमा तछाड मछाड गर्नुको पछाडी धेरै कारणहरु छन ति मध्ये पश्चिमाहरूले दिने दान सहयोग भनेको धर्म परिवर्तन देखि चिनको बढदो गतिबिधिमाथी अंकुस लगाउन खोज्नु हो छिमेकी चिन नेपालमा तिब्बती गतिबिधि बढ्न नदिन नेपालललाई खुसि राख्न खोज्छ भने छिमेकी भारत दान सहयोगको नाउँमा नेपालको खोलानदिनाला देखि सम्पूर्ण नेपाल माथि आफ्नो हैकम जनाउन चाहन्छ

बिदेसिले दिएको दान सहयोगले देसको अस्मिता माथि सिधै धावा बोलेको देख्दादेख्दै पनि सर्खार भने झोली फैलाएर अझै पनि दान सहयोगमै देसको बजेट चलाउन उताषित हुन्छ भने त्यस्ता दान सहयोगको औचित्यनै के रह्यो र
प्रकाशित मिति : २०७२ चैत्र १९ गते शुक्रवार

No comments: